#दीपक पौडेल
शैक्षिक क्षेत्रमा आमुल परिवर्तन विना देशको आर्थिक संमृद्धी सम्भव छैन । शिक्षा श्रम र शीपसंग जोडिएको हुनुपर्छ । वर्तमान दलाल पुँजीबादी व्यवस्थाले शिक्षा क्षेत्रमा हुनसक्ने सुधारको निम्ति समेत अवरोध पुर्याएको हुन्छ । शिक्षा निति आवश्यकताका आधारमा भन्दापनि नाफा कमाउने उद्देश्यले निर्धारण गरिएको छ । यो दलाल पुँजीवादी विशेषता हो । शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्न वर्तमान भ्रष्ट व्यवस्थामा आमुल परिवर्तन गर्नु पर्दछ । व्यवस्थामा आमुल परिवर्तन गर्न लामो सशक्त र क्रान्तिकारी आन्दोलनको आवश्यकता पर्दछ । हामीले अहिले शिक्षा क्षेत्रमा हुनसक्ने सुधारको निम्ति प्रयत्न गर्दै, आमूल परिवर्तनको निम्ति संघर्ष संचालन गर्नु पर्दछ।
१, निजी शैक्षिक संस्था र सामुदायिक विद्यालयले उत्पादन गर्ने जनशक्ति एउटै प्रकारको हुन् । अहिले उत्पादित जनशक्ति देशमा खपतहुन सकिरहेको अवस्था छैन । निजी शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्तिले देशमा केही गरेको छ र सामुदायिक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति विदेश पलाय भयो भन्ने अवस्था नभएपछि लाखौं खर्च गरेर किन निजी शैक्षिक संस्थामा छोराछोरी पढाउने ? अभिभावकले विचार गर्नुपर्दछ । समाजमा आर्थिक हिसाबले सम्पन्न ब्यक्तिहरुले निजी शैक्षिक संस्था खोलेर आर्थिक क्रियाकलाप अगाडि बढाइरहेको अवस्था छ । निजी शैक्षिक संस्था र सामुदायिक विद्यालय एक आपसमा विरोधी शैक्षिक संस्था हुन् । यो व्यवस्थामा मानिसको व्यक्तिगत सम्पत्ति प्रतिको मोह धेरै हुन्छ । निजी शैक्षिक संस्थाका मालिकले सामुदायिक विद्यालयको उन्नति प्रगति चाहन्नन् । निजी शैक्षिक कम्पनीका मालिकहरुले सामुदायिक विद्यालयमा पढाइ हुन्न भनेर व्यापक भ्रम सृजना गरिरहेका हुन्छन्, उक्त भ्रममा परेर गरीब जनताले समेत जसोतसो गरेर निजी शैक्षिक संस्थामा बालबालिका पढाउने गरिरहेको अवस्था छ । सामुदायिक विद्यालयमा पढाउने शिक्षक कर्मचारीले समेत आफुले पढाएको विश्वास नलागेर निजी शैक्षिक संस्थामा छोराछोरी पठाएका हुन्छन् । एउटा शैक्षिक संस्थामा जागिर खाने अर्को शैक्षिक संस्थालाई अगाडि बढाउन प्रयत्न गर्ने तरिका अत्यन्त गलत तरिका हो , हामीले त्यसको अन्त्य गरिनुपर्छ । निजी शैक्षिक संस्थाका मालिकहरुले आफ्नो कम्पनीले गुणस्तरीय शिक्षा दिएको वकालत गरेका हुन्छन्, त्यो भ्रमपुर्ण वकालत हो । सामुदायिक विद्यालय र निजी शैक्षिक संस्थाको पाठ्यक्रम एउटै हो , शिक्षाको लक्ष र उद्देश्य एउटै हो । पढाउने भाषाको माध्यम मात्र फरक हो । अंग्रेजी भाषामा पढाइहुने भएका कारण निजी शैक्षिक संस्थाले गुणस्तर शिक्षा दिएको छ, भन्ने बुझाइ गलत बुझाइ हो । स्याउलाई स्याउ भनेर खाँदा र एप्पल भनेर खाँदा पाइने उपयोगीता एउटै हो ।
