(ल्याटिन अमेरिकी मुलुकमा पछिल्लोपटक देखिएको राजनीतिक परिवर्तनमा रुची राख्नेहरूको निम्ति झाउ झिवाइद्वारा लिखित यस लेख ज्ञानवद्र्धक हुनेछ । २१ औँ शताब्दीमा ल्याटिन अमेरिकामा नवउदारवादी आर्थिक मोडेलविरुद्धको वामपन्थी सरकारहरूतर्फ मोडिने राजनीतिक लहर र धारणालाई ‘गुलाबी ज्वार’ (Pink Tide) को रूपमा चिनिन्छ ।)
ल्याटिन अमेरिकी राजनीति एक्काइसौँ शताब्दीको प्रारम्भदेखि नै वामपन्थीद्वारा नियन्त्रित छ । १९९८ को अन्तमा भेनेजुएलाको राष्ट्रपतिको रूपमा ह्युगो चाभेजको उदयसँगै ‘गुलाबी ज्वार’ को सुरुवात भयो, जुन लगभग २०१६ सम्म चलेको थियो । त्यसबेलादेखि ल्याटिन अमेरिकाले वामपन्थीहरू पछाडि परेको र दक्षिणपन्थीहरूको प्रगति देखेको अवस्थाको अनुभव गरेको छ, तर यो लगभग तीन वर्षको लागि मात्र टिक्यो । ल्याटिन अमेरिकाको राजनीतिक परिदृश्यमा २०१८ मा सुरु भएको र २०१९ मा अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित वामपन्थी गठबन्धनका उम्मेदवार अल्वर्टाे फर्नान्डेजको पक्षमा ठुलै परिवर्तन भएको थियो । बोलिभिया, पेरु, निकारागुआ, होन्डुरस, चिली र कोलम्बियामा २०२० र २०२२ बिचको चुनावले ल्याटिन अमेरिकालाई वामपन्थी सरकारहरूलाई पुनः बहुमतमा पु¥यायो जसलाई बाहिरी संसारले नयाँ ‘गुलाबी ज्वार’ भनेर व्याख्या गरेको छ ।
नयाँ गुलाबी ज्वारको कारण
पहिलो, प्रभावहीन सरकार र कोभिड १९ महामारीको कारण दक्षिणपन्थी सरकार अलोकप्रिय भयो । २१ औँ शताब्दीको दोस्रो दशकलाई ल्याटिन अमेरिकाको लागि अर्को ‘गुमाएको दशक’ मानिन्छ । विशेषगरी २०१४ र २०१९ को बिचमा यसको वार्षिक जीडीपी वृद्धिदर औसतमा शून्य दशमलव ४ प्रतिशतमात्र थियो जुन १९८० को ऋण सङ्कटको समयमा भन्दा खराब थियो । दक्षिणपन्थी सरकारहरूको कार्यसम्पादन सन्तोषजनक थिएन । ल्याटिन अमेरिकामा तत्कालीन प्रभावशाली दक्षिणपन्थी सरकारहरू विश्वव्यापी अर्थतन्त्रमा थप सीमान्तकृत थिए । २०१९ मा ल्याटिन अमेरिकामा गरिबी दर र चरम गरिबी दर क्रमशः ३० दशमलव ८ प्रतिशत र ११ दशमलव ५ प्रतिशतमा बढ्यो । कोभिड १९ महामारीको प्रकोप हुनुअघि ल्याटिन अमेरिकाका प्रमुख देशहरूमा आमजनताको मुख्य चासो बनेको शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ र करजस्ता जीविकोपार्जनका मुद्दाहरूमा सुधार माग गर्दै सडक आन्दोलन भएको थियो ।
