#भैरव रिसाल
किसान आन्दोलन नेपालभर सफल हुन सकेन तर भक्तपुर जिल्लामात्र त्यस्तो भो जहाँ भूमिसुधार आन्दोलन सफल भयो । यो सफल किसान आन्दोलनको लागि गरिखाने किसानलाई खेतबारीमा ओराल्नुप¥यो । किसानहरूले साँढे धपाउने आन्दोलन, बाली भित्याउने आन्दोलन, बाली तिरेको भर्पाई लिने आन्दोलनजस्ता आन्दोलन गरे । अचेल साँढे नै पाइँदैनन् । त यो आन्दोलन नै हुन छोड्यो, कुत तिर्नैनपर्ने भो । तिर्नैपरे पनि कुत तिरेको भर्पाई लिने आन्दोलन पनि गर्नै नपर्ने भो । पुराना जग्गाधनीहरू मोही किसानले लगाएको बाली पाक्न लागेपछि किसानहरूलाई खबरै नगरी धान काटेर जम्मै ल्याउने गर्न थालेपछि पाक्न केही दिन बाँकी भई धान काटेर मोही किसानकहाँ ल्याएर थुपारिदिने ताकि आफूले लगाएको धान आफ्नो भो । इमानदार मोहीले सरकारले तोकेको कुत जग्गा धनीलाई बुझाएपछि यो जमिनको यति कुत बुझिलिएँ भनी लेखिदिने ताकि मेरो मोहीले बाली तिरेन भनी जग्गा खोस्न नपावस् । अब आज चलन नै हराइसक्यो । लेख्न गा¥हो, बुझ्न गा¥हो, बुझाउन गा¥हो । आधा भक्तपुर सहरमा कति प्रतिशत होला खेती गरेर खाने, अर्काको जग्गा कमाएर खाने मान्छे । सायद थोरै प्रतिशत छन् अर्काको जग्गा कमाउने मान्छे । सायद मोही तल्सिङ छँदै छैनन् । मोही आफ्नो नाममा जग्गा नभएका भए पनि आफूले परेको बेलामा किन्न बेच्न नपाइने । त्यस्तो जग्गा नै छैन होला । अब टोल टोलमा किसान नै किसान छन् । जग्गा धनीका छोराछोरीको बिहेमा परिकार तयार गरिदिन मोही किसान जानुपर्दैन । भोज भतेर होटेलमा हुने गर्छन् ।
उत्पादन हुन्छ तर किन गरिँदैन
‘जमिन जोत्नेलाई मालिक बनाउने किसान आन्दोलन, देशको सार्वभौमसत्ता रक्षा गर्न तेस्रो राष्ट्रिय सम्मेलन’ मा पहिले भएका किसान आन्दोलनहरूको स्मरणमात्र गरिएन बारा, पर्सा, रौतहट, सिराहा, सप्तरी, धनुषामा भएका किसान आन्दोलनहरूको श्रद्धा एवं गम्भीररूपमा सम्झियो । सरकारले अहिले सडकलाई प्राथमिकतामा राखेको छ । तर, कृषिलाई प्राथमिकतामा राख्नुपर्छ भनियो । दाल, चामल, तरकारी, भारतबाट ल्याउने होइन बरू भारतलगायत बाहिर पठाउनुपर्ने भनियो । अहिले स्थितिको चित्र प्रस्तुत गर्दै भारतले गहुँ नपठाएको कारण तराईका ३२ वटा मैदा मिल बन्द भएको उल्लेख गर्दै सिंहदरबार गहुँ, तरकारीलगायत अन्न बाली, धानबाली, माछा, फलफुल प्रशस्त उत्पादन हुने बाँझो जमिन किन देख्दैन ? किसानलाई समयमै पर्याप्त मल दिएर उत्पादन बढाउने र खाद्यान्नमा मात्र होइन खाद्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन नसक्ने कृषि मन्त्रीको के तात्पर्य भनियो । अहिले एउटा लुच्चो चलन आएको छ त्यो हो भाषण गर्नु । राष्ट्रपति, प्रधानमन्त्री, सम्बद्धमन्त्री जे गर्दा पनि भाषण गर्नेमात्र दायित्व हो, भाषण गरेपछि कर्तव्य पूरा भयो भन्ने मनोविज्ञान विकसित भएको छ । योभन्दा बेठीक काम केही छ जस्तो लाग्दैन । उब्जाउ हुने जमिन छ । अन्न, फलफुल, गोरस, माछालगायत खाद्य एवं पेय पदार्थ जे पनि उत्पादन हुन्छ । तर किन उत्पादन गरिँदैन ? प्रश्न हो यो ।
हाम्रो कुरा सुन्ने फुर्सद छ ?
