सानु सहर अनगिन्ती सम्पदा ! यी सम्पदा, कला, संस्कृति, सभ्यता र संस्कारका उत्कृष्ट नमुना भएका छन् । भक्तपुर सहर बसाल्दादेखि नै पुर्खाले सुदूर भविष्यसम्मलाई सोची सहरका चारैतिर ठूलठूला पोखरी निर्माण, ठूला आकारका बलिया इनार, घाम ताप्न, ठण्डा हावामा श्वास फेर्न, भजन गर्न, समसामयिक घटना, दुर्घटना, विपत्ति, उत्सव, जात्रापात्राबारे उन्मुक्त एवं खुला सार्वजनिक ठाउँमा खुला जम्मा गर्न बस्तीका बीचबीचमा सत्तल, पाटी–फल्चा बनाएर कत्रो बुद्धिमानी गरेका ! मान्छेको बस्ती भएपछि आगोको भय हुनु स्वाभाविकै भयो । साथै खान र सरसफाइका लागि पनि सफा र सुरक्षित पानी चाहिने नै भयो । स्रोत भएका ठाउँमा ढुङ्गे धारा, नत्र गहिरा इनार, कुवा, मन्दिर, सत्तलजस्ता सार्वजनिक सम्पदाको जोहो गरेर कत्रो गुण लगाएका ¤ धन्य पुर्खा ¤ विक्रम संवत् ०७४÷०७५ देखिका सम्पदा, लिच्छवी कालदेखिका यी दुर्लभ सम्पदाको मर्मत सम्भार, जीर्णोद्धार गरी यथावतरूपमा राख्नु पनि दुर्लभजस्तो भएको छ । यस्तो युगमा कलाकृतिको सङ्ग्रहालयजस्ता अमूल्य निधिको रूपमा पाएको पितृप्रसाद पूर्ववत्रूपमा सुरक्षित राख्न सकेकोमा भक्तपुर नगरपालिका, पुरातत्व विभाग, स्थानीय जनताको जति प्रशंसा गरे पनि थोरै हुन्छ । आजको चुनौती भनेको यी सम्पदाको यथावतरूपमा सुरक्षित राख्नु हो । नगरपालिका मुख्य जिम्मेदार हुनुपर्छ ।
यस्तो जनशक्ति कसरी तयार पार्ने ?
भक्तपुर नगरपालिका, पुरातत्व विभाग र स्थानीय जनताको क्रियाशिलता र उमङ्गले जीर्णोद्धार, पुनःनिर्माण भएका यी सम्पदाले भक्तपुरको जीवन्तता बढेको छ । यसरी पूर्वरूपमा कायम गरिएका सम्पदामा कुवा, पोखरी, पाटी, मन्दिर, ढुङ्गेधारा, देवघर, इनार, पीठ सुधार, ऐतिहासिक भवन, ढुङ्गे मन्दिर, ऐतिहासिक सत्तल, मण्डप, घाट, भाजु पोखरी, खट, महाकाली पीठ, पुल, परापूर्व कालदेखिका तीर्थ, मसान पाटी, सिद्धिगणेश मन्दिरहरू छन् । सयौँ वर्ष पुराना यस्ता सम्पदाको मर्मत सम्भार त्यति सरल, सहज र खतरामुक्त छैनन् । पुनःनिर्माणका सामग्री पाउन पनि दुर्लभ छ । टौमढीको पाँचतले मन्दिरको मर्मत सम्भार कति कहालीलाग्दो छ । तलबाट हेर्दै कहाली लाग्छ । त्यो मन्दिरको टुप्पोमा गजुर राख्दा कस्तो होला ? अबका हाम्रा कलेज, विश्वविद्यालयमा हुने वास्तुशास्त्रमा स्नातकोत्तरमा सफल हुने युवालाई त्यो गजूर जडान गर्ने खटमा त्यो युवाको परिवारले त्यो गजूर जडान गर्न जान अनुमति देला ? तसर्थ यस्ता खतरायुक्त काम गर्न तयार सक्षम नयाँ पुस्ता उत्पादन गर्न ख्वप कलेजको ध्यानाकर्षण जरूरै भएको होला । नभए ध्यान दिने कि ?
