नाति कवां
सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट मुक्त भएपछि भारतको वरिपरिका स–साना देशहरूमाथि कुदृष्टि थियो । सन् १९६२ मा चीनसंग युद्ध भयो र भारतले हार व्यहोर्नुप¥यो । नेपाल, सिक्किम, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तानजस्ता वरिपरिका साना देशलाई भारतीय भूमिसंग मिलाउने भारतको इच्छा थियो । यसै सिलसिलामा बङ्गलादेशसंगको युद्ध र पाकिस्तानसंगको युद्ध अविस्मरणीय मान्नुपर्छ । श्रीलङ्का खाने दाउ गरेर गृहयुद्ध गर्न लगाइयो । भुटान कमजोर देश थियो । त्यसकारण, भुटानको सुरक्षा दिने नाममा नवउपनिवेश बनाइयो । सिक्किम खानको लागि लेण्डुप दोर्जे (काजी शेर्पा) जस्ता मानिस तयार गरियो । भारतीय नागरिकहरू पठाएर चुनावबाट देश कब्जा गर्ने योजना बनाइयो । यो सिलसिला अहिले पनि चल्दै छ ।
लेण्डुप दोर्जेले सिक्किम भारतलाई कसरी सुम्पे भनी छोटोमा बयान गर्ने प्रयास गर्छु । सन् १९४५ मा लेण्डुपले ‘सिक्किम प्रजामण्डल’ को पार्टी स्थापना गरे । सन् १९४७ डिसेम्बर ७ को दिन लेण्डुपको नेतृत्वमा सिक्किम ‘राज्य मण्डल’, ‘राज्य प्रजा सम्मेलन’ र ‘प्रजा सुधार’ समाज मिलेर नयाँ पार्टी बनाइयो । पार्टीको नाम ‘सिक्किम स्टेट काङ्ग्रेस’ राखियो । यसको सभापति दाशी छिरिङ शेर्पा बने । यो पार्टीको भारतको सत्तासीन इन्डियन नेसनल काङ्ग्रेससंग गहिरो सम्बन्ध थियो । वि.सं. २०४८ सालमा सिक्किमका राजाले पनि ‘सिक्किम नेसनल पार्टी’ खोले । यस पार्टीको उद्देश्य सिक्किम स्वतन्त्र राष्ट्र कायम राख्नु थियो, कसैको अधीनमा नरहनु थियो । आफ्नै कला र संस्कृतिमा राज्य सञ्चालन गर्ने, भुटान र तिब्बतसंग नजिक रहिरहने र भारतसंग भूगोल, जात, भाषा र धर्म नमिल्ने भएकोले टाढा बस्ने उद्देश्य थियो । सबै राजनैतिक दलहरू शान्त बसिरहेका थिए । १९५३ मा दाशी छिरिङको मृत्यु भयो । त्यसपछि ‘सिक्किम स्टेट काङ्ग्रेस’ मा कान्छा काजी शेर्पा (लेण्डुप दोर्जे) अध्यक्ष बने । १९५७ मा कान्छा काजीले बेल्जियमका पिता र जर्मनी आमाबाट जन्मेकी एलिजा (LEiZA : Aria)संग विवाह गरे । एक वर्ष पार्टीको अध्यक्ष भइसकेपछि सन् १९५८ मा उनलाई पार्टीको अध्यक्षबाट हटाइयो । अध्यक्ष पद नपाएपछि लेण्डुपले फेरि विभिन्न पार्टी मिलाएर ‘सिक्किम स्वतन्त्र दल’ बनाए । त्यस पार्टीले जातीय नारा अगाडि सा¥यो । सन् १९५९ सेप्टेम्बर २३ र २४ का दिन स–साना पार्टीहरू एकत्रित गरेर एक सम्मेलनको आयोजना भयो । यो सम्मेलन ‘मेली’ मा भएको थियो । सम्मेलनमा सिक्किम स्वतन्त्र दल, सिक्किम नेसनल पार्टी, सिक्किम स्टेट काङ्ग्रेस र अन्य पार्टीहरूले भाग लिएका थिए । सम्मेलनले सिक्किममा अन्तरिम सरकार गठन गर्ने र त्यसबाट संविधानसभाको मस्यौदा तयार गर्न सरकारलाई दबाब दिने सहमति ग¥यो । यस्तै १९५९ अक्टोबर २२ का दिन सिङताङमा काशीराज प्रधान, सोनाम छिरिङ, पूर्णबहादुर खाती, छु दुप लेप्चाको सहभागितामा सिक्किम स्वतन्त्र दल, सिक्किम नेसनल पार्टी, सिक्किम स्टेट काङ्ग्रेस र सिक्किम सेडुल लिगको प्रतिनिधिहरूको बैठक बस्यो । यसले राज्यको लेजिसलेटिभ बडी (विधानसभा) को मस्यौदा तयार ग¥यो र सरकारलाई पेश गर्ने सहमति ग¥यो ।
सन् १९६० मे २० को दिन सिक्किम नेसनल काङ्ग्रेसका अध्यक्ष लेण्डुपको नेतृत्वमा सरकारको विरोधमा प्रदर्शन र सभाको आयोजना भयो । यस प्रदर्शन (जुलुस) मा सोनाम छिरिङको नेतृत्वमा रहेको सिक्किम नेसनल पार्टी, डी.वी. तिवारीको सिक्किम प्रजा सम्मेलन, सी.डी. राईको सिक्किम स्टेट काङ्ग्रेसको सहभागिता थियो । यी ३ वटा पार्टी मिलाएर एउटा शक्तिशाली पार्टी सिक्किम नेसनल पार्टी गठन गरियो । यसको अध्यक्ष लेण्डुप दोर्जे बने । यस पार्टीको उद्देश्य देशमा संवैधानिक राजतन्त्र बनाउने, सत्ताको कार्य समितिमा सामुदायिक अवधारणा भएको मिश्रित अवधारणाबाट चुनिनुपर्ने र स्वतन्त्र न्यायपालिकाको व्यवस्था हुनुपर्ने आदि थियो ।
१९६० अगष्ट २० को दिन लेण्डुप राजनैतिक प्रस्ताव र आर्थिक एजेन्डाको रिफर्म लिएर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न गए । भारतको सिक्किम खाने योजना सफल हुने देखेर नेहरू खुसी भए र सक्दो सहयोग गर्ने वचन दिए । १९६१ जुलाईमा सिक्किम सरकारले नागरिक अधिकारसम्बन्धी नयाँ नियम प्रकाशित ग¥यो । त्यो सदियौं देखि बस्दै आएका नेपाली र अन्य जातका मानिसहरूलाई हतोत्साहित गर्ने खालको थियो । त्यसकोे विरोधमा विपक्षी पार्टीहरूले भारतको सहयोगमा आन्दोलन गरे । त्यो आन्दोलन साम्य पार्न भारतले मध्यस्थता गरिदियो ।
