डन फिट्ज
सन् १९६० को दशकमा संरा अमेरिकामा नागरिक अधिकार र युद्धविरोधी आन्दोलन चर्किरहेको थियो । ठीक त्यही बेला क्युवा भने स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तनको प्रक्रियाबाट अघि बढिरहेको थियो । पश्चिम युरोप र संरा अमेरिकाका अभियन्ता, मजदुर र विद्यार्थीहरू जब पुँजीवादी र साम्राज्यवादी सत्ताको प्रतिरोध गरिरहेका थिए, त्यो बेला क्युवा नयाँ समाज निर्माणको चुनौती सामना गरिरहेको थियो ।
सन् १९५९ को जनवरी १ मा क्युवाली सत्ता क्रान्तिकारीहरूको हातमा गयो । क्युवाली क्रान्तिको पहिलो दशकका सुरुका र पछिल्ला पाँच वर्षमा क्युवाली स्वास्थ्य क्षेत्रका जिम्मेवारीमा निकै भिन्नता थियो । क्रान्तिकारीहरूलाई सहयोग नगर्ने अधिकांश स्वास्थ्यकर्मीहरू क्युवा छोडेर भागिसकेका थिए । त्यसकारण, सन् १९५९–१९६४ मा क्युवाली स्वास्थ्यकर्मीहरूको जिम्मेवारी तत्कालीन स्वास्थ्य सेवाको सङ्कटमाथि विजय पाउनु थियो । तत्कालीन प्रतिकूल परिस्थितिको सामना गर्न स्वास्थ्य सेवासम्बन्धी अवधारणामा परिवर्तनको खाँचो भयो । नयाँ अवधारणाअन्तर्गत स्थानीय स्वास्थ्य चौकी (the area polyclinic) लाई स्वास्थ्य सेवाको आधारभूत संरचनाको रूपमा स्थापना गरियो । क्युवाको यस्तो संरचना उसको निम्तिमात्र होइन, संसारका धेरै गरिब देशको निम्ति उपयुक्त ढाँचा प्रमाणित भएको छ । यसले स्वास्थ्य सेवाको ढाँचामा ठूलो परिवर्तन ल्याउन सफल भएको छ ।
‘स्वास्थ्य चौकी’
सन् १९५९ मा क्रान्तिकारीहरूको सरकार गठन हुँदासम्म पनि दसौँ लाख क्युवालीहरू स्वास्थ्य सेवाबाट वञ्चित थिए । क्रान्तिले स्वास्थ्य सेवा विस्तार र नयाँ पूर्वाधार निर्माणमा निकै ठूलो ऊर्जा लगायो । त्यत्तिबेला स्वास्थ्य सेवाको सघनता कहीँ थियो भने क्युवाका ग्रामीण बस्ती र काला समुदायका मानिसबीचमा थियो ।
क्रान्तिले धेरै छरिएका र एक अर्कामा खप्टिएका स्वास्थ्य संरचनालाई व्यवस्थितरूपमा एकै ठाउँमा ल्यायो । स्वास्थ्य सेवावापत चिकित्सकलाई व्यक्तिगत शुल्क तिर्नुपर्ने, गरिब जनतालाई सरकारी सहायता, केही ठूला स्वास्थ्यसम्बन्धी योजना र धेरै स–साना योजनालाई क्रान्तिले एउटै धागोमा उन्ने काम ग¥यो । क्रान्तिअघिको स्वास्थ्य सेवाले रोग लाग्नै नदिने पद्धतिमा जोड दिंदैनथ्यो । बिरामीको रोग पूर्णतः कहिल्यै पनि निको हुँदैनथ्यो । अपूर्ण उपचारलाई पूर्णता दिन बिरामी एक चिकित्सकबाट अर्को चिकित्सकको दैलोमा धाउनुपथ्र्यो । कतिबेला त त्यसरी अर्कोतिर धाउन दोस्रो चिकित्सक नै पनि हुँदैनथ्यो । क्रान्तिको पहिलो दशकको पछिल्ला पाँच वर्षमा स्वास्थ्य सेवा विस्तारको क्रम चालु रह्यो । तथापि, त्यतिबेला भने उसको ध्यान छरिएको स्वास्थ्य प्रणालीलाई पुनः गठन गरी एकै बाटोमा हिँडाउनेमा केन्द्रित भयो ।
सन् १९६० को दशकमा क्युवाली चिकित्सा क्षेत्रको अवस्था अलमल्याउने खालको हुनसक्छ । कोहीले सन् १९६० को दशकको मध्यतिर स्वास्थ्य चौकीको बढ्दो सङ्ख्यालाई जोड दिने गरेका छन् । तर, उनीहरूले ती स्वास्थ्य चौकीमा आएका परिवर्तनबारे केही चर्चा गर्दैनन् । ‘स्वास्थ्य चौकी’ (पोलिक्लिनिक) भन्नाले सामान्यतः बहिरङ्ग सेवा दिने स्वास्थ्य सेवा हो । ‘स्वास्थ्य चौकी’ मा आधारित क्युवाली स्वास्थ्य प्रणाली कस्तो थियो भन्ने विषयमा जोसे रुइज हर्नान्डेजले स्पष्ट