कर्णराज शर्मा, जनस्वास्थ्य निरीक्षक(छैठौं)
निर्जलीकरण भनेको एक व्यक्तिको शरीरमा तरल पदार्थ सेवन भन्दा कम भएको अवस्था हो। पानीको धेरै कमी हुँदा शरीरले आफूलाई सामान्य रूपमा काम गर्न नसक्ने र चक्कर लाग्ने लक्षणहरू मध्ये एक हो। सामन्यता २४ घन्टामा एउटा बयस्क मानिसले २.७ देखी ३.७ लिटरसम्म पानी पीउनु पर्छ। पानी (water) हाम्रो शरीरको लागी नभई नहुने पदार्थ हो । पानी बिनाको संसार कल्पना पनि गर्न सकिदैन किनकी पानी बिना यो संसार एक दिन पनि चल्न सक्दैन ।
हाम्रो शरीरमा पानीको ठुलो भुमिका रहेको हुन्छ । पानी नै हाम्रो शरीर हो भन्दा पनि फरक नपर्ला । हामीले स्वास प्रस्वास (Breathing) गर्दा पनि पानीको कणहरु निस्कने गर्छ । यो हामी गर्मीको मौसममा देख्न सक्दैनौं तर जाडोको मौसममा स्वास प्रस्वास गर्दा एक बाफ जस्तो देखिन्छ । यसले पनि प्रस्ट रुपमा बुझाउदछ । हाम्रो शरीरको प्रत्येक कण-कणमा पानी चाहिन्छ । हाम्रो शरीरमा चाहिने पानी (Water), हामीले विभिन्न खानाहरु खाँदा शरीर भित्र पानी पुग्दछ। त्यसै गरी विभिन्न फलफूलहरु खाँदा वा जुसहरु पिउँदा पनि शरीरमा पानी पुग्दछ । र सिधै पानी पिउँदा पनि शरीरमा पानी पुग्दछ । तर खानपानबाट पाइने पानी र फलफुलहरुबाट पाइने पानीको मात्रा हाम्रो शरीरको लागी प्रयाप्त हुन सक्दैन । त्यसकारणले गर्दा शरीरमा प्रयाप्त मात्रामा पानी पुर्याउन हामीले पानी पिउन (Drink More Water) अत्यावस्यक छ।
शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने ?
शरीरमा जब पानीको कमी (Low water in body) हुन्छ तब हाम्रो शरीरले विभिन्न संकेतहरु (Signs and Symptoms) देखा पर्ने गर्दछ।
केही यस्ता संकेतहरु छन् जसले हाम्रो शरीरमा पानीको कमी भएको थाहा पाउँन सकिन्छ । र यस्तो संकेत (Symptoms) हरु देखिन शुरू भए दैनिक पानी (water) पिउने मात्रालाई बढाउनु पर्ने हुन्छ । शरीरमा पानीको मात्रा कम हुनुलाई (Low Water Level in Body) निर्जलीकरण (Dehydration) भनिन्छ। निर्जलीकरण(Dehydration) हुँदा देखिने लक्षणहरु यस्ता रहेका छन्।
१, पिसावको रंगमा परिवर्तन ।
२, मुख, जिब्रो वा घाँटी सुख्खा हुनु ।
३, कब्जियत हुनु।
४, तिर्खा लाग्नु ।
५, ब्लड प्रेशर घट्नु।
६, टाउको दुख्नु।
७, दिमागको कार्य क्षमता घट्नु ।
८, मांसपेशी काम्नु वा मांसपेशीमा भाइब्रेसन हुनु वा मांसपेशी र्फर्फराउनु ।
माथी उल्लेखित संकेतहरुलाई चिन्न सके हामी शरीरमा पानीको कमी हुनबाट बच्न हामी सफल हुन्छौं।
चिसो मौसममा निर्वलीकरण (डिहाइड्रेसन)बाट कसरी बच्ने?
१, खानपान र रहनसहनमा विशेष ध्यान दिने ।
२, प्रशस्त ताजा तथा तातो झोल पदार्थ खाने र शरीरमा तापक्रमको सन्तुलन कायम राख्ने ।
३, तुलसी, अदुवा, महको नियमित सेवन गर्ने ।
४, घाम ताप्ने, तेलले मालिस गर्ने ।
५, बाक्ला, उनीका लुगा लगाउने ।
६, छालालाई चिसोबाट जोगाउन कोल्ड क्रिम लगायत प्रयोग गर्ने ।
७, कडा शारिरीक व्यायम नगर्ने जसले गर्दा पसिना बढी मात्रामा निस्किएमा जल वियोजन हुन सक्छ।
८, झडापखालाबाट लागे तुरुन्त स्वास्थ्य संस्थामा उपचार गर्न जाने।
९, जाँड, रक्सि सेवन नगर्ने यसले शारिरीक असन्तुल निम्तयाउछ ।
(स्तम्भकार कर्ण राज शर्मा रुद्रपुर स्वास्थ्य चौकीका प्रमुख हुनुहुन्छ।)