सन् १९६७ मा भएको चुनावमा सिक्किम नेसनल पार्टीले १८ सिटमध्ये ८ सिट प्राप्त ग¥यो । यस्तैमा सिक्किम नेसनल पार्टीको ज्वाइन्ट सेक्रेटरी लालबाबुले लेण्डुप दोर्जेको कारणले पार्टी नै छाडिदिए । १९६७ मा लालबहादुर बस्नेतको अध्यक्षतामा सिक्किम जनता पार्टी गठन भयो । १९७० मा भएको चौथो आम चुनावमा उनले कुनै पनि सिट जित्न सकेनन् । त्यसकारण, लालबहादुर बस्नेतले सिक्किम जनता पार्टी त्यागे । सन् १९७० मै लेण्डुपलाई कृषि तथा यातायातको जिम्मेवारी सुम्पियो । सन् १९७२ मा त्यो पदबाट निकालियो ।
त्यसपछि मे २ मा उनी स्वास्नीसंगै युरोप घुम्न गए । देशमा राजनैतिक पार्टीहरू धेरै भए पनि देश विकास हुन सकेन । विरोधी दल जतिसुकै बनाए पनि लामो समयसम्म टिक्न सकेन । १९७२ अगष्ट १५ मा ग्यान्टोकमा सिक्किम स्टेट काङ्ग्रेस सिक्किम जनता पार्टीसंग विलय भयो । नयाँ पार्टी ‘सिक्किम जनता काङ्ग्रेस’ को निर्माण भयो । १९७३ मा आम चुनावको घोषणा भयो । सबै चुनाव प्रचारमा लागे । दरबारको सिक्किम नेसनल पार्टीबाहेक, सिक्किम नेसनल काङ्ग्रेस र सिक्किम जनता दलले सरकारको विरोधमा प्रचार गरे । चुनाव भयो । चुनावमा सिक्किम स्टेट नेसनल पार्टीले ९ सिट, सिक्किम काङ्ग्रेसले २ सिट, सिक्किम नेसनल काङ्ग्रेसले ५ सिट र स्वतन्त्र पार्टीले २ सिट जिते । चुनावको नतिजालाई लिएर लेण्डुप नेतृत्वको पार्टी र सिक्किम जनता दलले चुनावमा धाँधली भयो भनेर चुनावको नतिजा नमान्ने घोषणा गरे ।
सन् १९७३ अप्रिल ४ को दिन राजाको जन्म दिन भव्यताका साथ मनाउने दरबारको योजना थियो । तर, लेण्डुपको पार्टी र सिक्किम जनता दलले विरोध गरे, देशभर जन्मदिन मनाउने कार्यक्रमको विरोधमा विरोध कार्यक्रम गर्ने घोषणा गरे र विरोध प्रदर्शनहरू गरे । प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठी चार्ज ग¥यो । धेरै मानिस घाइते भए । तर, प्रहरीले भिड नियन्त्रण गर्न सकेन । राजाले लेण्डुपका स्वास्नीलाई देश निकाला गर्ने घोषणा गरे । लेण्डुपको स्वास्नी कालिङपोङमा गएर बस्न थालिन् । त्यहीबाट राजाको विरोधमा कामहरू सञ्चालन हुन थाल्यो । सन् १९७३ मा सिक्किम नेसनल काङ्ग्रेस र सिक्किम जनता काङ्ग्रेसले साझा उद्देश्यबारे छलफल गरे ।
बैठकले राजा हटाई प्रजातन्त्र स्थापना गर्ने निर्णय ग¥यो । यसको नेतृत्वको जिम्मा लेण्डुप दोर्जेले लिए । त्यसपछि देशमा राजनीतिक अस्थिरता उत्पन्न भयो । यसको लागि भारतबाट २० हजार मानिस ल्याइएको थियो । ५–६ दिनसम्म आन्दोलन भयो । त्यसपछि राजाले सबै पार्टीका प्रतिनिधि बोलाएर छलफल गरे । तर, लेण्डुप दोर्जेले मानेनन् । पछि भारतको प्रतिनिधिको नेतृत्वमा सम्झौता भयो । सम्झौतामा सिक्किमको प्रजातन्त्र, सामाजिक विकास तथा सौहार्दको रेखदेख भारतबाट हुनुपर्ने र अबको केही महिनाभित्र चुनाव हुनुपर्ने, चुनाव प्रत्येक ४ वर्षमा हुनुपर्ने, चुनाव मतदाताको योग्यताको आधारमा हुनुपर्ने उल्लेख गरिएको थियो ।
१९७३ अगष्टमा सिक्किम जनता काङ्ग्रेस र सिक्किम नेसनल काङ्ग्रेस मिलेर सिक्किम काङ्ग्रेस पार्टी बनाइयो । त्यस पार्टीका अध्यक्ष लेण्डुप बनेका थिए भने केसी प्रधान उपाध्यक्ष बने । यो पार्टी भारतको इन्डियन नेसनल काङ्ग्रेस पार्टीसंग मिलेको थियो । त्यसकारण, यसका सबै नियमहरू भारतकै नेसनल काङ्ग्रेस पार्टीकै राखेको थियो । यो पार्टीको मुख्य उद्देश्य सिक्किम भारतमा विलय गर्नु थियो । सन् १९७४ अप्रिल १५ देखि १९ सम्म विधानसभाको चुनाव गर्ने घोषणा भयो । त्यो चुनाव भारतीय चुनाव आयुक्तको नेतृत्वमा गर्ने गरियो । ३२ जना सदस्य हुने संसदमा १ जना सङ्घबाट र ३१ जना विभिन्न क्षेत्रबाट चुनिनु पर्ने थियो । १५ वटा सिट भुटिया लेप्चेहरूको लागि १५ वटा नेपालीहरूको लागि र १ सिट दलित जनजातिको लागि छुट्याइएको थियो । सिक्किम काङ्ग्रेसले सबै सिटमा उम्मेदवारी दियो । ३१ सिट जित्न सफल भयो । यो ३१ सिट जित्नुमा धेरै मानिस भारतबाट ल्याएर भोट खसाल्न लगाइएको