२०२० मा कोभिड १९ महामारीको प्रकोपले ल्याटिन अमेरिकामा प्रणालीगत आर्थिक सङ्कटलाई अझ बढाएको थियो । सबैभन्दा पहिले ल्याटिन अमेरिका एउटा यस्तो क्षेत्र थियो जहाँ महामारीको व्यवस्थापन कमजोर थियो । पेरु, मेक्सिको, ब्राजिल, कोलम्बिया र अर्जेन्टिना विश्वका सबैभन्दा उच्च कोभिड मृत्युदर भएका देशहरूमा पर्छन् । दोस्रो, महामारीले ल्याटिन अमेरिकी देशहरूको अर्थतन्त्र र जीविकोपार्जनमा फेरि एकपटक ठूलो चोट पु¥यायो । २०२० मा ल्याटिन अमेरिकी अर्थव्यवस्थामा लगभग ७ प्रतिशत संकुचित भयो । प्रतिव्यक्ति जीडीपी २००९ को तुलनामा र गरीबी उल्लेखनीयरूपमा बढेको कुरा ल्याटिन अमेरिका र क्यारिबियाका लागि संयुक्त राष्ट्र आर्थिक आयोगको तथ्याङ्कले जनाएको छ । कोभिड १९ महामारीले ल्याटिन अमेरिकाको गरिबी न्यूनीकरणमा गत २० वर्षको उपलब्धिलाई नष्ट गरेको छ ।
दोस्रो, वामपन्थी शक्तिहरूको ठोस आधारले नयाँ ‘गुलाबी ज्वार’ सम्भव बनाएको छ । २१ औँ शताब्दीको सुरुमा ल्याटिन अमेरिकामा भएको ‘गुलाबी ज्वार’ १० वर्षभन्दा बढी समयसम्म चल्यो र यस अवधिमा वामपन्थी दलहरूले व्यापक लोकप्रिय आधारमा निर्माण गरे र राजनीतिक परिदृश्यमा महत्वपूर्ण स्थान हासिल गरे । सन् २०१५ मा ‘गुलाबी ज्वार’ घट्न थाले पनि वामपन्थी शक्तिको जग बलियो रह्यो । उदाहरणका लागि अर्जेन्टिनामा २०१५ को चुनावमा वामपन्थी गठबन्धन मोर्चाले राष्ट्रपति चुनाव हा¥यो तर सिनेटमा ३९ सिट र चेम्बर अफ डेप्युटीहरूमा ९५ सिट सहितको प्रमुख राजनीतिक शक्तिको रूपमा आफ्नो स्थिति कायम राख्यो । ब्राजिलको मजदुर पार्टीले २०१८ को चुनाव हा¥यो तर चेम्बर अफ डेपुटीमा सबैभन्दा ठूलो पार्टीको रूपमा आफ्नो स्थान कायम राख्यो ।
यसबाहेक, पछिल्लो ‘गुलाबी ज्वार’ को बहावपछि, ल्याटिन अमेरिकी वामपन्थी पार्टीहरूले दुईवटा नीति लिएका छन् । पहिलो, तिनीहरूले भ्रष्टाचारको मुद्दाको जवाफमा बहुलवादी नीति र सामाजिक सञ्जाल च्यानलहरूमार्फत तल्लो तहसँग आफ्नो संवादलाई बलियो बनाएका छन् । लोकप्रिय विश्वास जित्न तिनीहरूले नैतिक र अनुशासनात्मक भावनालाई बलियो बनाएका छन् । दोस्रो, उनीहरूले दलहरूको फराकिलो गठबन्धनहरू राखेका छन् र राजनीतिक सहयोगीहरू अब वामपन्थी दलहरूमा सीमित छैनन् । उदाहरणका लागि २०२१ मा चिलीको चुनावमा गेब्रियल बोरिकको वामपन्थी चुनावी गठबन्धनमा ८ देखि ९ वामपन्थी राजनीतिक शक्तिहरू थिए । २०२२ कोलम्बियाको चुनावमा गुस्ताभो पेट्रोले जितेर अझ फराकिलो वामपन्थी गठबन्धन मोर्चा गठन गरे जसमा कट्टरपन्थी वामपन्थीदेखि नरम वामपन्थी सम्मका २० पार्टी र राजनीतिक सङ्गठनहरू समावेश थिए । नतिजाहरूले देखाएअनुसार ग्रास जर्ससँग सम्बन्ध सुदृढ पार्ने र गठबन्धन विस्तार गर्ने वामपन्थी दृष्टिकोणले महत्वपूर्ण प्रभाव पारेको छ ।
नयाँ ‘गुलाबी ज्वार’ का मुख्य विशेषताहरू
