जोराल
लोभीको देशमा ठगहरू भोका हुँदैनन् भन्ने आहान नक्कली भुटानी शरणार्थी काण्डमा फेरि एकपटक पुष्टि भएको छ । यस काण्डमा ‘राजनीतिक’ व्यक्ति, उच्चपदस्थ कर्मचारीलगायत बिचौलियाहरूको संलग्नता देखिएको छ । त्यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् र बयान लिने क्रम जारी छ । थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरूलाई मित्र भनिएको छिमेकी भारतले नेपालको सिमानामा ल्याएर छोडेका थिए । दशकौँसम्म तिनीहरूले शरणार्थीको कष्टकर जीवन बिताए । पछिल्लो समय तिनीहरूलाई स्वदेश नफर्काइ विभिन्न देशमा स्थानान्तरण गरियो । तर, नेपालमा रहेका भुटानी शरणार्थीको सूची अद्यावधिक गर्न २०७६ सालमा एउटा कार्यदल बन्यो र त्यसले प्रतिवेदन बुझायो । त्यो प्रतिवेदन प्रहरीमा पनि पुग्यो । पछि, नाम छुटेको भन्दै थुप्रै नामहरू थपिँदै गए । अर्थात्, नक्कली शरणार्थीहरू बढ्दै गए । कार्य दलले बुझाएको प्रतिवेदन र पछि गृहमन्त्रालयले दिएको सूची असङ्गत भएपछि यो काण्ड सतहमा आएको हो ।
पछि थपिएका भुटानी नभई नेपाली भएको र ती नक्कली भुटानीले लाखौँ लाख घुस खुवाएर ‘शरणार्थी’ को प्रमाणपत्र पाउन खोजेका थिए । यसमा बिचौलियाहरूले अमेरिका पठाइदिने भन्दै करिब नौ सय जनासँग झन्डै एक अर्ब रकम उठाएका थिए । त्यो एक अर्बबाट बिचौलियाले आफ्नो भाग त असुले नै साथै ‘भाग शान्ति जय नेपाल’ गर्नेहरू पनि थुपै्र देखिन थाले ।
यी पङ्क्ति लेख्दासम्म बिचौलिया, बिचौलियाबाट रकम बुझ्ने गरी ८ जना पक्राउ परिसकेका छन् । त्यसमा गृहमन्त्रालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई, तत्कालीन उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीका साथै पाँच बिचौलिया सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ पक्राउ परिसकेका छन् ।
घुस खानेमात्र होइन खुवाउने पनि दोषी हुन्छ । करिब नौ सय जना नेपाली घुस खुवाएर भुटानी शरणार्थीको प्रमाणपत्र लिन खोज्ने पनि अपराधी हुन् । तिनीहरूमाथि कारबाही हुन्छ कि हुँदैन ? रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिँदा दोषभागी भयो । ती नौ सय जना नेपालीले पनि नेपालको नागरिकता नत्यागी भुटानी शरणार्थी हुनुको अर्थ भुटानी नागरिकता लिएसरह हो । त्यसैले घुस खुवाएर नक्कली भुटानी शरणार्थी बन्न खोज्नेहरू पनि घुस खानेसरह घुस खुवाउने प्रमाणित भएकोले कारबाहीको दायरामा ल्याउनु नै देखिन्छ । अन्यथा, कारबाही सत्य अनुकूल न्यायोचित हुनसक्दैन । यदि, यो काण्ड सतहमा नआएको भए ती नौ सय जना नेपाली ‘भुटानी शरणार्थी’ भएर अमेरिका जाने थिए । पछि, अमेरिकी प्रशासनले सत्य थाहा पाए नेपालको प्रतिष्ठा धरापमा पथ्र्यो, नेपाल–अमेरिका सम्बन्धमा पनि खटपट हुनसक्थ्यो । |
बिचौलियाहरूको बयानको आधारमा टोपबहादुर रायमाझीविरुद्ध पक्राउपुर्जी जारी भइसकेको तर उनी फरार रहेको, इन्द्रजितका छोरा पनि फरार रहेको जानकारी प्रकाशमा आएको छ ।