पारेका छन् ः सन् १९६१ को अगस्ट मा क्युवाको स्वास्थ्य मन्त्रालयले ४५ हजार जनसङ्ख्या भएको मारियानाओ सहरमा एक अध्ययन ग¥यो । रोग लाग्न नदिने (प्रिभेन्टिभ) र रोगको उपचार गर्ने (क्युरेटिभ) चिकित्सालाई कसरी एकै ठाउँमा ल्याउन सकिन्छ भन्ने विषयमा त्यो अध्ययन केन्द्रित थियो । सन् १९६४ को मे महिनामा त्यहाँ क्युवाकै पहिलो स्वास्थ्य चौकी स्थापना भयो । अर्को वर्ष स्वास्थ्य मन्त्रालयले क्युवाभरि नै स्वास्थ्य चौकी स्थापना ग¥यो । स्वास्थ्य मन्त्रालयको सो कार्यक्रम समग्र स्वास्थ्य योजनाकै प्रस्थानबिन्दु बन्यो ।
क्रान्तिपछि स्थापना भएका स्वास्थ्य चौकी र त्यसअघिका स्वास्थ्य चौकीबीच के भिन्नता छन् ? नयाँ चिकित्सा प्रणाली स्थापनाको निम्ति नयाँ स्वास्थ्य चौकी किन आधार बने ? क्युवाली स्वास्थ्य मन्त्रालयको योजनाले तत्कालीन कमी कमजोरीलाई सुधार गरी स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनायो । नयाँ स्वास्थ्य चौकीमा कम्तीमा एक जना चिकित्सक (जनरल फिजिसियन), नर्स, बालरोग हेर्ने चिकित्सक, स्त्री रोग हेर्ने चिकित्सक र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू हुन्छन् । पछि दन्त रोगलाई पनि त्यसमा समावेश गरियो । नर्स र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू जनताको घरदैलोमै पुगेर सेवा दिन्छन् । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले जनता काम गर्ने ठाउँ, विद्यालय र समुदायसम्म पनि स्वास्थ्य सेवा विस्तार गरे । सामुदायिक स्वास्थ्य कार्यक्रमअन्तर्गत खोप कार्यक्रम र औँलो तथा डेङ्गु नियन्त्रण अभियान सञ्चालन गरियो ।
खोप कार्यक्रम क्रान्तिलगत्तै सुरु गरिएको थियो । तर, स्वास्थ्य चौकीको संरचनाले यसको प्रभावकारिता अझ व्यापक बनायो । सन् १९६२ मा पन्ध्र वर्षमुनिका सबै क्युवाली बालबालिकालाई पोलियोविरुद्धको खोप खुवाउने ११ दिने अभियान सञ्चालन गरियो । सन् १९७० मा पुग्दा पोलियोविरुद्धको खोप खुवाउन एक दिने अभियान गरे पुग्यो । सन् १९६७ मा क्युवाबाट औँलो रोग उन्मूलन भयो । सन् १९७१ मा भ्यागुते रोग उन्मूलन भयो ।
स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले मातृ तथा शिशु स्याहार, वयस्कको स्वास्थ्य सेवा र दन्त सेवाजस्ता आधारभूत स्वास्थ्य कार्यक्रमबीच समन्वय गर्नुका साथै सङ्क्रामक रोग नियन्त्रण, वातावरणीय सेवा, खाद्य सुरक्षा, विद्यालय स्वास्थ्य कार्यक्रम, पेशागत तथा श्रमिक स्वास्थ्य सेवा आदि जनस्वास्थ्य सेवाबीच समन्वय गरे । ‘स्वास्थ्य चौकी’ लाई बहुपक्षीयरूपमा एकीकृत स्वास्थ्य सेवा दिने तरिकाले बनाइएको थियो । रोग लाग्न नदिने र रोगको उपचार गर्ने स्वास्थ्य सेवालाई एकै ठाउँमा मिलाएर स्वास्थ्य चौकीले एकै स्थानमा पूर्ण आकारको सेवा प्रदान ग¥यो । साथै, त्यहीँबाट सामाजिक तथा चिकित्सकीय सेवा पनि प्रदान ग¥यो । महत्वपूर्ण कुरा, स्वास्थ्य चौकीले स्वास्थ्य प्रणालीमा एकद्वारको बन्दोबस्त ग¥यो । त्यसले बिरामीको पूर्ण चिकित्सकीय पृष्ठभूमिको अभिलेख राख्न सहज बन्यो । फलतः स्वास्थ्य सेवामा रूपान्तरण ल्याउन यो प्रमुख कडी बन्यो ।
