#धन वहादुर चौधरी
“म किसानको छोरा हो, किसान हो र किसान हुँ भन्न पाउँदा गर्व पनि गर्छु । म त्यो किसान हो जस्को सम्बन्ध माटो देखि शुरु भएर देशसगँ, राष्ट्र र राष्ट्रियता सगँ पनि जोडिएको छ” ।
विहान उठेदेखि राति अबेर सम्म एउटा मात्रै चिन्ता हुन्छ भोली के गर्ने, सायद राजनैतिक नेतृत्वले पनि भोली देश र जनताको सेवा कसरी गर्ने भनेर सोच्थे भने हामी सम्पन्न हुन्थ्यौ होईन ? खोई त ? यसरी सहज र सरल जीवन हुन सक्छ, सक्दैन। म पनि हार खाई सकेको थिएँ तर मेरो बाबा र आमाले गरेको किसानीको याद आयो । मैले यो जाबो खेतीपातीले के नै हुन्छ र भनेर हिलोमा जान डराउने आज त्यहि हिलोमाटोसँग अपार स्नेह गाँसियो। नसा नसामा किसानि रगत दौडिरहेको छ, त्यसै पनि होला म अथक भईसकेको छु । म सम्मान गर्छु मेरो आमा बाबाको, उहाँको लगन र कामको र मलाई हस्तान्तरण गरेको किसानी ज्ञानको जसले आज मलाई मेरो सहज जीवन यापनमा साथ दिईरहेको छ ।
म अथक छु म थाक्दैन किनकि म थाँके भने म मात्रै होईन मसँगै मेरो परिवारलाई भोकोपेट बस्नु पर्छम । महसुस गरिसकेको को छु दिनदिनै भोकमरीको समस्या आउदै छ । उहीँ १२ महिना, उहीँ मौसम फर्किन्छ तर किसानको समय फर्किएन । अनि म कुन कारणले भनु जीवन सहज र सरल छ ! छैन ।
दुःख छ, पीडा छ, चिन्ता छ, आजको यो प्राविधिक युगमा पनि भोको पेटलाई भर्ने वस्तु बनाउन सकेको छैन। केवल किसान मात्र त्यो मेसिन हो जसले आधारभुत आवश्यकता पूरा गरिरहेको छ । भोको पेट भरिरहेको छ । तर मुल्यांकन छैन । म सोध्छु तपाईंले कुन अधिकारले किसानको मेहनत । लगन, परिश्रम र पसिनाको त्यागलाई बेवास्ता गरेको ? कुन हैसियतले तपाईले किसानको बलिदानलाई सम्मान नगरेको ? मेरो प्रश्न छ तपाईलाई। के तपाईं बस्ने संसदमा किसानले उव्जाएको अन्न खाँदैनन् !
विदेशबाटै किने पनि त अखिरमा खाने किसानीले कडा मेहनतले उब्जाएको अन्नबाली हो । त्यहाँ सम्म सोच्ने नेतृत्व खोई ? छैन । अनि सरल र सहज जीवन यो समाज कसरी हुन्छ भन्नुस त ! मेरो बाबाले खेतिपाती गर भनेर भन्दा मलेसिया गए, कमाउछु अनि रमाउछु, १० वर्ष गरेर पनि हात लाग्यो शुन्य भए । हो विज्ञान र प्रविधि छ आज, हिजोको दिनमा २ दिन लागएर गोरुले जोत्ने खोत आज म ट्याक्टरले ५ मिनेटमै जोतेर सक्काउछु । तर यतिले मात्रै नहुने रहेछ के लगन, मेहनत, परिश्रम, लगाव चाहिन्छ । चर्को घाममा सेकिएर, वार्षिने पानीमा भिजिएर, लगलग कापेर, हिलोमा भाँसिएर, पसिनाले नुहाएर, भोक र तिर्खालाई थुक बनाइ निलेर बल्लबल्ल फल्छ यो किसानको बाली, त्यस पछि पनि उचित मूल्य नपाउनु, राज्यको नीति नै नहुनु गणतन्त्रको तीन सरकार, गाउँगाउँमा पुगेको यो सरकारको चासोको विषयमा नै नपर्नु, यस्तै कति धेरै समस्या र पीडा छ, किसानलाई ।
तर पनि म मैले गरिरहेको यो किसानी कर्मप्रती गर्व गर्छु, सम्मान गर्छु त्यो पुस्तालाई जस्ले कर्म गर्न सिकायो माटोमा । म गर्व गर्छु आमा बाबालाई जस्ले सगँसगै माटो सँगको साईनो बनाईदिए र म गर्व गर्छु । यो माटो प्रती जहाँ मेरो श्रम गर्न पाईरहेको छु । म यहि भन्छु जुनसुकै काम गरौं सम्मानपुर्वक गरौं, व्यवहारिक बनौं समय खेर न फालौं । तपाईंको रोजाईको अरु काम हुन सक्छन् मैले रोजेको कर्म किसानी हो । यो बनावटी, देखावटी, आडम्बरी हुदैन व्यवहारिक हुन्छ। त्यसैले म व्यवहारिक किसान पनि हुँ । अनि मात्र जीवन सरल र सहज हुन्छ ।
(चौधरी तिलोत्तमा १३ करौजियाका स्थानीय किसान हुनुहुन्छ।)