२३ पुष,कञ्चन
हरैया माध्यमिक बिधालय,कञ्चन ३,रुपन्देहीले बिधालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षकहरुको शिक्षण सिकाईमा प्रभावकारी बनाउने उद्धेश्ययले आफ्नो बिधलयमा एकदिने शैक्षिक अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ। बिधार्थीहरुमा पढाई प्रति रुची र शैक्षिक गुणस्तरमा बिधार्थीहरु र शिक्षक तथा अभिभावकहरुको भुमिकालाई सरलीकरण गर्न उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी शिक्षक,बिधार्थी र अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको सान्दर्भिकताका बारेमा बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले बताउदै बिधालय र बिधार्थीहरुको शैक्षिक स्तर बृद्धि गर्नमा बिधार्थी,शिक्षक र अभिभावकको महत्वपुर्ण भुमिका हुने र बिधालयको शैक्षिक गुणस्तरलाई बृद्धि गर्न सहयोग पुर्याउने उद्धेश्यले बिधालयमा शैक्षिक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ। बिधार्थीको पढाई प्रतिको रुची र शिक्षकहरुमा शिक्षण पेशा प्रतिको जागरुकता तथा अभिभावकहरुमा बिधार्थी र बिधालयको शैक्षिक गुणस्तरमा महत्वपुर्ण भुमिकालाई ताजगी बनाउन संचालन गरिएको अभिमुखिकरण कार्यक्रमले बिधार्थी,शिक्षक र अभिभावकहरुमा थप उत्साह आउनेमा बिश्वास ब्यक्त गर्नु भएको छ।
अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिदै शिक्षा विकास तथा समन्वय इकाई भैरहवाका कार्यलय प्रमुख दिपेन्द्र ढकालले कुनै ब्यक्ति जन्मिदै ठूलो र सानो वा उच्च र निच भएर जन्म नहुने भएको हुदा ब्यक्तिको जन्म भएपछि उसको पारिवारिक तथा छिमेकमा हुने वातावरणले बिस्तारै उसको पहिचान निर्धारण हुने बताउनु भएको छ। कुनै ब्यक्ति एक इट्टा सरह भएर जन्मिने र उक्त इट्टालाई राम्रो कालिगढको हातमा परे घाम पानी ओट्ने घर देखि राजा महाराजा बस्ने दरवार सम्म निर्माण हुने बताउदै प्रशिक्षक ढकालले बिधार्थी पनि सोही इट्टा सरह भएकोले दक्ष र सृजनशिल शिक्षकको निर्देशन,सिकाई र प्रशिक्षणमा रह्यो भने देश र जनताको पक्षमा काम गर्ने असल नेतृत्व उत्पादन हुने भएकोले सही समयमा सही मार्ग निर्देशन दिनु पर्ने बताउनु भएको छ।
कतिपय शिक्षकहरु आफैसंग भएको क्षमता चिन्न नसक्दा पाठ्यक्रम अभावको नाममा शिक्षण सिकाई प्रभावकारी बनाउन नसकिरहेको भन्दै प्रधानाध्यापकलाई दोष देखाउने गरेको उदाहरण प्रस्तुत गर्दै प्रशिक्षक ढकलले डिजिटलको समयमा रातदिन साथमै रहने प्रबृधिको भरपुर उपयोग गरेर बिधालयमा शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने कुरा बताउनु भएको छ।शिक्षण सिकाई भनेको आफु र आफ्नो बिधालमा नभएको कुरामा अल्झिएर नभई आफु र बिधालयमा जे कुरा छ त्यही कुरालाई सृजनात्मक रुपमा उपयोग गरी शिक्षण सिकाईले प्रभावकारी हुने र शैक्षिक गुणस्तरमा पनि राम्रो बृद्धि हुने भएको आफुसंग भएको श्रोत साधनहरुको भर उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको छ।
बिधार्थीहरुले आज शिक्षक आएनन,पढाई राम्रो भएन र बिधालयको भौतिक स्तरलाई मुल्यांकन गरेर भन्दा पनि आधुनिक प्रबृधिहरुबाट बिना शिक्षक पनि सिकाई गर्न सकिने र आधुनिक प्रबृधिको सहि सदुपयोगले बिधार्थीहरुलाई समाजमा आवस्यक ब्यक्तित्वको रुपमा आफुलाई बिकास गर्न सकिने बताउनु भएको छ। सबै भन्दा बिधार्थीहरुले म किन र केका लागि पढ्ने र मेरो भबिष्य केमा सुनिश्चित छ भन्ने कुराको निश्चित उद्धेश्य बनाएर अध्ययन गर्नाले हरक्षण अध्ययनप्रतिको रुचिमा जागरुकता आउने समेत प्रशिक्षक ढकालले बताउनु भएको छ।अभिभावकहरुलाई लक्षित गर्दै प्रशिक्षक ढकालले आफ्नो सन्तानलाई डाक्टर,इन्जिनियर,उधमशिल,शिक्षक,दक्ष प्रशासक वा असल नेतृत्व बनाउने भन्ने कुरा अभिभावकले सन्तानहरु प्रति देखाउने ब्यबहार र वाताबरणमा निर्भर हुने बताउनु भएको छ।
बिधालयका शिक्षक,कक्षा ९-१२ का साधारण र प्राबिधिक बिधार्थी,अभिभावक,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारीहरुको समेत सहभागित रहेको अभिमुखिकरण कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाले गर्नु भएको थियो भने संचालन बिधालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यले गर्नु भएको थियो ।