क्रान्तिपछि र त्यसपछिको दशकौँसम्म स्वास्थ्य सेवामा यो प्रगति त्यतिकै सफल भएको कुरा मान्न सकिन्न । त्यत्तिबेला क्युवाली समाजमा भइरहेको व्यापक परिवर्तनविना स्वास्थ्य क्षेत्रमा मात्र यो अभूतपूर्व सफलता सम्भव थिएन । स्वास्थ्य सेवा क्षेत्रमा यो परिवर्तनको निम्ति सन् १९६१ मा भएको साक्षरता अभियानको सबभन्दा बढी चर्चा हुने गर्छ । त्यसका साथै जातीय विभेदविरोधी अभियान, भूमिसुधार, कृषि मजदुरको ज्याला, कृषि गर्ने तरिका, सुधारिएको पोषण, निवृत्तिभरण, नयाँ सडक, नयाँ कक्षाकोठा, आवास, पाइपको पानी र सहर–गाउँको विभेद हटाउने कार्यक्रमले पनि स्वास्थ्य क्षेत्रमा सुधारको लागि टेवा पु¥यायो । त्यसकारण, स्वास्थ्य सेवाको पुनः गठन अलग प्रक्रिया थिएन । यो क्युवाको पुनः निर्माणको निम्ति आधारपक्षकै हिस्सा थियो ।
पारस्परिक स्वास्थ्य केन्द्र
क्रान्तिको पहिलो दशकको पछिल्ला पाँच वर्ष स्वास्थ्यकर्मीहरूको सङ्ख्या वृद्धि गर्ने प्रयासमा केन्द्रित थियो । तयार भएका स्वास्थ्यकर्मीहरूलाई ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रका गरिबका घरदैलोसम्म पु¥याउने काम यही बेला भयो । सन् १९६९ मा क्युवामा २० वटा नर्सिङ कलेज स्थापना भयो । सन् १९५८ मा क्युवामा नर्सको सङ्ख्या २५ सय थियो । सन् १९६८ मा पुग्दा नर्सको सङ्ख्या बढेर ४ हजार ३ सय नाघ्यो । त्यस्तै खालका प्रयास अनमी, एक्स–रे प्राविधिक, प्रयोगशाला प्राविधिक, सरसफाइ हेर्ने प्राविधिक र दन्त सहयोगी तयारका लागि पनि भयो । वैकल्पिक चिकित्सामा सधैँ ध्यान दिने क्युवालीहरूले स्वास्थ्य प्रणालीमा परम्परागत स्वास्थ्यकर्मी जस्तैः वैद्य, झाँक्री आदिलाई पनि समावेश ग¥यो । क्युवाली स्वास्थ्य मन्त्रालयले उनीहरूलाई पनि अनमी सरहको तलब र तालिमको बन्दोबस्त ग¥यो । स्वास्थ्य चौकीमा दन्त सेवा पनि समावेश गरेपछि दन्तचिकित्सकहरूको सङ्ख्या सन् १९५८ मा २५० बाट सन् १९६७ मा १ हजार ८१ पुग्यो ।
विस्तृत राष्ट्रिय स्वास्थ्य सेवाको लागि पहिलो योजना सन् १९६१ मा तर्जुमा गरेर अर्को सालबाट लागु गरिएको थियो । सन् १९६५ मा सो योजनामा उल्लेख्य संशोधन गरियो । नयाँ योजनाले स्वास्थ्य प्रणालीको संरचनामा फेरबदल ल्यायो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरूको असन्तुलित सङ्ख्या, अनुपात र स्वास्थ्य चौकीको स्थानबारे ध्यान दियो । क्युवाली जनसङ्ख्याको पाँच खण्डको एक खण्डमात्र हवानामा बस्छन् । तर, हवानामा देशभरको कुल अस्पताल शय्याको आधाभन्दा बढी शय्या थियो । क्युवाको पूर्वी भागमा अवस्थित दुर्गम ओरेन्टे क्षेत्रमा क्युवाको कुल जनसङ्ख्याको ३५ प्रतिशत जनताको बसोबास छ । त्यहाँ अधिकांश काला समुदायको बसाइ छ । तर, त्यहाँ त्यत्तिबेला देशभरको अस्पतालको कुल शय्याको १५.५ प्रतिशत मात्र थियो । त्यसकारण, नयाँ शय्या र चिकित्सकहरूलाई पूर्वमा केन्द्रित गरियो ।
एक सत्न्दा कम शय्या भएका धेरै ग्रामीण अस्पतालले सबै थरी स्वास्थ्य सेवा दिन नसक्नु अर्को समस्या थियो । ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकीको सङ्ख्या वृद्धि र सहरमा अस्पतालको केन्द्रिकरण (मर्ज) ले गर्दा थप प्रभावकारिताको माग गरेको थियो । क्युवामा सन् १९५८ मा अस्पतालको सङ्ख्या ३३९ वटा थियो । सन् १९६९ मा अस्पतालको सङ्ख्या घटाएर २१९ पु¥याइयो । त्यही बेला सबै अस्पतालमा शय्याको सङ्ख्या भने दुई गुणाले बढाइयो । पहिले प्रति अस्पताल ८३ वटा शय्या थियो भने पछि १८१ पु¥याइयो । अस्पतालमा कुल शय्या २५ हजार १७० बाट ४१ हजार ०२७ पु¥याइयो । प्रति एक हजार क्युवाली नागरिक अस्पतालमा शय्याको सङ्ख्या ३.८ बाट ५.१ पु¥याइयो ।