अघिल्लो ‘गुलाबी ज्वार’ सुस्त हुन थालेको समयमा ल्याटिन अमेरिकाको राजनीतिक दलमा पुनर्संरचनाको अवधिबाट गुज्रियो । यद्यपि, यो प्रक्रिया कोभिड–१९ महामारीले अवरुद्ध भएको थियो । नयाँ ‘गुलाबी ज्वार’ राजनीतिक परिदृश्यको बिचमा गठन भएको थियो जसको समायोजन अधुरो थियो । सामान्यतया हालको ‘गुलाबी ज्वार’ मा तीन मुख्य विशेषताहरू छन् ।
पहिलो, वामपन्थी सरकारको सङ्ख्या अभूतपूर्व छ । २०२१ मा इक्वेडर, पेरु, निकारागुआ, होन्डुरस र चिलीमा राष्ट्रपति चुनावहरू सम्पन्न भएका थिए जसमा इक्वेडरबाहेक सबै वामपन्थीहरूले जितेका थिए । लामो समयदेखि दक्षिणपन्थीको वर्चस्व रहेकोमा अहिले वामपन्थीतिर धल्किएको छ । ब्राजिलमा पूर्वराष्ट्रपति लुला पुनः राष्ट्रपतिमा पद बहाली भएका छन् । २१ औँ शताब्दीको प्रारम्भिक ‘गुलाबी ज्वार’ भन्दा वामपन्थी प्रभुत्वको मापन अब धेरै व्यापक देखिन्छ । नयाँ ‘गुलाबी ज्वार’ ले ल्याटिन अमेरिकाको राजनीतिक एजेन्डामा प्राथमिकताको मुद्दाको रूपमा सामाजिक कल्याणलाई प्रतिबिम्बित गर्दछ ।
दोस्रो, ल्याटिन अमेरिकामा वामपन्थी सरकार धेरै भिन्न खालका छन् । यस चरणमा ल्याटिन अमेरिकी वामपन्थी सरकारलाई व्यापकरूपमा तीन प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो लामो शासन गर्ने वामपन्थी सरकारमा क्युवा, भेनेजुएला र निकारागुआ समावेश छन् । दोस्रो प्रकार मध्यम वामपन्थी चिली र अर्जेन्टिना रहेका छन् । सत्तारूढ दलहरूको सामाजिक–लोकतान्त्रिक वैचारिक परम्परा छ । तर, सत्तारूढ गठबन्धनभित्रका दलहरूको वैचारिक विविधताका कारण तिनीहरू वैचारिकतावादी हुन्छन् । तेस्रो प्रकार अपेक्षाकृत लोकप्रिय वामपन्थी सरकार मेक्सिको, कोलम्बिया, पेरु, बोलिभिया र होन्डुरसमा पाइन्छ ।
तेस्रो, वामपन्थी र दक्षिणपन्थी शक्तिहरूबिचको सन्तुलन अझ सन्तुलित हुँदै गइरहेको छ । ल्याटिन अमेरिकी राजनीति बायाँतिर सरेको भए पनि दायाँ–बायाँ प्रतिस्पर्धाको तीव्रता केही हदसम्म बढेको छ । यसका कारणहरू एकातिर ल्याटिन अमेरिकी देशहरूले अझै पनि कठिनाइको सामना गरिरहेका छन् । अर्कोतर्फ महामारीले सिर्जना गरेको नयाँ राजनीतिक परिदृश्यमा स्थायित्वको अभावले वस्तुगतरूपमा राजनीतिक खेलका लागि वातावरण तयार भएको छ । इक्वेडर र पेरुमा २०२१को राष्ट्रपति चुनावमा वामपन्थी र दक्षिणपन्थीबिचको मतदान अन्तर क्रमशः ५ प्रतिशत र शून्य दशमलव २५ प्रतिशतमात्र थियो । २०२२ मा राष्ट्रपतिको चुनाव भइसकेको कोस्टारिका र कोलम्बियामा मतदान अन्तर वामपन्थी र दक्षिणपन्थीबिच मत अन्तर क्रमशः ६ प्रतिशत र ३ प्रतिशतमात्र छन् । दोस्रो, संसदीय चुनावमा ल्याटिन अमेरिकाका अधिकांश वामपन्थी सत्ताधारी दलहरूले संसदमा सिटहरूको हिसाबले फाइदा लिन सकेनन् । पेरुमा मध्य वामपन्थी सत्तारुढ लिबरल पेरुभियन पार्टीले काङ्ग्रेसमा १३० सिटहरूमध्ये केवल ३७ सिटमात्र ओगटेको छ जबकि मुख्य दक्षिणपन्थी पार्टीहरूसँग कुल ४० सीटहरू छन् । समग्रमा वामपन्थी र दक्षिणपन्थीबिच सन्तुलित अवस्थामा छ ।
