निश्चल कृषि सहकारी संस्था,कञ्चन–४,अस्नैया रुपन्देहीले आफ्नो पाचौं बार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिबिरको आयोजना गरी सुगर परिक्षण तथा रक्तदान कार्यक्रम गरेको छ।
सि. एण्ड सी. अस्पताल,४ नं. जितपुर कपिलबस्तुको प्राबिधिक सहयोगमा निश्चल कृषि सहकारी संस्थाले स्वास्थ्य शिबिरको आयोजना गरी आफ्ना शेयर सदस्य तथा गैर शेयर सदस्यहरुको सुगर परिक्षण गरेको हो भने नेपाल रेडक्रस सोसाइटी,रक्तसंचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको बार्षिक उत्सवमा हरेक बर्ष बिभिन्न सामाजिक गतिबिधी संचालन गर्ने क्रममा यस बर्ष स्वास्थ्य शिबिरको आयोजना गरी निशुल्क रुपमा सुगर परिक्षण गरेको हो । सि. एण्ड सी. अस्पताल,४ नं. जितपुर कपिलबस्तुका फिजिसियन बिशेषज्ञ चिकित्सक डाक्टर प्रकाश पुन सहितको बिशेषज्ञ टोलीद्धारा स्वास्थ्य परिक्षण गराइएको थियो भने अस्पतालद्धारा उच्च सुगर बिरामीहरुलाई निशुल्क रुपमा औषधी समेत बितरण गरिएको थियो ।

नाफालाई भन्दा सेवाभावलाई प्राथमिकतामा राखेर संचालन भएको कपिलबस्तुको सि. एण्ड सी. अस्पतालमा हरेक मंगलबार निशुल्क रुपमा सुगर परिक्षण,२४ सै घण्टा एम्बुलेन्स सेवा,बाल तथा महिला बिशेषज्ञ सहितको सेवा दिदै आइरहेको अस्पतालले कपिलबस्तु,रुपन्देही,अर्घाखाची,
दांग लगायतका जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आइरहेको छ।यस्तै संस्थाले हरेक बर्ष जस्तै यस बर्ष पनि संस्थाको बार्षिक उत्सव तथा साधारण सभाको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी २० युनिट रगत संकलन गरी रक्त संचार केन्द्र बुटवललाई हस्तान्तरण गरेको छ।
.jpg)
स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिका वार्ड नं. ४ का कार्यबाहक अध्यक्ष केशर बहादुर क्षेत्रीले निश्चल कृषि सहकारी संस्थाले आफ्नो संस्थामा बचत गर्ने शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यान राख्दै शेयर सदस्य तथा गैर शेयर सदस्यहरुको स्वास्थ्य परिक्षण कार्यक्रमले संस्थाको आगामी दिनहरुमा शेयर सदस्य बृद्धि हुने र शेयर सदस्यको बृद्धि संगै शेयर पुजी पनि बढ्ने बताउनु भएको छ । शेयर सदस्यको स्वास्थ्य राम्रो भएमात्र सदस्यले संस्थामा बचत गर्न सक्छ तर सदस्यको स्वास्थ्य खराव हुदै जान्छ संस्थाको जिवन पनि कमजोर हुदै जाने भएकोले बेलाबेलामा स्वास्थ्य शिबिर कार्यक्रमको आयोजना गर्नु समाजलाई फाइदा पुग्ने बताउनु भएको छ।
कार्यक्रममा सि. एण्ड सी अस्पतालका डाइरेक्टर गोपाल घिमिरे,फिसियन डा. प्रकाश पुन,रुद्रपुर माध्यमिक बिधालय अंग्रेजी माध्यमका इन्चार्ज चिब्बर फौजा लगातले बोल्नुभएको थियो ।