क्युवाली स्वास्थ्य प्रणालीको केन्द्रमा स्वास्थ्य चौकीहरू थिए । धेरै बिरामीहरू सुरुको चरणमा स्वास्थ्य चौकीमा नै जाने गर्थे । त्यहाँ बिरामीको स्वास्थ्य परीक्षण गरेपछि आवश्यक भए अस्पतालमा सिफारिस गर्थे । सन् १९६८ र १९६९ को बीचमा स्वास्थ्य चौकीमा जाने मानिसको सङ्ख्या दुई गुणाले बढ्यो भने अस्पताल जाने मानिसको सङ्ख्या २८ प्रतिशतबाट १९ प्रतिशतमा झ¥यो । स्वास्थ्य उपचारको निम्ति स्वास्थ्य चौकीमा जाने मानिसको सङ्ख्या बढेर ३२ प्रतिशतबाट ६३ प्रतिशत पुग्यो ।
स्वास्थ्य चौकीहरूको सङ्ख्यामा मात्र परिवर्तन आएको थिएन, बरु उनीहरूको सेवामा पनि परिवर्तन आएको थियो । क्युवाले विगत चार शताब्दीदेखि अभ्यास गर्दै आएको पारस्परिक ढाँचा (Mutualism) ले क्रान्तिपूर्व त्यसका छरिएको अन्तरसम्बन्ध नभएको सेवाले जनताका स्वास्थ्य समस्या समाधान गर्न सकेको थिएन । तथापि, यो ढाँचा त्यतिबेला पनि निकै लोकप्रिय थियो । क्रान्तिकारी सरकार बनेपछि पारस्परिक स्वास्थ्य प्रणालीका समस्या समाधान ग¥यो ।
सारमा भन्दा पारस्परिक स्वास्थ्य ढाँचा एक प्रकारले बिमा कार्यक्रम थियो । यसका उपभोक्ताले अस्पताल र स्वास्थ्य सेवाको लागि मासिक शुल्क तिर्ने गथ्र्यो । यो सेवाअन्तर्गत एकअर्कासँग निकै भिन्नता राख्ने एकपछि अरू योजना थिए । कुनै पनि योजनाअन्तर्गत सबै सेवा समावेश हुन्थेन । सन् १९५६ मा क्युवामा रहेका ४५६ स्वास्थ्य संस्थामध्ये ४२.८ प्रतिशत निजी अथवा पारस्परिक थिए । प्रायशः धनी चिकित्सकहरूको स्वामित्वमा रहेका यस्ता संस्थाहरू सम्पूर्ण सेवा प्रदान गर्ने एकीकृत स्वास्थ्य प्रणालीका मूल बाधक बनेका थिए । नयाँ एकीकृत स्वास्थ्य चौकीभन्दा भिन्न पारस्परिक चौकीले रोग लाग्नुअघिको सेवा दिने गर्दैनथ्यो । त्यस्ता संस्था अस्पतालसँग पूर्णतः जोडिएका हुँदैनथ्यो । साथै, दुर्गम क्षेत्रमा उनीहरूको सेवा विस्तार थिएन ।
पारस्परिक सेवाको लोकप्रियताको कारण क्रान्तिकारी सरकारले तत्कालै यसलाई राष्ट्रियकरण नगरेर बुद्धिमानी देखायो । क्रान्तिकारी सरकारले सन् १९६० को दशकमा क्युवाका अरू धेरै ठूला र विदेशी व्यापारिक स्वास्थ्य संस्था राष्ट्रियकरण गरेको थियो । बरु क्युवाको स्वास्थ्य मन्त्रालयले सन् १९६३ मा ‘पारस्परिक स्वास्थ्य सेवा प्रभावकारी र सहज बनाउन’ कार्यदल बनायो । हवानामा पारस्परिक स्वास्थ्य केन्द्रहरूलाई विस्तृत सेवा दिनुपर्ने बन्दोबस्त लागु गरियो । सन् १९६७ पछि स्वास्थ्य मन्त्रालयको बजेटमै पारस्परिक सेवाको बजेट पनि समावेश गरियो । पारस्परिक स्वास्थ्य केन्द्रहरूले पनि सरकारी स्वास्थ्य चौकीले जस्तै सेवा दिनुपर्ने भएपछि त्यसको लागि अलग बजेट छुट्याउनुपर्ने आवश्यकता रहेन । फलतः पारस्परिक स्वास्थ्य केन्द्र र एकीकृत स्वास्थ्य केन्द्रबीचको भिन्नता क्रमशः मेटिँदै गयो । सन् १९७० पछि पारस्परिक स्वास्थ्य केन्द्रले नयाँ सदस्य लिन बन्द ग¥यो । साथै, पुराना सदस्यसँगै पैसा उठाउन बन्द ग¥यो । त्यसपछि पारस्परिक स्वास्थ्य केन्द्रमा आबद्ध र आबद्ध नभएका सबैलाई स्वास्थ्य सेवा दिइयो । अन्ततः त्यसको अलग अस्तित्व नै समाप्त भयो ।
