१६ माघ,गुल्मी
बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ ।
बडिगाड गाँउपालिका ५ ग्वालिचौर टारी,स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. ५ ग्वालिचौर निवासी हाल बुटवलमा बस्दै आउनु भएका विद्यालयका भुतपुर्व विद्यार्थी शिक्षाप्रमी ढुण्डीराज भट्टराई र लक्ष्मी भट्टराईका छोराहरु दिपक भट्टराई, श्याम भट्टराई, गोपी भट्टराई सहित भट्टराई परिवारले विद्यालयको लागि ४ लाख, ५१ हजार, १११ रुपैँया आर्थिक सहयोग गर्नुभएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।
साथै हिरक महोत्सवको अवसरमा आर्थिक संकलन अभियानको क्रममा हालसम्म विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई करिव १ करोड, ३० लाख भन्दा बढीको चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।
विद्यालय स्थापना भएको ६०औं बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित यहि माघ २२–२८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।
विद्यालयमा प्राविधिक शिक्षा, छात्राबासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्यका हिरक महोत्सव गरिदै छ । यतिबेला विद्यालयले विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।
साथै हिरक महोत्सवको अवसरमा विद्यालयका संस्थापक, शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पु¥याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, पूर्व विद्यालय व्यवस्थापान समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक, खेलकुद तथा साँस्कृतिक कार्यक्रम, हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।
२०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।