१४ फागुन, गैडहवा/दिनेश प्रसाद लोध
रुपन्देहीको गैडहवा गाँउपालि स्तरी दादुरा रुबेला खोप अभियान सम्बन्धीसंचारकर्मीहरुसंग अभिमुखिकारण कार्यक्रम सम्पन्न भएको छ ।
दादुरा रुबेला खोप अभियान अन्तर्गत दोस्रो चरणमा गैडहवा गाँउपालिकाका ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई फागुन २० गते देखि २४ गते सम्म खोप लगाइने भएको छ । गैडहवामा ९ वटा स्वास्थ्य चौंकीबाट ५१ वटा खोप केन्द्रबाट करिब १९ हजार ६ सय ८४ बाल बालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको हो।
कोभिड १९ को विश्वव्यापी महामारीबाट नियमित खोप सेवामा समेत असर परेकोले नियमित खोपको लगाउन छुटेका बालबालिकाहरुलाई यस अभियानमा ९ महिना देखि १५ वर्ष मुनिसम्मका बालबालिकाको उमेर पहिचान गरी नियमित खोपको स्थिति पहिचान गरेर छुटेका खोपहरूको समेत सेवा दिने भएको गैडहवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-26/154506165429107555_1461614464440211_9007419730910404186_n.jpg)
दादुरा÷रुबेला खोप प्रदान गरी दादुरा, रुबेला र कन्जेनिटल रुबेला सिण्ड्रमको सँख्यामा उल्लेख्य रुपमा कमि ल्याई यी रोगहरूबाट हुने अपाङ्गता र मृत्युदरलाई शुन्य अवस्थामा ल्याउने र गर्भवती महिलालाई दादुरा रुबेला रोग लागेमा जन्मने बाच्चा अपाङ्ग र अगंभंग भएर जन्मिने भएकाले यसलाई निर्मुल पार्नका लागि यो अभियानको मुल उद्देश्य रहेको बताईएको छ।
कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागि सम्पुर्ण सरोकारवालाहरुको महत्वपुर्ण भुमिका हुने बताउनु भएको छ । गैडहवा गाउँपालिका भित्रका सम्पूर्ण बालबालिकालाई यो राष्ट्रिय अभियानमा सहभागी गराउन गैडहवावासीहरुसंग आग्रह गर्नु भएको छ। यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधनमा अभियान सञ्चालन गरिएको बताउनु भयो।
फागुन २० गते देखि अभियानको दोश्रो चरणको रुपमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवीमा खोप अभियान सञ्चालन हुने ढकालले बताउनु भयो। खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउनेजस्ता समस्या देखिने भएपनि त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको प्रमुख ढकालले जानकारी दिदै खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले जिल्लास्तरमा र पालिका स्तरमामा आकस्मिक उपचार टोलीसमेत रहेको बताउनु भयो।
दादुरा/रुवेला खोप अभियानकै क्रममा नियमित खोप छुटेका पनि बालबालिकालाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ढकालले जानकारी दिनु भयो ।
गैडहवा स्वास्थ्य साखा सुरेन्द्र चौहानले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्दै राष्ट्रिय अभिायनलाई सफल बनाउन सम्पुर्ण गैडहवावासीको भुमिका महत्वपुर्ण हुने अपेक्षा ब्यक्त गर्नु भयो।
कार्यक्रममा उपाध्यक्ष मधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, पालिकाका ९ वटै वडाका जनप्रतिनीधि, बिषयगत शाखा प्रमुख, कर्मचारी, स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।
यस पटकको अभियानमा लुम्बिनी प्रदेशका ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाले दादुरा–रुबेला खोप लगाउनेछन्। पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान संचालन गरिएको हो।
कार्यक्रम को सन्चालन स्वास्थ्य शाखाका नर्सिङ प्रमुख सिता गौतमले गर्नु भएको थिय।