अनिल दमाई
गत हप्ता कञ्चन गाउपालिकाको बार्षिक प्रती समिक्षा कार्यक्रम भएको सामाजिक सञ्जाल मार्फत थाहाँ पाएँ । मलाई खुशी पनि लाग्यो आफ्नो गाउ पालिकाले बर्ष भरी गरेको कार्यक्रमहरुको समिक्षा भएको थाहा पाएपछि । बेला बेलामा आफुले गरेका हरेक कामहरुको समिक्षा हुनु राम्रो पक्ष पनि हो ।जसले आफुले गरेका कामहरुको सकारात्मक र नकारात्मक दुबै थाहा पाउन निकै सजिलो बनाउ छ र आगामी दिनहरुका लागि थप उत्साह र हौसला प्रदान गर्दछ ।
समिक्षा कार्यक्रम भयो रे भन्ने कुरा थाहा पाए पछि मेरो मनमा गाउपालिकाले आफुले गरेको बार्षिक कार्यहरुको समिक्षामा के के बारे छलफल हुन्छ होला?आम जनताबाट आएका गुनासोहरुको बारेमा कसरी समाधान गर्ने र भइरहेको कार्य प्रति जनताले कस्तो प्रतिकृया जनाएका छन भन्ने बारे छलफलमा कुरा उठ्छ कि नाई होला?वा गाउपालिकाका प्रमुख र उपप्रमुखले फ्याट फ्याट बोलेर सकिन्छ होला की,या कर्मचारीहरुले कम्युटरमा तयार गरेका कुराहरु सरसर्ती देखाइन्छ त्यसपछि अध्यक्षले बोले पछि सकिन्छ होला की यस्तै कुराहरु एकोहोरो प्रश्नहरुले एकाएक हानिरह्यो ।
उक्त समिक्षा बैठकमा आफुले छुट्टाएको बजेटले गरेको कालोपत्रेको गुणस्तरियता र टिकाउको बारेमा छलफल भयो कि भएन होला,या प्रमुख प्रशासकिय अधिकृत र ठेकेदारले भने झैं कालो पत्रे गरेपछि कालो पत्रे गरेको आर्थिक बर्ष केही भएन भने त्यो कालोपत्रे एक नम्वरको कालो पत्रे भएको कुरालाई हो मा हो थपियो कि या कर्मचारीहरुले भने झैं यो ठाउमा म हिड्ने होइन जिवन काट्ने होइन।म नहिड्ने र जिवन नकाट्ने बाटोमा गरिएको कालो पत्रे १० दिनमा भत्कियोस कि, १० बर्ष टिकोस त्यो मेरो सरोकारको बिषय होइन।मैले त पारित भएको कुरा कार्यान्वयन गर्ने हो भनेर जवाफ दिए जस्तै हाम्रा जनप्रतिनीधिहरुले पनि सोही कुरा दोहोर्याउदै ती कार्यहरुको समिक्षा गरियो कि गरिएन होला ।
"खासमा सो समिक्षा बैठकमा योजना कार्यान्वयन भए नभएको मात्र कुरा हुन्छ की कार्यान्वयन पश्चात त्यसको गुणस्तरियता र जिवन्तताको कुराहरुमा कति ध्यान दिन सकियो या सकिएन भन्ने बारेमा पनि छलफल हुन्छ की नाई ? या गत आ.व.को योजना बजेटको यति प्रतिशत भयो बाकी यी यी कारणहरुले हुन सकेनन तसर्थ यस चालु आ.व.मा शतप्रतिशत काम गर्न यसरी काम गर्ने भनेर मात्र योजना तर्जुमा हुन्छ की?"
