३ फागुन, कञ्चन
कञ्चनमा महिला उद्यमशिलता सम्बन्धी तालिम सञ्चालन गर्ने उद्धेश्यका साथ गत माघ २५ गते देखि सञ्चालन हुदै आइरहेको श्री शिवमहापुराण तथा धनधान्यञ्चल ज्ञानमहायज्ञमा दान गर्ने दानविरहरुको भिड दिनहुँ बढ्दै गइरहेको छ। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम, कञ्चन ४, बुद्धनगर सामुदायिक टोल, रुपन्देही र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, काठमाण्डौको संयुक्त आयोजनामा सञ्चालन भएको ज्ञानमहायज्ञका प्रमुख वाचक श्रीकृष्ण मुकुण्ड शरण भुषालद्वारा संगितमय कथा प्रवचन भइरहेको छ।
अनाम माताद्वारा माघ २५ गते शुभारम्भ गरिएको ज्ञानमहायज्ञमा स्वस्फुर्त रुपमा धान, चामल, तुलादान र धन दान गर्न कञ्चन र छिमेकी स्थानीय तहरुबाट समेत दानदाताहरु आउनेक्रम दिनहुँ बढिरहेको ज्ञानमहायज्ञ सचिवालयका ससे भारतीले जानकारी दिनु भएको छ। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम, कञ्चन ४, बुद्धनगर सामुदायिक टोल, रुपन्देहीलाई काठमाण्डौको पशुपति क्षेत्र पछिको दोश्रो ठूलो धार्मिक स्थल बनाई कञ्चनको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न बृहत धामको अवधारणाका साथ स्थापना गरिएको रुद्रेश्वर त्रिनेत्र धामले यस अघि एक महिने श्रावणी मेला समेत सम्पन्न गरिसकेको धाम व्यबस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनु भएको छ।
महाशिवरात्रीको अवसर पारेर पवित्र शिवलिङ्गको समेत पदस्थापना गर्न सम्पुर्ण तयारी भएको र श्री शिवमहापुराण तथा धनधान्यञ्चल ज्ञानमहायज्ञ समापनका दिन शिवलिङ्गको पदास्थापन गरिने धाम व्यबस्थापन समितिका उपाध्यक्ष देवी गिरीले जानकारी दिनु भएको छ। दैनिक रुपमा पूजा पाठपरायण, हवन तथा रुद्राभिषेक सहित भक्ति संगितमय कथा प्रवचन तथा झाँकी हेर्न आएका धर्मावलम्बीहरुले स्वःस्फुर्त रुपमा दान स्वरुप आर्थिक र भौतिक रुपमा धान चामल र तुलादान समेत भइरहेको सचिवालयका सदस्य कविराज ढकालले बताउनु भयो। "घर घरमा गएर कसैलाई दान मागिएको छैन तर कथा प्रवचन सुन्न निम्तो गरेका छौं। कथा सुन्न आएको बेला खुशी भएर आफ्नो खुशीले भक्तजनहरुले दान दिइरहनु भएको छ।" सदस्य ढकालले कञ्चन खवरलाई भन्नु भयो।
नयाँ पुस्तामा धर्म संस्कृतिको पालना गर्ने संस्कारको बिकास गर्न र देशमा शान्तीको कामनार्थ तथा ध्यान केन्द्र सहितको धर्मशाला निर्माण गर्ने हेतुले संचालन गरिएको श्री शिवमहापुराण तथा धनधान्यञ्चल ज्ञानमहायज्ञमा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको रुद्रेश्वर त्रिनेत्र धामका सदस्य रण भारतीले जानकारी दिनु भएको छ। ज्ञानमहायज्ञमा पण्डित श्री सुकदेव अधिकारी उपवाचकको रुपमा कथा प्रवचन गर्नु भएको छ भने दैनिक रुपमा आरती, पुष्पाञ्जली, लक्ष्यवर्ती प्रज्वलन साथै व्रतबन्ध तुलादान र राष्ट्रिय तथा स्थानीय भजन मण्डलीहरुद्वारा संगितमय भक्ती भजन समेत भइरहेको छ।
अहिलेसम्म उक्त महायज्ञमा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरे, रुपन्देही क्षेत्र नं. ५ (क)का लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, निवर्तमान गाउँपालिका अध्यक्ष गोकर्ण बहाुर क्षेत्री, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायत जनप्रतिनीधिहरुले अवलोकन गरिसकेका छन। ॐ श्री महा रुद्रेश्वर त्रिनेत्र धाम, कञ्चन ४, बुद्धनगर सामुदायिक टोल, रुपन्देहीमा महेश आनन्द पुरीलाई पिठाधिसको रुपमा माघ २५ गते पदस्थापन समेत गरिएको छ। पिठाधिस पुरी धामका संस्थापक सदस्य समेत हुनुहुन्छ। ज्ञानमहायज्ञमा धार्मिक कार्यक्रमका चर्चित प्रस्तोता बिकास भट्टराइले संगितमय रुपमा कार्यक्रमको सहजिकरण गर्नु भएको छ।