थियो । राजा ‘चोग्याल’ ले लेण्डुपको नेतृत्वमा सरकार गठन गरे । राजा ‘चोग्याल’ ले संवैधानिकरूपमा एउटा स्वतन्त्र देशको प्रमुख कार्यकारिणी थिए । तर, राजा हुँदाहुँदै लेण्डुप दोर्जेले प्रमुख कार्यकारिणी भारतको गभर्नरलाई नियुक्त गरे । राजालाई विभिन्न लान्छना लगाएर उनले सिक्किम भारतमा विलय गर्ने र भारतको एक प्रान्तको रूपमा राख्ने गरी भारतीय संसदलाई आह्वान गरे । यही अवसरलाई उपयोग गरेर १९७५ मार्च २७ को दिन बसेको मन्त्रिपरिषद्को बैठकले राजतन्त्र खारेज ग¥यो । बैठकले सिक्किम एक स्वतन्त्र देश राख्ने या नराख्ने र राजतन्त्रको भविष्यको लागि जनमतसङ्ग्रह गराउने निर्णय ग¥यो । यसैअनुसार १९७५ अप्रिल १४ मा भारतले सिक्किमभरि ५७ मतदान केन्द्र राखेर जनमतसङ्ग्रह गरायो । यो कथित जनमतलाई आधार मानेर लेण्डुपले ३२ जना भएको संसद्मा सिक्किम भारतमा विलय गर्ने प्रस्ताव पेश गरे र छलफल नै नगरी प्रस्ताव पास भएको घोषणा गरे । त्यो प्रस्ताव भारतले तयार पारेको थियो । अन्ततः सदियौंदेखि स्वतन्त्र देश सिक्किम सन् १९७५ अप्रिल २६ को दिनदेखि भारतीय मानचित्रमा विलय भयो ।
नेपालका नेताहरू
२००७ सालमा निरङ्कुश राणा शासनविरुद्ध राजा, काङ्ग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन भयो । त्यो आन्दोलनबाट राणाशासन पतन भयो । आन्दोलनले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भारतकै सहयोगमा सफलता प्राप्त गरेको थियो । २००७ सालको आन्दोलनको सफलतापछि २०१५ सालमा आम चुनाव भयो । नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरेको थियो र शासन चलाएको थियो । तर, पार्टीगत स्वार्थ र भ्रष्टाचारको कारण राजा महेन्द्रले शासन आफ्नो हातमा लिई सबै पार्टीहरूमाथि प्रतिबन्ध लगाए । पञ्चायत व्यवस्था लागु गरियो । २०२८ सालमा राजा महेन्द्रको मृत्यु भयो, वीरेन्द्र राजा बने । उता पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सन् १९७९ अप्रिल ४ मा फाँसी दिइयो । त्यसको विरोधमा काठमाडौंका पद्मकन्या क्याम्पसका छात्राहरूले जुलुस निकाले । त्यस जुलुसमाथि प्रहरी प्रशासनले नराम्रोसित लाठीचार्ज ग¥यो । त्यसको भोलिपल्ट देशभर विद्यार्थीहरूले आन्दोलनको घोषणा गरे । त्यस आन्दोलनलाई दबाउने प्रयास भयो । तर, आन्दोलनले उग्ररूप लियो । अनि राजाले वि.सं. २०३६ वैशाख २० गते जनमत सङ्ग्रह गराएर पञ्चायती व्यवस्थालाई बचाएका थिए । पार्टीका नेताहरू सबै जेलमुक्त र प्रवासमुक्त भए । तर, राजनैतिक पार्टीहरू चुप लागेर बसेनन्, सानातिना आन्दोलनहरू गरी नै रहे । वि.सं. २०४२ मा काङ्ग्रेस र अन्य पार्टी मिलेर सत्याग्रहको आन्दोलन सुरु भयो । वि.सं. २०४५ मा भक्तपुरमा सरकार आफैले ‘कर्ण ह्योजू’ मारेर त्यसको दोष रोहित समूहमाथि लगाएर पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टी नै समाप्त पार्ने योजना बनाएको थियो । तर, भक्तपुरका जनताको पार्टीप्रतिको माया र इमानदारिताको कारण पार्टी बचाइराख्न सफल भयो र वि.सं. २०४६ कार्तिक २३ गते नेमकिपासहित विभिन्न पार्टीहरू मिलेर आन्दोलन सुरु भयो । आन्दोलनको कारण वि.सं. २०४६ चैत २६ गतेको मध्यरातमा बहुदलीय प्रजातन्त्रको घोषणा भयो । वि.सं. २०४७ मा नेपाल अधिराज्यको संविधान घोषणा भयो । वि.सं. २०४७ वैशाख ६ गते कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्सीय अन्तरिम मन्त्रिपरिषद् गठन भयो । कार्तिक २३ गतेदेखि २०४७ को संविधान लागु भयो । वि.सं. २०४७ को संविधानअनुसार प्रतिनिधिसभामा २०५ सिटमध्ये ११० सिटमा नेपाली काङ्ग्रेस पार्टीले विजय हासिल ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर, पार्टीका अरु नेताहरूलाई गिरिजाको कार्यशैली मन परेको थिएन । त्यसैले यो कुरा थाहा पाएर गिरिजाले २०५१ सालमा राजीनामा दिए । यसरी गिरिजाले राजीनामा दिएपछि तत्कालै २०५१ कार्तिकमा चुनाव गर्ने घोषणा भयो । यस चुनावमा एमालेले ८८, काङ्ग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सद्भावना पार्टीले ३, नेपाल मजदुर किसान पार्टीले ४ सिट र स्वतन्त्रले ७ सिट जितेका थिए ।
