उदय निरौला
हामी विनिताजी र म भाद्र पाँच गते अमेरिका जानलाई बिहान भक्तपुर घरबाट ५ः३० बजे निस्क्यौँ।हामी अन्तर्राष्ट्रिय त्रिभुवन विमान स्थलमा लगेज राखेर बोर्डिङ पास लिएर ६ः३० बजे प्रतीक्षा कक्षमा पुग्यौं ।हामी कतार एयरवेजको फ्लाईटबाट उड्यौँ।अधिकांस यात्रुहरू नेपालबाट दोहामा काम गर्न जाने नेपालीहरू थिए।
केही त्यहाँको ट्रान्जिटबाट युरोपका बेलायतर,जर्मन ,पोर्चुगल,स्पेन जानेहरू पनि रहेछन् ।देशमा राजा महेन्द्रले ब्यवस्थापन गरेका उद्योग धन्दाहरू, संस्थानहरू निजीकरणका नाममा सखाप बनेपछि युवाहरू पलायन मात्र भएनन् श्रम बेच्नु र जीवन धान्नुसँग आकुल व्याकुल बनेर विदेश भौंतरिने क्रम जारी छ। चाहे न्युतम शैक्षिक योग्यतामा अष्ट्रेलिया, युरोप, अमेरिका होस् वा एक्सपर्ट बनेर खाडीका देश वा श्रम जीवी बनेर खाडी कोरिया वा अन्यत्र जहाँहोस् जान बाध्य बने। ऐले त रसिया र युक्रेन युद्धमा सिपाही बनेर ज्यानको बाजि थापेर जीवन धान्न समेत बाध्य बनेका समाचारहरू दिनानुदिन आइरहन्छन् ।
अध्यागमनमा लाइन लाग्दा सबै नेपाली, अनि त्याहाँको अमिलो ब्यवहार भोग्ने पनि नेपाली ।नेपालबाट जहाँ पनि अध्यागमनमा नेपालीलाई खाते नेताहरूले भाँचकुच पारेकोले हाम्रो सान सौगातका कारण बढो नराम्रो किसिमले पाराले र दृस्ठिकोणले हेरिन्छ ।राजाको सरकार भएको बेला बढो इज्जतसाथ हेरिन्थ्यो।नेपाली भनेपछि उ बेला राम्रो इज्जत दिइन्थ्यो।म २०४४ सालमा दक्षिण कोरिया जाँदाको इज्जत ऐले शुन्य प्राय महसुस भयो ।
प्लेन काठमाडौंबाट कतार एयरवेजको थियो । सिटमा बसेपछि मैले ती फोल्ड नहुने सिटमा बसेर भोलि कतारबाट एटलान्टासम्मको सोर्ह घण्टाको यात्रा कसरी तय गर्ने होला भनेर सोचेँ। बिनिताजीको त अझ ढाडको समस्या उनले पनि त्यही गुनासो पोखिन् । यद्यपि हामी के गर्न सक्थ्यौँ र? तथापि कतार एकरात बसेर अमेरिका लाग्दा त्यही कतारवेजको विमान ठूलो अनि सिटहरू सजिला र फोल्डिङ थिए। नेपालीलाई मात्र अल्प बिकशित मुलुक भनेर उनीहरूको विमान त्यस्तै असुविधा जनक र सर्भिस पनि त्यस्तै, खानेकुरा पनि क्वालिटि बिहिन रहेछ । अमेरिका जाने जहाजमा सोधिरहने, खानेकुरा, पानी, ब्रेकफास्ट, टि, जुस, खानेलाई वाइन ह्विस्की पनि दिँइदो रहेछ।हामी आरामले त्यो सोह्र घण्टा प्लेनमा बस्दा कुनै अफ्ठेरो महसुुस भएन। काठमाडौंबाट मात्र पाँच घण्टाको बाटो तय गर्न भने गार्हो भएको थियो ।