#योगेन्द्र
नयाँ अनुहारको खोजी
विस २०५८ जेठ १९ को राजदरबार हत्या काण्डले राजा वीरेन्द्रको वंश नाश गर्यो । त्यसपछि राजा घोषणा भए भाइ ज्ञानेन्द्र । संसद् विघटन र राजाको प्रत्यक्ष शासनको विरुद्धमा पार्टीहरू बानेश्वरमा धर्नामा थिए । राजाले त्यो कदम उठाउनुको एउटा प्रमुख कारण सत्तामा घरिघरि जाने पार्टी र नेताहरूको अकर्मण्यताले जनतामा निराशा आउनु थियो । त्यतिबेला नै घरिघरि सत्तामा जाने गिरिजाप्रसाद कोइरालादेखि अन्य नेताहरूले अब हामी सुध्रिनु प¥यो भन्ने शपथ खाएका थिए । त्यो शपथ जनताले उनीहरूप्रति देखाएको वितृष्णाको रेस्पोन्स थियो । सात दलको आन्दोलनले संसद् पुनर्बहाली भयो । उनीहरू सत्तामा गए । सुध्रिने उनीहरूका बाचा कता हराए कता ¤ जनता फेरि निराश । ०६२/६३ को दोस्रो जनआन्दोलन, संविधानसभाको निर्वाचन, माओेवादीको सत्तारोहन, पार्टीहरूले सुरु गरेका भागवन्दको घिनलाग्दो अभ्यास, फेरि संविधानसभाको चुनाव, सत्ता र निहित स्वार्थकै लागि पार्टी फुटाउने र फुट्ने क्रम, दलका कार्यालय र नेताहरूको दैलादेखि बालुवाटारसम्म विदेशी शक्तिको अनधिकृत पहुँचसमेतका क्रियाकलापले जनतामा निराशा छाएको थियो । यही पृष्ठभूमिमा जनताले नयाँ अनुहार र नयाँ शक्तिको खोजी गरे । विभिन्न क्षेत्रमा कार्यरत युवाहरू पनि केही गर्न सकिएला कि भनेर देखापरे । बाबुराम भट्टराई आफैँले ‘नयाँ शक्तिपार्टीको घोषण गरे । रवीन्द्र मिश्र, उज्ज्वल घिमिरे, रन्जु दर्शना र बालेन साहदेखि रास्वपा र त्यसका सभापति रवि लामिछानेसम्मको प्रकरण यही नयाँ अनुहारको खोजी र सत्तासीन पार्टीहरूले डेलिभरी दिन नसक्दाको उपज थियो । तिनीहरूमध्ये कति स्वयंस्फूर्तरूपमा आए वा कुनै शक्तिको आडभरोसा अगाडि बढे त्यो अझै स्पष्ट हुन बाँकी छ । तर, एउटा कुरा स्पष्ट छ – ती नयाँ युवाहरूमा जोश, जाँगर र केही गर्ने हुटहुटी भएता पनि उनीहरू कुनै वैचारिक, राजनैतिक सिद्धान्त र दर्शनको धरातलमा उभिएका थिएनन् । बाबुराम र रवीन्द्र मिश्रजस्ता पाका देखिएका नेतादेखि बालेन्द्र र रवि सम्मका अभिव्यक्ति र उनीहरूको अडानमा आउने विचलनले यही कुरा पुस्टि ग¥यो । रास्वपाले सरकार छोडेपछि पत्रकार सम्मेलनको नाममा देखाएको रमिताले फेरि पनि उनीहरूको अधकल्चो, अपरिपक्व, दिशाहीन र विचार शून्यको अवस्थाको उजागर भयो ।
बाह्रभाइ प्रसङ्ग र नेपाली पत्रकारिता