काङ्ग्रेस र एमाले मिलेर मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा सरकार गठन भयो । मनमोहनको प्रधानमन्त्री पद धेरै समय टिकेन र उनी पदबाट हटाइए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसबेला संयुक्त जनमोर्चाले ४० सूत्रीय माग पेश गरेको थियो । यदि यो माग पूरा गरेन भने हामी सशस्त्र युद्ध गर्छौं भनेर उक्त पार्टीले धम्की दिएको थियो । तर, शेरबहादुरले माओवादी संयुक्त जनमोर्चाको मागलाई वास्ता गरेनन् । बाबुरामले माओवादीको नामबाट युद्ध सुरु गरे । वि.सं. २०५२ फागुन १ गतेबाट रोल्पा, रुकुम, गोर्खा र सिन्धुलीबाट माओवादीको नामबाट प्रहरी चौकीमाथि आक्रमण सुरु भयो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा थिए । भारतमा बेलुका रक्सीले शेरबहादुर मातिरहेका थिए । यता भारतले माओवादीको नाममा नेपाललाई गृहयुद्धतिर अगाडि बढाएको थियो भने उता प्रधानमन्त्रीलाई रक्सीमा लठ्ठ पारिरहेको थियो । २०५४ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भए । सैनिक टोलीले सैनिक परिचालन गर्ने विस्तृत कार्य योजना पेश गरेको थियो । सेनाले १० हजार सेना परिचालन गर्ने योजना बनाएको थियो । तर, यो योजनाको दुई दिनपछि नै सूर्यबहादुरको प्रधानमन्त्री पद गयो । गिरिजा प्रधानमन्त्री भए । सेनाले गिरिजालाई सबै कुरा जानकारी गरायो । युद्ध चर्केपछि माओवादीले सेनामा भर्ना गर्न नपाऊन् भनेर रोल्पा, रुकुममा २००० जना युवा सेनामा भर्ना गर्ने योजना बनायो । सुरुमा सेनाको यो योजना गिरिजाले स्वीकृत गरेका थिए । पछि सेनाको त्यस योजनालाई गिरिजाले अस्वीकृत गरे । तर, सेनाले सेना भर्ती गर्ने विज्ञापन प्रकाशित गरिसकेको थियो । पछि गिरिजा ५५ जिल्लामा माओवादीको अवलोकन गर्न निस्किए, उनी सुर्खेतको हेडक्वार्टरमा गए ।
त्यहाँ सैनिक अपरेसनको बिफ्रिङ गर्ने तयारी भइरहेको थियो । त्यहाँ गिरिजाभन्दा पहिले नै प्रहरीको डीआइजी पुगिसकेको थियो । ती डीआईजीले माओवादीलाई कारबाही गर्न सैनिक आवश्यक नभएको र पुलिसले नै गर्नसक्ने बताए । सैनिकहरू जिल्ल परे । गिरिजा काठमाडौंमा फर्किए । पुलिसले किलो सियरा – २ नामको अप्रेसन सुरु ग¥यो । यसो हुनुको कारण सेना राजाको विश्वास पात्र हुनु थियो । केही गरी सेनाको योजना कार्यान्वयन भयो भने राजाले पार्टीहरूलाई नै प्रतिबन्ध लगाइदेला भन्ने डर गिरिजालाई थियो । यता सेना र पुलिसबिच सेनाले आफूलाई हेपेको महसुस गर्न थाल्यो । किनभने पुलिस चिफको गाडी जापानीज टोयोटा थियो भने सैनिक चिफको गाडी भारतीय कम्पनीको मारुति थियो । त्यसबेला पुलिसलाई हतियार सेनाबाट लिनुपर्ने थियो । पुलिसदेखि रिसाएको सेनाले पुलिसलाई हतियार दिन मानेको थिएन ।
२०५५ जेठ १२ गते सर्च अप्रेसन सुरु भयो । अप्रेसनअनुसार माओवादीलाई घेरा हालेर सखाप पार्ने योजना थियो । यता माओवादीले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने नीति लियो । यसरी पुलिसले आफ्नो स्थान छोड्दै गयो । कतिपय ठाउँमा पुलिसले आत्मसमर्पण ग¥यो । यसरी किलो सियरा २ नामको अपरेसन असफल भयो । २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । कृष्णप्रसाद भट्टराई माओवादीसंग वार्ता गरेर समस्या समाधान गर्नेतिर लागे । यो कुरा राजालाई थाहा भयो । राजाले गिरिजालाई जानकारी दिए । गिरिजा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वार्ता गर्न लगाउन चाहन्नथे । त्यसकारण, गिरिजाले आफ्नै पार्टीको ६९ जनाको दस्तखतसाथ अविश्वास प्रस्ताव दर्ता गराई भट्टराईलाई प्रधानमन्त्री पदबाट निकाली दिए । तीन दिनपछि गिरिजा प्रधानमन्त्री भए । माओवादी नियन्त्रण गर्न भनेर २०५६ माघ ९ गते अर्धसैनिक बल गठन भयो । त्यही समयमा माओवादीले दुनैमा हमला गरी १५ जना पुलिस मारिदियो र ४८ जना घाइते बनाइदियो । ५ करोड रुपैया नगद सहित १३ लाख बराबरको सुन र ४७ वटा हतियार लुटेर लग्यो । त्यसपछि गिरिजाले सेना परिचालन गर्ने सोचले राजासंग छलफल गरे । राजाले तीन वटा सर्त अगाडि सारे । पहिलो सेना परिचालन सबै दलको सहमतिमा गर्ने, दोस्रो, सैनिकलाई युद्धअनुसारको बजेट दिनुपर्ने र तेस्रो, अन्तिम एकपटक वार्ता गरिसकेपछि सेना परिचालन गर्ने सल्लाह ।