त्यतिबेलासम्म निजी स्वास्थ्य संस्थाहरू पनि पूर्णतः खारेज भइसकेका थिएनन् । तिनीहरू पनि पारस्परिक स्वास्थ्य केन्द्रजस्तै विलीन भए । केही लेखकहरूले क्युवामा निजी स्वास्थ्य संस्था सन् १९६८ वा १९६९ मा समाप्त भएको भनी लेखे पनि रोज डेनिएलसनले सन् १९७० को अन्त्यसम्म पनि क्युवामा ८० जना पूर्णकालीन निजी चिकित्सक भएको लेखेका छन् । सन् १९७० को दशकको सुरुमा क्युवाले एकीकृत स्वास्थ्य प्रणाली लागु ग¥यो । सो प्रणालीअन्तर्गत स्वास्थ्य मन्त्रालयको मार्गनिर्देशनमा सबै स्वास्थ्य सेवा दिने स्वास्थ्य चौकीलाई जोड दिइयो ।
केन्द्रीकरण÷विकेन्द्रीकरण
क्युवाली नीति निर्माताहरूले सोभियतकालीन स्वास्थ्य प्रणालीबारे गहन अध्ययन गरे । विशेषतः उनीहरूले चेकोस्लाभाकियाको स्वास्थ्य प्रणालीको अध्ययन गरेका थिए । त्यो प्रणाली अति केन्द्रिकृत थियो । स्वास्थ्यकर्मी वा स्थानीय जनप्रतिनिधिकै पहलमा केही काम गर्न त्यो प्रणालीमा रोक लगाइएको थियो । त्यही कमजोरीबाट सिकेर क्युवाली नीति निर्माताहरूले ‘केन्द्रीकरण÷विकेन्द्रीकरण’ को अवधारणा अघि सारे । यो अवधारणा क्युवाली स्वास्थ्य चौकीहरूलाई त्यहाँको स्वास्थ्य सेवाको सबभन्दा विशिष्ट संस्था बनाउने प्रक्रियामा आइपर्ने चुनौती सामना गर्नसक्ने गरी बनाइएको थियो ।
क्रान्तिलगत्तै सन् १९५९ को अगस्टमा सरकारले ‘सकारात्मक केन्द्रीकरण र कार्यकारी विकेन्द्रीकरण’ को नीति अङ्गीकार गर्ने घोषणा ग¥यो । केन्द्रीय निकायले स्वास्थ्य सेवासम्बन्धी निश्चित नियम वा निर्देशिका जारी ग¥यो । तर, त्यो निर्देशिका कसरी कार्यान्वयन गर्ने भन्ने कुरा निर्णय गर्ने अधिकार भने स्थानीय तहकै हातमा छोडियो । क्रान्तिको एक वर्षपछि सन् १९६० को जनवरीमा कानुन ७१७ अनुसार स्वास्थ्य मन्त्रालय स्थापना गरेर केन्द्रीकरण बढायो । सन् १९६६ मा एउटा अर्को कानुन बनाएर दस वटा नयाँ अध्ययन प्रतिष्ठान स्थापना ग¥यो । त्यसले केन्द्रीकरण अझ सघन भयो । सन् १९६७ सम्ममा सबै पेशागत सेवा हेर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार बनिसकेको थियो । नीति नियमको खाका तयार गर्ने र अनुसन्धान कार्यको रेखदेख गर्ने बाहेक स्वास्थ्य मन्त्रालयले तीन वटा मेडिकल कलेज तथा विभिन्न तह र क्षेत्रका स्वास्थ्यकर्मीको तालिम कार्यक्रमको अनुगमन गर्ने जिम्मा पायो ।
क्युवाबाहिरका मानिसलाई विकेन्द्रीकरण र केन्द्रीकरण सँगै जान सक्छ भन्ने कुरा बुझ्न पनि गाह«ो हुने गरेको छ । पारस्परिक स्वास्थ्य चौकीलाई स्वास्थ्य प्रणालीअन्तर्गत ल्याएपछि स्वास्थ्य मन्त्रालयको नयाँ आधार स्वास्थ्य चौकीहरू स्थापना ग¥यो । तिनको निर्णय अधिकार विस्तार ग¥यो । क्षयरोग, कुष्ठरोग र अन्य यौन रोगजस्ता निश्चित कार्यक्रमलाई सिधै स्वास्थ्य चौकीअन्तर्गत राखी तिनको प्रभावकारी कार्यान्वयनको लागि अझ अधिकारसम्पन्न बनाइयो । सारमा यो अवधिमा स्वास्थ्य चौकीको प्रणालीलाई एकीकृत र स्तरीकरण गर्ने काम भयो । साथै, स्वास्थ्य चौकी व्यवस्थापनलाई विकेन्द्रीकरण गरी स्वायत्तता बढाइयो ।
सरकारको यो निर्णयले त्यतिबेलाका चिकित्सकहरूमा गहिरो प्रभाव पा¥यो । त्यतिबेलाको स्मरण गर्दै डा.मारिया लुइसा लिमाले भनिन्, “स्वास्थ्य मन्त्रालयले नीति नियम र अनुसन्धानमा केन्द्रीकरण ग¥यो । अस्पताल र स्वास्थ्य चौकीलाई औषधीको प्रयोगको अभिलेख कसरी राख्ने र कुन रोगको लागि कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार प्रदान ग¥यो । सामानको व्यवस्थापन के कसरी गर्ने भन्ने कुराको अधिकार अस्पताल र स्वास्थ्य चौकीले नै गर्न सक्ने बनाइयो ।”
