२५ चैत्र, बुटवल।
बुटवलमा शुक्रबारबाट भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उक्त सम्मेलनले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै १५ बुंदे बुटवल घोषण पत्र समेत जारी गरेको छ । सम्मेलनले श्यामलाल पोखरेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समितिसहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । प्रगतिशील पत्रकार संघ नेपालको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराइ, कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन् ।
यस्तै,सदस्यहरु नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोखरेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन भएका छन् । वैकल्पिक सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपाने लगायत चयन भएका छन् । यस्तै, सम्मेलनले, सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनले बुटवल घोषणा पत्रसंगै संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित र विधान संशोधन गरेको छ । रुपन्देहीको बुटवल पूर्व–पश्चिम राजमार्गको झण्डै मध्यक्षेत्र र आवश्यक पूर्वाधार रहेकाले बुटवललाई मिडिया हव कोरुपमा विकास गर्नुपर्ने प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले बुटवल घोषणा पत्रमा मा गरेको छ । नव निर्वाचित अध्यक्ष श्यामलाल पोखरेलले व्यवसायिक पत्रकारितासंगै राजनीतिक रुपमा मिसन पत्रकारितालाई राष्ट्रियतासंग जोड्नुपर्ने बताउनुभयो । श्रमजीवि पत्रकारहरुका समस्या समाधान गर्नका लागि राज्यलाई खबरदारी गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्दता जनाउनुभएको छ ।