राजाको यो सर्त पूरा गर्ने क्षमता गिरिजासंग थिएन । यता राजा पनि आफ्नो भाइ धीरेन्द्र र माओवादीबिच वार्ता गर्न लगाउन चाहन्थे । कुरा मिलाउंदै थियो । त्यही साल अर्थात् २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो । हत्याकाण्डको दिन राति नै गिरिजा दरबार पुगे । त्यस हत्यालाई ‘Grand design’ भनेर उनले यसको सत्यतथ्य चाँडै बाहिर आउने बताए । २०५८ जेठ २० गते घाइते दीपेन्द्र राजा घोषणा भयो । जेठ २२ का दिन ११ बजेर ३ मिनेटको समयमा दीपेन्द्रको पनि मृत्यु भएको घोषणा भयो । त्यही दिन ज्ञानेन्द्र राजा भए । यस्तो अवस्थामा माओवादीहरूले ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको हत्या गरेको आरोप लगाए । यस्तैमा गिरिजासंग मिलेर CIA र RAW को संलग्नतामा नेपाललाई भुटानजस्तै बनाएर सिक्किमजस्तै भारतमा गाभ्ने योजना बनायो भनेर कान्तिपुरमा लेख छापियो । यता माओवादीले प्रहरीहरू सखाप पार्दै लग्यो । त्यसपछि गिरिजाले आर्मी खटाउन थाल्यो । होलेरी, बुढा गाउँ, जुगाड, कलेरी गाउँमा कमान्डोहरू उतार्ने योजना बनायो । हेलिकप्टरबाट कमान्डोहरू पठाउँदा हेलिकप्टरको आवाज सुनेर माओवादीहरूले गोली बर्साए । केही सेना घाइते भयो । फेरि सेना गयो । त्यसबेला माओवादीले सैनिक कमान्डरलाई यसरी पत्र लेख्यो ।
प्रिय कमान्डर अभिवादन,
हामी हाम्रो कार्यक्रमको क्रममा यहाँ आउँदा तपाईँहरूसंग भेट भएकोले २ हजार जनसेनाले घेराबन्दी गरेका छौं । यदि हामीमाथि चार्ज भएमा प्रत्याक्रमण गर्न बाध्य हुनेछौं ।
कमान्डर जनसेना
माओवादीको चिट्ठीको जवाफमा सेनाले पनि चिट्ठी लेख्यो । चिट्ठी यसप्रकार छ –
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू,
तपाईँहरूको पत्र प्राप्त भयो । तपाईँहरूप्रति केही वैमनस्य छैन । तपाईँहरू आफ्नो बाटो लाग्नुभएमा र चार्ज नगर्नुभएमा हामी पनि तपाईहरूउपर चार्ज गर्ने छैनौं । तपार्इहरु आफ्नो बाटो लाग्नुहोला ।
कमान्डर शाही सेना नेपाल
गिरिजाले सेनापतिको राजीनामा मागे । २०५८ साउन ४ गते बनविज्ञान सैनिक परिचालन ग¥यो भनेर राजाले गिरिजाको राजीनामा मागे । कोइरालाले राजीनामा दिए । शेरबहादुर प्रधानमन्त्री भए । शेरबहादुरले माआवादीसंग वार्ता गर्ने योजना बनाए । पहिलो वार्ता असफल भयो । यता सेना युद्धको लागि तयार गर्दै थियो । उता माओवादी पनि सेनासंग लड्न तयारी गर्दै थियो । सरकारले फौजी नीति तयार ग¥यो। प्रचण्ड, किरण र बाबुरामको बढी प्रभाव भएको क्षेत्रमा प्रत्यक्षरूपमा हमला गर्ने योजना बनायो । २०५८ मंसिर ६ मा वार्ताको सबै ढोका बन्द भएको घोषणा ग¥यो । त्यसको २ दिनपछि दाङको घोराही व्यारेकमा माओवादीले अचानक हमला भयो । त्यसबेला ११ सय छापामारहरूले सेना, प्रहरी र निजामती कर्मचारीहरूमाथि एकसाथ हमला गरे । त्यहाँ १४ सैनिक, ७ प्रहरी र ७ माओवादी मारिए । त्यहाँबाट माओवादीले हतियार लुटेर लगे । त्यसै रात स्याङजा र तीन दिनपछि सोलुखुम्बुमा हमला ग¥यो । त्यसपछि शेरबहादुरले माओवादीलाई आतङ्कवादी घोषणा गरे। सङ्कटकाल लागु गरे । सहरी क्षेत्रमा माओवादी गतिविधि शून्य भयो । त्यसबेला प्रचण्ड काठमाडौंमै बसिरहेका थिए । त्यसपछि स्याङजाको गाउँ हुँदै उनी भारत पसे । लगातार साढे आठ वर्ष प्रचण्ड भारतमा भारतकै सिता खाएर बसेका थिए । बाबुराम र हिसिला पनि भारतमै बसिरहेका थिए । तव नेपाल सरकारले सोच्न थाल्यो कि माओवादीहरू भारतको संरक्षणमा रहेछ । त्यसकारण, नेपाल सरकारले अमेरिकासम्म हात पसा¥यो । पेन्टागनले गुप्तचर अधिकारीहरू पठायो । रोल्पा, गोरखा र अछाम भ्रमण गर्न पर्यटकीय रिपोर्ट माग्यो । पर्यटकीय रिपोर्ट पाएपछि नेपालमा २० हजार एम १६ बन्दुक शाही सेनाको अस्त्र भण्डारमा जम्मा गरिदियो । चार वर्षभित्र २ करोड डलर बराबरको सहयोग सेनालाई दियो । २ वटा हेलिकप्टर र २ वटा हाइलान्ड एयरक्राफ्ट बेलायतले उपहार दियो । ३२ करोड रूपैयाँको सहयोगमा मुस्ताङ अपरेसन सञ्चालन भयो । यसरी अमेरिकाको नयाँ सम्बन्धले भारत निराश हुनथाल्यो ।