डा. जुलियो लोपेजले पनि उस्तै अनुभव गरिन्, “चिकित्सकीय कार्यका निश्चित नियम थिए । तर, के काम कसरी गर्ने भन्ने कुनै जड नियम भने थिएन । अस्पताल र स्वास्थ्य चौकीले नै धेरै कुराको निर्णय गर्न पाउँथे । नियमभित्र रहेर काम गर्ने र निर्णय गर्न स्वतन्त्रताको प्रयोग गर्नेबीच सन्तुलन आवश्यक हुन जरुरी थियो ।”
स्वास्थ्य चौकीको युगको सुरुआतमा क्युवा सरकारले विकेन्द्रीकरणको आधारस्तम्भ बनाउने निश्चित निर्णय ग¥यो । त्यो निर्णय थियो–अस्पतालहरूबाट स्वास्थ्य चौकीहरू स्वतन्त्र हुनेछन् । विभिन्न क्षेत्रका स्वास्थ्य चौकीहरू सिधै स्वास्थ्य मन्त्रालयप्रति जिम्मेवार हुने भए । क्षेत्रीय अस्पतालहरूका प्रशासनिक शाखाजस्तो हुनुको सट्टा स्वास्थ्य चौकीहरू अस्पतालहरू सरह नै भए । उनीहरू पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतकै एकाइहरूमा गनिए ।
सोभियत मोर्चाका देशहरू र ल्याटिन अमेरिकाका अन्य क्षेत्रीय स्वास्थ्य प्रणाली जस्तै प्युर्टोरिको र चिलीको स्वास्थ्य प्रणालीभन्दा क्युवाको स्वास्थ्य प्रणालीबीचको भिन्नता दर्शाउने प्रमुख आधार नै स्वास्थ्य चौकीहरूको स्वतन्त्र अस्तित्व हो । क्युवाली चिकित्सकहरू यो भिन्नताबारे जानकार थिए । डा.ओस्कर मेनाले मसँगको भेटमा भने, “अस्पतालहरू स्वास्थ्य चौकीहरूलाई आदेश दिन पाउँदैनन् । स्वास्थ्य चौकीहरूलाई क्षेत्रीय कार्यालय र मन्त्रालयहरूबाट नै निर्देशन जारी हुने गर्दछ ।”
पूर्वी युरोपेली देशमा जनस्वास्थ्य कार्यक्रमको समन्वय रेडक्रसले गर्ने गथ्र्यो । तर, क्युवाका ठूलो आकारका स्वय्मसेवी सङ्गठनको तुलनामा त्यहाँको रेडक्रसको योगदान निकै सानो छ । क्युवाका स्वयम्सेवी सङ्गठन भन्नाले साना किसानहरूको राष्ट्रिय सङ्गठन, क्युवाली महिला महासङ्घ, क्युवाली मजदुर महासङ्घ आदि हुन् । क्युवाली साना किसानहरूको राष्ट्रिय सङ्गठनले सुरूमै ग्रामीण स्वास्थ्य चौकी स्थापनाको काम गरेको थियो । क्युवामा क्षयरोग नियन्त्रण गर्न त्यो सङ्गठनको ठूलो भूमिका छ ।
अस्पतालहरूमा भन्दा स्वास्थ्य चौकीमा मानिसहरूको सङ्ख्या बढ्दै थियो । अस्पतालबाट स्वतन्त्र बहिरङ्ग सेवा दिने स्वास्थ्य चौकीहरू नै समग्रमा स्वास्थ्य प्रणालीको मूल आधार बने । स्वास्थ्य चौकीहरू अस्पतालहरूबाट स्वतन्त्र भए पनि दैनिक व्यवहारमा भने उनीहरू एक अर्कामा निकै जोडिएका थिए । आफ्नो नजिकको स्वास्थ्य चौकीका सबै प्रयोगशालासम्बन्धी काम अस्पतालहरूले नै गर्थे । अस्पतालका विशेषज्ञ चिकित्सक र अन्य सेवा दिने स्वास्थ्यकर्मीहरू आंशिक समय स्वास्थ्य चौकीमा काम गर्थे । त्यस्तै स्वास्थ्य चौकीका चिकित्सकहरू पनि केही समय अस्पतालमा काम गर्थे । दशकको अन्त्यसम्ममा क्युवामा रहेका कुल २६८ स्वास्थ्य चौकी प्रत्येकले २५ हजारदेखि ३० हजारसम्म क्युवाली जनतालाई स्वास्थ्य सेवा दिने भए । अनि औसतमा सात वटा स्वास्थ्य चौकी बराबर एउटा अस्पताल भए । अस्पतालहरूको कुल सङ्ख्या ३८ थियो । अधिकांश प्रान्तीय अस्पतालहरूले विशेषज्ञ सेवा प्रदान गर्थे ।