नेमकिपा नेतृत्वको विशेषता:
अन्यत्र धेरैजसो जिल्ला र स्थानीय तहमा पनि उपभोक्ता समिति गठन गरिन्छ । त्यस्ता योजनामा कति खर्च लाग्छ भनी लगत इष्टिमेट गरिएको हुन्छ । सोअनुसार पैसो निकासा हुनु स्वाभाविक नै भयो । तर, प्रायः ती आयोजना त्यति रकमले तयार भएको पाइँदैन, पैसो थप्नुपर्छ । परियोजना दुब्लाउँछन् । उपभोक्ता समितिका मान्छे मोटाउँछन् । समयमा काम पनि पूरा हुँदैन । उपभोक्ता समितिहरूले खर्च भएको हिसाब पनि समयमा दिँदैनन् । प्रायः योजना अधुरा नै रहन्छन् । हिसाब बेरूजु नै रहन्छ । तर, भक्तपुर नगरपालिकामा त्यस्तो हुँदैन । त्यस्ता मर्मत सम्भारका काम उपभोक्ता समितिहरूले समयभन्दा अघि नै सम्पन्न गर्छन् । धेरैजसोमा प्राविधिज्ञले गरेको लगत इस्टमेटअनुसारको सबै रकम पनि खर्च हुँदैन । काम पनि गुणस्तरीय हुने गर्छ । हिसाब पनि समयमै आउँछ । बेरूजु हुँदैन । सक्कली उपभोक्ता समितिमार्फत काम हुनु भनेको चुहावट नहुनु हो । यसरी काम हुँदा जनप्रतिनिधिउपर लाञ्छना पनि लाग्दैन । त्यस्ता जनप्रतिनिधि अर्को निर्वाचनमा पनि विजयी हुन्छन् । भक्तपुर नगर पञ्चायत हुँदा होस्, नगरपालिका हुँदा होस् यही हो विगत नेपाल मजदुर किसान पार्टी नेतृत्वको नगरपालिका, गाउँपालिका वा जिल्ला विकास समिति होस् ।
खस्याङ खुसुङ त¥यो, बिस्र्यो !
ग¥यो भने के हुँदैन भन्ने उदाहरण भक्तपुर नगरपालिकालाई लिन सकिन्छ । भक्तपुर नगर पञ्चायत छँदा नै कला संस्कृतिको सम्पदा आज पनि जीवन्त छ, जीवन्तता छ । अझै पनि आफ्नै आर्जनबाट संरक्षित हुने उपाय खोज्ने क्रममा भक्तपुर नगरको सम्पदा हेरेर सन्तुष्टि लिनेहरूबाट केही सहयोग लिने नीति लियो । फलस्वरूप नेमकिपा नेतृत्वको भक्तपुर नगर आफ्नै आम्दानीबाट ख्वप विश्वविद्यालयसमेत सञ्चालन गर्ने अवस्थामा पुग्यो । तर, त्यसबेलादेखि आजसम्मका विभिन्न नाम र सिद्धान्तका राजनीतिक दलका सरकारहरूले ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएर भक्तपुर नगरपालिकाको गम्भीर अपमान गरिरहेको छ । यसको नमीठो प्रतिफल ती दल र तिनका सरकारले भोग्नुपर्नेछ । भक्तपुर नगरपालिकाले अहिले पनि विभिन्न विधाका ख्वप कलेज सुचारूरूपले चलाइआएको छ । पढाइ स्तरीय हुनु, शुल्क औधि सस्तो हुनु विशेषता हो । ती कलेजहरूमा अहिले नेपालका मनाङ जिल्लाबाहेक ७६ जिल्लाका युवा–युवती स्तरीय शिक्षा उपार्जन गरिरहेका छन् । ‘ग¥यो भने किन हुँदैन’ भन्ने स्पष्ट उदाहरण छ भक्तपुर नगरपालिका । ख्वप कलेजहरूको अवलोकनका लागि प्रधानमन्त्री, शिक्षामन्त्रीहरू सबै गएका छन् । खासाङखुसुङ र हनुमन्ते खोलो तरेपछि ख्वप कलेज नै बिर्सन्छन् । ख्वप विश्वविद्यालय त कता कता ? तर, भक्तपुर नगरपालिकाले एक दिन विजय पाउने पक्का छ । सङ्घर्ष छोड्नु हुन्न ।