११ पुष,कञ्चन
तिन स्थानिय तहका सामुदायिक बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिशवर ढकालसंग बिधालयको शैक्षिक तथा भौतिक पुर्वाधारबार अन्तरकृया गरेका छन ।
अन्तरकृया कार्यक्रममा सैनामैना नगरपालिका,कञ्चन गाउपालिका र गैडहवा गाउपालिकामा रहेका सामुदायिक बिधालयहरुका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिशवर ढकालसंग आ–आफ्नो बिधालयको भौतिक पुर्वाधार संगसंगै शैक्षिक सुधारका लागि आवस्यक शिक्षक दरबन्दीको ब्यबस्था गरिदिन आग्रह गरेका छन ।
आफ्नो बिधालयको समस्या राख्दै जनकल्याण माध्यमिक बिधालय, गैडहवा–७ का बिधालय बयबस्थापन समितिका अध्यक्ष नन्दीकिशोर यादवले आफ्नो बिधालयमा माध्यमिक तहको कक्षा संचालन गरेको तर सो अनुसार न उपयुक्त भवन छ न त शिक्षक दरबन्दी ? त्यसैले प्रदेश सरकारले अव बनाउने बजेटमा माध्यमिक तहको शिक्षक दरबन्दी र प्रयाप्त भवनको लागि बजेट ब्यबस्था गरिदिन आग्रह गरेका छन भने गजेडी माध्यमिक बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कबिराज काउचाले शैक्षिक गुणस्तरियताको कुरा गर्नेहरुबाटै बिधालयमा राजनिती गरिएको र राजनैतिक पुर्वाग्रहकै कारण गजेडी मा.बि.मा लामो समय सम्म प्रधानाध्यापक र शिक्षक दरबन्दीलाई लिएर बिधालयमा समस्या बल्झ्याइएको बताउदै ४ बर्ष अघि भुकम्पका कारण जिर्ण बनेको भवन आर्थिक अभावकै कारण पुनः मर्मत हुन नसकेको र सो भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गरेका छन भने आफ्ना मान्छेलाई जवरजस्ती दरबन्दी मिलाएर शिक्षक ब्यबस्थापन गर्न खोज्नु राजनैतिक तथा जनता प्रतिको बेइमानी हो यस्तो शिक्षा क्षेत्रमा नगरे राम्रो हुने बताएका छन ।
यस्तै जनचेतना माध्यमिक बिधालय,सैनामैना–८ र ९ बासगढीका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष निर बहादुर पुलामीले आफ्नो बिधालयमा माबि तहको दरबन्दी नभएको र बिधालयमा वाउण्ड्री गर्नको लागि आवस्यक बजेट तहगत शिक्षक दरबन्दी ब्यबस्था गर्नु पर्ने माग राखेका थिए ।यसैगरी पशुपती माध्यमिक बिधालय,सैनामैना–१०,सालझण्डीका प्रधानाध्यापक हरिप्रसाद थापाले बिधलयमा प्राबिधिक शिक्षाको पढाई भएको तर प्राबिधिक शिक्षाका लागि आवस्यक दरबन्दी नभएको र बिधालयले निजीश्रोतबाट शिक्षकको ब्यबस्था गर्नु पर्दा बिधालयलाई आर्थिक भार परेके बताउदै प्राबिधिक शिक्षा तर्फको ११ र १२ को समेत कक्षा संचालन समयको माग अनुसार गर्नु पर्दा झन ठूलो आर्थिक भार पर्न गएकोले साधारण बिधालय संगसंगै प्राबिधिकधारका बिधलयहरुको भौतिक पुर्वाधारलाई बिशेष जोड दिनुपर्ने बताएका छन ।यस्तै भैसाही माध्यमिक बिधालयका अध्यक्ष देबीराम रेग्मीले पनि बिधालयको भौतिक संरचना संगै आवस्यक दरबन्दी ब्यबस्था गरिदिनु पर्ने माग राखेका थिए ।
सैनामैना नगरपालिका,कञ्चन गाउपालिका र गैडहवा गाउपालिकाका बिधालयका प्रधानाध्यापक र अध्यक्षहरुले उठाएका बिधालय सुधारका सवालहरुको जवाफ दिदै प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ५ (क)का सांसद भुमिशवर ढकालले अव तीन तहको शैक्षिक सुधारका लागि र यस क्षेत्रको शैक्षिक स्तर कस्तो बनाउने भन्ने बिषयमा छलफल र बहस गर्नको लागि बाह्य बिशेषज्ञहरु ल्याउन नपर्ने र अव सैनामैना नगरपालिका,कञ्चन गाउपालिका र गैडहवा गाउपालिकाका बिधालयहरुको शैक्षिक संरचनालाई नया ढंगले अगाडी बढाउन यस क्षेत्रका शिक्षकहरु जे लामो समय देखि शिक्षा क्षेत्रमा जिवन बिताएका शिक्षकहरुको अनुभवबाटै योजना बनाउन सकिने उद्धेश्यका साथ शिक्षकहरु संगको अन्तरकृया कार्यक्रमको आयोजना गरिएको सांसद ढकालले बताउनु भएको छ ।शिक्षकहरुबाटै शिक्षा क्षेत्रको बिकासका लागि अनुभव संकलन गर्ने र त्यही अनुभवहरुको मिश्रणबाट निस्केको रणनीतिले तीनै तहको शैक्षिक बिकास गर्न सकिने बताउदै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले राखेको बिषय र समस्याहरुलाई तत्काल समाधान गर्न नसकिए पनि बिधालयहरुको समस्या पहिचान र समाधान गर्न सहयोग मिलेको र ती समस्याहरु पनि बिस्तारै समाधान हुदै जाने बताउनु भएको छ ।
