अनिल दमाई
देश संघिय संरचनामा गएपछि करिब ७ सय ५९ स्थानिय तहहरु मध्ये गैडहवा गाउपालिका पनि एक हो । स्थानिय तहमा जननिवार्चित जनप्रतिनीधि आइसकेपछि सबै स्थानिय तहहरुले आ–आफ्नो क्षमता र विवेकले स्थानिय तहको संचालन गर्दै आए । स्थानिय तहको नेतृत्व गर्ने अवसर पाएका निवार्चित जनप्रतिनीधिहरुले आफुलाई अव्वल सावित गर्न लामो समय देखि स्थानिय तह संचालन गर्दै आइरहेका कर्मचारीहरुको समन्वय गर्दै आए । कर्मचारीहरुसंगको सहकार्य र समन्वय तथा आफ्नो सामाजिक, राजनैतिक र शैक्षिक ज्ञान,विवेक र क्षमताको आधारमा आफुले नेतृत्व गर्दै आएको स्थानियतहलाई अरु भन्दा फरक र नमुना बनाउने प्रयास गर्दै आए ।
अन्य स्थानिय तहहरु भन्दा गैडहवा गाउपालिका मिश्रित समुदाय रहेको स्थानिय तह हो ।करिव ८० प्रतिशत तराई मुलका समुदाय रहेको स्थानिय तहमा अनुभव कम भएका कुनैपनि कर्मचारी वा जन्रतिनीधिको आगमनले स्थानियहरुको भावना बुझ्न गाह्रो हुने भएकै कारण गैडहवा गाउपालिका निर्माणसंगै गैडहवाको योजना तर्जुमा देखि लिएर कार्यान्वयन सम्म निकै समस्या झेल्दै आउनु परेको छ।हिजो जनप्रतिनीधि नआइसकेको अवस्था सम्म कर्मचारीहरुले आफ्नो बलवुटा प्रयोग गरेर होस या धाकधम्की दिएर भएपनि जेनतेन या विवेक प्रयोग गरेरै भएपनि योजना निर्माण र कार्यान्वयन गर्ने प्रयास गरे ।
तर स्थानिय तहको निर्वाचन पश्चात जननिर्वाचित जनप्रतिनीधिको आइसकेपछि भने गैडहवा गाउपालिकामा जनप्रतिनीधि र कर्मचारी बिचको आपसी समन्वयकारी भुमिकाको अभावले गर्दा ३ वटा आर्थिक बर्ष सकसले गाउसभा गरी खर्च ब्यबस्थापनमा सहज भयो तर कर्मचारीहरु स्थाई रुपमा रहन सकेनन र गैडहवा गाउपालिका एक किसिमले लथालिंगको अवस्थामा रह्यो । बेलैमा योजना तर्जुमा नहुने,भएको योजनाको कार्यान्वयन पनि समयमै नहुने र हरेक बर्ष बेरुजु हुदै आइरहेको र कार्यालय प्रमुखको अनिश्चित्ताले गर्दा ७ सय ५९ स्थानिय तह मध्ये गैडहवा अस्तब्यस्त स्थानिय तहको रुपमा गनिए पछि गैडहवामा स्थिर कार्यालय प्रमुखको रुपमा आउन कुनै पनि प्रशासकिय अधिकृतहरुले हिम्मत गर्न नसकिरहेको अवस्थामा २ बर्षको अवधीमा चौथो पटक पुनः प्रमुख प्रशासकिय अधिकृतको रुपमा चिरञ्जीवी घिमिरे आउने हिम्मत गरे।
चिरञ्जीवी घिमिरेलाई यस अघि नै गैडहवाको बस्तुस्थिति बारे केही ज्ञान थियो । त्यसैले गैडहवाको प्रशासनिक काम के कसरी गर्ने र त्यहाँको हरेक योजनाहरुलाई के कसरी ब्यवस्थापन र कार्यान्वयन गर्ने भन्ने बिषयमा केही अनुभव र सिकाई सहित पुनः गैडहवामा आंट गरे । जव उनि गैडहवामा प्रमुख प्रशसाकिय अधिकृत भएर गैडहवामा आए तव गैडहवामा भएको बिगतका सकारात्मक र नकरात्मक बिषयहरुलाई केलाउन थाले र आफ्नो प्रशासकिय क्षमता र अनुभवलाई गैडहवामा भएको अस्त ब्यस्ततालाई टुंग्याउन केही मिलन बिन्दुहरु निक्र्यौैल गरेर सहमतीको आधारशिला तयार गरी जनप्रतिनीधि र कर्मचारी अनि आम गैडहवावासी बिच भएको असमान्जस्यतालाई केही हद सम्म भएपनि समाधान गरे ।
