२५ चैत्र, बुटवल
राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति लुम्बिनी (लुथम) को आयोजना र जिल्ला कार्यसमिति, रुपन्देहीको ब्यबस्थापनमा सर्वदलिय-सर्वपक्षिय अन्तरकृया कार्यसम्पन्न गरेको छ । प्राप्त उपलब्धीहरु (संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता आदि) को रक्षा, मूलुकमा व्याप्त व्यथितिहरुको अन्त्य, भ्रष्टाचारको अन्त्य, वैदेशिक हस्तक्षेपले राष्ट्रिय अस्मिता माथि पारेको असर, अनियन्त्रित महङ्गीको नियन्त्रण, सरकारले पहिचानको सम्मान गर्नु पर्ने लगायतका विषय माथि दल र सरोकारवाला बिच अन्तरकृया भएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धी प्राप्तीका लागि परिवर्तनका पक्षधर शक्तिहरु एक जुट हुनुको विकल्प नभएको बताएका छन् । नेपाली जनताहरुको बलिदानीबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धीहरुको बिरुद्ध नियोजित प्रहार र खारेजी समेतको दुस्प्रयास भइरहेको भन्दै उनले परिवर्तनकारी शक्तिहरु एक जुट हुनुको विकल्प नभएको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिले शुक्रबार रुपन्देहीको मंगलापूरमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा पार्टीको अवधारणा प्रस्तुत गर्दै महासचिब अस्लामीले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त भएका उपलब्धी माथि षडयन्त्र भइरहेकाले सबै परिवर्ततनकारी शक्तिहरु मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । उनले दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भष्ट्रचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धराशायी हुनुका साथै अनियन्त्रि महङ्गीले नेपाली जनताको जनजीवन दिन प्रतिदिन कष्टकर हुनुका साथै बैदेशिक हस्तक्षेप पनि बढेको बताए । यी र यस्ता सबै प्रकारका समस्याबाट देश र नागरिकहरुलाई मुक्त गराउनका लागि परिवर्तनकारी शक्तिहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । बर्तमान सरकारको न्युनतम साझा कार्यक्रम पनि पुरानै ढर्राको भएको टिप्पणी गर्दै उनले बिदेशमा रहेका नेपालीहरुलाई मताधिकारको ब्यवस्था गर्ने प्रतिवद्धता भने सकारात्मक भएको बताए ।
यस्तै माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसिले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता ल्याउनका लागि सबै दलहरु र नागरिकहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग रहेको भन्दै प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धी प्राप्तीका लागि परिबर्तनकारी शक्तिहरु मिलेर जानुपर्नेमा जोड दिए । माओवादी नेतृत्वको जनयुद्धबाट प्राप्त उपलब्धी विरुद्ध षडयन्त्र भएको भन्दै उनले परिवर्तनलाई जोगाएर थप परिवर्तन हासिल गर्न अब फेरि सबै एकजुट हुनुपर्ने आवस्यकता औल्याए ।
यस्तै नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले राज्य प्रणाली अहिले सिन्डीकेटबाट अघि बढेको बताउदै अहिलेसम्म प्राप्त भएका उलपब्धीलाई जोगाउन र थप उपलब्धी हाशील गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश परिचालन समितिका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव चित्र प्रसाद गुरुङले संचालन गरेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेसका गणेश पाठक, नागरिक उन्मुक्ति पार्टीका अशोक कुमार चौधरी, जनमत पार्टीका निलम यादव, मगर महासंघका अध्यक्ष छत्र दर्लामी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापा, पूर्व प्रहरी तथा सैनिक कल्याणकारीका महासंघका पूर्व उपाध्यक्ष खुमबहादुर थापा लगायतले पनि प्राप्त भएका उपलब्धीलाई जोगाउन र थप उपलब्धी प्राप्त गर्नका लागि अग्रगमनकारी र परिवर्तनकारी शक्ति मिल्नु पर्ने बताएका थिए ।
यसै विषयलाई लिएर आजै पाल्पा, कपिलबस्तु र रुपन्देही सर्वदलिय र सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश ५ लुम्बिनी (लुथम) को आह्वानमा चरणबद्ध कार्यक्रम घोषणा गरेको संचार बिभाग प्रमुख राम अस्लामीले जानकारी दिनु भयो । जस अन्तर्गत प्राप्त उपलब्धीहरुको रक्षार्थ यही २६ गतेका दिन खबरदारी मार्चपास विभिन्न जिल्ला सदरमुकामहरुमा गर्ने बताए ।