स्वास्थ्य चौकीको विकास हुनु पछाडि सामान्य तर महत्वपूर्ण आधार भनेको प्राथमिक स्वास्थ्य सेवामा विशेषज्ञता हासिल गर्नु हो । ती स्वास्थ्य चौकीमा हरेक दिन स्वास्थ्य समस्यालाई समाधान गर्ने गरिन्छ । अन्य विशेषज्ञ चिकित्सकभन्दा फरक स्वास्थ्य चौकीमा काम गर्ने चिकित्सकले आधारभूत स्वास्थ्य सेवामा तालिम लिनुपथ्र्यो ।
क्युवाको स्वास्थ्य मन्त्रालयले कर्मचारीहरूको सङ्ख्या थुपारेर काममा भद्रगोल अवस्था बनाउनुभन्दा आफ्नो योजना कार्यान्वयनमा चिकित्सकलाई नै विश्वास गरी अधिकारसम्पन्न बनायो । विदेशी हस्तक्षेप र आणविक युद्धको अवस्थामा चिकित्सकहरूले सेनासँग पनि सहकार्य गरी जनतालाई स्वास्थ्य सेवा प्रदान ग¥यो ।
स्वास्थ्यमा क्रान्तिको लागि जनपरिचालन
एकीकृत स्वास्थ्य चौकी (पोलिक्लिनिको इन्टिग्राल) क्युवाको राष्ट्रिय स्वास्थ्य प्रणालीका संरचना र सेवाका एकीकृत केन्द्र बने । राष्ट्रिय स्वास्थ्य प्रणालीले ती स्वास्थ्य चौकीहरूलाई अस्पतालको नियन्त्रणबाट स्वतन्त्र बनाए । स्वास्थ्य चौकीहरू आफ्ना कार्यदिशा बनाउन र आफ्नो विशेषज्ञता तय गर्न अधिकारसम्पन्न भए । सबभन्दा महत्वपूर्ण कुरा त त्यस्ता स्वास्थ्य चौकीहरूले निश्चित भौगोलिक क्षेत्रको जिम्मेवारी पाए । त्यसकारण, स्थानीय स्तरमा बिरामीको उपचारको निम्ति स्वास्थ्य प्रणालीभित्र प्रवेश गर्ने प्रवेशबिन्दु नै त्यस्ता स्वास्थ्य चौकी बने । तर, औसत क्युवालीहरूको आँखामा ती स्वास्थ्य चौकीहरूको भूमिका हिजोभन्दा उकासिएन । अथवा, स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्य चौकीहरूको प्रभावकारी विकेन्द्रीकरण भएपनि स्वास्थ्य अभियानहरूको समन्वयमा तिनको भूमिका हिजोभन्दा बलियो भएको देखिएन ।
फिडेल क्यास्ट्रो र अरू कामरेडहरूले सरकारको आदेशले मात्र कुनै पनि स्वास्थ्य अभियान सफल नहुने कुरा बुझ्नुभएको थियो । साक्षरता अभियानले कुनै पनि अभियान सफल बनाउन जनताको व्यापक परिचालन र जनउत्साहको खाँचो हुने कुरा देखाइसकेको थियो । एकीकृत स्वास्थ्य चौकीको अवधारणा पनि त्यही बाटोमा अघि बढाइयो । फिडेल आफैले जनपरिचालनको नेतृत्व गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी, चिकित्साशास्त्रका विद्यार्थी र समग्र देशलाई ‘क्युवाली क्रान्तिमा जनस्वास्थ्यको निकै उँचो र पवित्र स्थान रहेको’ भनी उत्साहित गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीलाई धेरै तालिम दिन उत्साहित गर्नुभयो । उहाँले हवानाका प्राध्यापक, प्रशिक्षक र स्थानीय बासिन्दालाई सान्टियागोमा सन् १९६२ मा र लस भिल्लासमा सन् १९६६ मा स्थापना भएका चिकित्साशास्त्रका नयाँ कलेजमा पठाउने र त्यहाँका प्राध्यापक एवम् प्रशिक्षकलाई हवानामा पठाउने आलोपालो व्यवस्था गर्नुभयो । फलतः सन् १९६९ सम्ममा हवानामा मात्र चालीस अस्पतालमा चिकित्साशास्त्रका प्राध्यापकहरूले पढाउन थाले ।
फिडेल क्यास्ट्रोको सबभन्दा महत्वपूर्ण योगदानमध्ये एउटा योगदान सामुदायिक स्वास्थ्य चौकीसम्बन्धी पूर्वी युरोपेली अवधारणालाई क्युवाले परिवर्तन गरेर देखाइदिनु हो । उहाँले संसारका अरू गरिब तथा अविकसित देशहरूको लागि उपयुक्त हुनसक्ने जनस्वास्थ्य प्रणाली बनाउनुपर्नेमा दरिलो विश्वास राख्नुभयो । तत्कालीन सोभियत सङ्घले सन् १९६५ मा होलगुइनमा लेनिन अस्पताल बनाउन स्वास्थ्य सामग्री र ८५० वटा शय्या सहयोग ग¥यो । क्युवाले आफूभन्दा गरिब देशहरू जस्तैः गुइनिया, कङ्गो, माली र भियतनामजस्ता देशहरूलाई स्वास्थ्य सेवा प्रदान गरेर गुणको बदला गुणले ति¥यो । जनस्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता फिडेलको सबभन्दा दिगो विरासत हो ।