गैडहवामा भएको असमझदारी र एक अर्काबिचको मनमुटाव र सम्वन्ध बिच्छेदको अवस्थालाई आपसी समझदारी र समन्वयका लागि घिमिरेले गैडहवा आएपछि निम्नकुराहरुलाई आधारपत्र बनाएर जनप्रचिनीधिहरुलाई कन्भिन्स गर्न सक्षम भए ।
ती निम्नानुसार थिए
- आ.व. २०७५/०७६ को पुर्ण आय ब्ययहरुका साथ सबै शिर्षक र बिषय जे जस्तो छ जुनसुकै बेला बुझ्न सकिने र आवस्यकता अनुसार सार्वजनिक गर्ने
- गाउसभावाट पारित योजना तथा कार्यक्रमहरुको स्थान,समय,रकम तोकिएको हकमा सोही बमोजिम कार्यान्वयन गर्ने र नतोकिएको हकमा कार्यपालिकाको बैठकको निर्णयानुसार मात्र कार्यान्वयन गर्ने
- हाल सम्म यस गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुले गरेका जान अञ्जानमा भएका कमीकमजोरी प्रति आपसमा आत्मआलोचना गर्दै सच्च्याउने र ब्यक्तिगत प्रवृत्तिहरु सुधार गरी विधि,प्रक्रिया र कानुन अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाउने
- हरेक महिनाको ७ गते भित्र मास्कवारी पेश गरी गाउँपालिकाको समग्र प्रगती विवरण र क्रियाकलापहरुमा समिक्षा गर्ने र सो मास्केवारी र प्रगती विवरणबारे कार्यपालिकाको नियमित बैठकमा छलफल र निर्णय पछिमात्र अन्य बैठक र निर्णय गर्ने चलनलाई संस्थागत गरी इमान्दारीपुर्वक कार्यान्वयन गर्ने
- हरेक योजना र कार्यक्रमहरु तथा खरिद समेत कार्याविधि बनाई लागु गर्ने
- गाउसभा पश्चात कार्यापालिकाको बैठकले गाउसभाबाट पारित भएका कुन कुन योजना तथा कार्यक्रमहरु टेण्डर,कोटेशन,उपभोक्ता,कर्मचारी र सोझै गर्ने हो यकिन गरी छुट्टाएर मात्र कार्यान्वयन गर्ने तर वडाबाट छुट्टाइएका योजना तथा कार्यक्रमहरु (समयमै सम्पन्न हुन कठिनाई तथा समस्या आएमा वा अनियमित भएमा बाहेक) वडाको निर्णय सर्वोपरी रहने
- गाउपालिकाको सम्पुर्ण योजना र कार्यक्रमहरु समयमै कार्यान्वयन गरी समपन्न गर्ने र समयमै समपन्न हुन नसके त्यसको कारण सहित कार्यापालिकालाई जानकारी गराउने अन्यथा त्यसको जिम्मेवारी सम्बन्धित पदाधिकारीले लिने
- गाउपालिकाका सम्पुर्ण क्रियाकलापहरु विधि,प्रक्रिया र कानुन अनुसार गर्ने र विधि,प्रक्रिया र कानुन बमोजिम सम्पुर्ण क्रियाकलाप गर्न गराउन सबै कर्मचारी र जनप्रतिनीधि बाध्यकारी हुनेछन तथा विधि र प्रक्रिया नमान्नेलाई कानुनी कार्वाही गर्ने तथा राम्रो कार्य कार्य गर्नेलाई प्रोत्साहन एवं सम्मान गर्ने
- सम्पुर्ण जनप्रतिनीधि र कर्मचारीहरु जवाफदेहिता र पारदर्शिता अनुसार कार्य गरी सुशासन कायम गर्नमा जोड दिने र समय समयमा समिक्षात्मक कार्यक्रम राख्ने