अमेरिका भारतसँगको सुदृढ सम्बन्ध बिगार्न चाहन्नथ्यो । त्यसैले अमेरिका पछि हट्यो । अमेरिकाले A.P.27 राइफल दिन रोक्यो । त्यसको सट्टामा भारतले इन्सास राइफल दिने जानकारी दियो । तर, नेपाली सैनिक मानेको थिएन । तैपनि, भारतले इन्सास राइफल र लाजिस्टिक सामानसहित ५ करोडको सहयोग ग¥यो । त्यो सहयोग त्यसबेला सबभन्दा बढी थियो । यता राजनीतिमा एक्लिएका गिरिजा प्रचण्डसंग कुरा गरेर दरबारलाई स्वाद चखाउन चाहन्थे । २०५९ जेठ २३ मा प्रचण्डसंग गोप्यरूपमा दिल्लीमा भेट भयो । यो भेट भारतका रक्षामन्त्री जर्ज फर्णाडिसको नेतृत्वमा भएको थियो । दिल्लीको भेटघाटपछि राजालाई माओवादीले संविधानसभा त्याग्ने र संवैधानिक राजतन्त्र मान्न तयार भएको कुरा जानकारी गरायो । २०५९ वैशाखमा काङ्ग्रेसको बैठकमा शेरबहादुरलाई माओवादीसंगको वार्ताको ढोका खुला राख्न भन्यो । कोइरालाको कुरा सुनेर भोलिपल्ट नै माओवादीसंग कुरा नगर्नु भनेर सूचना दियो । देउवा अमेरिकाको छोटो भ्रमणमा गए र फर्केर सङ्कटकाल घोषणा गरे । त्यो सङ्कटकाल ६ महिनाको लागि थियो । सङ्कटकालको विषयमा संसद्मा पास गर्नुपर्ने थियो । तर, संसद्ले अविश्वासको प्रस्ताव ल्याएर शेरबहादुरको प्रधानमन्त्री पद नै धरापमा पार्ला भन्ने डर थियो । कार्तिक २७ गते संसद् विघटन गरी नयाँ चुनाव गर्ने प्रस्ताव दरबारमा पेश भयो । देउवाको सिफारिसमा राजाले प्रतिनिधिसभा विघटन गरे । देउवा मख्ख परे । गिरिजाले पार्टीको नियमविपरीत काम गरे भनेर देउवालाई पार्टीबाटै निष्काशन गरे । देउवाले पनि तत्कालै अर्को पार्टी बनाए ।
यता कोइरालाले सेनाको कुरा नमानी माओवादीसंग वार्ता गर्न चाहन्थे । कोइरालाले माओवादी सूत्रअनुसार कृष्ण सेनलाई समात्न लगाए । २०५९ जेठ १३ गते सेनाको जेलमा उनको मृत्यु भयो । देउवाको योजनाअनुसार कार्तिक २७ गते चुनाव हुने भयो । त्यसकारण, देउवालाई असक्षम प्रधानमन्त्री भनेर राजीनामा दिन लगाइयो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । २०५६ असोज २५ गते ज्ञानेन्द्र शाहीले सम्पूर्ण राज्य सत्ता आफ्नो हातमा लिए । राजा ज्ञानेन्द्रले शीर्ष नेताहरू सबै भ्रष्ट भएको प्रमाणित गर्न खोजिरहेका थिए । राजाले अख्तियारलाई हतियार बनाएर माधव नेपाल, गिरिजालाई फसाउने योजना बनाएका थिए । सबै शीर्ष नेताहरूलाई भ्रष्टाचारमा फसाउने फाइल तयार गर्न लगाइयो । दरबारलाई विश्वास थियो, सबै नेताहरू भ्रष्टाचारमा फसाइसकेपछि माओवादी वार्ता गर्न आउने छन् । यता माओवादीहरूको टाउकोको मूल्य तोक्नु आतङ्कवादी भनेर देश तथा विदेशमा इन्टरपोलमा दर्ता गर्ने आदि कारणले गर्दा आत्तिएर २०५९ माघ ३ गते वार्ताको लागि पत्र पठाइयो । तर, ज्ञानेन्द्रको आफ्नी छोरीको बिहेको कारण १ हप्ता अलमल भयो । माओवादीलाई केही खबर पठाएन । २०५९ माघ १२ गते ललितपुरमा आइजीपी कृष्णमोहन श्रेष्ठको हत्या भयो । राजाले माओवादीको निन्दा गरे । कृष्णमोहन हत्याको २ दिनपछि माघ १४ गते प्रचण्डले युद्ध विराम घोषणा गरे ।
राजाले छोरीको बिहेमा राज्यको ढुकुटीबाट सुन, चाँदी तथा नगद र अन्य गरी पाँच करोडको दाइजो दिए । यता माओवादीले वार्ता हुन्छ भनेर बाबुरामको नेतृत्वमा टोली काठमाडौं पठाएको थियो । उनीहरूले सेनाको क्याम्पबाट २०–२५ किलोमिटरको दुरीमा बस्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्री चन्दले हुन्छ भने र सेनालाई पनि निर्देशन दिए । राति नै समाचार आयो । त्यसमध्ये कति कुरा सेनालाई जानकारी नै थिएन । त्यसकारण, यसको जिम्मेवारी चन्दले लिनुप¥यो । त्यसको २२ दिनपछि चन्दले राजीनामा दिए । २०६० जेठ २२ गते राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । शेरबहादुरले सूर्यबहादुर थापालाई विभिन्न लाञ्छना लगाई गाली गलौज गर्न थाले । त्यसपछि माओवादीले आफूमाथि षड्यन्त्र भएको ठानेर काठमाडौं छोडी गए । फेरि माओवादीसंग सूर्यबहादुर थापाले दाङको हापुरेमा वार्ता गर्ने निर्णय गरे । वार्तामा माओवादी पक्ष संविधानसभाको विषयमा अडिग रह्यो । यता सरकारी टोलीले २०४७ सालको संविधानलाई पुनर्लेखन गर्ने भनेर भन्यो । माओवादी मानेन । वार्ता भइरहेको ठाउँमा केही माओवादी दौडेर आए र कानेखुसी गर्न थाले ।
