#भैरव रिसाल
नेपालमाथि संयुक्त राज्य अमेरिकाले तीखो आँखा झन्झन् बढी गाड्दै गरेको छ । अमेरिका यो विश्वलाई आफ्नो इसारामा चलोस् भन्ठान्छ । तर, त्यो सम्भव छ र ? आज संसार कब्जा गर्न पहिलेजस्तो सजिलो कहाँ छ र ? तर, यो चरम सत्य के भएर हो संरा अमेरिका बुझ्दैन या बुझ पचाउँछ । आज विश्व कसैले भनेजस्तो छैन, आफ्नै खालको छ । विश्वको जनसङ्ख्या आठ अर्ब नाघिसक्यो । यो आठ अर्बभन्दा बढी जनतालाई पाल्नुपर्छ । जनसङ्ख्या प्रतिदिन बढेको बढ्यै छ । चीनले धेरै वर्ष एक सन्तान एक दम्पतीको नीति लिएको थियो । तर, यो नीतिले पछिल्लो पुस्तालाई हुर्काउन असजिलो हुनेदेखि चिनियाँहरूले विभिन्न सर्तमा एक दम्पती र सहसन्तानको नीति लिए । यसको कस्तो परिणाम आउँछ । त्यो नहेरी यो यसै हो भनी किटान गर्नु केटाकेटीपन बन्न जान्छ । यो एउटा गम्भीर समस्या हो । यो समस्याको परिणाम हेर्दा वर्षपछि मात्र थाहा हुन्छ । आजको विश्व यस्तो छ । तर संरा अमेरिकाका धेरै मान्छे यो सबै विषयबाट फर्कनै चाहँदैनन् । तैपनि जेनतेन चल्दै छ यो दुनियाँ । आज मेरा पुस्ताले आफूलाई मात्र हेरेर पर्याप्त हुँदैन । भोलि र पर्सि पनि हेर्न सक्नुपर्छ । यो भन्नलाई सरल रूपमा भन्न सकिन्छ तर जो त्यति सजिलो कहाँ छ र ?
निजी सेना राख्नु हुँदैन
एमसीसी सम्झौता नेपालको पक्षमा छैन बरू विपक्षमा छ । तसर्थ, सो एमसीसी सम्झौतालाई सिङ्गारपटार गरेर प्रस्तुत गरे पनि यो नेपालको पक्षमा हुनै सक्दैन । यो सम्झौता खारेज गराउनुको विकल्प छैन । यसको निम्ति सङ्घर्ष अझ चर्को सङ्घर्ष र अझ चर्कोमा पनि झन् चर्को सङ्घर्ष नै यसको सक्कली उपचार हो । नेपाल मजदुर किसान पार्टीका नेतामात्र होइन सम्पूर्ण कार्यकर्ता एमसीसी सम्झौताको सशक्त विरोध गर्नुप¥यो भन्ने महसुस गरियो । विनासशक्त सङ्घर्ष त्यो पनि निरन्तर सङ्घर्षविना केही हुनेवाला छैन । यो बेला अब त हुन्छ भन्ने भ्रम परिन्छ । तर, ठोस रूपमा केही हुँदैन, भएको पनि छैन । संसारभरि सशक्त सङ्घर्ष चर्काउन सकेमात्र एमसीसीजस्ता अत्यन्त खराब सम्झौता खारेज हुनसक्छ । अमेरिकी स्वार्थको लागि वर्तमान र भविष्यको अमेरिकी कानुन एवं नीति पालना गर्नुपर्ने सम्झौता र नेपाली सेनाले । अब त एमसीसी सम्झौता नेपाली जनता र नेपाली सेनाको ब्यारेकलाई अमेरिकी सेनाले कब्जा गर्ने एसपीपी सम्झौता र समझदारी खारेज गराउन सङ्घर्ष चालु राख्ने । अमेरिकी साम्राज्यवादले निजी सेना सुरू गरेकोलाई विरोध एवं भत्र्सना गर्ने र कुनै पनि देशमा निजी सेना बनाउन नपाउने अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको लागि आवाज उठाउने निर्णय गरेको छ नेमकिपाको केन्द्रीय समितिको बैठकले । निजी सेना भनेको अत्यन्त खराब र खतरनाक प्रावधान हो यो तथ्य बुझ्न कति पनि ढिलो गर्नुहुँदैन ।
आन्दोलन निरन्तर हुनुपर्छ
