२७ पौष,गुल्मी/कौरव खत्री
बागलुङ बडिगाडको एक माध्यमिक विद्यालयमा हिरक महोत्सव गरिने भएको छ । बडिगाड गाँउपालिका ५ ग्वालिचौरटारी, बागलुङ स्थित रहेको भानु माध्यमिक विद्यालयमा हिरक महोत्सव सञ्चालन गरिने भएको हो ।
“गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित विद्यालय स्थापना भएको ६० औं बर्ष पुरा गरेको अवसरमा आँउदो माघ २२ गते देखि २८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।

साथै महोत्सवमा विद्यालयका संस्थापक, शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पु¥याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, पूर्व विद्यालय व्यवस्थापान समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने भएको छ। शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु महोत्सवमा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।

साथै हालसम्म महोत्सवमा करिव ४५ लाख आर्थिक चन्दा सहयोग संकलन भएको प्रधानाध्यापक खरेलले जानकारी दिनुभएको छ । विद्यालयमा प्राविधिक धारका कक्षा सञ्चालन, छात्राबासको सुविधा, निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन गर्ने, विद्यालयमा स्कुल बस सञ्चालन गर्ने उद्देश्यका साथ हिरक महोत्सव भव्यताका साथ मनाउन विभिन्न उपसिमिति गठन भई विभिन्न गतिविधि संचालन भइरहेको मुल समारोह समितिका अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।
२०१९ सालमा स्थापना भएको भानु माध्यमिक विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षा सञ्चालन हुदै आइरहेको छ ।