सबैलाई थाहा छ, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अरू टाउकेहरूको काम अरूले तयार पारेको छेउ न टुप्पोको लम्बेतान भाषणभन्दा त माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क विश्वविद्यालय शिक्षा, आधारभूत स्वास्थ्य निःशुल्क, युवालाई रोजगारी त्यो पनि देशभित्रै दिने दिशातिर सरकार कसेर दृढ सङ्कल्पका साथ लाग्ने हो भने केले छेक्छ र सम्मुन्नति र समृद्धिको धरहरा बनाउन । तर, सरकार सिंहदरबारलाई भ्रष्टाचार एवं अनियमितताको अखडा बनाउन पो त सिंहदरबार प्रवेशको औचित्य देखाउने दुष्कर्म गर्दै छ । राष्ट्रपतिको शीतल निवासबाट नयाँ बानेश्वरको औपचारिक यात्रा चढ्न नसक्ने उकालो हुन लागेको छ । घण्टौँ सडक जाम हुन्छ । अरू तर अरू ट्रमा सेन्टरका चिकित्सक अस्पताल भर्ना हुनुपर्ने गरी प्रहरी हवल्दारबाट पिटिन्छन् । सवारीका साधनले हर्न बजाएर सडक जामको तीव्र विरोध गर्छन् । कलैयाको नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो महाधिवेशनमा पनि यो दुर्घटनाको कडा भत्र्सना गरियो । सरकार कामको प्राथमिकता छुट्याउन सक्दैन । अझ केही समयदेखि सरकार नै छ छैन के हो के हो ? भएको छ । प्रधानमन्त्री र केपी शर्मा ओली दिनदिनै जस्तो भेट गर्छन् । घण्टौँ कुरा गर्छन् । सार केही निस्कँदैन । राष्ट्रपतिको निर्वाचन दैलोमा आइसक्यो । को राष्ट्रपति हुने पत्ता छैन । सर्वसम्मत राष्ट्रपति खोज्ने भन्ने स्वादिलो सन्देशको बेलुन छोडिएको छ एउटा अन्तरिक्षमा । तर, त्यो बेलुनमा हावा भरिएको छ छैन हेर्ने फुर्सद छैन । खोइ कसरी बनेको छ सरकार ¤ यसै गरी सरकार चल्दो हो भने देशको समृद्धि र विकास कसरी हुने हो ? हामी बाहिर बसेर हेर्नेहरू त कसरी देशको बाटो लाग्छ त्यो थाहा नपाएर हैरान । देश थला बस्ला है ? लक्षण राम्रो छैन प्रचण्डलाई हाम्रो कुरा सुन्ने समय छ ?
बचत हुन्छ हुन्छ
राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्थापन नभई देश र जनताको हित नहुने ठहर राख्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचनलाई चोखो गराउन चुनावमा पैसा बाँड्ने, सामान दिने, भोज खुवाउने, झूटा आश्वासन दिने पार्टी एवं नेता वा उम्मेदवारको सजायस्वरूप दर्ता खारेज गर्ने व्यवस्था गर्ने नभई यी फट्याइँ चुनावहरूमा भइरहने कुरा पनि उठ्यो । जे जति भने पनि नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूको सांस्कृतिक वा चेतनाको स्तर उच्च नभई हुँदैन । हेर्दा चेतना केही होइन जस्तो लाग्छ । वास्तवमा चेतना मौलिक तत्व हो जो नभई खुट्टै अघि सर्दैन । किञ्चित हुन पनि चेतनाकै भूमिका हुन्छ । त्यसैले त पार्टीका नेताहरू सधैँ पार्टीका प्रकाशनहरू नियमितरूपमा पढिरहन, पुरानै भए पनि दोहो¥याईतेह¥याई पढिरहन र छलफल गरिरहन पार्टी सबै कार्यकर्ताहरूलाई भनिरहन्छ । उपभोक्ता समितिमा बसेर हाम्रा नेतामात्र होइन कार्यकर्तासमेत रक्सी खाने, जुवा तास खेल्ने, भ्रष्टाचार गर्ने जस्ता फट्याइँ गर्दैनन् । अपवादमा कतै कसैले त्यस्तो गरे कारबाही हुन्छ । समाजले नै समाउँछ र कारबाही गर्छ । यसकारण, कुनै पनि उपभोक्ता समिति जो नेमकिपाका कार्यकर्ता भएको ठाउँमा लगत इष्टिमेट भएको रकम बचत हुन्छ ।