कि ज जसको जुन जुन योजना कार्यान्वयन गर्ने र गराउने जिम्मा दिइएको हो ती योजनाहरुबाट कसले कति कमिसन लिन सकियो र सबैलाई बराबर भाग पुग्छ की पुग्दैन जस्ता कुराहरुमा छलफल गरियो होला भनेर मनमा एक किसिमको कौतुहलताले छोइरह्यो । म कञ्चनवासी भएको नाताले जनप्रतिनीधिहरु जस्तो कञ्चनको हरेक गल्ली गल्लीहरुमा पुगेर त्यहाँको समस्याको बारेमा त बुझेको छैन तैपनि बयक्रिगत कामले हिडदा बाटोको दायाँ बायाँ देखिने कञ्चनका बग्रेल्टी समस्याहरु हिजो जनप्रतिनीधि नआउदै भएको हुदाँ कतिपय ती समस्याहरु ज्यूँ का त्युँ देख्दा जनप्रतिनीधिहरुले के कस्ता याजना बनाएर के मा खर्च गर्छन म त बुझ्नै नसकिरहेको बेला यस्ता कौतुहलताले छोइरहदो रहेछ ।
खासमा सो समिक्षा बैठकमा योजना कार्यान्वयन भए नभएको मात्र कुरा हुन्छ की कार्यान्वयन पश्चात त्यसको गुणस्तरियता र जिवन्तताको कुराहरुमा कति ध्यान दिन सकियो या सकिएन भन्ने बारेमा पनि छलफल हुन्छ की नाई ? या गत आ.व.को योजना बजेटको यति प्रतिशत भयो बाकी यी यी कारणहरुले हुन सकेनन तसर्थ यस चालु आ.व.मा शतप्रतिशत काम गर्न यसरी काम गर्ने भनेर मात्र योजना तर्जुमा हुन्छ की? कहि कतैको स्थानिय तहरुमा त बर्षभरीको योजनाबाट प्राप्त हुने कमिसनहरुको भागबण्डा नमिलेकै कारण गाउसभा हुन नदिने,समिक्षा बैठकहरुमा हो हल्ला गर्ने र यदि भागबण्डा मिलेको भए उक्त खुशीमा चारपाउले टेक्नेगरी पार्टी गरेको पनि थाहा पाएको हुनाले हाम्रो गाउपालिकामा पनि ती नै कार्यहरुलाइ नै आत्मसाथ गरिन्छ की ?
"तपाहरुले जनतालाई बचन दिएर चुनाव जितेको पनि करिव करिव ४ बर्ष पुग्न लाग्यो यस बिचमा कञ्चनका कति सडकम ग्राभेल गरिए,कति सडकलाई स्तर उन्नती गरिए र कति सडकहरुमा कालो पत्रे गरियो र ती सडकहरुको मापन गरेर छलफल गरिन्छ की नाई ?कति प्रतिशत जमिनलाई सिंचाई युक्त जमिन बनाइए ?"
अध्यक्ष ज्यू सायद कञ्चनका हरेक जनताहरुले प्रतिनीधि मुलक समस्याहरु लिएर तपाएको कार्य कक्षमा आए होलान या बाटो र तपाईकै घरमा समेत भेटेर भएपनि आफ्नो गाउ ठाउको बारेमा के कति समस्या राखे राखे होलान।ती समस्याहरुका बारेमा तपाइले समिक्षा बैठकमा समावेस हुन्छ की हुदैन ? तपाइले देख्नु भएकै छ कालो पत्रे गर्ने नाममा सडकभरी पहाड जत्रा गिट्टीको थुप्रो थुपारेर बेवारिसे छोडेको।सडक मर्मत गर्ने बहानामा ५० टाली वा टिप्पर माटो उत्खनन गर्ने कागज बनाएर १०० भन्दा बढी टाली वा टिप्परले माटो ओसार पोसार गरेको अवस्य पनि थाहा पाउनु भएकै छ तर के गर्नु आफ्नै पार्टी र कार्यकर्ताको भनेर उनिहरुबाटै कमिसन लिएर बेइमानी गर्न छुट दिनु भएको छ की ?
तपाहरुले जनतालाई बचन दिएर चुनाव जितेको पनि करिव करिव ४ बर्ष पुग्न लाग्यो यस बिचमा कञ्चनका कति सडकम ग्राभेल गरिए,कति सडकलाई स्तर उन्नती गरिए र कति सडकहरुमा कालो पत्रे गरियो र ती सडकहरुको मापन गरेर छलफल गरिन्छ की नाई ?कति प्रतिशत जमिनलाई सिंचाई युक्त जमिन बनाइए ? तपाइको कुर्ची पछाडी लेखिएको म भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिन्न भन्ने भनाइबाट तपाई र तपाइ मातहतका कर्मचारी र जनप्रतिनीधिहरुलाई कति सुरक्षित राख्नु भयो ? कि राजस्व यति उठ्यो यति उठ्न सकेन र आगामी बर्ष यति राजस्व उठाउने भनेर लक्ष्य मात्र निर्धारण गर्नको लागि समिक्षा गरिन्छ ?
