#भैरव रिसाल
दिन उदाउँछन्, अस्ताउँछन् । रात पनि पर्छ, छिपिन्छ । बिहान हुन्छ । सूर्य आफ्नै प्रकारले उदाउँछ । दिनभर आकाशमा हिँड्छ र अनि अस्ताउँछ । हाम्रो एक दिन एक रात सकिन्छ । एवंरितले हामी हाम्रो जीवन बिताइरहेका छौँ । यही हो यो संसारको विधि । यही विधिलाई अनेक प्रकारका प्रपञ्च, परिपञ्चमा व्याख्या विश्लेषण गर्छौँ हामी । हामीमध्ये कति जना पूर्वजन्म र पुनर्जन्म मान्छौँ । त्यस्ताको एउटा निश्चित दुनियाँ छ । त्यस्तै पूर्वजन्म र पुनर्जन्म नमान्ने अर्को विशाल दुनियाँ छ । हामी दुवै दुनियाँ यो पृथ्वीमा मान्छेको सृष्टि भएदेखि नै विचरण गरिरहेको देखिरहेका छौँ । एकथरीले अर्को थरीलाई मास्न सकेको छैन । दुवैथरी आ–आफ्नो बुद्धिले भ्याएसम्म आफ्नो मात्र पक्षको अस्तित्व रहोस् संसारमा भनेर परिश्रम गरिरहेका छन् । तर, दुवै पक्ष सफल भएका छैनन् । सायद दुनियाँ भनेकै यही हो कि ? यो मान्छेको दुनियाँमा मृत्यु मिति थाहा हुने भए के कस्तो हुन्थ्यो होला जस्तो पनि लाग्छ । यो खाली कोरा कल्पना हो मेरो । भौतिकवाद र आध्यात्मवादको विवाद आजको हो र ? उहिलेदेखिको हो । तसर्थ, यस्ता गाँठी कुराको निर्णय हतारमा र विनाधैर्य हुन सम्भव छैन, असम्भवजस्तो लाग्छ । आज जीवन महँगो छ कि सस्तो छ भन्न सहज छैन । प्राप्ति सन्तोषजनक छैन । हिजोसम्म आत्मनिर्भर विषयमा आज परनिर्भर ? यो उल्ट्याउनु छ ।
के गरी गर्नु
मुलुक शासकहरूले बुझेनन् । नबुझिकन आज उनीहरूले राजनीतिक नेतृत्व गरिरहेका छन् । पैसा उठ्दैन उठ्नुपर्ने संस्थाहरूबाट पनि । जब पैसा नै उठ्दैन के खर्च गर्नु ¤ आजको सरकारको चरित्र नै अप्ठेरो छ । पैसा खर्च नगरी प्राप्ति हुँदैन, खर्च गर्न पैसा नै उठ्दैन । खर्च बढेको छ । यसपालि खेल जगत्ले पनि प्रगति ग¥यो । फलस्वरूप खेलाडीहरू सम्मानित भए । जनही ६ लाख रूपैयाँ पाउने भए । ढुकुटी रित्तो छ । मान्छेले आशा गर्नु बेठीक कहाँ हो र ? तर, झिक्ने भाँडो नै रित्तो भएपछि कसको पो के लाग्छ र ? तसर्थ, ढुकुटी भर्ने के उपाय छ ? बुद्धि घोट्नुप¥यो नि ? प्रकृति पनि अनुकूल हुनुपर्ने प्रतिकूलतातिर उन्मुख छ । यसपालि वर्षाद् नै कम हुन्छ रे । अब पुग्दो खाद्यान्न उत्पादन कसरी गर्ने र जनतालाई पेटभरि कसरी खुवाउने ? प्रश्न गम्भीर छ । ठूलठूला नदी छन् । तर बाँध छैनन् न त छन् नहर नै । रानी जमरा कुलरिया सिँचाइ आयोजना पूरा हुने कहिले ?¤ हाम्रो सिँचाइ आयोजनाहरूमा भारतलाई पानी कम हुन्छ भनी भारत आफूले त सिँचाइ योजनाहरूलाई सहयोग दिएन दिएन । उल्टो अरू सहयोग दिने मुलुकहरूलाई समेत रोक्यो । सरकार अब पराइको मुख नताकी ढिलै भए पनि आफ्नै स्रोतबाट सिँचाइ सुविधा पु¥याउने गरी काम थालेको थियो । तर, ठेकेदारहरू बेइमान निस्के । जसका कारण नहर ठाउँ ठाउँमा भाँसिए, चुहिएर छुट्टी !