रामेछापको डोरम्बामा जिल्ला जनसरकार प्रमुख बाबुराम योञ्जनसहित १९ जना कार्यकर्ताको हत्या भएको थियो । सरकारी रिपोर्टमा यो हत्या होइन, भिडन्तमा मारेको अथवा मृत्यु भएको थियो भनेका थिए । राष्ट्रिय मानवधिकार आयोगले लाइन लगाएर मारेको थियो भनेको थियो । यस कार्यले युद्धविरामको घोषणा भंग भएको सन्देश आयो । २०६० भदौ १० गते बाबुरामले दिल्लीमा गएर वार्ता भंग भएको वक्तव्य निकाले । त्यसको भोलिपल्ट दुई जना कर्णेलमाथि राजधानीमा गोली चल्यो । एक जनाको मृत्यु भयो । भारतमा माओवादीहरू खुलमखुला हिड्न दिइराखेकोले राष्ट्रिय अनुसन्धान विभागले भारतको चर्को विरोध ग¥यो । तर, भारतले सुने पनि नसुनेझैं गरिरह्यो। देखे पनि नदेखेजस्तै गरिरह्यो । नेपालको आग्रहलाई वास्तै गरेन । दिल्लीमा प्रचण्डले मातृका यादव र उपेन्द्र यादवलाई भेट्ने योजना बनाएका थिए । तर, मातृकालाई समातेर नेपाललाई बुझाइदियो । त्यसपछि प्रचण्ड दिल्लीबाट बम्बई गए । सिलगुढीमा मोहन वैद्य आँखा अस्पताल पुगेका थिए । अस्पतालबाटै समातेर लगी उनलाई जेलमा हाल्यो । नक्कली पासपोर्ट बोकेर बेलायत छिर्न लागेका सीपी गजुरेललाई चेन्नई एयरपोर्टमा पक्राउ ग¥यो । पटना र सिलगुढीको माओवादी सम्पर्क कार्यालय तहसनहस बनाइदियो । २०६१ जेठ १८ मा फेरि देउवा प्रधानमन्त्री भए । यता माओवादीभित्र अन्तरद्वन्द्व चर्किन थाल्यो । प्रचण्ड पक्षका धेरै नेताहरू समात्नु बाबुराम पक्षका मानिसहरू नसमात्नु मुख्य कारण थियो । २०६१ साउन २४ गते प्रचण्ड नेपाल फर्के । भारतको दादागिरीको बारेमा वक्तव्य निकाले । राजासंग मिलेर भारतको विरोधमा १९५० को सन्धिदेखि सबैको विरोधमा लड्न हवाई हमलाबाट बच्न सुरुङ खन्न थाल्यो । यसै सिलसिलामा भारतको १८ वटा पेट्रोल ट्याङ्कर जलाइदियो । एउटा स्कूलमा बम पड्कायो । बाबुराम प्रचण्डको अन्तरद्वन्द्वले उग्ररूप लियो । बाबुरामलाई पार्टीबाट निकालेको घोषणा भयो । बाबुरामलाई रोल्पाको मिडि गाउँमा बन्दी बनाइयो । त्यसपछि प्रचण्डले अब नोकरसँग होइन मालिकसँग कुरा गर्ने हो भने। २०६१ माघ २२ गते राजा र प्रचण्ड भेट्ने समय तोक्यो सेनाले ढोरपाटन आरक्षणमा भेट गराउने निर्णय दियो ।
२०६१ माघ १९ गते राजाले आफ्नो सम्बोधनमा आतङ्कवादीलाई बाँकी नराख्ने भनेपछि प्रचण्ड फेरि झस्किए । माघ १९ पछि मन्त्रिपरिषद् विघटन भयो । राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । त्यसपछि देशमा विभिन्न पार्टी मिलेर तीन दिनको बन्द घोषणा गरियो । राजाबाट धोका पाएका प्रचण्ड फौजी धक्का दिनतिर लागिपरे । नेपालगञ्जको गणेशपुरमा शाही सेनालाई एम्बुस थाप्ने योजना बनाइयो । त्यो खबर शाही सेनाले थाहा पायो । त्यो एम्बुसमा माओवादी आफै प¥यो । त्यस एम्बुसमा माओवादीका ब्रिगेडिएर कमान्डर प्रेमबहादुर रोक्कासहित ३७ लडाकु मारिए । दुई दर्जनभन्दा बढी हतियार माओवादीले गुमाए । पछि रुकुमको खाडा ब्यारेकमा हमला गर्ने योजना बनाइयो । २०५९ जेठ १३ मा खाडामा पनि असफल आक्रमण भयो । यसबेला १५० लडाकु मारिए । त्यसपछि खलङ्गा र बेनीमा पर्ने ठाउँमा अक्रमण भयो । त्यो पनि असफल भयो ।
तीन वर्षसम्म खारामा माओवादीहरू जम्मा भए । यसबेला माओवादीले ६ हजार सैनिक परिचालन गर्ने र खारामा हमला गर्ने योजना बनाइयो । त्यसपछि प्रचण्ड केन्द्रीय जनसरकारको प्रमुख बन्ने र ज्ञानेन्द्रलाई दबाब दिएर राजनैतिक लेनदेन गर्ने योजना बनाइएको थियो । बाबुरामलाई पनि कमजोर बनाउने योजना बनाइयो । यस योजनाअनुसार २०६१ चैत २५ गते हमला भयो । यस युद्धमा ७२ जना माओवादीले ज्यान गुमाउनु प¥यो । तीन दिनपछि शाही सेनाले हवाईजहाजबाट बम खसालेर प्रचण्डको सेल्टरलाई ध्वस्त बनाइदियो । प्रचण्ड निराश भए । यस्तो अवस्थामा प्रचण्डलाई भारतको ‘र’ का प्रमुख ‘विके हारमण करुमले’ फोन गरे । प्रचण्डले फोन उठाउन पाएनन् । तापनि, हारमणको भनाइ थियो, प्रचण्ड दरबारसँग मिल्ने होइन, हामीसँग मिल्न आउ भनेका थिए । प्रचण्डलाई थप कुराको लागि दिल्लीमा बोलाइएको थियो । प्रचण्डले रोल्पामा आउन निमन्त्रणा गरे । तर, ‘हारमण’ रोल्पा आउने कुरा थिएन ।
