मान्छेको जिन्दगीमा लोभ, मोह र क्रोध छ्यापछ्याप्ती मिसिएको हुन्छ । तर, क्रोध र मोह सधैँ रहँदैनन् । लोभ भने मान्छे बाँचुन्जेल रहन्छ । यसर्थ लोभबाट बच्न धेरै ठुला मान्छेले पनि खोजे तर सकेनन् । लोभ, तृष्णा पनि गासिएको हुन्छ । लोभ नभए मान्छेले प्रगति गर्दैनथ्यो भन्ने पनि एक थरीको भनाइ छ । तर, लोभ निकै खराब चिज हो । नेमकिपाका कार्यकर्ताहरू लोभ गर्दैनन् तर पनि लोभले बेलाबेला आक्रमण गर्छ । त्यो आक्रमणसँग जुध्न निकै ठुलो शक्ति चाहिन्छ । त्यो शक्ति भनेको पार्टीको सिद्धान्त, निष्ठा र क्रियाशील भएर मात्र प्राप्त हुन्छ । पार्टीमा खराब मान्छे छि¥यो कि निकै चनाखो भएर केलाउनु जरूरी छ । पार्टी कार्यकर्ता भनेको पद, पैसा लिनेतिर लाग्दैनन् । पार्टी कार्यकर्ताहरू आकर्षक पद लिने, पैसा कमाउने र त्यसैलाई पुँजीको रूप लिएर आम्दानी थपिरहने गर्दैनन् । पार्टीका असल कार्यकर्ताले पार्टीको सिद्धान्त, दर्शन र जनतामा जाने कार्यक्रम कसरी सफल पार्ने भन्ने हमेसा सोचिरहन्छन् । यसका लागि पार्टीका सिद्धान्त, नीति, दर्शन र व्यवहारमा सामन्जस्य ल्याउन जरूरी हुन्छ । यसका लागि पार्टी प्रकाशनहरूको गहिरो अध्ययन, विश्लेषण र कतै अन्यथा भयो कि सधैँ चनाखो भइरहनुपर्छ । पार्टीभित्र गलत प्रवृत्ति पस्यो कि, गलत मान्छे पस्यो कि ? सधँै चनाखो भई हेरिरहनुपर्छ । अहिले त पहिले जस्तो पार्टीको साहित्य पढ्न दुर्लभ छैन । ‘श्रमिक’ र ‘मजदुर’ यथासमय नियमित रूपमा प्रकाशन भइरहेका छन् । ती प्रकाशनमा जे लेख्यो जे पढ्यो, त्यसलाई पनि विश्लेषण गरी कतै गल्ती त भएको छैन ? त्यो पनि समीक्षा हुनु जरूरी छ । पार्टीका गलत प्रवृत्ति र गलत कुराको आलोचना गरी कार्यकर्तालाई चनाखो बनाउनुपर्छ ।
नेताले झूटो बोल्न हुँदैन
पार्टी कार्यकर्ताले कुनै पनि हालतमा झूटो बोल्नुहुँदैन । झुटो बोले नामले मात्र कम्युनिस्ट हुन्छ, कामले हुँदैन । पार्टीमा इमानदारीपूर्वक काम गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रान्तिका नेताहरूको जीवनी अध्ययन गर्नुपर्ने, शिक्षकले विद्यार्थीलाई अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबारे प्रशिक्षण लिनुपर्छ । वास्तवमा हरेक पार्टी समितिलाई स–सानो विद्यालयको रूपमा विकास गर्नुपर्छ । यो बानी आफ्नो नेतृत्वले आफूमा मात्र होइन, तल्लो तहमा पनि व्यापक रूपमा लैजानुपर्छ । पार्टीले आफ्नो देशका समस्याहरूका साथै प्यालेस्टिनीहरूका समस्यालाई पनि नजिकबाट विश्लेषण गरेर कही त्रुटि रहेको छ कि ? त्रुटि भएको भए तत्काल नै सच्याएर सही बाटो हिँड्नुपर्छ । नेता आफूमात्र सही बाटो हिँडेर समयमा किसान आन्दोलन सफल हुँदैन । किसानहरूलाई पनि द¥होसँग उभ्याउन सक्नुपर्छ । अन्यथा किसान आन्दोलन ठट्टामात्र हुनसक्छ । देशमा धेरै खर्च भएको छ तर खर्चको तुलनामा उपलब्धि नगन्य छ । यसको मतलब भ्रष्ट कर्मचारी, लोभी नेताकै कारण हो जस्तो लाग्छ । ठेकेदारी प्रथा अर्को विकृतिको उपमा हो । ठेकेदारले बोकेको पैसा, तोकेको योजनामा पूरा खर्च नगरी, काम टालटुल गरी रकम आफ्नो खातामा जम्मा गर्ने गर्छन् । त्यसैले भक्तपुर नगरपालिकाले कुनै पनि सांस्कृतिक सम्पदाको मर्मत र पुनःनिर्माण गर्दा यथासक्य उपभोक्ता समितिमार्फत गर्छ । ठेकेदारलाई मोट्याउने काम गर्दैन । यो कुरा हेर्दा सानो छ तर सम्पूर्ण कार्यक्रमको स्थिरता यसैमा भर पर्छ । नेताले पार्टी कार्यकर्ताको सुख, दुःख नजिकबाट हेर्नुपर्छ । बढी खर्च गरेको छ भने नियन्त्रण गर्नुपर्छ । यसमा अलिकतिमात्रै आँखा चिम्लियो भने बर्बाद हुन्छ । भक्तपुरको कला, संस्कृति, नाटक, भोजन, जात्रापात्रा आदि उत्सव अमूल्य सम्पदा हुन् । यी सम्पदाको संरक्षण गर्नुपर्छ । नत्र पछि खोजेर पाइँदैन । पार्टीको लक्ष्य कार्यकर्ताहरू बडो दुःख, सङ्घर्ष गरेर भक्तपुरको शिक्षा, स्वास्थ्य, संस्कृति र संस्कारलाई सुरक्षित एवम् विकसित तुल्याउन हमेसा लागिपरेका छन् । यी कुरा भक्तपुरको सत्तल, पाटीपौवा, देउटाको मन्दिर, पुराना दरबार, त्यहाँ भएका कला र प्रतिमाको संरक्षण एवम् पुनस्र्थापनमा सर्वाधिक ध्यान दिएर पुरानो भक्तपुरलाई जोगाएको छ । यसो भनेर नयाँ काम थाल्नै हुन्न भन्ने होइन । पुरानालाई जोगाउनु दायित्व हो भने नयाँ स्थापना र निर्माण अर्को दायित्व हो । पुराना कुराले मात्र आजको न्यूनतम् आवश्यकता पुरा हुनेछैन । यसो भनेर पुरानालाई बेवास्ता गर्नु प्रगतिशीलता होइन । पुराना कला र संस्कृतिलाई जोगाएर नयाँलाई पनि सुरू गर्नुपर्छ जस्तो लाग्छ । कला, संस्कृति, नृत्य, गायन, गीत, भजन, कृतन, हरेकभित्र आफ्नै गम्भीर इतिहास पुरिएका छन् । यी कार्यक्रममा प्रयोग हुने वस्तुहरूको विश्लेषण ग¥यो भने जम्मे कुरा प्रस्ट हुन्छ ।
सहकारी आन्दोलनलाई सहकारी नै बनाउँ
विगतमा भक्तपुरमा अधिकांश सहकारीले जनताको लागि ठुलो काम गरेको थियो तर अन्यत्र सहकारीलाई ठगी खाने भाँडो बनाउने प्रयास भयो । सहकारी भनेको ठगीबाट बचाउने उपाय हो । तर, हाम्रो नेपालमा सहकारी ठगी खाने भाडा बनाउने दुष्प्रयास केही समय अघिदेखि सुरू भयो । छिटो पैसा कमाउने सोच धेरैको हुन्छ, तर पैसा छिटो कमाइँदैन । सही बाटोबाट हिँड्दा ठिक्कमात्र कमाइन्छ । यो तथ्य हामीले सर्वसाधारण जनतालाई बुझाउन सक्नुपर्छ । अहिले त ‘जो चोर उसैको ठुलो स्वर’ भन्ने कहावत व्यवहारमा कताकति देखिन थालेको छ । यो राम्रो होइन । सहकारी भनेको सहकारी हो, ठगीकारी होइन । मुलुकको राजनीतिक स्थिति कति बेकम्मा छ भने सहकारीको विरूद्ध ठुलठुला बदमासी भइरहेका छन् । यसबाट बचाउन सकेन भने यो आन्दोलन निरर्थक हुन्छ । यसलाई आजको अवस्थामा पु¥याउन धेरै मान्छेले धेरै परिश्रम र सङ्घर्ष गरेका थिए ।
हुन त सरकारले भनेको छ सहकारी आन्दोलन डुब्न दिइँदैन तर डुब्दै छ । भनेरमात्र हुँदैन, गरेर देखाउनुपर्छ । नेपालमा भन्ने धेरै छन्, गर्ने थोरै छन् । तैपनि, सहकारी आन्दोलनले मजदुरलाई काम गरिखाने वर्गलाई मद्दत नै गरेको थियो । केही ठाउँमा नेतृत्वमा खराब मान्छे पुगेपछि बर्बादी सुरू भयो । निश्चय नै यो राम्रो कुरा होइन । यो आन्दोलन अन्ततोगत्वा सहकारीमा भएका सर्वसाधारण बचतकर्ताको हित र हकको लागि ठुलो भरोसाको विषय थियो । तर, लोभी र पापीहरू यो आन्दोलनमा पसेर सहकारी आन्दोलनलाई नै विकृति बनाउन थाले । सरकारले यसको छानबिनको लागि एउटा संसदीय समिति छ, त्यसको नेतृत्व द¥हो भएन भने यो आन्दोलन त्यसै टुहिएर जाने त्रास सर्वत्र छ । तसर्थ, सरकार गम्भीर भएर यस आन्दोलन बचाउनु पहिलो कर्तव्य भएको छ ।