(सम्पादकको नोट : ब्राजिलको रियो दि जेनेरियोमा भएको १९ औँ जी–२० शिखर सम्मेलनको पहिलो सत्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘भोकमरी र गरिबीविरुद्धको लडाइँ’ सम्बन्धी छलफलमा भाग लिँदा ‘साझा विकासको न्यायपूर्ण विश्वको निर्माण’ शीर्षकको महङ्खवपूर्ण टिप्पणी गर्नुभयो । गरिबीविरुद्धको चीनको लडाइँले विश्वलाई सन्देश दिएको छ “यदि चीनले यसलाई बनाउन सक्छ भने अन्य विकासशील देशहरूले पनि बनाउन सक्छन् ।” २०२१ मा राष्ट्रपति सीले चीनमा निरपेक्ष गरिबी उन्मूलनमा पूर्ण विजय घोषणा गर्नुभयो । ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्ने चीनको सफल कथाले विश्व समुदायलाई के भन्छ ? गरिबी न्यूनीकरणमा चीनको अनुभवले अन्य देशहरूलाई केही पाठ सिकाउन सक्छ । ग्लोबल टाइम्सले चार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूलाई चीनको गरिबी उन्मूलन प्रयास र तिनीहरूको विश्वव्यापी महङ्खवको रहस्य बुझ्नको लागि आमन्त्रित गरेको छ ।
रोबर्ट लरेन्स कुहन (द कुहन फाउन्डेसनका अध्यक्ष र २०१८ मा चीन सुधार मित्रता पदक प्राप्तकर्ता)
गरिबी निवारणमा चीनको सफलताबाट विश्वले के सिक्न सक्छ ? निश्चित रूपमा धेरै चीजहरू । चीनले आफ्नो गरिबी न्यूनीकरण अनुभव, यसका सबै पक्षहरू, विश्व समुदाय, विशेषगरी गरिब राष्ट्रहरूसँग साझा गर्ने आशा गर्दछ ।
तर पहिले एक चेतावनी । प्रत्येक देश फरक छन् । प्रत्येक संस्कृतिको आफ्नै इतिहास छ फरक–फरक मानिसहरूका स्वभावहरू साँच्चै फरक हुन्छन् । हामीले एउटा देशबाट कार्यक्रम लिएर त्यसलाई पूर्णरुपमा अनुकूलन नगरी अर्को देशमा थोप्न सक्दैनौँ ।
सिद्धान्तहरू महङ्खवपूर्ण छन् । गरिबी उन्मूलनका लागि चीनको सिद्धान्त स्पष्ट छन् । लक्षित गरिबी निवारणले विशेष परिस्थिति र आवश्यकता पूरा गर्न विशेष उपायहरू प्रयोग गर्दछ । ती उपायहरू लागु गर्न, तिनीहरूको निगरानी र जाँच गर्न स्पष्ट सङ्गठनात्मक संरचना पूर्णरूपमा परिचालन गरिएको छ ।
गरिबीविरुद्धको चीनको लडाइँमा सबै देशहरूले के मान्नुपर्छ । उनीहरूको कामको मूल्याङ्कनमा गरिबी निवारणलाई प्राथमिकतामा राख्न उत्प्रेरित गर्ने यो महङ्खवपूर्ण सफलता हो । यो केवल माथिबाट तल आउन सक्छ । यो चीनले विश्वलाई दिने ठुलो पाठ हो ।
जर्ज हेइन (चीनका लागि चिलीका पूर्वराजदूत र बोस्टन विश्वविद्यालयको पार्डी स्कूल अफ ग्लोबल स्टडीजका प्राध्यापक)
विगत ४० वर्षमा गरिबी र चरम गरिबी न्यूनीकरणमा मानवताले ठूलो प्रगति गरेको छ । गरिबी न्यूनीकरणमा चीनको भूमिका विशेषगरी उल्लेखनीय छ । संयुक्त राष्ट्र सङ्घको सहस्राब्दी विकासमा लक्ष्यहरू ठूलो मात्रामा हासिल भएका छन् किनभने चीनले सुधार र खुलापनको सुरुआत गरेदेखि करिब ८० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको छ ।