देशको आर्थिक अवस्था राम्रो नभए सम्म निशुल्क शिक्षा असमभ्व - मेयर कार्की
स्थानिय सरकार निर्माण संगै आफ्नो नगरपालिकाले बिधालय सुधारका लागि गरेका महत्वपुर्ण योजना र कार्यहरुको अनुभव बताउदै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कुनै पनि क्षेत्रको बिकासमा गति लिन नसके एक तहको मात्र नभै तिनै तहको सरकारको आलोचना हुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट अनुसासित रुपमा काम गर्नु पर्नेमा जोड दिनु भएको छ । प्रमुख कार्कीले गुणस्तर शिक्षामा ध्यान नदिएर भौतिक पुर्बाधारमा मात्र प्रधानाध्यापकहरुले प्राथमिकता बनाउनु शंकास्पद भएको बताउदै शिक्षकहरुले भौतिकमा भन्दा गुणस्तरिय शिक्षामा बढी ध्यान दिनु पर्नेमा जोड दिदै गरिब तथा किसानहरुको छोराछोरी पढ्ने बिधालयको शैक्षिक स्तरमा सुधार त्यति बेला हुन्छ जति बेला सुकिला मुकिलाका छोराछोरीहरु सामुदायिक बिधालयहरुमा पढ्न लगाइन्छ ।
आफ्नो नगरपालिकामा गत बर्ष २७ वटा बिधालयलाई मर्ज गरे पछि बिधालयहरुमा दरबन्दी समस्या समाधान भएको बताउदै पेसा प्रति इमान्दार बन्न सके बिधालयको शैक्षिक सुधार स्वतः हुने प्रमुख कार्कीले बताउनु भएको छ । वहाले देशको आर्थिक अवस्था सुधार नहुदा सम्म माध्यमिक शिक्षा निशुल्क हुने भन्नु हावादारी कुरा भएको भन्दै निजी बिधालयले लिने शुल्कको कम्तीमा २० प्रतिशत शुल्क लिएर बिधालय संचालन गरे बिधालयको आर्थिक अवस्था पनि सुधार हुने र शिक्षक दरबन्दीको समस्या समेत समाधान हुने बताउनु भएको छ ।
शिक्षकहरुलाई सरुवा गर्न सकिने - अध्यक्ष क्षेत्री
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले यदि शिक्षकहरु बिधालय प्रति जिम्मेवार र उत्तरदायित्व पूरागरी बिधालयमा ईमान्दरितापुर्बक अध्यापन गरे बिधालयमा ७५ प्रतिशत शैक्षिक स्तरमा रामैो हुने बताउदै बिधालयको भौतिक पुर्वाधार बिकासको लागि गाउपालिकाले विशेष ध्यान दिइने र तर शिक्षकहरुले बिधालयको गुणस्तर सुधार गर्न शिक्षकहरुले नै हाजिर गर्ने ताप कस्ने प्रबृति अझै नहटेको बताउनु भएको छ । अध्यक्ष क्षेत्रीले बिधालयको शैक्षिक र भौतिक सुन्दरता निर्माण गर्न प्रधानाध्यापक र बिधालय ब्यबस्थापन समितिका अध्यक्षहरु नै योजनाबद्ध रुपमा लाग्नुपर्ने बताउदै गाउपालिकाले बिधालयहरुको दरबन्दी मिलान गर्नेक्रममा गाउपालिका भित्रकै बिधालयहरुमा अन्तर बिधालय शिक्षकहरुलाई सरुवा गर्न सकिने बताउनु भएको छ।गत बर्षहरुमा आम जनतालाई प्रत्यक्ष अनुभुत दिलाउने उद्धेश्यले सडकहरुमा लगानी गरेको भए पनि अवका बजेटहरुमा गाउपालिकाले शैक्षिक क्षेत्रमा बिशेष प्याकेज बनाएर लगानी गर्ने बताउनु भएको छ ।
रुद्रपुर माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिनोद कुमार पुनको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन कञ्चन गाउ शिक्षा समितिका सदस्य मेघनाथ शर्माको संचालनमा भएको कार्यक्रममा कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले समेत बोल्नु भएको थियो ।