उक्त समिक्षा बैठकमा प्रशासनिक खर्च र भ्रमणको नाममा अनावस्यक हुने खर्च कटौतीको बारेमा छलफल हुन्छ की हुदैन?योजना अनुगमनको बहानामा राजा महाराजाको बानी सुधार्ने र हरेक योजनाहरुलाई सफल र दीर्घकालिन बनाउनको लागि उपभोक्ता समिति र ठेकेदार कम्पनीहरुलाई आवस्यक सल्लाह सुझाव कति दिइयो र त्यसको कार्यान्वयन कति भयो भन्ने बारेमा छलफल हुन्छ की हुदैन ? या समिक्षा बैठक भनेको माथी उल्लेखित बिषयहरुले समेट्छ कि फरक बिषय हुन?
"समिक्षा गोष्ठी हुनु हरेकका लागि निकै राम्रो बिषय हो । समिक्षा गोष्ठीमा राम्रा नराम्रा र भए गरेका तथा हुन नसकेका कामहरुको समेत समिक्षा गरी आामी दिनहरुमा के कसरी जाने भन्ने कार्ययोजना समेत बनाइएने भएकोले बेला बेलामा समिक्षा गोष्ठी हुनु अनिवार्य हुन्छ । त्यसैले पछिल्लो पटक गाउपालिकामा भएको गाउपालिकाको समिक्षा बैठकले गत बर्षको बहुचर्चित सोलार काण्डले छलफलको बिषय बनायो कि बनाएन वा यति कै थामथुम पारियो ?"
म त शुभचिन्तक,असल मतदाता र सेवाग्राही नागरिक भएको नाताले यी बिषयहरुमा प्रश्न गर्न कति उचित थियो या थिएन? यदि त्यस्तो थिएन भने यो लेख प्रकाशित हुने संचार गृह मार्फत मलाई स्पष्टीकरण लिइयोस । होइन भने अध्यक्ष ज्यू कुनै योजना समपन्न भएपछि फरफारक गर्न वडा र गाउपालिका जादा तपाइहरु जस्ता जिम्मेवार जनप्रतिनीधिहरुले यो काम गर्दा कति कमिसन आयो वा कति कमिसन दिए भनेर प्रश्न गर्न मिल्छ की मिल्दैन ? कि तपाइइहरु पनि कसैलाई कुनै योजना कार्यान्वयन गर्न दिदा कति कमिसन माग्नु हुन्छ ? वा कमिसनको भरमा योजना छनौट गर्नु हुन्छ र ? खेती योग्य जमिनमा सिंचाईको बन्दोबस्त गर्न भनि बनाइएने स्यालो ट्युवेल गाड्दा स्यालो ट्यूवेल गाड्ने ठेकेदारहरुवाट जम्मा योजनाको कति प्रतिशत कमिसनको बाग्रेनिंग हुन्छ ? किसानलाई दिइएने कृषि औजार खरिद गर्दा आउने कमिसन हाम्रो गाउपालिकामा ककसलाई के कति बाडिन्ड? स्यालो ट्युवेलका लागि पम्पसेट खरिद गर्दा अहिले सम्म टेण्डर खुलाइएको छैन र यदि टेण्डर मार्फत खरिद रिएको भएपनि कम्पनीको नाम फरक तर टेण्डर एउटैले फरक फरक रकम उल्लेख गराई टेण्डर पारे बापत र पम्पसेट खरिद गर्दा आउने कमिसनको बारेमा अवस्य पनि छलफल हुदैन ? कि टेण्डर कसले पायो कतिमा कति वटा खरिद भयो भनेर झगडा त हुदैन ?