२, व्यवस्थालाई दोष दिएर यही व्यवस्थामा हुनसक्ने सुधारको निम्ति प्रयत्न नगर्नु अर्को कमजोरी हो, त्यसलाई हटाउन पर्दछ । कुनै एउटा विद्यालयको प्रयत्न र संघर्षले शिक्षा नितिमा परिवर्तन गर्न सकिन्न तर वर्तमान शिक्षा निति भित्र रहेर पनि सामुदायिक विद्यालयमा सुधार गर्न सकिन्छ, त्यसको निम्ति निरन्तर प्रयत्न गर्नु पर्दछ । उदाहरणका लागि बुटवलको कालिका माविलाई लिन सकिन्छ । शिक्षक , कर्मचारी , व्यवस्थापन समिति र अभिभावकको संयुक्त प्रयासले कालिका मावि कालिका मावि भएको हो , त्ससवाट पाठ सिक्न पर्दछ । अभिभावकलाई सक्रिय पार्ने , शिक्षकहरु रातदिन खट्ने , मासिक टेस्ट परिक्षा लिने, नियमित गृहकार्य दिने र नियमित कापि चेक गर्ने लगायतका कामहरु गर्न अल्छी मानेर, "सरकारी काम कहिले जाला घाम" भन्ने मानसिकताले सामुदायिक विद्यालयको शैक्षिक सुधार सम्भव छैन । संबंधित पक्षले ध्यनदिनु पर्दछ।
सामुदायिक विद्यालय र निजी शैक्षिक संस्थाको पाठ्यक्रम एउटै हो , शिक्षाको लक्ष र उद्देश्य एउटै हो । पढाउने भाषाको माध्यम मात्र फरक हो । अंग्रेजी भाषामा पढाइहुने भएका कारण निजी शैक्षिक संस्थाले गुणस्तर शिक्षा दिएको छ, भन्ने बुझाइ गलत बुझाइ हो । स्याउलाई स्याउ भनेर खाँदा र एप्पल भनेर खाँदा पाइने उपयोगीता एउटै हो । |
३, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो । बेरोजगारीका कारण युवा विद्यार्थीहरु विदेश पलायन भइरहेको अवस्था छ । अंग्रेजी भाषाका कारण कतिपय देशहरूमा विदेशीने युवा विद्यार्थीलाई सहज भएको हुन सक्दछ । सामुदायिक विद्यालयले पनि अंग्रेजी भाषामा जोड दिनकालागि एस्ट्रा क्लासको व्यवस्था गर्न सकिन्छ । राज्यले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी दिन सकेको छैन । विद्यालयले आफ्नो आन्तरिक श्रोतले शिक्षकको व्यवस्था गर्नुपर्ने अवस्था छ । शिक्षक व्यवस्था गर्दा अंग्रेजी विषयमा राम्रो दख्खल भएकालाई छानेर व्यवस्था गरेमा अंग्रेजी विषय प्रतिकोआकषर्णलाई समेत खिच्न सकिन्छ ।
४, सामुदायिक विद्यालयको आधारभूत तहमा विद्यार्थी संख्या कम देखिन्छ । शैक्षिक कम्पनीका मालिकले "तल्लो क्लासमा निजी शैक्षिक संस्थामा पढाउन पर्छ" भनेर हल्ला गर्दछन् , त्यसको प्रभाव आधारभूत तहका तल्लो क्लासमा देखिन्छ । तल्लो क्लासमा निजी स्कुलमा पढेका विद्यार्थी त्यही स्कुलमा अभ्यस्त भएका हुन्छन् र उनीहरूले निजी स्कुलमा पढ्ने इच्छा व्यक्त गर्दछन् । त्यसप्रकारको वातावरण तैयार पार्न निजी स्कुलले विज्ञापन गरिरहेका हुन्छन् । विद्यार्थी भर्ना अभियान संचालन गर्छन् । सामुदायिक विद्यालयका शिक्षक कर्मचारी आफ्ना छोराछोरी समेत छोराछोरीको अधिकार भनेर निजी स्कुलमा पठाएर निजी स्कुलको अभियानमा सहभागी हुन्छन् । हामीले सामुदायिक विद्यालयको प्रचार र विद्यार्थी भर्ना अभियान संचालन गर्नु पर्दछ । सामुदायिक विद्यालयका शिक्षकहरुको योग्यता निजी स्कुलका शिक्षकहरुको भन्दा माथि हुन्छ । सामुदायिक विद्यालयका