१७ फागुन,बुटवल
रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना नगरपालिका वडा नं. २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो ।
महोत्सवको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटनगर्नु भएको छ। महोत्सवको उद्घाटन गर्दै प्रमुख प्रदेश सभा सदस्य भूमिश्वर ढकालले महोत्सवले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल भएको बताउनु भयो। नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पर्यटन प्रबर्द्धनमा महोत्सव सहायकसिद्ध हुनेमा उल्लेख गर्दै लुम्बिनी प्रदेश सभा सदस्य ढकालले नगर भित्र रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने समेत बताउनु भयो ।
महोत्सव उद्धघाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका सभासद ढकालले सैनामैना नगरपालिका आधुनिक नगरको रुपमा विकसित भइरहेको बताउँदै मेलाले नगरको विकासमा एक कोसेढुङ्गा साबित गर्ने विश्वास समेत लिएको उल्लेख गर्नु भयो देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको गर्दै महोत्सवमा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा सभासद कालले जोड दिनु भयो।
महोत्सवको उद्धघाटन समारोलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले नगर र देशको आर्थिक अवस्थालाई चलायमान बनाउन महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो। महोत्सवमा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ नगर प्रमुख शर्माले स्थानीय स्तरमा उत्पादन हुने हरेक बस्तु र कृषिजन्य उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्न स्थानीय सरकारको तर्फबाट आवस्यक साथ र सहयोग गर्ने बताउनु भयो। सैनामैना धार्मिक, साँस्कृतिक, पर्यटन, कृषि तथा उद्योग व्यबसायहरुको बिकासका लागि सम्भावना बोकेको नगर भएको उल्लेख गर्दै ती सबैको प्रबर्द्धन गर्न नगरवासी, स्थानीय तह, प्रदेश र संघ बिचको सहकार्य र समन्वय महत्वपुर्ण हुने र नगरका उद्योगी व्यबसायीहरुको भुमिका अझ आवस्यक रहने नगर प्रमुख शर्माले बताउनु भयो
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्दै उद्योगी व्यवसीयहरु समस्यामा परेको गुनासो गर्नु भएको थियो। उद्योगी व्यवसीयहरु समस्या समाधानका लागि तिनै तहका सरकारको आवश्यकता रहेको समेत वक्ताहरुले उल्लेख गर्नु भयो।
महोत्सव उद्धघाटन समारोहको अध्यक्षता गर्दै महोत्सव मुल आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको र महोत्सवमा करिब १ सय ५० स्टल रहेको समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना उप प्रमुख विना राना, पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतम, संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यापारी लगायतको सहभागिता रहेको कार्यक्रममा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो ।
मेला प्रवेशका लागि टिकटको दर ७० रुपैया र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा ५० रुपैया कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघले जनाएको छ ।
महोत्सवमा जनचेतनामुलक र्याली निकालिएको थियो। पूर्व रानिबगिया र पश्चिम मुर्गियादेखि विभिन्न संघसंस्था, टोल विकास संस्था, आमा समुह, क्लव, नेपाल मगर संघ, सैनामैना, ओम शान्ति, नेवाः देय् दबु, सैनामैना , क्षेत्री समाज, थारुको संस्कृति रहन सहन, पञ्चे बाजासहितको जनचेतनामुलक र्याली निकालिएको सैनामैना व्यापार संघले जनाएको छ ।
सहभागि र्याली मध्ये नेवाः देय् दबु, सैनामैना प्रथम, क्षेत्री समाज, सैनामैना द्धितीय र नेपाल मगर संघ सैनामैना तृतिय भएको मूल्यांकन उपसमितिका संयोजक खुसीराम चौधरीले जानकारी दिनु भयो।