धेरै अघिदेखि वैज्ञानिक धर्तीबाहेक अन्य ग्रहमा पनि जीवनको खोजी गरिरहेका छन् । एलन मस्कले त सन् २०५० सम्म मंगल ग्रहमा मानिसको कोलोनी बनाइछाड्ने घोषणा गरेका छन् । नासासमेत थुप्रै अन्य संस्थाले पनि यसबारे कुरा गर्दै आएका छन् । तर यो त्यतिबेला सफल हुनेछ जब अन्तरिक्षमा मानिसको जन्म पनि हुनसक्छ । तर के जिरो ग्राभिटीमा शिशुको जन्म सम्भव छ रु यदि यस्तो हुन्छ भने के आमा सुरक्षित हुनेछिन् वा पूर्ण रुपमा भिन्न वातावरण र विकिरणबाट अन्तरिक्षमा जन्मिएको बच्चा एलियनजस्तो देखिनेछ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।
अन्तरिक्षमा मानिसको उपस्थिति रहँदै आएको छ
सन् २००० देखि अहिलेसम्म अन्तरिक्षमा लगातार मानिसको आवतजावत रहँदै आएको छ । यो समयमा कुनै न कुनै देशका एक अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेकै छन् । त्यसैले यो निश्चित भइसकेको छ कि हामी अन्तरिक्षमा जानु त्यति पनि मुश्किल छैन तर हाल हामी यो नतिजाको आसपास पनि पुग्न सकेको छैनौँ कि अन्तरिक्षमा यदि बच्चा जन्मियो भने कस्तो हुनेछ । वा यस्तो हुनसक्छ कि सक्दैन ।
कस्ता समस्या आउनेछन् ?
अन्तरिक्षमा सम्बन्ध स्थापित गर्दा महिला अन्तरिक्षयात्री गर्भवती त हुन सक्छिन् तर अन्तरिक्षको वातावरणले भ्रुणसँग ठूलो खेलवाड गर्न सक्छ वा जन्मिएलगत्तै उसको मृत्यु पनि हुनसक्छ । नासाको आधिकारिक नीति पनि यस्तै कारणलाई मध्यनजर गर्दै हाल अन्तरिक्षमा यौनसम्बन्ध स्थापित गर्न अनुमति दिँदैन । यति हुँदा हुँदै पनि हामी यो बुझ्ने कोसिस गरौँ कि यदि महिला गर्भवती भएपनि कस्ता समस्या आउन सक्छन्
मुसामाथि प्रयोग
वैज्ञानिकले अन्तरिक्षमा मानिसको गर्भाधान अघि त्यहाँको विकिरणले वीर्यमाथि कस्तो असर गर्छ भनेर थाहा पाउन परीक्षण गरे । इन्टरनेशनल स्पेस स्टेशनले आफूसँग मुसाको फ्रिज–ड्रायड स्पर्म लिएर गयो र ६ वर्षपछि फिर्ता ल्याएर धर्तीमा त्यसलाई फर्टिलाइज गरायो । जम्मा १६८ मुसाको जन्मपछि वैज्ञानिकले अनुसन्धानमा के पाए भने कसैमाथि पनि विकिरणको कुनै असर थिएन । यो शोध अघिल्लो वर्षको अन्तिमा साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भयो । यसले यो निश्चित भयो कि अन्तरिक्षमा कस्मिक रेन्जको असर मुसामा त परेन तर यो हुँदा पनि जन्म हुने सम्भावना रहँदैन ।
अन्तरिक्षमा गर्भाधान भइहाल्यो भने पनि जिरो–ग्राभिटीले सबैभन्दा धेरै समस्या दिनेछ
अन्तरिक्ष यात्रीको हड्डीको घनत्व -बोन डेन्सिटी- तीब्र रुपमा घट्छ अर्थात् हड्डी कमजोर हुन्छ । यो प्रक्रिया यति तीब्र गतिमा हुन्छ कि यदि तपाईं अन्तरिक्षमा ६ महिना मात्रै बस्नुभयो भने पनि १२ प्रतिशतसम्म बोन डेनसिटी समाप्त हुन्छ । यस्तोमा प्रसवका बेला पेल्विक फ्लोरमा दबाब बढ्दा गर्भवतीको हड्डी भाँच्चिन सक्छ वा आन्तरिक रक्तश्राव हुनसक्छ । स्मरण रहोस्, पेल्विक फ्लोर शरीरको त्यो हिस्सा हो जसमा पाठेघर, यौनाङ्ग, मलाशय र मुत्रथैली समावेश हुन्छ ।
यस्ता कुरामा असर पर्नेछ
एकछिनका लागि यी सबैकुरा ठिक छ भनेर सोच्नुहुन्छ भने पनि अन्तरिक्षको बच्चा धर्तीमा जन्मिएका बच्चाभन्दा भिन्न हुने सम्भावना धेरै हुन्छ । जस्तै गुरुत्वाकर्षण बिना नै विकास हुने भएकोले उसको शरीर भिन्न हुनसक्छ । विशेषगरी उसको टाउको ठूलो हुने सम्भावना धेरै नै रहन्छ । यो सम्भावना त्योबेला झन् बढ्ने गर्छ जब अन्तरिक्षमा लगातार मानिसको जन्म हुन थाल्छ किनभने उनीहरुको नर्मल डेलिभरी नभई शल्यक्रियामार्फत् जन्म हुनेछ । यहाँ बुझ्नुहोस् कि गुरुत्वाकर्षण बिना नर्मल डेलिभरी सम्भव नै छैन ।
शिशुको छालामा पनि असर पर्नसक्छ
धर्तीमा सूर्यको अल्ट्राभोयलेट किरणबाट बचाउनका लागि हामीभित्र मेलेनिन बन्ने गर्छ जसका कारण हाम्रो छाला कालो वा गोरो हुन्छ । तर अन्तरिक्षमा कस्मिक किरणबाट बच्नका लागि गर्भवति यानभित्र नै बस्नुपर्ने हुन्छ । यसले जन्मिने शिशुको रङ छाला एकदम पारदर्शी हुनसक्छ किनभने उभित्र मेलानिन नै हुने छैन । अन्तरिक्षमा जन्मिएको शिशु धर्तीमा जन्मिएका बच्चाभन्दा यति भिन्न हुन्छन् कि उनीहरु पूर्ण रुपमा एलियनजस्ता देखिनेछन्, अर्थात् हामीभन्दा भिन्न ।
एजेन्सीको सहयोगमा