१ माघ, कञ्चन
कञ्चन गाउपालिकाका मगर समुदायले आफ्नो समुदायको नयाँ बर्ष मिनाम ल्हेस ५०१६ शनिवार भब्यताका साथ मानएका छन। नेपाल मगर संघ, कञ्चन गाउँ कार्य समितिको आयोजनामा कञ्चनको दियो खेलमैदानमा बिशेष कार्यक्रमको आयोजना गरी मगर समुदायको भाषा, साहित्य, कला, संस्कृति र परम्पराबारे नयाँ पुस्तान्तरण तथा संरक्ष्ण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ बिशेष मगर खानाका परिकार सहित विविध साँस्कृतिक कार्यक्रमका साथ (नयाँ बर्ष) मिनाम ल्हेस मनाएका हुन।
कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बहुजातिय बहुभाषिक तथा साहत्यि कला र संस्कृति भएको देशको साझा फुलवारीको एक फुल मगर जाती भएको उल्लेख गर्नु भयो। आफ्नो भाषा साहित्यकला, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि मगर अगुवाहरुले गरेको योगदानलाई सम्मान गर्दै कञ्चनमा पनि मगर जातिको भाषा संस्कृतिको संरक्षण र पर्द्धनका लागि आवस्यक सहयोग गर्ने उपाध्यक्ष थापा मगरले प्रतिबद्धता व्यक्त गर्नुु भयो।

मिनाम ल्ेहस ५०१६को सन्दर्भमा आफ्नो समसायिक धारणा राख्दै नेपाल मगर संघ, केन्द्रिय उप महासचिव कमला थापा मगरले आफ्नो भाषा, साहित्य कला तथा धर्म र संस्कृति भएको मगर समुदायले परापुर्वकाल देखि नै पहिचान स्थापित गर्दै आएको बताउनु भयो। मगर समुदायको ईतिहास ५०१६ भन्दा अगाडीको भएपनि ऐतिहासिक खोज अनुसन्धानलाई आधार मानेर मगर समुदायले माघ महिनालाई नयाँँ बर्षको रुपमा मनाउदै आएको तथ्यका आधारमा अहिले मगरहरुको (नयाँ बर्ष) मिनाम ल्हेस ५०१६ पुगेको उप महासचिव थापा मगरले बताउनु भयो।
समसामयिक बिषयमा आफ्नो बिचार व्यक्त गर्दै थापा मगरले हिजोको पुस्ता बिदेशी भुमिमा परेड खेलेर जिवन गुजारेको भनेर आजको पुस्तालाई पनि बिदेशी सेना प्रहरीमा भर्ति हुन प्रोत्साहन दिन नहुने कुरामा जोड दिनु भयो। पढेलेखेका मगर समुदायका छोरा छोरी जवसम्म बिदेशी सेना प्रहरीमा भर्ति हुने क्रम रोकिदैन तवसम्म राज्यको कुनै पनि तह र अंगहरुमा मगरहरुको पहुंच नहुने उल्लेख गर्दै उप महासचिव थापा मगरले अवको पुस्तालाई लोकसेवा, शिक्षा सेवा, न्याय सेवा लगायत देशकै सेना प्रहरीमा जागिरका लागि प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भयो।

नेपाल आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले हरेक स्थानीय तहमा रहेका एकल जातिय संगठन र समन्वय परिषदहरुले आदीवासी जनजाती दिवसलाई बिशेष कार्यक्रमका साथ मनाउने परमपरालाई निरन्तरता दिइने बताउनु भयो। कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले जातिय पहिचान संगसंगै ती जातीहरुको कला संस्कृतिले देशको गरिमा बढाउने भन्दै हरेक जातीहरुको भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नु राज्यको अनिवार्य कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्नु भयो।

मगर समुदायमा प्रचलनमा रहेको खानाका परिकारहरु सहित आयोजना गरिएको कार्यक्रममा मगर संस्कृति झल्किने कौराहा, मारुनी, सोरठी लगायत गित तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेवा पुचः कञ्चनका अध्यक्ष क्या.बिष्णु नारायण श्रोष्ठ, नेपाल मगर संघ, कञ्चनका सल्लाहकार दुर्गा बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्दै आफ्नो जातिय अधिकारको संघर्षलाई निरन्तररुपमा अगाडी बढाउनुको विकल्प नभएको कुरालाई जोड दिनु भयो।
नेपाल मगर संघ, कञ्चन गाउ कार्य समितिका अध्यक्ष कविराज काउचाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष थम बहादुर सिञ्जालीले मिनाम ल्हेस ५०१६ को औचित्यता र सान्दर्भिकताको बारे समसायिक विषयमाथी प्रकाश प्रार्दै स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन धनसिंह रानाले गर्नु भएको थियो।