पत्रकार सम्मेलनको नाममा देखाइएको प्रहसनलाई पार्टीका समर्थक फ्यानहरूले नेपाली पत्रकारितालाई उदाङ्ग्याएकोमा सभापतिले साहसिक कार्य गरेको ठाने । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलले पत्रकारितामाथि गरेको विष बमन भन्दै उनको निन्दा गरे । कसैले यसलाई रमिताको संज्ञा दिए । रास्वपका सभापति आफैले नेपाली पत्रकारिताका तमाम बदमासीहरू र बाह्रभाइको सबै कर्तुतलाई छताछुल्ल पारेकोमा आफूले पत्रकारिता जगतको प्यानडोरा बक्स नै खोलेको झैँ फूर्ति लगाए । फरक समूह, व्यक्ति संस्थाले उनको पत्रकार सम्मेलनलाई फरकफरक कोणबाट हेरे र संज्ञा दिए । सभापतिले पोखेका कुरालाई कसैले सत्ता छोड्नु परेको रिसको अभिव्यक्ति भने, कसैले कुण्ठा ।
सामान्य राजनैतिक दृष्टिकोणले हेर्दा त्यो पत्रकार सम्मेलनजस्तो थिएन । त्यसमा उनले आफ्नो पार्टीले सरकार छोड्नु पर्नुका कारण, पार्टीको आगामी योजना र रणनीति, सरकारलाई समर्थन गरिरहने या प्रतिपक्षमा बस्ने आदि कुराहरूलाई आवेगमा नआई शालीनपूर्वक प्रस्ट्याउनु पथ्र्यो । तर, उनी कहिले जङ्गिने, गालीगलौजमा उत्रने र धम्क्याउने तहसम्म पुगे । नेपालका ठूला सञ्चार सङ्ख्या (बिग मिडिया हाउस) का बारेमा उनले ओकलेका कुराहरू आम मानिसलाई नौलो लाग्ला । तर, गम्भीर भएर निरन्तर अध्ययन गरिरहने राजनीतिज्ञ, पत्रकार र सार्वजनिक बौद्धिक समाजका लागि यो कुनै नौलो कुरो थिएन । मङ्सिर ४ मा सम्पन्न निर्वाचनकै बेला ‘ठूला मिडिया हाउसहरू’ ले कसरी कसैलाई जिताउने र कसलाई पछार्ने प्रपञ्च गरेका हुन्छन् भन्नेबारे ‘मजदुर’ दैनिक मा विभिन्नमा आलेखहरू छापेका थिए ।
वेस्टमिनिस्टर पद्धतिको बारेमा नेपाल मजदुर किसान पार्टी र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले निरन्तर सचेत गराउँदै आउनुभएको थियो । तर, व्यक्तिगत स्वार्थमा लिप्त र विदेशीको इसारामा काम गर्ने दलालहरूको बिगबिगी पार्टीहरूमा बढेपश्चात् उनीहरूले विधि र पद्धतिको हुर्मत लिँदै गए र राजनीति दुर्गन्धित हुन गयो । देश र जनताले दुःख पाउन थाले ।
पुँजीवादी बन्दोबस्तमा ठूला व्यापारी वा पुँजीपतिले राज्य शक्तिलाई आफ्नो अधीनमा राख्न पार्टी र मिडियामा आफ्नो लगानी गरेका हुन्छन् । प्रचारयन्त्र लोकमत (मिडिया पब्लिक ओपिनियन) निर्माण गर्न प्रयोग गरिने सबभन्दा बलियो औजार हो । अमुक व्यक्ति, समुदाय वा पार्टीलाई कुन तहसम्म पु¥याउने र निवार्चनमा कसलाई उजिल्याउने र जिताउने या कसलाई छायामा पार्ने र हराउनुपर्ने हो सोहीअनुसार मिडियाको आफ्नै रणनीति हुन्छ । स्वार्थ समुहको निहित स्वार्थलाई लुकाउन वा उपयोग गर्न, नभएका घटना देखाउने र भएकालाई लुकाउन पैसाको लेनदेन गर्ने कुरा त पुँजीवादी मिडियाको बजारमा हुने सामान्य घटना नै भयो । जनतालाई सुसूचित गर्ने, सूचनाको हक दिलाउने, राज्यको चौथो अङ्गको भूमिका निर्वाह गर्नेजस्ता कुरा देखाउने दाँतमात्र हुन् । रास्वपाका सभापति स्वयं मिडियामार्फत प्रचार प्रसारको बलमा राजनीतिमा आएको जगजाहेर छ ।