संसारका वामपन्थी नेताहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङलगायत क्रान्तिकारी नेता र नेताहरूको जन्म दिवसको अवसरमा उहाँहरूको जीवनी तथा सङ्घर्षका कथा र जीवनी, क्रियाकलाप प्रकाशित हुन्छन । उनीहरूका जीवनी, कृतिबारे अध्ययन र अन्तरक्रिया गर्ने ताकि सङ्घर्षको गम्भीर एवं यदाकदा रोचक पनि सामग्री पढ्न पाइन्छन् । अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ क्रान्ति, जनवादी क्रान्ति र अरू अरू अन्तका प्रसिद्ध मजदुर, किसानहरूबाट गरिएका अनेकथरी क्रान्तिका तरिका, सञ्चालन विधि र बिच बिचमा परिवर्तन किन गर्नुप¥यो भन्ने जस्ता रणनीति पनि जान्न पाइन्छ । यस्ता क्रान्तिकारी कामका अद्योपान्त विस्तारपूर्वक पढ्यो भने क्रान्तिका धेरै गाँठी कुरा सजिलै बुझिन्छ । नेमकिपालाई राष्ट्रिय पार्टीको हैसियत नदिन अनेक प्रकारका पुँजीवादी उपनिवेशवादी प्रावधान प्रयोग गरिन्छ । तीन प्रतिशत, पाँच प्रतिशत, डेढ प्रतिशत मत प्राप्त गर्नुपर्ने भूत्ते हतियार प्रयोग गरेर अनौठो उपद्रोव गरेको छ यो गणतन्त्रले पनि । २०४५ सालमा पनि नेमकिपालाई समाप्त गर्न पञ्चायत सरकारले राज्यस्तरको षड्यन्त्र गरेर समाप्त गर्न अनेक ग¥यो तर सकेन । नेमकिपाले झन् विकास ग¥यो, गर्दै छ । तर, सरकार थाकेको छैन । फेरि पनि कहिले हान्छ टुङ्गो हुँदैन । किसान, मजदुर, काम गरी खाने जनताको हक, हित र वाञ्छनीयताका लागि यसका नेता र कार्यकर्ताहरू नथाकी अघि बढेका छन् । यी कुराको सही एवं उपयुक्त विश्लेषण गरी किसान र मजदुर आन्दोलनहरू निरन्तर गरिरहनुपर्छ ।
भक्तपुरको पनि परिवर्तन
कुनै पनि आन्दोलन सफल हुन निरन्तरता चाहिन्छ । तर, हामीकहाँ प्रायः आन्दोलनहरूले निरन्तरता पाउँदैनन् तैपनि अरू पार्टीसँग तुलना गर्ने हो भने नेमकिपाको आन्दोलनले निरन्तरता पाएका छन् । केही वर्षमा भक्तपुर आन्दोलनको स्वरूप बदलिएको छ । पहिले भक्तपुरका किसानहरू आफै खेती गर्थे । उद्योग त्यति बाक्लो थिएनन् । भक्तपुरका किसानहरू गहुँ खेती पनि प्रशस्त गर्थे । आफै कोदाली, कुटो, चुपी, बञ्चरो चलाउँथे, पर्म चल्थ्यो । ऐचों पैँचो चल्थ्यो, सापटी चल्थ्यो । अहिले जस्तो बैङ्क, सहकारी धेरै थिएनन् । तर, परिस्थितिमा यति धेरै परिवर्तन आयो । साहुहरूले घर घडेरीबाहेक जग्गा राख्न छोडे । भक्तपुरका युवायुवती खेतीतिरमात्र खटिएनन् पढाइतिर पनि लागे । परिणामतः अग्रज किसानका छोराछोरी खेतीतिरबाट अरू पेशातिर फड्को मारे । यस्तो परिवर्तनले क्रमशः स्वरूप नै लियो । अझै धेरै किसान नेता तथा कार्यकर्ताको हात छाम्यो भने कोदाली खन्दाका ठेला हातमा भेटिन सक्छ । तसर्थ, नेमकिपाका अझै धेरै कार्यकर्ता किसान छन् । अब त काठमाडौँ खाल्डोका धेरै जग्गा घर घडेरी भए । भक्तपुर सहरमा घडेरी पाइँदैन । तसर्थ आफ्नै खेतमा घर बनाउने चलन पनि सुरू भयो । यसर्थ, अब भक्तपुर सहरलाई साबिकै राख्ने संस्कारलाई पनि कायमै राखे कला र संस्कृति जोगिन्छ ।
(स्तम्भकार भैरव रिसाल बरिष्ठ र अनुभवी पत्रकार हुनुहुन्छ।)