- गाउपालिकामा कुनै समस्या र अवरोध आएमा कार्यपालिकाको बैठक बसाली निर्णय मार्फत वाधा अवरोध हटाउने
- गाउपालिकाका हरेक निर्णयहरु सामुहिक रुपमा गर्ने र जनप्रतिनीधिहरु बिच एक आपसमा सहकार्य,सहअस्तित्व र समन्वय मार्फत जनताहरुको आवस्यकता र गुनासो सुनुवाई प्राथमिकतामा राखेर काम गर्ने
- लक्षित कार्यक्रमहरु प्रत्येक वडालाई समेटिने गरी समानुपातिक रुपमा संचालन गर्ने र उक्त लरिुक्षत कार्यक्रमहरु नियम प्रक्रिया पुराई कार्यपालिकाको निर्णयबाट संचालन गर्ने
- गाउपालिकाका कुनैपनि गतिविधि,कामकाज नै अवरुद्ध हुने गरी जनप्रतिनीधि वा कसैले ब्यक्तिगत स्वार्थमा रोक्न नपाउने र कार्यपालिकाको निर्णय र भावनाको कदर गर्नुपर्ने तथा कार्यपालिकाका बैठकहरु नियमित रुपमा गर्ने
- प्रदेश सरकार तथा संघीय सरकारको कानूनसंग नबाँझिने गरी नीति,नियम,योजना र कार्यक्रम संचालन,कार्यान्वयन गर्ने र प्रदेश सरकार तथा सघीय सरकारको कानूनसंग बाँझिएको हकमा प्रदेश सरकार तथा संघीय सरकारको कानूनलाई नै आधार मान्नुपर्ने
उल्लेखित आधारपत्रहरुले जनप्रतिनीधि,कर्मचारी र सरोकारवालाहरु बिच देखिएको असमझदारीलाई आपसी समझदारीको बिन्दुमा ल्यायो र बिगतका बर्षहरुमा समयमै प्रस्तुत हुन नसकेको बार्षिक नीति तथा कार्यक्रम र बजेट यस आ.व. २०७७/०७८ को बजेट निर्धारित समयमै प्रस्तुत गर्न सफल रह्यो । यसमा प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरेको बुद्धिमता प्रशासकिय क्षमता र बिगतका ज्ञान,सिप,अनुभव र जनप्रतिनीधिहरुको आपसी सहकार्यको चिन्तनले ठूलो भुमिका निर्वाह गरेको छ।
जनप्रतिनीधिहरुको आफ्नो स्थानिय तह प्रतिको उत्तरदायित्व र जिम्मेवारीपुर्ण सोंचले पनि आफ्नो स्थानिय तहलाई सधै अनिर्णायकको बन्दी बनाइनु हुन्न भन्ने सकारात्मक चिन्तनले पनि समयमै बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए ।उनमा प्रशासकिय अनुभव र दख्खलता कति छ भन्ने कुरा त ३ बर्ष देखि लथालिंग हुदै आएको गाउपालिकालाई स्थानिय तहको कार्यविधि,नीति,नियम र ऐन कानूनको खाका भित्र प्रवेश गराउन गरेको भुमिकाबाट पनि प्रष्ट हुन्छ ।
गाउपालिकालाई निश्चित परिधि भित्र राखेर योजना तर्जुमा गरी समयमै कार्यान्वयन गराउनमा गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कार्यपालिका सदस्य र जनप्रतिनीधि अनि सरोकारवालाहरुको समन्वयकारी भुमिकालाई बिशेष प्राथमिकतामा राखेर समझदारीको आधारपत्र तयार गरेर अगाडी बढेको र यदि जनप्रतिनीधिहरु प्रति आफ्नो स्थानिय तह प्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगर्नु भएको भए सायद गत बर्षहरुमा जस्तै यस बर्ष पनि समयमै बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नहुने निश्चित थियो जसको लागि गत आ.व.को शुरु देखि नै गृहकार्य गरेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए ।
