मुलुकी देवानी संहिता ,२०७४ को दफा ६४० ,६४१ ,६४२ ,६४३ ,६४४,६४५, ६४६ र ६४७
दफा ६४० काममा लगाउन सकिनेः (१) कम्तीमा चौध वर्ष पुगेको कुनै व्यक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन सकिनेछ ।
तर सोह्र बर्ष उमेर पुरा नगरेको व्यक्तिलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन सकिनेछैन ।
दफा ६४१ ज्याला मजुरी दिनु पर्नेः (१) दफा ६४० बमोजिम कसैलाई कुनै काममा लगाउँदा काम गर्ने व्यक्तिले आफुखुशीले ज्याला मजुरी बिना काम गर्न मञ्जुर गरेकोमा बाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्याला मजुरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने व्यक्तिको मञ्जुरीले कुनै खास ज्याला तोकेकोमा सोही बमोजिमको र नतोकेकोमा त्यस्तो काम गरे वापत काम गरेको ठाउँमा चलन चल्तीमा रहेको दर अनुसारको ज्याला मजुरी दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने बिच अन्यथा सहमति भएकोमा बाहेक काम सम्पन्न भएपछि ज्याला मजुरी दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम ज्याला मजुरी निर्धारणा गर्दा काम गर्ने र काममा लगाउने बीच अन्यथा सहमति भउकोमा बाहेक काम गरेको प्त्येक दिनलाई आधार मानी ज्याल मजुरि निर्धारणा गर्नु पर्नेछ ।
दफा ६४२ कममा लगाउँदा सुरक्षाको व्यवस्था गर्नु पर्नेः कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा त्यस्तो कामको प्रकृति अनुसार काम गर्दा हुन सक्ने जोखिम वा खतरा निवारणका पर्याप्त सुरक्षात्मक उपायहरुको व्यवस्गा गरेर मात्र काममा लगाउनु पर्नेछ ।
दफा ६४३ आठ घण्टाभन्दा बढी काममा लगाउन नहुनेः (१) कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा सामान्यतयः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिको लागि काम लगाउन सकिने छैन ।
(२) उपदफा (१) मा लेखिएभन्दा वढी अवधि कसैलाई काममा लगाउनु पर्दा काम गर्ने व्यक्तिको मञ्जुरी हुनु पर्नेछ र त्यसरी काममा लगाउँदा आठ घण्टालाई एक दिन मानी बढी काम गरेको प्रत्येक घण्टा वापत सोही अनुपातमा थप ज्याला मजुरी दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरेलु सहायकलाई कामा लगाउँदा सो उपदफाको व्यवट्ठथा लागू हुने छैन ।
दफा ६४४ घरेलु सहायक सम्वन्धी विशेष व्यवस्थाः (१) कसैले घरेलु सहायकको रुपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले निजका हकमा देहायका शर्तहरु समेत पालना गर्नु पर्नेछः-
(क) ज्याला मजुरी मासिक वा वार्षिक रुपमा निर्धारण गरी भुक्तानी गर्नु पर्ने,
(ख) काम लगाउनेको हैसियत अनुसार विहान,दिँउसो र बेलुकी तीन पटक खान तथा मौसम अनुसार लगाउने कपडा दिनु पर्ने,
(ग) आप्नो हैसियत अनुसार उपयुक्त आवास शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्ने ,
(घ) अठार वर्ष भन्दा कम उमेरको भए निजले चाहेमा घर व्यवाहारको काम हेरी उपयुक्त सिमयमा अध्ययनको व्यवस्था गर्नु पर्ने,
(ङ) विरामी भए निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्ने, तर सो वापतको खर्च निजको मासिक वा वार्षिक ज्याल मजुरीबाट कट्टा गर्न सकिने छैन ।
(च) विरामी हुँदाका बखत काममा नलगाउने र अन्य अवस्थामा निजको उमेर ,क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने,
(छ) मृत्यु भएमा निजको सदगत तथा सामान्य काज किरियाको लागि लाग्ने खर्च ब्यहोर्नु पर्ने,
(ज) अमानविय,अपमानजन्य व्यवहार वा घरेलु हिँसा नगर्ने ,
(झ) घरेल् सहायकसँग आफुले मञ्जुरी गरेका अन्य शर्त पालना गर्नु पर्ने ।
(२) उपदफा (१) को खण्ड (ख) ,(ग) र (घ) बमोजिम हुन
खर्च घरेल् सहायकको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन।
(३) कसैले कुनै व्यक्तिलाई घरेल् सहायकमा काम लगाएकोमा त्यसरी काम लगाएको मितिले एक महिनाभित्र सम्वन्धित स्थानीय तहको सम्वन्धित वडा समितिलाई लिखित रुपमा जानकारी गराउनु सकिनेछ ।
दफा ६४५ आफुले लिएको काम बीचैमा छोड्न नहुनेः(१) कसैले कुनै काम गर्न जिम्मा लिई वा कवुल गरिसकेपछि त्यस्तो काम पुरा नगरी मनासिव कारण बिना बीचैमा छोड्नु हुदैन ।
(२) उपदफा (१) बमोजिम कसैले बीचैमा काम छोडेमा त्यसको दायित्व काम छोड्ने व्यक्तिले वेहोरनु पर्नेछ।
दफा ६४६ काम गर्नेलाई ज्याला मजुरी दिनुपर्नेः (१) काम लगाउनेले कामा लगाए वापत दिनु पर्ने ज्याला मजुरी काम गर्ने व्यक्ति वा निजले मञ्जुरी गरेको अन्य कुनै व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ज्याला मजुरी भुक्तानीहुनु अगाबै काम गर्ने व्यक्तिको मृत्यु भएमा निजले पाउने ज्याला मजुरी निजको हकबालाले पाउनेछ ।
|