२०६२ वैशाखमा कृष्णबहादुर महरा र बाबुरामको टोली वार्ताको लागि दिल्ली गयो । यता दरबारले किनारा लगाइसकेका नेताहरू माओवादीमा साथ खोज्दै दिल्ली पुगे । दिल्लीमा बाबुराम, प्रचण्ड र हिसिलासँगै माधव नेपाल कुरा गर्दै थिए । यस्तैमा प्रचण्ड र बाबुराम शौचालयमा गएको बेलामा हिसिलाले माधवलाई “यिनीहरूको जनयुद्धले पार नलगाउने भयो बचाई दिनुप¥यो” भनेकी थिइन् । यता दरबार र भारतका सम्बन्ध चिसिँदै गयो । पाँच दिनपछि बङ्गलादेशमा हुने ‘सार्क शिखर सम्मेलन’ मा राजाले भारतका प्रधानमन्त्रीलाई आफूले सत्ता कब्जा गरेको ठीक छ भनेर देखाउने योजना बनाए । उता भारतको प्रधानमन्त्रीले सुरक्षाको खतरा देखाएर सार्कमा भाग लिन आएनन् । त्यसकारण, सार्क सम्मेलन स्थगित भयो । राजाको योजना असफल भयो । भारतले फागुन १ गते जे भयो त्यो लोकतन्त्रको लागि ठूलो धक्का हो भन्यो । त्यस्तै फागुन ११ गते सैन्य सहयोग रोकेको घोषणा भयो । बेलायत र अमेरिकाले पनि चाँडै प्रजातन्त्रको बाटोमा फर्कन आह्वान गरेर सैन्य सहयोग रोक्का ग¥यो । इन्डोनेसियाको जाकार्तामा अफ्रोएसिनहरूको सम्मेलन हुन लागेको थियो । ज्ञानेन्द्रले आफ्नो छवि सुधार्न कोइराला, शेरबहादुर र अन्य नेताहरूलाई जेल मुक्त गरे । नगरपालिकाको चुनाव घोषणा भयो ।
सम्मेलनमा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्रीको ४५ मिनेटको वार्तामा माओवादीले सत्ता हत्याउन खोजेकोले चीन र पाकिस्तानसँग सहयोग मागेको कुरा खोली दियो । पाकिस्तानका प्रधानमन्त्री शौकाट अलि खाँनले पनि शाही शासनलाई पूर्ण समर्थन रहेको कुरा टेलिफोनबाट भनेका थिए । भारतले आफ्नो प्रभाव क्षेत्र गुम्ला भन्ने डरले राजाले राजनीतिक प्रक्रिया स्पष्ट देखिने गरी राजनैतिक प्रक्रिया पुनःप्रारम्भ गर्ने सर्तमा सैन्य आपूर्ति फुकुवा गरिदियो । रक्सौल नाका हुँदै महेन्द्रा जीप, बुलेटप्रुफ जाकेट र माइन प्रुफ भेहिकल र अन्य थुप्रै सामानहरू भित्रिए । यसले गर्दा भारतीय प्रधानमन्त्रीले भारतबाट अत्यधिक विरोध खेप्नुप¥यो ।
जेठ ९ गते भारतले फेरि सैन्य आपूर्ति रोक्यो । यता गिरिजा स्वास्थ्य उपचार गर्ने भनेर दिल्ली पुगे । दिल्लीमा भारतीय प्रधानमन्त्री र अन्य नेताहरूसँग छलफल गरे । त्यहाँ माओवादी र अन्य दलको गठबन्धन बनाउन थाल्यो । दिल्लीले ब्याक सपोर्ट ग¥यो । यता चिनियाँ राजदूतले भारतलाई लक्षित गर्दै नेपालले आफ्नो समस्या आफै समाधान गर्नसक्छ भने र वक्तव्य दिए । यसरी आफूले किनारा लगाएको राजा चीनतर्फ ढल्केको देखेर भारत तातियो । तत्कालै भारतीय विदेश सचिव श्यामशरण तुरुन्तै चीन पुगे । भारतले नेपालको प्लान खुलस्त बतायो । नेपाललाई सहयोग नगर्न अनुरोध ग¥यो । भारतको कुरा सुनेर चीनले मङ्सिर ७ र ८ गते १८ ट्रक हातहतियार पठायो । २००७ सालमा जस्तै राजा बहिर्गमन हुने र गणतन्त्रविरोधी हुन आँटेको महसुस ग¥यो । सुर्खेत–जुम्ला सडक खण्डमा १२ दिनअघि मात्र कालीकोटको पिलिमर सेनाले आधार शिविर खोलेको थियो । शिविर सुरक्षित नभएको रणनीतिक हिसाबले दुर्भाग्यपूर्ण आक्रमणको लागि सेना तयार नभएको खबर बारम्बार काठमाडौँमा पठाइरहेको थियो । बाटो बनाउने काममा लागिरहेका सेनालाई घेरा हाल्न २ हजार माओवादी त्यहाँ आइपुग्यो र आक्रमण ग¥यो । सेनाका ५८ जवान ठाउँका ठाउँ सखाप पारिदियो । ६० जनाले आत्मसमर्पण गरे । २ सय हतियार लुटेर लग्यो ।
छापामारहरूको मनोबल उच्च बन्यो । प्रचण्डले तीनमहिने युद्धविराम घोषणा ग¥यो । संयुक्त राष्ट्रसङ्घको महासभामा ज्ञानेन्द्रको माओवादीलाई आतङ्कवादी भएको घोषणा गरी अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गर्ने योजना थियो । तर, युद्धविरामको घोषणाले ज्ञानेन्द्रको योजना चकनाचुर भयो । भ्रमण रद्द गर्न राजा बाध्य भए । यता प्रचण्डमा खुसियाली छायो । चुन्वाङमा केन्द्रीय बैठक बस्यो । त्यस बैठकले माओवादी र सात दलको बैठक रोल्पामा बस्ने निर्णय गरेको थियो । तर, गिरिजाको कारण दिल्लीमा बस्यो । पूर्ण लोकतन्त्रको स्थापनासहित १२ बुँदे समझदारी भयो । सात दलले काठमाडौँमा नारा जुलुस ग¥यो । माओवादीले अदालतमा आक्रमण सुरु ग¥यो । राजाको विरोधमा आवाज बुलन्द भयो । वैशाख ११ गते राजाको सम्बोधन आयो । त्यसपछि आन्दोलनले विश्राम लियो ।
यसरी यो सिक्किम र नेपालको इतिहास अध्ययन गरेर भन्नुस् लेण्डुप दोर्जे (काजी शेर्पा) र नेपालका ठूला पार्टीका नेताहरूमा के फरक छ ? मलाई लाग्छ, सिक्किममा एक जनामात्र ‘लेण्डुप’ थिए । हाम्रो नेपालमा शेरे, ओली, प्रचण्ड, उपेन्द्र र शरणार्थी नेताहरू माधव नेपाल जसपाका शीर्ष नेताहरू सबै ‘लेण्डुप’ कै विभिन्न रूप हुन् । ‘लेण्डुप’ कै सिद्धान्त र भारतकै योजनामा नेपालमा नागरिकता विधेयक ल्याइएको हो । त्यसैले सचेत जनताले यस्ता नेताहरूलाई दण्ड सजाय दिनुपर्छ । नेपालको माया छ र नेपाली भएर बस्ने हो भने ।
समाप्त