गरिबी घटाउनको लागि आर्थिक वृद्धिमा मात्रै भर पर्नुभन्दा धेरैजसो प्रभावित काउन्टीहरूलाई सार्वजनिक नीतिले लक्षित गरेको छ । यसको अर्थ खानेपानी, सडक र सञ्जालजस्ता पूर्वाधारमा लगानी गर्नुका साथै शैक्षिक, स्वास्थ्य र सांस्कृतिक सुविधाहरूमा सामान्य बजेट विनियोजनभन्दा माथि र त्यसभन्दा बाहिरको लगानी गर्नु हो ।
चीनमा गरिबीलाई ग्रामीण क्षेत्र र दुर्गम स्थानहरूसँग नजिकबाट जोडिएको छ । आफ्नो विशाल, ९६ लाख वर्ग किलोमिटर क्षेत्रलाई पर्याप्त यातायात र सञ्चारको माध्यमबाट एकीकृत गर्नु परापूर्वकालदेखि नै चीनको चुनौती रहेको छ । यसको १६००००० किलोमिटर रेलवे लाइनहरू (४२००० किलोमिटर उच्च–गति) र मोबाइल टेलिकम्युनिकेसन टेक्नोलोजीमार्फत १ अरबभन्दा बढी मानिसहरूले इन्टरनेट पहुँच गर्न मोबाइल फोन प्रयोग गरेर, चीनले पहिले पृथक समुदायहरूका लागि धेरै आर्थिक अवसरहरू सिर्जना गरेको छ ।
यहाँ दिमागमा राख्नुपर्ने मुख्य बिन्दु भौतिक र डिजिटल जडानको मुद्दा हो । विश्व सेवा अर्थतन्त्रतर्फ अघि बढ्दै गर्दा जोडिनु मुख्य कुरा हो । यहीँबाट चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ आएको छ । यद्यपि, यो यूरेशियालाई पुनः निर्माण गर्ने परियोजनाको रूपमा सुरु भयो । यो चाँडै धेरै महङ्खवाकाङ्क्षी कुरामा विकसित भयो । अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका देशहरूलाई चीनले के भनेको छः रेलवे, मोबाइल टेलिफोन र ब्रोडब्यान्ड पहुँचले हाम्रो लागि काम ग¥यो । सायद तिनीहरूले तपाईंको लागि पनि काम गर्नेछन् ।
जोन रस, (चीनको रेन्मिन युनिभर्सिटीको फाइनान्सियल स्टडीजका लागि चोङ्याङ इन्स्टिच्युटका वरिष्ठ फेलो र लन्डनका मेयरका लागि आर्थिक र व्यापार नीतिका पूर्व निर्देशक)
यो मानव इतिहासमा गरिबी न्यूनीकरणको सबैभन्दा ठुलो उपलब्धि हो । यति छोटो अवधिमा यति धेरै मानिसहरू र यति ठूलो मानवतालाई गरिबीबाट बाहिर निकालिएको छ । यो चिनियाँ कम्युनिस्ट पार्टी –सीपीसी र चीन सरकारद्वारा गरिएको थियो । यो ठुलो, कडा परिश्रम र सही सामाजिक तथा आर्थिक प्रणालीद्वारा प्राप्त गरिएको थियो । यसले देखाउँछ कि समाजवाद त्यस्तो व्यवस्था हो जसले मानिसहरूलाई उद्धार गर्दछ ।
म यसलाई चमत्कार भन्न चाहन्न । यसले अवलम्बन गरिएका नीतिहरूको शुद्धता देखाउँछ । मलाई लाग्छ, यो धेरै प्रेरणादायक छ । यो विश्वको कुनै पनि देशले गरेको मानव अधिकारमा सबैभन्दा ठूलो योगदान हो ।
केही पश्चिमी देशहरूको तुलनामा चीनले गरिबीसँग लडेर जनताको सेवा गरेको छ । यो चीनको समाजवादी व्यवस्था हो जसले आफ्नो अर्थतन्त्रलाई यति छिटो विकास गर्न सक्षम बनायो । करोडौँ जनतालाई गरिबीबाट बाहिर निकाल्न सम्पूर्ण अर्थतन्त्रको विकासले मात्र गर्न सकिन्छ ।