तसर्थ पनि नेपाल र नेपालीलाई बिकसित देशहरूले गर्ने व्यवहार हामीले नै बिगारेको ठान्छु म। हामी कतारमा एकदिन राम्ररी घुमेर एकरात बितायौँ र भोलिपल्ट ६ गते हामी अमेरिका उड्यौँ। अघिल्लो दिनका नेपालीहरू हामी बाहेक भोलिपल्ट अमेरिका आँउदा कोही थिएन। रातीको फ्लाईटबाट मेरा पुराना चिनजानका मित्र बिजय भट्टराई र वहाँको श्रीमती र छोरा एटलान्टा मै भएकोले बिहानै आइपुग्नु भएछ। हामी सँगसँगै एउटै प्लेनमा परेछौँ। तथापि अरु धेरै भारतीय र युरोपेली अनि अफ्रिकीहरूले प्लेनभने खचाखच थियोे ।नेपाली अनुहार हामी मात्र भएको मैले याद गरेँ।
कतारबाट प्लेन बिहान ६ः३० बजे उड्यो। हामी राती आरामले निदाएकाले मैले भने बाहिर भित्र सबैभन्दा नियाली रहेँ। धेरै माथि ३३०० फिटमा पुगेर प्लेन एकनासले आफ्नो रफ्तार लिइरहेको थियोे । अघिल्लो सिटको टेलिभिजनमा प्लेनको बाटो नियालिरहेँ मैले ।कतारबाट उडेको प्लेन युरोपको नर्वेको ओस्लो पुगेर पश्चिम दक्षिण झर्दो रहेछ । एउटा कर्भ जस्तो अर्ध गोलार्ध बनाएर एटलान्टाको बाटो तय गर्दो रहेछ। क्यानाडाको पुर्वी आकाश हुँदै बोस्टन, भर्जिनिया, बाल्टिमोर हुँदै हुँदै जहाज ओर्लेको थियोे सिधा दक्षिण । एटलान्टाबाट मेक्सिको नजिकै रहेछ । अनि एटलान्टिक ओसनको नजिक एयरपोर्ट रहेछ।
हामी ठिक यहाँको समयानुसार तीन बजे जहाजबाट ओर्लियौँ।यद्यपि लगेज आउन समय लाग्यो।लगेज लिएर बाहिर निस्कना साथ छोरी उर्जा र ज्वाइँ हामीलाई लिन बस्नुभएको रहेछ। वहाँले गाडीमा हामीलाई राखेर सिधा अलबामाको शहर र वहाँको घर हेमिल्टन लिएर आँउँदा त्याहाँको २८० किलोमिटर तय गर्न २ घण्टा यहाँको स्पिडमा शहर मन्टोमेरी घर आइपुगिँदो रहेछ। सडकका दायँबायाँ अष्ट्रेलियामा जस्तै दुवैतर जंगल रहेछ । अलि बाक्लो सडकमा जरायो, मृगहरू पनि निस्कँदारहेछन् अष्ट्रेलियामा कंगारु निस्के जस्तै ।
सडकमा ठाउँ ठाँउमा रेस्ट गर्ने घरहरू, बाथरुम सबै सुविधा सहित बनाइएको रहेछ। एकठाँउमा हामी गाडी रोकेर रेस्टरुम प्रयोग गरेका थियौँ। जुसहरू पाइने रहेछ। यद्यपि त्यो ब्यक्तिको नभएर सरकारले सुविधा दिएर धेरै ब्यवस्थित रुपमा राखेको रहेछ । सडकमा स्पिड तोकेको छ,गाडीमा दाहिनेतिर चालकको सिटहुने हाम्रोतिर यहाँ भने देब्रेतिर हुँदो रहेछ र गाडी दाँयाबाट दौडाइने रहेछ। अब घुम्न त बाँकी छ। यतातिर भने आज २र४ठाउँ सपिङ्ग कम्प्लेक्समा गाडीमा निकै घुमियो । घुमेका मार्केट सबै एकै बिल्डिङ करिब सातआठ बिघाहा जमिनमा संसारको यावत चिज पाइने रहेछ। ।भारतीयहरूका ठूला ठूला किराना मार्केट रहेछन। यतिसम्मकि सबै मसला ,सबै आयुर्वेदिक ओैषधीहरू जस्तो त्रिफला चुर्ण, ब्राम्हीचुर्ण, बूढो ओखती, सतावरी, अश्वगन्धा, शर्पगन्धा धेरै थोक पाँइदो रहेछ। भारतीयहरू धेरै अघिबाट याँहा आएर ब्यापार गरेर बसेका रहेछन। यो क्षेत्रमा धेरै भारतीयहरूको मेजोरिटि रहेछ। नेपाली भने रहेनछन् ।