यस आ.व.मा पनि त बिगतमा जस्तै सबै भन्दा बढी बेरुजु देखियो नि भन्ने प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले यस अघि कर्मचारी र जनप्रतिनीधि बिचको सकारात्मक समन्वयकारी भुमिकाको अभावका कारण बेलैमा बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन नपाएको र बेलैमा बार्षिक नीति तथा कार्यक्रम र बजेट हुन नपाएपछि हरेक योजनाहरुको कार्यान्वयन पनि ढिलो शुरु हुन गएकोले बेरुजु देखिएको बताए । उनले भने त्यसरी बेरुजु देखिएको पनि कसैसंग फिर्ता वा असुलउपर गर्नु पर्ने नभई योजना संचालन गर्न सम्झौता भई अग्रिम भुक्तानी बापत काम सम्पन्न भएपनि समयमै सोको विल भपाई सहितको फरफारक हुन बांकी भएका योजनाहरुको करिव ८ करोड, आवस्यक कागजात तथा प्रमाणहरु नपु¥याई शिक्षक कर्मचारीहरुलाई भुक्तानी गरिएका तलव बापतको करिव ६ करोड,हिसाव मिलान गर्न बांकी भएका र गाउपाालिकाको बिभिन्न खाताहरुमा रहेका रकमहरु जुन आ.व.को अन्तिम महिनाको मसान्त भित्र फरफारक गर्नु पर्ने बिल भुक्तानी रकमहरु समयमै संचित कोषमा दाखिला गर्न बाकी भएका रकम करिव ३ करोड समेत बेरुजुमा आएको र उक्त बेरुजु पनि सम्बन्धित उपभोक्ता,ठेकेदार तथा ब्यक्तिहरुबाट हिसाव मिलान भइसकेको समेत प्रमुख प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिए ।
यस्तै ठेक्कापत्ता वापत काम समपन्न भएपनि समयमै बिलभपाई सहित फरफारक हुन नसकेका करिव सवा २ करोड,भौचर पेश गर्न नसकेको तर योजना पेश्की बापत फस्र्योट हुन बांकी करिव १ करोड,बिभिन्न ब्यक्तिहरुबाट असुल उपर गर्न बांकी करिव ३५ लाख,बालिका बिमा वापतको रकम करिव ४ लाख २० हजार रुपैया र बिभिन्न कागजपत्र नपुगगेको,राजस्वको रकम दाखिला गर्न ढिलाई भएको रकम,ठेक्का बन्दोबस्त र उपभोक्ताहरुको लागि उपलब्ध गराइएका खर्चहरुको आवस्यक कागजातका प्रमाणहरु नपुगेका र प्रशासनिक भत्ता वापतको रकमको नियमित गर्न नसकेका रकमहरु समेत बेरुजुमा परेको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए ।
गैडहवामा बेरुजु हुनुको मुख्य कारण ऐन कानुन तथा कार्यविधि बिपरित प्रेस सल्लाहकार र राजनैतिक तथा आर्थिक सल्लाहकारको नियुक्ती गरी तलव भत्ता वापतको भुक्तानी गराइएको रकम समेत उल्लेख गरिएको छ खास के हो भन्ने प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले त्यो गलत भएको र त्यसरी कुनैपनि बहानामा कुनै पनि सल्लाहकार नराखिएको र कसैलाई भुक्तानी नदिइएको बताए ।गाउपालिकाले आवस्यकता अनुसारको सल्लाहकारको बन्दोबस्तका लागि कार्यविधि बनाएर केही रकम गाउसभाबाट पारित गरेर ब्यवस्था गरिएको भएपनि उक्त रकम कुनैपनि शिर्षकमा खर्च नभई सुरक्षि रहेको जानकारी दिए ।