अझै धेरै क्षेत्र र देशहरू गरिबीको चपेटामा छन् । चीनबाट सिक्न सक्ने धेरै कुरा छन् । सबैभन्दा महङ्खवपूर्ण कुरा चीनले गरिबी निवारणलाई शीर्ष लक्ष्यको रूपमा राखेको छ । उनीहरूले यसलाई प्राथमिकतामा राखेका छन् ।
विश्वको गरिबी न्यूनीकरणमा चीनको योगदान ७० प्रतिशतभन्दा बढी छ । गरिबीको बारेमा विश्वको अवस्था चीनले गरेको नभई टाढा हुने थियो । त्यसैले गरिबी उन्मूलन र मानव अधिकारको वास्तविक सुधारमा चीनको योगदान एकदमै अतुलनीय छ ।
चीनले जनतालाई उत्पादन गर्न सक्षम बनाएर गरिबी न्यूनीकरण गरेको छ । चीनले जे गरेको छ त्यो बढी दिगो छ किनभने यो पूर्वाधार निर्माण गरेर गरिएको हो । यो मुख्यतया तिनीहरूको जीवनको वास्तविक अवस्था, तिनीहरूको आवास र तिनीहरूको जीविकोपार्जन गर्ने क्षमतामा सुधार गरेर गरिएको हो । यसको अर्थ यो धेरै दिगो छ ।
ई सुन ओह (सिङ्गापुर इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सका वरिष्ठ फेलो)
सामान्यतया, चीनको चरम गरिबीको सफल उन्मूलन वास्तवमा धेरै प्रशंसनीय उपलब्धि हो । मलाई लाग्छ, मुख्य प्रेरणा र मुख्य कारणहरू सायद एक किसिमको सामूहिक दृढताका साथै यस गरिबी उन्मूलनका लागि हालैका वर्षहरूमा धेरै व्यवस्थित प्रयासको माध्यमबाट दृढ ध्यान केन्द्रित थियो ।
मैले सुनेको छु, सरकारी अधिकारी र विभिन्न तहका सरकारहरूलाई यो गरिबी उन्मूलन प्रयासको जिम्मेवारी दिइएको थियो । तिनीहरू राजनीतिक रूपमा जवाफदेही र आ–आफ्नो क्षेत्राधिकारमा गरिबी उन्मूलन प्रयासहरूको सफलताको लागि जिम्मेवार छन् । त्यसैले यो गरिबी उन्मूलन गर्न विभिन्न संस्थानहरू र अन्य संस्थाहरूसँग मैले सिकेको कुराबाट सहयोग गर्न धेरै सरकारी अधिकारीहरूको लागि प्रोत्साहन हो ।
अर्को कारण चरम गरिबीको स्तरबाट आफूलाई उन्मूलन गर्न खोज्ने चरम गरिबीमा बाँच्नेहरूको इच्छा थियो । मलाई लाग्छ, धेरै पश्चिमी देशहरूमा सरकारी मानसिकता मनपरीतन्त्रमा निर्भर छ र सरकारी ढिलासुस्ती धेरै बलियो छ । त्यसकारण, दुर्भाग्यवश गरिबीबाट आफूलाई बाहिर निकाल्ने इच्छा यी धेरै देशहरूमा अत्यन्तै कमजोर छ ।
गरिबी उन्मूलनको सन्दर्भमा चीनले विश्वलाई सिकाएको पाठ वास्तवमा सरकारको इच्छा, दृढ सङ्कल्प र विभिन्न अधिकारीहरूको ध्यान र जवाफदेहिताको संयोजन हो । यो विभिन्न निगम र संस्थाहरूद्वारा सिर्जनात्मक समाधानहरूको साथ संयोजनमा गरिबीमा बाँच्नेहरूको इच्छासँग जोडिएको छ । मलाई लाग्छ, तीनवटै कारकहरू महङ्खवपूर्ण छन् – सरकार, विभिन्न संस्था र निगमहरूद्वारा विभिन्न रचनात्मक समाधानहरू साथै गरिबीमा बाँच्नेहरू । यसका लागि सबै मिलेर काम गर्नुपर्छ ।
विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनले चरम गरिबीको पूर्ण उन्मूलन गरेर महङ्खवपूर्ण उपलब्धि हासिल गरेको छ । हामी यस सम्बन्धमा चीनका केही पाठहरू, विशेषगरी अन्य विकासशील देशहरूसँग साझा गर्न तत्पर छौँ ।
– ग्लोबल टाइम्सबाट
प्रस्तुति : आरोही