समिक्षा गोष्ठी हुनु हरेकका लागि निकै राम्रो बिषय हो । समिक्षा गोष्ठीमा राम्रा नराम्रा र भए गरेका तथा हुन नसकेका कामहरुको समेत समिक्षा गरी आामी दिनहरुमा के कसरी जाने भन्ने कार्ययोजना समेत बनाइएने भएकोले बेला बेलामा समिक्षा गोष्ठी हुनु अनिवार्य हुन्छ । त्यसैले पछिल्लो पटक गाउपालिकामा भएको गाउपालिकाको समिक्षा बैठकले गत बर्षको बहुचर्चित सोलार काण्डले छलफलको बिषय बनायो कि बनाएन वा यति कै थामथुम पारियो ? बैकल्पिक उर्जा प्रबर्ढन केन्द्रबाट कञ्चनका बिपन्न तथा लक्षित बर्गाहरुका लागि उपलब्ध गराइएको सोलार लक्षित बर्गमा पुग्नु भन्दा अगगाडी जनप्रतिनीधि र कर्मचारीहरुले बाडेर बचेको बल्ल लक्षित बर्गलाई बितरण गरिएको र बिभिन्न सामाजिक सञ्जाल र संचार माध्यमहरुबाट समाचार सम्प्रेषण भएपछि रातारात उनिहरुले फिर्ता गरी लक्षित बर्गमा पुगेको भ्रामक बिज्ञप्ती निकालेर जनताको आंखामा छारो हालेको बिषयलाई अवस्य पनि गाउपालिको कमजोरी नठानेर बिरोधीहरुको बिरोधको रुपमा लिई चुपचाप बनाइयो कि समिक्षा कार्यक्रममा छलफल गरियो ?
"सडक बनाउने बहानामा जथाभावी माटो उतखनन गर्दै खेतीयोग्य जमिनको दोहन गरिएको बारे छलफल पनि अवस्य भयो होला?बिहान उज्यालो नहुदै र राती ९ बजे पछि लौसाका डाडाहरुबाट अबैध रुपमा जिम्मेवार जनप्रतिनीधिका जेसिभी र टिप्पर प्रयोग गरी माटो उत्खनन गरेर सार्वजनिक जमिनको दोहन भएको बारे त झन समिक्षा गोष्ठिीमा कुरै उठेन होला किन भने एकले अर्काको कामचोरको पर्दाफास हुने सबैलाई डर छ ।"
अझ गाउपालिकाका कुनै पनि जिम्मेवार ब्यक्तिहरुबाट आफ्नो गाउपालिकाका जनतालाई कसले सोलार जडान गर्दै छ वा जडान गरेको हो भन्ने कम्पनी र ठेकेदारको नाम समेत नबताई एकले अर्कालाइई थाहा होला भनि आफु तर्किने काम गर्नु भयो रे ? अरुलाई थाहा नभएपनि गाउपालिकाको अध्ययक्ष जस्तो जिम्मेवार ब्यक्तिीलाई समेत मेरो गाउपालिकामा कुन प्रयोजनको लागि कति थान सोलार को मार्फत आउदै छ र तयसको जिम्मा कसले लिएको छ भन्ने कुरा समेत जानकारी लिन सक्नु भएन भने त अरु कुरामा कति ढाक छोप गर्नु हुन्छ ? सोलार जोड्न आएको कम्पनीले घरघरमै सोलार जोडिदियो कि नाई लक्षित बर्गको घरमा पुग्यो कि पुगेन भनेर अनुगमननै नगरी हचुवाको भरमा रकम भुक्तानीका लागि सिफारिस दिने काम गर्नु भएछ ।यसबारे तपाइ कति गैर जिम्मेवार? कि लक्षित बर्गको घरमा जानै मन लागेन?उनिहरुको पिडा बोध गर्ने हिम्मत भएन वा चुनावका लागि मात्र उनिहरुको हैसियत हो अरुबेला उनिहरुको कुनै हैसियत छैन भनेर राज्यले खर्च गरेर दिएको अनुदानलाई समेत नजरअन्दाज गर्नु भयो ? यस्ता बिषयमा छलफल भयो कि भएन? कञ्चनका सचेत नारिकहरुबाट सोलार कम्पनीले लक्षित बर्गको घरमा सोलारै जडान नगरी गाउपालिकाबाट भुक्तानी लिएर गयो भनेर पटक पटक गुनासो गर्दा हाम्रो गाउपालिकाबाट भुक्तानी लिने होइन केन्द्रबाट भएकोले सिफारिस मात्र दिएको भन्नु कति जिम्मेवार जवाफ हो यसको स्पष्टीकरण दिने नदिने भन्नेबारे समिक्षा कार्यक्रममा छलफल गरियो कि गरिएन ?