नयाँ ‘गुलाबी ज्वार’ को सम्भावना
माथि उल्लेख गरिएझैँ ल्याटिन अमेरिकामा नयाँ ‘गुलाबी ज्वार’ आउनुको मुख्य कारण कोभिड १९ महामारीको सन्दर्भमा सुशासनको सङ्कट हो । यसैबिच वर्तमान वामपन्थी सरकारहरूको शासन क्षमताको निम्ति मुख्य चुनौती पनि हो र नयाँ ‘गुलाबी ज्वार’ सरकारको आयुको लम्बाइ निर्धारण गर्ने मुख्य कारक हो । जे भए पनि आन्तरिक र बाह्य वातावरणको सन्दर्भमा ल्याटिन अमेरिकी देशहरूमा आर्थिक र जीविकोपार्जनका मुद्दाहरूमा आधारभूत सुधारहरू हासिल गर्न प्रशस्त ठाउँ छैन । एक अनुमानअनुसार ल्याटिन अमेरिकाको आर्थिक वृद्धिदर २०२२ मा २.१ प्रतिशतमात्र हुने अपेक्षा गरिएको छ जुन विश्वव्यापी औसत ३.१ प्रतिशतभन्दा कम हो ।
वास्तवमा ल्याटिन अमेरिकामा वर्तमान आर्थिक कठिनाइहरू र अघिल्लो ‘गुलाबी ज्वार’ को आर्थिक उछालबिच ठूलो भिन्नता छ । पहिलो ल्याटिन अमेरिकी देशहरूले सामान्यतया उच्च बेरोजगारी, उच्च ऋण, उच्च मुद्रास्फीति र उच्च ब्याज दरहरू सामना गरिरहेका छन् ।
२०२२ मा ल्याटिन अमेरिकामा बेरोजगारी दर ११ दशमलव ५ प्रतिशत पुग्नेछ र औसत सार्वजनिक ऋण र जीडीपी अनुपात लगभग ७० प्रतिशत हुनेछ । मुद्रास्फीति बढेर ७ दशमलव १ प्रतिशत हुने अपेक्षा गरिएको छ र ल्याटिन अमेरिकी देशहरूमा ब्याजदर ऐतिहासिक उचाइमा पुगेको छ । ल्याटिन अमेरिकी राष्ट्रको वित्तीय घाटा अन्तर्राष्ट्रिय चेतावनी रेखा जीडीपीको ३ प्रतिशतभन्दा माथि लगभग ४ दशमलव ६ प्रतिशत छ । यसको अर्थ सामाजिक खर्च विस्तार गर्न वामपन्थी सरकारहरूको लागि सीमित अवसर छ । दोस्रो, रुस–युक्रेन द्वन्द्व र जटिल भू–राजनीतिक वातावरणको कारण विश्वव्यापी आर्थिक सुधारको आशा कमै छ । ल्याटिन अमेरिकी देशहरूले व्यापार र लगानीको माध्यमबाट प्राप्त गर्न सक्ने बाह्य प्रेरणा अपेक्षाभन्दा सीमित छ ।
ल्याटिन अमेरिकाका वामपन्थी सरकारहरूका लागि राजनीतिक सहमतिको सङ्घर्ष अर्को ठूलो चुनौती हो र यसमा दुईवटा मुख्य आयामहरू समावेश छन् । पहिलो, सत्तारुढ गठबन्धनको एकता । माथि उल्लेख गरिएझैँ वामपन्थीको यो लहर धेरैे हदसम्म बृहत्तर दलीय गठबन्धनको गठनको कारण हो, जसले कर्मचारी व्यवस्थामा स्वार्थको सन्तुलन र सहयोगी दलहरूको नीतिगत विचारमा भिन्नताजस्ता धेरै समस्याहरू छन् । दोस्रो, सरकार