भैरव रिसाल
समाजवादी मुलुकहरूमा मात्र महिलाहरूको जीवन सहज, सम्मानित एवं काम पाउने हुन्छ । सर्वहारावर्गका महान् गुरूद्वय स्तालिन एवं माओको जन्मजयन्तीको पावन अवसरमा साम्राज्यवादविरोधी सङ्घर्ष समाजवादी क्रान्तिका लागि उहाँहरूको भूमिकाबारे लामो परिचर्चा कार्यक्रममा उपर्युक्त भनाइ सार्वजनिक भएको हो । स्तालिनको जन्म सन् १८८९ र माओको जन्म सन् १८९४ मा भएको थियो । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा उक्त भनाइ आएको हो । आजसम्मको समाजवादी क्रान्तिका लागि उनीहरूको भूमिकाबारे परिचर्चा भयो । समाजवादी मुलुकहरूमा आवश्यक काम माम पाइने हुँदा महिलाहरू सम्मानित एवं काम पाउने हुन्छन् । राष्ट्रले काम दिन नसक्दा लाखाँै जनता अहिले पनि कामको निम्ति खाडी मुलुकमात्र होइन विश्वका धेरै मुलुकमा पसिना चुहाइरहेका छन् । निजी साहुहरूको घरेलु नोकरीमा शोषण गरे पनि ढाँटेर छलेर हजारौँ महिला संसारका धेरै मुलुकमा घरेलु सुसारेको काममा छन् । साहुले फकाइ वा जबरजस्ती बलात्कार गरेको हजारौँ घटना समाचारमा आएका छन् कयौँ ।
महिलालाई शिक्षित बनाऔँ
सामन्तवादी समाज र पुँजीवादी समाजमा महिलालाई धर्म, अन्धविश्वास एवं परम्पराको सिक्रीले बाँध्ने हुँदा महिलालाई शिक्षित बनाउनुपर्ने विषयमा लामो व्याख्या गरियो । विद्यालयमा खुट्टा हाल्ने अवसर नपाएका महिला नेपालका अझै लाखौँ छन् । तसर्थ, उनीहरूलाई बिहान, बेलुकी, राति भए पनि कक्षा सञ्चालन गर्नुपर्ने चर्चा गरियो । त्यहाँ धर्मको पनि चर्चा गरियो र भनियो धर्म भनेकै समाजको सेवा गर्नु हो । धर्मको पनि प्रसङ्ग उठाउन शेष राखिएन । वास्तवमा धर्म कठिन विषय होइन । जनता नै मुख्य पक्ष हुँदा रात्रिकालीन कक्षाहरू सञ्चालन गरी नयाँ पुस्तालाई राजनीतिकरूपमा तयार गर्नुपर्ने कुरा पनि उठाइयो । यही धर्तीमा स्वर्ग स्थापना गर्न सकिने तर्क गर्दै जनताको सेवा नै धर्म हो, वास्तवमा जनता भनेकै ईश्वर हुन् भनियो । तिनै जनताका लागि विद्यालय, विश्वविद्यालय स्थापना गर्दै शिशु स्याहारको बन्दोबस्त गर्नु, स्वास्थ्य उपचारको लागि उपचार केन्द्रहरू बनाइनु र पूर्व सरसफाइको ज्ञान दिनुजस्ता काम नै धर्तीमा स्वर्ग स्थापना गर्नु हो जस्ता गाँठी कुरा प्रस्तुत गरियो । महिलाहरूलाई योग्य तथा सक्षम बनाउने एउटै मात्र उपाय हो उनीहरूलाई शिक्षित बनाउनु । अन्यथा समाजको रूपान्तरण कठिन हुन्छ पनि भनियो ।
हाई र हाच्छिउँ होइन