विग मिडिया हाउसको राजनीति र व्यापारिक स्वार्थ र त्यहाँ विदेशी साठगाँठको भेउ पाइसकेपश्चात् वरिष्ठ पत्रकारले जब त्यसमा विमति जनाउँछ र प्रचारमाध्यम सञ्चालकको स्वार्थसँग बाझिन्छ र उनीहरू त्यहाँ टिक्दैनन् वा त्यहाँ नैतिकरुपले उनीहरू बस्ने सक्ने अवस्था हुँदैन । युवराज घिमिरे, विजयकुमार, भूषण दाहाल केही यसका उदाहरण हुन् । उनीहरूले बेलामौकामा दिने अभिव्यक्तिहरू मिडिया हाउसमा हुने यस्ता राजनैतिक स्वार्थ र अनियमित लेनदेनका बारेमा अनुमान लगाउन गाह्रो छैन ।
वेस्टमिनिस्टर सिस्टमको हुर्मत
२०४६ सालको जनआन्दोलनपश्चात् पुनःस्थापना भएको बहुदलीय राजनैतिक व्यवस्था र पद्धति ‘वेस्टमिनिस्टर सिस्टम’ मा आधारित भएको भनिन्छ । यसअनुसार धेरै राजनैतिक दलहरू अस्तित्वमा छन् । आवधिक निर्वाचनमार्फत आफ्नो घोषणापत्र लिएर जनतामा पुग्छन् र जनताकहाँ अत्यधिक मत पाएको वा सबभन्दा ठूलो पार्टी सरकारमा बस्छ र आफ्नो घोषणापत्र सरकारको कार्यक्रममार्फत लागु गर्छ । दोस्रो ठूलो दल प्रतिपक्षमा बस्छ र सरकारको कामको एक एक अवलोकन र अनुगमन गर्छ र कानुनविपरीत गएमा सचेत र खबरदारी गर्छ । अझ प्रतिपक्ष दलले छाया सरकारकै बन्दोबस्त गर्छ र कथंकदाचित बहुमत पाएको सबभन्दा ठूलो दलको सरकार विभिन्न कारणले ढलेमा प्रतिपक्षले नै सराकार चलाउने अवसर पाउँछ । त्यसैले, प्रतिपक्षलाई यस पद्धतिमा प्रतिक्षामा बसेको सरकार पनि भनिन्छ ।
देशमा बहुदल पुनःस्थापना भई नयाँ सरकारहरू गठन र विघटन हुने क्रम दोहरिएपछि र राजनैतिक दलहरूले विचार र सिद्धान्तको आधारमा भन्दा निहित स्वार्थका लागि सरकार चलाउने, सरकारकै लागि पार्टी फुटाउने जस्ता विकृतिहरूको लक्षण देखिएपश्चात् यस वेस्टमिनिस्टर पद्धतिको बारेमा नेपाल मजदुर किसान पार्टी र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर सचेत गराउँदै आउनुभएको थियो । तर, व्यक्तिगत स्वार्थमा लिप्त र विदेशीको इसारामा काम गर्ने दलालहरूको बिगबिगी पार्टीहरूमा बढेपश्चात् उनीहरूले विधि र पद्धतिको हुर्मत लिँदै गए र राजनीति दुर्गन्धित हुन गयो । देश र जनताले दुःख पाउन थाले । आज यिनीहरूकै नराम्रा गतिविधिललाई नयाँ पिँढीले विचार र सिद्धान्तको राजनीतिलाई महत्वहीन ठान्न पुग्यौँ । परिणाम स्वरुप आज जोश र जाँगर लिएर आएका नयाँ युवाहरूसमेत सत्तालोलुप नेताहरूकै सिको गर्दै सत्ता प्राप्तिलाई नै राजनीतिको अभिष्ट ठान्न पुग्यो र देश र जनताको आवाजलाई गौण सम्झँदा उनीहरू भिरको डीलमा पुगे ।