तपाई प्रमुख प्रशासकिय अधिकृत बनेर दोश्रो पटक गैडहवामा आएपछि गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयको अवस्था कस्तो छ भन्ने प्रश्नमा कोभिड १९ बावजुद पनि करिव ९२ प्रतिशत योजनाहरु सम्पन्न भई आवस्यक विल भर्पाई,कागजात लगायत पुरा गरी भुक्तानी समेत भइसकेको जानकारी दिए ।उनले भने बिगत बर्षहरुमा भन्दा गत आ.व. २०७६/०७७ मा प्रशासनिक खर्चमा २० प्रतिशत खर्च कम भएको र इन्धनमा बिगतका बर्षहरुमा २४ देखि ३० लाख सम्म हुदै आएकोमा गत आ.व.मा १४ लाख रुपैया मात्र खर्च भएको बताए ।यसैगरी बिगतमा ३९÷४० लाख रुपैया विविध शिर्षकमा खर्च हुदै आएकोमा गत आ.व.मा २३ लाख रुपैया मात्र खर्च भएको बताए ।
यसरी हरेक खर्चमा मितब्ययिता र हरेक योजनाहरु लगभग शतप्रतिशत कार्यान्वयनको अवस्थामा हुनु जनप्रतिनीधिहरुको जागरुक्ता,चासो, र आफ्नो जिम्मेवारी प्रतिको कर्तब्यनिष्ठाले सम्भव भएको बताउदै प्रमुख प्रशासकिय अधिकृत घिमिरेले कोभिड १९ को महामारीका बिच पनि जनप्रतिनीधि र कर्मचारीहरुको आपसी समझदारी र समन्वयका कारण सुरक्षाको मापदण्ड अपनाउदै हरेक योजनाहरुलाई समयमै समपन्न गर्न लागि परेको कारण सम्भव भएको बताए ।यदि बिगतका बर्षहरुमा जस्तै म बाहेक अरु कसैले केही जानको छैनन र म नै सर्वोपरी हो भन्ने महसुस गरी एकले अर्कालाई वाइपास गर्ने पैतिस्पर्धा भएको भए सायद गत आ.व.मा पनि गैडहवा गाउपालिकाले समयमै काम सम्पन्न गर्न नसक्ने र समयमै बजेट प्रस्तुत गर्न सम्भव थिएन । त्यसको लागि पटक पटक बैठक बस्ने जहाँ समस्या देखिन्छ त्यही नै तत्काल बैठक बसी छलफल गरेर समाधान गर्नु पर्ने जनप्रतिनीधिहरुको दृद्धइच्छाले विषमलाई सहज बनाउन सम्भव भएको प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए ।
आगामी बर्षका लागि जनप्रतिनीधिहरुले के कस्ता योजनाहरुलाई अगाडी सारेका छन र त्यसको सफल कार्यान्वयनका लागि तपाईको भुमिका कस्तो हुनेछ भन्ने प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत घिमिरेले गत आ.व.को अनुभवले आपसी मदभेदले नभई आपसी समझदारी र समन्वयले मात्र गाउपालिकालाई सफलता दिन सकिने भएकोले पनि यस चालु आ.व.का लागि समयमै बजेट प्रस्तुत भएको र कुनै प्रतिकुलता नदेखिए समयमै सम्पन्न गर्न सकिने र विवादरहित योजनाहरुलाई वडा वडाबाट आएका आधारमा जनप्रतिनीधिहरुले योजनामा समावेस गर्नु भएको छ। आशा छ गत आ.व.मा जस्तै चालु आ.व.मा पनि सम्पुर्ण योजनाहरुलाई समयमै सम्पन्न सबै जनप्रतिनीधिहरुले समन्वयकारी भुमिका निर्वाह गर्नु हुने छ।