२८ साउन, कञ्न
कन्चन गाउँपालिका स्वास्थ शाखाको आ व ०७९/०८० को बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा कञ्चनको स्वास्थ्य सेवालाई पारदर्शी, जनमैत्री र सबैको पहुँचयोग्य बनाउनु पर्नेमा जोड दिएका छन।
स्वास्थ शाखाका प्रमुख राम प्रसाद गौतम र ५ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल ब्यक्तीहरुबाट प्रस्तुत प्रतिबेदन माथी धारणा ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउपालिकाबाट प्रवाह हुने बिभिन्न सेवाहरु मध्ये स्वास्थ्य सेवा जनतासंग प्रत्यक्ष सम्बन्ध जोडिएको संस्था भएको बताउनु भएको छ। स्वास्थ्य शाखाबाट भएका हरेक सेवाहरु सन्तोषजनक रहेको र जनमैत्री बनाउन प्रभावकारी योजनाहरुको निर्माण गर्न सकिएमा पालिकाले प्राप्त गर्दै आइरहेको उपलब्धीहरुले निरन्तरताले पाउदै जाने उल्लेख गर्दै अध्यक्ष ढकालले सबैको पहुँचयोग्य सेवाप्रदायक बनाउन पालिकातहबाट आवस्यक नीति तथा कार्यविधिहरु बनाउन सकिने बताउनु भयो।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2023-08-14/135410557365927939_124898127354983_6677410391132139793_n edit.jpg)
यसैगरी स्वास्थ कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले कञ्चन गाउपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल पनि प्राप्त गरिरहेको बताउनु भयो। कञ्चनमा दुईवटा २४ सै घण्टाका प्रसुती केन्द्र समेत संचालन भएपछि कञ्चनलाई घरमा जिरो डेभिरी (शुन्य सुत्केरी) बनाउन सबैपक्षबाट आवस्यक सचेतानमुलक कार्यक्रमहरुको संचालन गर्न आवस्यक रहेको प्रमुख ढकालले बताउनु भयो। कञ्चनले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिलाई निरन्तरता दिन स्वास्थ्यकर्मी, जनप्रतिनीधि र सरोकारवालाहरुको भुमिकालाई अझ सक्रिय बनाउदै लैजानु पर्नेमा प्रमुख ढकालले जोड दिनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-08-14/135425297365734244_836076851137255_1723532818319518915_nedit.jpg)
उपाध्यक्ष मौसमी थापा मगरले सबैभन्दा सम्बेदनशिल र अत्यावस्यक सेवा क्षेत्र भनेको स्वास्थ्य सेवा भएकोले स्वास्थ्य केन्द्रहरुमा दक्ष र अनुभवी जनशक्ती आवस्यक पर्ने बताउनु भयो। उपाध्यक्ष थापा मगरले कञ्चनमा घरमै सुत्केरी हुने वा गराउने परमपरा र संस्कारलाई अन्त्य गर्न स्वास्थ्यकर्मीसंगै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्न भयो। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शाखा भएका हरेक गतिबिधिले सेवाग्राहीको मुहारमा मुस्कान छाउनु पर्ने र कञ्चनका सबै स्वास्थ्य केन्द्रहरुको सेवा प्रवाहलाई छरितो र सेवामैत्री बनाउन पालिकाले आवस्यक योजना निर्माण गर्दै जाने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-08-14/135520912365875109_631705809061139_3904474753264917426_nedit.jpg)
५ वटै स्वास्थ संस्था र समग्रमा गाउपालिकाको विगत ३ बर्ष देखि हाल सम्मको बार्षिक प्रगती प्रतिवेदनबारे तुलनात्मक समिक्षा गरिएको गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले प्रतिवेदनमा उल्लेखित शब्द चित्रबाट कञ्चनको स्वास्थ्य स्थितिलाई सफल चित्रण गरिएको भएपनि स्वास्थ्य सेवालाई हरेकको पहुँचयुक्त बनाउन आवस्यक पुर्वाधार र दक्ष जनशक्तीको अभाव रहेको बताउनु भयो। थोरै जनशक्ती आधारभुत भौतिक पुर्वाधारबाट पनि स्वास्थ्य सेवालाई चुस्त रुपमा संचालन गर्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका र सरोकारवालाहरुलाई प्रमुख प्रशासकीय अधिकृत गौतमले धन्यवाद ब्यक्त गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-08-14/140416432365517273_1297855291102298_2642153007201704209edit.jpg)
कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष हरिनारायण थारु लगायत जनप्रतिनिधि, स्वास्थ सस्थाका प्रमुख तथा फोकल ब्याक्तीहरु, सहयोगी संघ सस्थाका प्रतिनिधिहरु, बिभिन्न शाखाका कर्मचारीहरु, पत्रकार लगायतको सहभागित रहेको थियो। स्वास्थ शाखा प्रमुख रामप्रसाद गौतमले कार्यक्रमको सहजिकरण तथा पालिकाको स्वास्थ्य प्रतिवेदन तथा कञ्चनको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2023-08-14/140301618365517251_1503728270366663_6639800157430252833edit.jpg)