महिलाहरू वास्तवमा आमा हुन् । त्यसमा पनि शिक्षिकाहरू त आमाका आमा हुन् । तसर्थ, शिक्षिकाहरू अझ बढी राजनीतिक सुझबुझका साथ अघि बढ्नुपर्छ पनि भनियो । महिला शिक्षित भए समाज शिक्षित हुन्छ । दक्ष शिक्षकले राम्रो पुस्ता तयार गर्नसक्छ । अरूको नक्कल गर्ने र भनसुनको आधारमा पास गरे अयोग्य पुस्ता तयार हुन्छ । आजको संसारलाई अयोग्य होइन योग्य पुस्ता अझ सुयोग्य पुस्ता चाहिएको छ । तसर्थ, आज मागेर होइन जुटेर खाने जनता चाहिएको छ । यसका लागि पढ्नुप¥यो, अझै धेरै पढ्नुप¥यो । अनिमात्र नयाँ शताब्दीमा सिङ्गौरी खेलेर बाँच्न सकिन्छ । एउटा जमाना थियो, जुन जमानामा सिङ्गौरी खेलेर खान सकिँदैनथ्यो । तर, आजको युवा सिङ्गौरी नखेली खान सकिँदैन । तसर्थ, यो पुस्ता सिङ्गौरी खेलेर बाँच्न सक्षम र योग्य बनाउनुपर्छ आफूलाई । पुँजीवादी व्यवस्था गरेर खाने व्यवस्था होइन अरूले गरेको खाने व्यवस्था हो । तर, समाजवादी व्यवस्था अरूले गरेको खाने व्यवस्था होइन । यो उज्यालो कुरा सबै ठाउँमा पुग्न समय लाग्छ, यो हतार गरेर हुँदैन । यसको लागि धैर्य चाहिन्छ । पलायन, कायर एवं लुच्चाका लागि चाहिने हो, परिवर्तन नचाहनेहरूका लागि अर्कै दुनियाँ छ । जो अल्छी हुन सिकाउँछ, परिवर्तन चाहनेहरूका लागि जाँगर, जोश र क्रान्तिकारिता चाहिन्छ, आलस्य होइन । हाई हाच्छ्यँु होइन, हाँस्ने, हाँसो र क्रियाशीलता चाहन्छि ।
यी वादको अन्त
योग्यता सुनेर बढ्दैन, योग्यताको लागि विलक्षण प्रतिभा चाहिने पनि होइन । आफूले आफूलाई पढ्नुप¥यो र पुनरावलोकन पनि गर्नुप¥यो – म हिजोभन्दा आज कति सप्रिएँ कि बिग्रिएँ भनेर । मान्छेको स्वभाव विछट्टको हुन्छ । अर्काको आलोचना उफ्री उफ्री गर्छ । आफ्नो आलोचना हुन लागेपछि भाग्छ । भागेर जाने ठाउँ पनि पाउँदैन । घुमीफिरी रूम्जाटार नै हो । तसर्थ, परिस्थितिसँग भाग्ने कुचेष्टा नगरौँ । बरू जुधेर जाने प्रयत्न गरौँ, पढौँ, गुनौँ, अन्तमा भागेर कहाँ पुगिने हो र ? यो संसारमा भाग्ने मान्छेको कहाँ सफल भएको छ र ? बरू जुध्ने मान्छे अन्ततोगत्वा सफल भएको छ यो दुनियाँमा । भाग्ने मान्छे त भाग्यो भाग्यो । जुध्ने मान्छे नै सफल हुन्छ एक दिन । लोकोक्ति छ, मान्छे जुझारू हुनुपर्छ । नजुझारू मान्छे सधैँको हरूवा, सधँैको हरूवा । यसर्थ, परिवर्तन चाहनेहरू जुझारू नै हुनुपर्छ । नजुझारू वा परिवर्तन नचाहने मान्छे यो शताब्दीमा लायक हुँदैन । यो संसारको स्वभाव नै परिवर्तनमुखी छ । तसर्थ, यो तथ्यसँग परिचित हुन सकिन्छ भने हामी मान्छे हुनुको औचित्य नै प्रश्नवाचक हुन जान्छ । यो संसारबाट साम्राज्यवाद वा पुँजीवादलाई सकेसम्म चाँडै सात समुद्रपारि पु¥याऔँ र शान्तिपूर्ण विश्व रचना गरौँ । आजको विश्वको चर्को माग नै पुँजीवाद, सामन्तवाद र साम्राज्यवादको यथाशीघ्र अन्त हो ।