२५ पुस, कञ्चन
प्रगती नमुना माध्यमिक विद्यालय, कञ्चन १, बेलभरिया, रुपन्देहीको ४४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको शैक्षिक बिकासमा प्रगती नमुना मा.वि.को अहम भुमिका रहेको उल्लेख गर्नु भयो। कञ्चनमा सञ्चालित सामुदायिक विद्यालयहरुमा निजी श्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुको सेवा सुविधालाई दरवन्दी सरह बनाउने योजना भएको भएपनि गाउँपालिकाको आन्तरिक श्रोत निकै न्युन भएकोले सम्बोधन गर्न कठिनाई भएको बताउदै अध्यक्ष ढकालले राज्यले माध्यमिक तहमा आवस्यक शिक्षक दरवन्दी व्यबस्था गर्न नसक्दा देशभरका बिद्यालयहरुले निजीश्रोतमा शिक्षक व्यबस्थापन गर्नु परेको यथार्थलाई ईगित गर्नु भयो। राज्यले माध्यमिक तहसम्म निशुल्क शिक्षा भनेपनि समयमै पाठ्यपुस्तक पुर्याउन र आवस्यक दरबन्दीको व्यबस्था नगर्दा अभिभावकहरुबाट आर्थिक सहयोग मागेर बिद्यालय सञ्चालन गर्नु परेको साझा समस्या झेल्दै आएको प्रगती नमुनाले शैक्षिक रुपमा देशमै उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत हुनु सामन्य विषय नभएको उल्लेख गर्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको अध्यक्ष ढकालले फरक विषयमाथी चर्चा गर्दै भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोबासीको रुपमा रहेका कञ्चनवासीलाई बर्षौदेखि आफुले जोतभोग गर्दै आएको जग्गाको मालिक बनाउन आफु निर्वाचित भएदेखि नै तदारुकताका साथ लागि परेको र केही स्थानहरुमा कित्ताकाटको कार्य र ३५ दिने सूचना प्रकाशित हुने कार्य भइरहेको समेत जानकारी दिनु भयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले देशको कर्णधार तथा देशको लागि असल नागरिक उत्पादन गर्ने हजारौं विद्यालयहरु मध्ये प्रगती नमुना बिद्यालय पनि एक भएको उल्लेख गर्नु भयो। आफुले अध्यापन गर्दै आएको विद्यालय समेत भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले प्रगती नमुना माध्यमिक विद्यालयले स्थापनाकाल देखि नै शैक्षिक रुपमा आफुलाई अव्वलता प्रदान गर्दै आएकोमा गर्व गर्नु भयो। यस विद्यालयले आफुलाई गाउँपालिकाको नेतृत्व गर्ने तहसम्म पुर्याउने आधारस्तम्भ तयार गरेको भन्दै उपाध्यक्ष थापा मगरले आगामी दिनमा यस विद्यालयबाट देशको गरिमा बढाउने सभ्य र असल नागरिक उत्पादन गर्ने वातावरण निर्माण गर्न आवस्यक सहयोग र पहल गर्न सदैव प्रतिवद्ध रहेको बताउनु भयो।

यसैगरी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालले राज्यले हरेक विद्यालयहरुमा आवस्यक दरवन्दी व्यावस्थापन नगरेसम्मा देशभरका विद्यालयहरुले निजीश्रोतबाट शिक्षक व्यवस्थापन गर्नु पर्ने समस्या रहेको उल्लेख गर्नु भयो। विद्यालय सम्पुर्ण शिक्षाहरुको साझा घर भएकोले शिक्षक, अभिभावक, विद्यालय र समुदायको परस्पर सहसम्वन्ध र समन्वय अपरिहार्य रहने उल्लेख गर्दै शिक्षा अधिकृत भुसालले प्रगती नमुनाले नाम अनुसार पनि शैक्षिक क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गरी रािष्ट्रय स्तरमै नमुना विद्यालयहरुको गणनामा पर्न सफल भएको उल्लेख गर्नु भयो।
कञ्चन गाउँपालिकाका प्रवक्ता तथा शिक्षा तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले बिधार्थीहरुलाई मोवाइल चलायो या हेर्यो भनेर नभई प्रविधिको अधिक्तम उपयोग गरेर बिधार्थीहरुले धेरै भन्दा धेरै ज्ञान सिप र क्षमताको बिकास गर्नमा उत्साहित गर्नु पर्नेमा जोड दिनु भयो। शिक्षक र अभिभावकहरुले आफ्ना बिधार्थीहरुलाई प्रविधिले बिकास गरेका नयाँ नया कुराहरुको सिकाई कसरी गर्न सकिन्छ र प्रविधिको सहि उपयोगबारे ज्ञान र सिप सिकाउन सकिएको अवस्थामा मात्र बिधार्थीहरुले पढ्दै र सिक्दै गर्न सक्ने तुलाचनले बताउनु भयो। विधार्थी भविष्यका कर्णधार हुन भन्ने भनाईलाई व्यबहारमा लागु गर्न र उक्र भनाईलार्इं सास्वत तुल्याउन विद्यालयमा भएको न्युनतम श्रोत साधनलाई अधिक्ततम उपयोग नगरेसम्म व्यबसायिक शिक्षा बनाउन पनि नसकिने बताउदै प्रवक्ता तुलाचनले आफ्नो बिद्यालयमा पढेर बाहिरिएका कुनै न कुनै विधार्थीले कुनै सिप गरेर वा उद्यम गरेर जिविकोपार्जन गरिरहेको देख्न र अनुभव गर्न नपाएसम्म त्यो शिक्षा फगत अक्षर चिन्ने बाहेक अरु केही नहुने बताउनु भयो।