{"तपाईको छोरो त बरिष्ठ पत्रकार बनेछन,खुव राम्रो काम गरेछन, हाम्रो पार्टीको बदनाम गर्नेगरी सार्वजनिक पत्र लेख्ने भएछन" भन्दै धम्कीपुर्ण भाषामा गाली त नभनौ बोल्नु भएछ रे बिकासका ठूलै हिमाइती भनेर कहलिएकाहरु ।यसबारे त झन छलफल हुने कुरै भएन किन भने यो गाउापकिाको योजना भित्र परेन ।}
सडक बनाउने बहानामा जथाभावी माटो उतखनन गर्दै खेतीयोग्य जमिनको दोहन गरिएको बारे छलफल पनि अवस्य भयो होला?बिहान उज्यालो नहुदै र राती ९ बजे पछि लौसाका डाडाहरुबाट अबैध रुपमा जिम्मेवार जनप्रतिनीधिका जेसिभी र टिप्पर प्रयोग गरी माटो उत्खनन गरेर सार्वजनिक जमिनको दोहन भएको बारे त झन समिक्षा गोष्ठिीमा कुरै उठेन होला किन भने एकले अर्काको कामचोरको पर्दाफास हुने सबैलाई डर छ । माटो उत्खननमा अनेक बहाना देखाएर कमिसनका लागि गाउपालिकाका प्राबिधिक देखि जनप्रतिनीधिहरुले गरेको कमिसन बार्गेनिंगको त कुरा गरि साध्य छैन । यी बिषयहरुमा पनि छलफल हुने त कुरै भएन । छलफल हुन्छ त कुन योजनाको काम कति भयो,कति हुन बाकी छ, काम सम्पन्न भएको भए फफारक गर्न के कति योजनाहरु बाकी छ र प्राबिधिकहरुबाट कार्य समपादन मुल्यांकन के कति भयो भन्ने बारे छलफल भयो होला?
समिक्षा गोष्ठीमा कञ्चन गाउपालिका भित्र मर्मत गर्नु पर्ने सडकहरुको अनुगमन र मुल्यांकन त अवस्य भयो होला ? यस भन्दा अघि कञ्चनका स्थानिय संचारकर्मी लक्षमण भुजेलले गाउपालिकाका अध्ययक्षको नाममा लेखेको सार्बजनिक पत्रले अध्यक्ष ज्यूको मन कत्तिको छोयो ? त्यो पत्र वास्तविक थियो कि थिएन भन्ने बारे समिक्षा गोष्ठीमा छलफल भयो कि भएन या उक्त पत्रलाई पढ्ने हिम्मत समेत गर्नु भएन ? या सार्वजनिक पत्रले कतै तपाइको मनमा इगो थपियो कि ? किन भने त्यो पत्र २ हजार ३ सय बढीले शेयर रेका थिए आफ्नो बारेमा लेखयो भनेर । हुन त म सामान्य नागरिक हो ।मैले हल्लामा सुनेको हो अध्यक्ष ज्यूलाई सार्वनिक रुपमा पत्र लेखेको थाहा पाएपछि संचारकर्मी लक्षमण भुजेल जीको घरमै गएर वहाँको आमालाई "तपाईको छोरो त बरिष्ठ पत्रकार बनेछन,खुव राम्रो काम गरेछन, हाम्रो पार्टीको बदनाम गर्नेगरी सार्वजनिक पत्र लेख्ने भएछन" भन्दै धम्कीपुर्ण भाषामा गाली त नभनौ बोल्नु भएछ रे बिकासका ठूलै हिमाइती भनेर कहलिएकाहरु ।यसबारे त झन छलफल हुने कुरै भएन किन भने यो गाउापकिाको योजना भित्र परेन ।
समिक्षा कार्यक्रममा कञ्चनको साक्षरता दर,मातृ मत्यु दर,शिसु मृत्यु दर,स्वास्थ्य अवस्था, सुधार हुन र अराव हुनमा को जिम्मेवार रह्यो भन्ने बारेमा छलफल हुन५ की हुदैन ।अनि कञ्चनमा जेष्ठ नागगरिक कति,युवा कति,महिला कति,बालबालिका कति जस्ता बिषयहरुलाई समिक्षाको बिषय बनाइन्छ की नाई ? कि औपचारिकतामा मात्र सिमित गरिन्छ समिक्षा गोष्ठीलाई? यी कुराहरु गाउपालिकाको बार्षिक गतिबिधिी भित्र पर्दैनन र ?