अरु कोरियन, अमेरिकीहरू, कालाजातीहरू विविध एसियनहरूको मेजोरिटि भने बाक्लो । costco wholesale मा नपाइने कुनै बस्तु हुँदो रहेनछ। चाइनिज बस्तु र इन्डियन बस्तुको क्वालिटि धेरै राम्रो पाइदो रहेछ। हामीकहाँ आउने धेरै लो क्वालिटीका। यसरी अल्पविकशित मुलुकहरू छुट्याएर नै म्यानिफ्याक्चरिङबाट सामान उत्पादन हुनेरहेछ ।
नयाँ बस्ती लेण्डलर्डहरूले अरुलाई बेचेका र अष्ट्रेलियाकै जस्ता बिल्डिङहरू बनेका रहेछन् ।काठ भित्र राखेर बाहिर थोरै इँट्टाराखेर सिमेन्ट प्लास्टर वा ढुँगाकाहुँदा रहेछन् । एक वस्ती रअर्को बस्तीका बीचमा चर्चहरू हुने रहेछ। खेल मैदान र नानीहरू खेलाउने पार्कहरू मिलाएर बनाएका रहेछन् ।भौतिक उन्नतिमा सायद यति अगाडि कुनै देश छैनन् होला। नेपाल जस्ता क्षेत्रफल भएका देशहरू अमेरिकामा ६७वटा आँट्ने रहेछन् ।जनसंख्या कम भएको कारण डि.भि. खुल्दो रहेछ। याहाँका लेण्डलर्डहरू जमिन बेचेर अति नै धनाढ्य बन्दा रहेछन् । हाम्रो अब्यवस्थित काठमाडौं शहरका काँठेहरू धनी भएजस्तो याँहाका जमिनदारहरू। आजको मोर्निङवाकमा एक जमिनदार जेम्स जेनिफरसँग भेट भयो ।उनकी श्रीमती मेरी जेनिफरसँग मिजासिला ठूलो नपल्टने मानिसरहेछन् । हाम्रो ज्वाँइले लिनु भएको जग्गा मालिक पनि उहीँ रहेछ यद्यपि रियलस्टेटको एजेन्ट मार्फत यो बस्तीका धेरै घरहरू उसले बिक्री गरेका जमिनमा बनेका रहेछन् । सायद अमेरिका भित्र बस्न योग्य जमिन यस्तै जमिन्दारका छन्। मैले उनलाई सोधेँ तिम्रा छोराछोरी कहाँछन्? उसले भन्यो छोरीको विवाह भैसक्यो। ऊ ब्यापार गर्छे। छोरा बुहारी र एक नाति उसँगै छ । ऊ खेतीपाती हेर्छ र जग्गा जमिनको व्यापार गर्छ। मैले उनलाई सोधेँ के याहाँको कानुन अनुसार सत्रबर्स पछि सँगसँगै बस्न मिल्दैन भन्छन् नि। ऊ मुसुक्क हाँस्यो र भन्यो "आफ्नो सम्पत्ति नभए पछि। हाम्रो सम्पत्ती छ त्यो कसले हेर्छ। म ऐले ८१ भैसकेँ अब छोरा जर्ज माल्टन जेनिफरले सम्हाल्छ अनि पछि नातीले। तसर्थ १६/१७बर्षमा घर छाड्ने आमाबाबु त्याग्ने आँफै कमाई गर्नेले हो । जसको जमिन छैन ठूलो ब्यापार छैन । दैनिकी कमाएर खानुपर्नेहरूले नछुटिएर के गर्ने । हामी जोइन्ट परिवारमा बस्छौं ।" एकैछिनको हिँडाइ पछि ऊ Same to u र See u again भनेर हाँस्दै छुटियो। म ज्वाइ साबको दाजसँगै घरतिर लागेँ।यसरी आजको अगस्ट २५ शुक्रबार बिहान यो डाउटाउनको मास्टन वेमा बितेको छ।
अब घाम बिस्तारै बिस्तारै बाहिर निस्कन नसक्ने गरि तातेका छन्।
श्रोत: उदय निरौलाको फेसबुक वालबाट साभार