कार्यक्रममा विद्यालयका सल्लाहकार शिव पौडेल, धनकुवेर बुढाथोकी, भुतपुर्व प्रधानाध्यापक जिवराज पौडेल र हरिलाल शर्मा, अक्षयकोषदाता तथा पुर्व शिक्षक प्रकाश गौतम, ज्ञानेन्द्र कुमार पौडेल, बुद्धभुमि आधारभुत विद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा, नमुना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष यम बहादुर कार्की, रिड नेपालका शिक्षा अधिकृत मिनप्रसाद रिजाल, विजय पौडेल लगायतले कञ्चनमा कृषि क्याम्पस स्थापना गर्न प्रगती नमुना माध्यमिक विद्यालय भैतिक रुपमा सम्पन्न भएको बताउदै कृषि क्याम्पस स्थापना गर्न गाउँपालिकाबाट आवस्यक पहल गरिदिन आग्रह गरेका थिए। प्रगती नमुना विद्यालय नामले मात्र नभई शैक्षिक स्तर बृद्धि गर्न शिक्षक, अभिभावक, समुदाय र स्थानीय तहको अहम भुमिका अपरिहार्य भएकोमा जोड दिदै वक्ताहरु विद्यालयको आन्तरिक श्रोतका आधारमा निजी शिक्षक तथा कर्मचारीलाई व्यबस्थापन गर्न निकै समस्या हुदै गएकोले स्थानीयतहले यसवारे आवस्यक ध्यान दिन आग्रहग गरेका थिए।

विद्यालयका प्रधानाध्यापक गणेश पौडेले विद्यालयको बार्षिक प्रगिती प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक, खेलकुद तथा अतिरिक्त कृयाकलापहरुमा समेत हरेक बर्ष आफ्नो अव्वलता प्रस्तुत गर्दै आएको बताउनु भयो। विद्यालयमा अध्ययनरत विधार्थीहरुको लगनशिलता पुर्वक भएको मेहनत, शिक्षक तथा कर्मचारीहरुबाट भएको अथक मेहनत र अभिभावक तथा समुदायबाट प्राप्त सहयोग र आपसी समन्वयले गर्दा विद्यालयल हरेक बर्ष शैक्षिक क्षेत्रमा सफलता प्राप्त गर्दै आएको स्मरण गर्दै प्रधानध्याप पौडेलले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक रुपमा अझ सफलता प्राप्त गर्न सबैको सहयोग र समन्वय आवस्य र निरन्तरता हुने समेत विश्वास व्यक्त गर्नुु भयो।

विद्यालयको बार्षिक उत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापन गर्न सहयोग गर्नु हुने अक्षयकोषदाताहरु प्रकाश गौतम, ठाकुर प्रसाद ज्ञवाली र पवित्रा कार्की, पुर्व प्रधानाध्यापकहरु बोम बहादुर थारु, हरिलाल शर्मा र जिवराज पौडेल, खेलकुद तथा अतिरिक्त कृयाकलापमा विद्यालयको सहभागितालाई उत्कृष्ट बनाउन अहम भुमिका खेल्नु हुने शिक्षकहरु जित बहादुर पुन, भुपाल बुढा मगर, हरिप्रसाद गौतम र एस ई ई २०७८ मा उत्कृष्ट ग्रेड लिइ उत्तिर्ण हुने विधार्थी आस्विन कंडेललाई सम्मान तथा प्रसंशा प्रत्र प्रदान गरिएको थियो। यस्तै अनुशासित तथा जेहेन्दार बिधार्थीहरुलाई छात्रबृत्ति तथा पुरस्कार समेत प्रदान गरिएको कार्यक्रममा विधार्थीहरुद्वारा विविध सांस्कृतिक झांकी सहितको नृत्य प्रस्तुत गरेका थिए।
विद्यालय व्यबस्थापन समितिका कार्यवाहक अध्यक्ष चिन्तामणी उपाध्यायको अध्यक्षता तथा सहायक प्रधानाध्यापक सरोज भट्टराईको स्वागतमा सम्पन्न विद्यालयको ४४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मुल समारोहमा आधारभुत तह इन्चार्ज जित बहादुर पुनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। विद्यालयको ४४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउन अथक मेहनत तथा योगदान गर्ने शिक्षक,शिक्षिका तथा कर्मचारीहरुलाई समेत विधालयले सम्मान गरेको थियो। अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुने उक्त विद्यालयमा १ हजार ५ सय बढी विधार्थीहरुले अध्ययन गर्दै आएका छन।