अनि स्थानिय तह स्थापना भइसके पछि र निवार्चित जन प्रतिनीधि आइसके पछि कञ्चनको समग्र अवस्थाको बारेमा बार्षिक छलफल किन गरिदैन ? स्वरोजगार कति भए? सिपमुलक तालिम संचालन गरेपछि कति जनाले ब्यबसाय संचालन गरे र उनिहरुको अवस्था कस्तो छ? कञ्चनका कति संख्यामा बिदेश छन जस्ता बिषयहरुमा पनि आगामी समिक्षा कार्यक्रममा गरिनु पर्छ ।
"समृद्ध कञ्चनको आधार भौतिक बिकासलाई मात्र देखिएको हो भने केही भन्नु छैन तर समृद्ध कञ्चनको आधार शिक्षा,स्वास्थ्य,कृषि उत्पादनमा बृद्धि,पर्यटन,स्थानिय संस्कारहरुलाई पनि लिन सकिन्छ। यदि समृद्ध कञ्चनको परिकल्पना गरिएको हो भने सबै भन्दा पहिला आम कञ्चनवासीलाई सामाजिक र बुद्धिजिवीकरण गराउन आवस्यक छ।"
खासमा गाउपालिका कञ्चनवासीका लागि साझा घर भएकाले सबैको दुख सुख र भविष्य,बर्तमान र भुतको बिषयमा छलफल गरिनु पर्ने हो । कञ्चनको समृद्धीका लागि जनप्रतिनीधि एक्लैले प्रयास गरेर हुदैन र जनप्रतिनीधिले देखेको बिषय र क्षेत्रलाई मात्र समृद्धीको आधार बनाएर अगाडी बढदा समृद्ध कञ्चनको परिकल्पना कल्पनामा मात्र सिमित हुनेछ । स्थानिय तह निर्माण भइसक्दा पनि समृद्ध कञ्चनको आधार यही भनेर किटान रिएको छैन र गाउपालिकाबाट प्रकाशित हुने योजनाको पुस्तकमा समृद्ध कञ्चनको आधार कहि कतै उल्लेख गरिएको छैन । आज सम्म समृद्ध कञ्चनको ठोस आधार पहिचान नहुनु बारे पनि सायद गाउपालिकाको बार्षिक समिक्षामा छलफल हुन्छ की हुदैन ,यदि छलफल भएको भए आम कञ्चनवासी सामु कार्यान्वयका लागि छलफल र बहस गराइन्थ्यो । तर त्यो हुन सकेको छैन ।
समृद्ध कञ्चनको आधार भौतिक बिकासलाई मात्र देखिएको हो भने केही भन्नु छैन तर समृद्ध कञ्चनको आधार शिक्षा,स्वास्थ्य,कृषि उत्पादनमा बृद्धि,पर्यटन,स्थानिय संस्कारहरुलाई पनि लिन सकिन्छ। यदि समृद्ध कञ्चनको परिकल्पना गरिएको हो भने सबै भन्दा पहिला आम कञ्चनवासीलाई सामाजिक र बुद्धिजिवीकरण गराउन आवस्यक छ।यदि आम कञ्चनवासीमा सामाजिक भावना र बुद्धिजिवीकरण भएन भने स्थानिय तहले जति नै करोड खर्चेर बिकास गरेपनि त्यसको कुनै संरक्षण हुदैन । स्थानिय संस्कार,परम्परा र रितिरिवाजहरुको संरक्षण र प्रबद्र्धन गरिएन भने त्यो स्थानिय तहको पहिचान पनि हराउने भएकोले समृद्ध कञ्चनको आधार स्थानिय भाषा धर्म संस्कृति र परम्पराको समेत संरक्षण रिनु पर्छ ।तसर्थ समिक्षा गोष्ठिीमा यी बिषयमा छलफल हुन्छ की हुदैन । बार्षिक समिक्षालाई गाउपालिकाको मापनको क्षेत्र बनाउन मात्र होइन अन्य स्थानिय तह भन्दा फरक स्थानिय तह बनाउन गरिने प्रयासहरुको बारेमा पनि छलफल गरिनु पर्छ । न की बार्षिक कार्ययोजना पुरा गर्न मात्र समिक्षा गोष्ठी गरिनु जनप्रतिनीधि र कर्मचारीको बैद्धिकता नापिदैन ।