कतै दृष्टान्त छ ?
यो देशमा नेपाली जनतालाई खान पर्याप्त हुने अन्न उत्पादन गर्ने खेतीयोग्य जमिन छ । ती जमिन सिँचाइ गर्न पुग्ने पानी पनि छ । ती जमिनमा खेती गर्ने बलियो पाखुरा र तिघ्रा भएका मान्छे पनि छन् । तर, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाहरूमा राजनीतिक नेताहरू, हिजोका र भोलिका मन्त्रीहरू, सरकारका तलब, भत्ता, पेन्सन खाने सचिवहरू झुम्मिएर छुट्टी । अब कसलाई पत्याउने कसलाई नपत्याउने ? चोखो हुनुपर्ने ठाउँका मान्छे बिटुलो हुने हाम्रो शिक्षाले के–कस्ता जनशक्ति तयार गर्छ कि विदेश भासिने कि बेइमान गर्ने ¤ यस्तो सन्तानले आमा–बुबालाई पनि हेर्ने रहेनछन् । हामी कस्ता पुस्ता जन्माउँछाँै, कस्ता कस्ता उत्तराधिकारी छोड्दै छौँ मुलुकलाई । यो हेर्ने कसले ? हेर्नपर्ने हो राजनीतिले । तर, हेर्न थाले भुटानी शरणार्थी नक्कली । ती नक्कली भुटानी शरणार्थीबाट लाखौँलाख रूपैयाँ लिएर अमेरिका पठाउनेतिर लागे नेताहरू, सरकारका ठूलठूला सचिवदेखि हाकिमहरू । अहिले समस्या रहेछ यस्ता नेताहरू र ठूला हाकिमहरूको । ठूलो भएपछि गाल पर्ने गरी नठगी नहुने कस्तो काल बेला आएको ? पार्टीको नेतृत्वमा पुगेपछि सांसद पद बेच्ने फटाहाहरूको बिगबिगी छ पार्टीहरूमा । के यही क्रियाकलापले अन्ततोगत्वा देश बन्छ ? यसरी संसारमा कुन–कुन मुलुक लागेको छ, दृष्टान्त छ ?
अपराधी नडराउने जमाना
सिङ्गो सरकार बन्नै सकेन यति लामो समयसम्म । अरू के पत्याउने ¤ नौ पल्ट भइसकेछ मन्त्रिमण्डल बनेको । तर, कहिल्यै पूरा हुँदैन । अरू इच्छा, ढुङ्गा, माटो, सिमेन्ट, बालुवा, गिट्टी मिलाएर गर्नुपर्ने काममा त समय लाग्ने नै भयो । जनता भोकै मर्ला । जनता विद्रोह गर्न बाध्य होला । यसै मर्नु उसै मर्नु खान नपाएर दुःख पाएर मर्नुभन्दा त गोली खाएर एकैपल्ट मर्नु पो सुख होइन र भनी जनता छातीमा गोली थाप्न अघि स¥यो भने के छ ओखती ? सरकार, सरकारजस्तो हुनुप¥यो । यहाँ त सरकार सरकार जस्तो हुन सकेन, पार्टी पार्टीजस्ता हुन सकेनन् । नेता नेताजस्ता हुन सकेनन् । अनि प्रतिफल कसरी राम्रो वा अनुकूल हुन सक्तछ । लाज पचाउन थाले लाज थुन्न पर्नेहरूले । हिजो कुन नेता, कुन सांसद के के काण्डमा चुर्लुम्म डुब्यो छ्याङगै छ । तर, तिनै राजनीतिक प्राणीको आज डाँको नै कत्रो ? आज शर्म छोडेपछि कसको पो के लाग्दो रहेछ ? कुन मुद्रण सामग्री किन्दा कुन मन्त्रीले कति खान खोज्यो, कति खायो त्यो सार्वजनिक भएकै हो । तर, त्यसरी खानेहरूकै ठूलो डाँको छ अहिले । सार्वजनिक भइसकेका अपराधको प्रायश्चित गर्नुपर्ने तर लाज पचाएपछि कसको के लाग्छ ? संसारमा प्रायः अपराधीहरू एकपल्ट त उदाङ्गिन्थे । तसर्थ, हाकाहाकी अपराध गर्न हच्कन्थे । के जमाना आयो अब त नडराउने पो भए त ।
(लेखक रिसाल बरिष्ठ पत्रकार हुनुहुन्छ।)