७ फागुन,कञ्चन
कञ्चन गाउपालिकाको आयोजनामा शुक्रबार देखि चौथो प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। हिमाल सामुदायिक बिकास केन्द्रको खेल मैदानमा संचालन भएको प्रतिभा सप्ताह राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले शुभारम्भ गरेका हुन।
प्रतिभा सप्ताहको शुभारम्भ गर्दै राष्ट्रिय सभा सदस्य भट्टराईले खेलकुद हरेक सफलताका लागि आपसी एकता र समन्वय प्रतीक हो।सभासद भट्टराइले हरेक स्थानिय तहमा एक खेलग्राम अवधारण सहित सरकारले योजना अगाडी बढाएको बताएका छन ।खेलकुदले ब्यक्तिगत स्वस्थता मात्र होइन सामाजिक स्वस्थता कायम गर्ने भएको स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भनिएको उल्लेख गरे। जसरी प्रतियोगिता जित्नको लागि एकता,समन्वय,सहकार्य र स्थिरताको आवस्यक जरुरी हुन्छ त्यसरी नै समय अनुसार सामज बिकासका लागि मानसिक रुपमा एकता र सकारात्मक सोंचको बिकास हुनुपर्ने बताए। समयसामयिक बिषयमा बोल्दै सांसद भट्टराईले समृद्ध नेपाल,सुखी नेपाली निर्माणको अभियानमा राजनैतिक र सांस्कृतिक रुपमा एक ढिक्का हुनु आजको आवस्यकता भएको बताए।समृद्ध नेपालको निर्माण आपसी बादबिबादले नभई आपसी समन्वय र सहकार्य गरि बिकासको नारालाई व्यबहारमा लागू गर्नु पर्नेमा जोड दिए।
यसैगरी कञ्चन गाउपालिका वडा नं.४ का वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीले खेलकुदको बिकास गर्न बिधालय तहबाटै आधारभुत खेलकुदहरुको नियमित अभ्यास गराउनु पर्ने र बिधार्थीहरुलाई खेलकुदको माध्यमबाट समाज रुपान्तरणमा लाग्न प्रोत्साहित गर्नु प्रने र बिधालयमा खेलकुद संचालन गर्नका लागि आधारभुत पुर्वाधार तयार गर्न आवस्यक रहेको बताए। कञ्चनका सामुदायिक तथा संस्थागत गरि ३० बिधालयका ५ सय छात्र-छात्राहरुले ५४ ईभेन्ट्समा भाग लिने कञ्चन गाउपालिकाका शिक्षा,खेलकुद तथा युवा बिकास अधिकृत रमेश भुषालले बताए।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा शुरु भएको प्रतिभा सप्ताहमा छात्र-छात्रा भलिबल, कबर्डी, हाईजम्प, लङ्गजम्प, ट्रिपल जम्प, शर्टपुट, एथलेटिक्स तर्फ रिले दौड, हाफ म्याराथन, दौड, साहित्य तर्फ माबी-आधारभुत हाजिरी जवाफ, कबिता लेखन र बाचन, अंग्रेजी-नेपाली हिज्जे, निबन्ध लेखन, बक्तृत्वकला लगायत खेलहरुमा प्रतिस्पर्धा हुनेछ।
उपाध्क्ष गोमा तरामुको स्वागतमा शुभारम्भ भएको प्रतिभा सप्ताहमा प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भरतमणि सापकोटा,रुद्रपुर माध्यमिक बिधालयका प्रधानाध्यापक पिताम्बर भट्टराई, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिनानाथ आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी ७१ औं प्रजातन्त्र दिवसको अवसरमा कञ्चन गाउपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले प्रतिभा सप्ताह संचालन परिसरमा सरसफाई कार्यक्रम गरेका थिए।