र संसद्बिचको सम्बन्ध कठिन छ । यद्यपि, ल्याटिन अमेरिकामा वामपन्थीको पुनः लहरले नयाँ ‘गुलाबी ज्वार’ निम्त्याएको छ तर यसले संसदीय सिटहरूको सन्दर्भमा फाइदा गर्दैन । नतिजास्वरूप यी देशहरूमा तनाव उच्च छ । सरकार र संसदबिच बढ्दो द्वन्द्वका कारण ल्याटिन अमेरिकामा वामपन्थी सरकारहरूका लागि सरकार र संसद्को द्वन्द्व चुनौतीपूर्ण हुने सम्भावना छ । राजनीतिक जोखिमहरू उल्लेखनीयरूपमा बढ्न सक्छ ।
यही समयमा ल्याटिन अमेरिकामा नयाँ ‘गुलाबी ज्वार’ ले अझ जटिल बाह्य वातावरणको सामना गरिरहेको छ । विशेषगरी अमेरिकाले मूल्यमा आधारित कूटनीतिलाई बलियो बनाउँदैछ जसले ल्याटिन अमेरिकामा निश्चितरूपमा ठूलो हस्तक्षेप निम्त्याउनेछ । ल्याटिन अमेरिकामा राजनीतिक वातावरणको आकारलाई बलियो बनाउन अमेरिकी नीतिको तर्कको विश्लेषण गर्दा एकातिर अमेरिकाले आफ्नो मूल्यमान्यतामा आधारित कूटनीतिलाई सुदृढ गर्दै ‘सुशासन’ द्विविधा सिर्जना गर्न जारी राख्नेछ । क्युवा, भेनेजुएला र निकारागुआलाई जुन २०२२ को सुरुमा अमेरिकाको शिखर सम्मेलनमा निम्तो दिन अमेरिकाले अस्वीकार गर्नु अमेरिकाको मनसाय बुझिन्छ । अर्कोतर्फ अमेरिकाले ल्याटिन अमेरिकामा वामपन्थी शासनहरूविरुद्ध जनमत अभियान, चुनावी हस्तक्षेप, ‘भ्रष्टाचार अनुसन्धान’ मार्फत सम्बन्धित देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै युक्रेनमा जस्तो ‘रङ्ग क्रान्ति’ लाई अझ तीव्र बनाउन सक्छ । ल्याटिन अमेरिकाको राजनीतिकमा संसद्बिचको विवादलाई उत्तेजित गर्ने र गैर–सरकारी संस्थाहरूको प्रवेश अमेरिकी हितका लागि बढी अनुकूल छ ।
यसको अतिरिक्त ल्याटिन अमेरिकी क्षेत्रीय एकीकरण विषय हुनेछ । ल्याटिन अमेरिकामा वामपन्थी शासनको दायरा विस्तारसँगै क्षेत्रीय स्तरमा क्युवा, भेनेजुएला र निकारागुआमाथिको कूटनीतिक दबाबमा उल्लेखनीय सुधार आउनेछ । साथै ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूले पनि सबै ल्याटिन अमेरिकी देशहरूसँग समान आधारमा वार्तामा संलग्न हुन र विशेषगरी क्युवाविरुद्धको आर्थिक नाकाबन्दी र प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकामाथि सामूहिक दबाब बढाउन सक्छन् । क्षेत्रीय एकीकरण सङ्गठनहरूको सन्दर्भमा दक्षिण अमेरिकी तथा र क्यारिबियन राज्यहरूको समुदाय (सेलाक) पुनः सक्रिय हुनसक्छ । जसले ल्याटिन अमेरिकी देशहरूको विश्वव्यापी मामिलामा भाग लिन र क्षेत्रीय सीमाना बाहिरका देशहरूसँग सामूहिक संवादमा संलग्न हुनको लागि क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।
अनुवाद : राजन
स्रोत : कन्टेम्पोररी वल्र्ड