शिक्षकको तलब निजी स्कुलका शिक्षकको भन्दा बढी हुन्छ । निजी शैक्षिक संस्थामा एउटा विद्यार्थीको लगानी जति हुन्छ , सामुदायिक विद्यालयमा एउटा विद्यार्थीको तर्फबाट राज्यको लगानी बढी हुन्छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको लागि राज्यको तर्फबाट कतिपय सुविधाहरु समेत प्राप्त हुन्छ । यस प्रकारको अवस्थामा सामुदायिक विद्यालयमा भन्दा निजी शैक्षिक संस्थामा राम्रो पढाइ हुन्छ भन्ने भ्रमलाई चिरफार गर्न सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक लगायतको सक्रियता आवश्यक छ ।
निजी स्कुलले व्यापारका लागि थरीथरीका ड्रेसको व्यवस्था गरेको हुन्छ । तुलनात्मक रुपमा सम्पन्न अभिभावक भएको हुनाले छोराछोरीलाई ध्यान पुर्याएका हुन्छन, जसका कारण निजी स्कुलका विद्यार्थी सुकिला देखिन्छन् । टाई, बेल्ट, जुत्ता मिलाएर लाएका हुन्छन् । |
५, निजी शैक्षिक संस्थाले गाडीको व्यवस्था गरेर विद्यार्थीलाई स्कुल ल्याउने लैजाने गर्छन् । सामुदायिक विद्यालयले पनि त्यसको शुरुआत गरेको पाइन्छ । ससाना बालबालिकालाई विद्यालय छोड्ने र ल्याउने झन्झटका कारण समेत अभिभावकले छोराछोरी निजी स्कुलमा पठाउने गरेको पाइन्छ । सामुदायिक विद्यालयले पनि सानो कक्षाका विद्यार्थीका लागि सवारीसाधनको व्यवस्था गरेर त्यो समस्या समाधान गर्नु पर्दछ ।
६, तुलनात्मक रुपले निजी स्कुलमा छोराछोरी पढाउने अभिभावक समाजका केही सम्पन्न ब्यक्तिमा पर्दछन् । निजी स्कुलले व्यापारका लागि थरीथरीका ड्रेसको व्यवस्था गरेको हुन्छ । तुलनात्मक रुपमा सम्पन्न अभिभावक भएको हुनाले छोराछोरीलाई ध्यान पुर्याएका हुन्छन, जसका कारण निजी स्कुलका विद्यार्थी सुकिला देखिन्छन् । टाई, बेल्ट, जुत्ता मिलाएर लाएका हुन्छन् । सामुदायिक विद्यालयमा विपन्न वर्गीय अभिभावकका छोराछोरीले पढ्ने हुनाले अभिभावकले आफ्नो काममा बढी ध्यान दिनपर्ने हुन्छ । छोराछोरीको बिषयमा समय दिन सक्दैनन् । अभ्यासको अभावका कारण पनि अभिभावकले छोराछोरीको पढाइमा ध्यान पुर्याएका हुन्नन् । शिक्षकले अभिभावकलाई विद्यालयमा बोलाए नियमित छलफल गरि छोराछोरीको पढाइमा ध्यानाकर्षण गराउन पर्दछ । नियमित अभ्यासले त्यस प्रकारका समस्या समाधान गरि सामुदायिक विद्यालयको पढाइमा सुधार गर्न सकिन्छ र गर्नु पर्दछ ।
७,विद्यालयमा शैक्षिक वातावरण तैयार पार्नु पर्दछ । सामुदायिक विद्यालयमा अनावश्यक राजनीतिक खिचातानीका कारण क्षमता र योग्यताको आधारमा जिम्मेवारी दिने भन्दापनि दलगत प्रभावका आधारमा जिम्मेवारी दिने अभ्यास भइरहेको छ , त्यसको अन्त्य गरिनुपर्छ । शिक्षक, अभिभावक , शिक्षा प्रेमी लगायत समाजमा सबै व्यक्तिहरुमा केही न केही क्षमता हुन्छ , सम्पुर्ण क्षमताको कलात्मक रुपमा विद्यालयको हितमा उपयोग गर्नुपर्दछ । समाजका सम्पुर्ण व्यक्तिलाई विद्यालय प्रतिको अपनत्व जगाएर नै सामुदायिक विद्यालयको सुधार गर्नुपर्दछ ।