बिचौलियाहरूको बयान र पीडितहरूका जाहेरीअनुसार प्रहरीले काण्डमा संलग्नताको प्रमाण खोजिरहेकाहरूमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, रामबहादुरका छोरा प्रतीक थापा, नेका सभापति शेरबहादुर देउवाका श्रीमती सांसद आरजु देउवा र अर्का सांसद मञ्जु खाण आदि रहेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाको बयान, पीडितहरूको जाहेरीको आधारमा अनुसन्धान जारी रहेको र थप उच्चपदस्थहरूको पनि संलग्नता हुने देखिएको छ ।
यसैबिच, एमाले अध्यक्ष केपी ओली र प्रम पुष्पकमल दाहालबिच तारन्तार भेट भएको छ । ओलीको ‘दोषी नउम्कियून्, निर्दोष नपरून्’ भन्ने कथन छ भने दाहालको ‘दबाबमा नपर्ने’ र अहिलेको कारबाही ‘ट्रेलर’ मात्र भएको भनाइ छ । हलेदो भनेपछि कोट्याउन नपर्ने रहस्य उक्त भेट र कथनले पुष्टि गर्छ । तर, नेकाका बालकृष्ण, आरजु देउवा, एमालेका रामबहादुर थापासमेत ‘अनुसन्धानको घेरामा’ रहेको र एक प्रहरी अधिकारीका अनुसार यस काण्डमा ‘अप्रत्यक्षरुपमा सिङ्गो गृहमन्त्रालय’ को संलग्नता देखिएको कथनले ‘टे«लर’ ले ‘पूरै फिल्म’ बन्ने देखिँदैन । दाहाललाई एमाले र आफूलाई छोडेर जाने पूर्वमाओवादीहरूसँग बदला लिने अवसर आए पनि काङ्ग्रेसीहरू पनि मुछिएको देखिएकोले टाँयटाँय फिस हुने प्रबल सम्भावना छ । सम्भावना त ‘चोरमाथि चकार’ अर्थात् एक अर्बमा ¥याल चुहिने पनि छ ।
पुँजीवादी व्यवस्थामा ठगी, भ्रष्टाचार कुनै नौलो कुरा होइन । यो काण्ड पनि एउटा अर्को ‘ट्रेलर’ हो । त्यसैले ६ वर्षअघि नै नक्कली भुटानी शरणार्थी काण्डका चर्चित बिचौलिया सानु भण्डारी पक्राउ परेर पनि ‘माथि’ को दबाबमा तत्कालै छोडिए, अहिले पनि पक्राउ परेकाहरूले दिएको बयानमा ठूला नेताको नाप लिपिबद्ध नगर्न दबाब दिइरहेको छ । नेपाल प्रहरीसँग ती दबाब झेल्ने आँट होला जस्तो लाग्दैन, अभूतपूर्वरूपमा त्यस्तो आँट र साहस देखाएर प्रदर्शन गरे सम्पूर्ण नेपालीले ‘सत्य नमरिसकेको’ ठान्नेछन् ।
सन्दर्भमा, घुस खानेमात्र होइन खुवाउने पनि दोषी हुन्छ । करिब नौ सय जना नेपाली घुस खुवाएर भुटानी शरणार्थीको प्रमाणपत्र लिन खोज्ने पनि अपराधी हुन् । तिनीहरूमाथि कारबाही हुन्छ कि हुँदैन ? रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिँदा दोषभागी भयो । ती नौ सय जना नेपालीले पनि नेपालको नागरिकता नत्यागी भुटानी शरणार्थी हुनुको अर्थ भुटानी नागरिकता लिएसरह हो । त्यसैले घुस खुवाएर नक्कली भुटानी शरणार्थी बन्न खोज्नेहरू पनि घुस खानेसरह घुस खुवाउने प्रमाणित भएकोले कारबाहीको दायरामा ल्याउनु नै देखिन्छ । अन्यथा, कारबाही सत्य अनुकूल न्यायोचित हुनसक्दैन । यदि, यो काण्ड सतहमा नआएको भए ती नौ सय जना नेपाली ‘भुटानी शरणार्थी’ भएर अमेरिका जाने थिए । पछि, अमेरिकी प्रशासनले सत्य थाहा पाए नेपालको प्रतिष्ठा धरापमा पथ्र्यो, नेपाल–अमेरिका सम्बन्धमा पनि खटपट हुनसक्थ्यो ।
अन्तमा, नौ सय जना कथित पीडित देखिएका छन् । के नक्कली भुटानी शरणार्थी हुन घुस खुवाउने त्यतिमात्र थिए कि अरु पनि बाँकी छन् ? घुस खुवाएर कति नक्कली भुटानी शरणार्थी अमेरिका र अन्य देशमा गइसकेका छन् ? तिनीहरूको पनि खोजी हुनुपर्ने देखिन्छ ।
(लेखक जोराल स्रष्टा समाजका अध्यक्ष हुनुहुन्छ।)