पूर्वी युरोपेली देशमा जनस्वास्थ्य कार्यक्रमको समन्वय रेडक्रसले गर्ने गथ्र्यो । तर, क्युवाका ठूलो आकारका स्वय्मसेवी सङ्गठनको तुलनामा त्यहाँको रेडक्रसको योगदान निकै सानो छ । क्युवाका स्वयम्सेवी सङ्गठन भन्नाले साना किसानहरूको राष्ट्रिय सङ्गठन, क्युवाली महिला महासङ्घ, क्युवाली मजदुर महासङ्घ आदि हुन् । क्युवाली साना किसानहरूको राष्ट्रिय सङ्गठनले सुरूमै ग्रामीण स्वास्थ्य चौकी स्थापनाको काम गरेको थियो । क्युवामा क्षयरोग नियन्त्रण गर्न त्यो सङ्गठनको ठूलो भूमिका छ । क्युवाली महिला महासङ्घले स्वास्थ्य शिक्षा, महिला पोषण, मातृ तथा बाल स्वास्थ्य आदि क्षेत्रका समस्या समाधान गर्न काम गर्दै आएको छ । त्यस्तै क्युवाली मजदुर महासङ्घले काम गर्ने ठाउँ र सुरक्षाका निम्ति समितिहरू गठन गर्नुका साथै खाद्य सुरक्षाको जिम्मेवारी बहन गर्दै आएको छ ।
ती सबै जनसङ्गठनहरूमध्ये पनि सबभन्दा महत्वपूर्ण सङ्गठन भनेको क्रान्ति रक्षा समिति (सीडीआर) हरू हुन् । संरा अमेरिकाबाट हुने हमला र नाकाबन्दीको प्रतिरोध गर्न सन् १९६० मा पहिलो पटक त्यस्ता समितिहरू गठन गरिएका थिए । क्रान्ति रक्षा समितिले छरछिमेकमा सामाजिक सम्बन्ध फैलाउने काम गथ्र्यो । तर, समयान्तरमा ती समितिले जनस्वास्थ्य क्षेत्रमा नजिक रहेर काम गर्न थाले । सन् १९६२ मा पोलियो खोप कार्यक्रमको समन्वयमा क्रान्ति रक्षा समितिले सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा बोकेर काम ग¥यो । त्यसको नतिजा एकीकृत स्वास्थ्य चौकीको स्थापनापछि एघार दिन लामो खोप कार्यक्रम एकै दिनमा सम्पन्न हुन सम्भव भयो । सन् १९६८ सम्ममा क्युवाका एकतिहाईभन्दा बढी क्युवाली जनता क्रान्ति रक्षा समितिमा आबद्ध भइसकेका थिए । क्रान्ति रक्षा समितिहरूले क्युवाका सबै जनतालाई एकीकृत स्वास्थ्य प्रणालीअन्तर्गत ल्याउन पनि महत्वपूर्ण भूमिका निभायो । हरेक एकीकृत स्वास्थ्य चौकीको निश्चित भौगोलिक क्षेत्रमा जिम्मेवारी हुने भएकोले क्युवाका शतप्रतिशत जनतालाई त्यसमा सामेल गर्ने लक्ष्य अवस्तुगत थिएन । एकीकृत स्वास्थ्य चौकी अवधारणा कार्यान्वयनको क्रममा क्रान्ति रक्षा समिति सामाजिक तथा नियन्त्रणमुखी (प्रिभेन्टिभ) स्वास्थ्य व्यवस्था लागु गर्न गम्भीर रूपमा संलग्न भयो । झिङ्गा र लामखुट्टे नष्ट गर्न, सङ्क्रामक रोगविरूद्ध लड्न, रक्तदान गर्न, विद्यालय र पार्क बनाउन, सहर सफा राख्न र जीर्णोद्धार कार्यमा जनतालाई परिचालन गर्न क्रान्ति रक्षा समितिले निकै महत्वपूर्ण सक्रिय भूमिका खेल्यो । (पछिल्ला गतिविधिहरू बढी स्वास्थ्य सेवासँग सम्बन्धित थिए । बाटोका खाल्डाखुल्डी पुर्ने अभियानले बाटो हिँड्दा, साइकल वा गाडी चलाउँदा घाउ चोटपटक लाग्ने समस्याबाट जोगिन सम्भव भयो । यो स्वास्थ्य समस्याको नियन्त्रणमुखी काम हो ।)
स्थानीय स्वास्थ्य चौकीको निर्देशक नै सो क्षेत्रको क्षेत्रीय स्वास्थ्य आयोगको प्रमुख हुने बन्दोबस्त थियो । क्षेत्रीय स्वास्थ्य आयोगमा क्रान्ति रक्षा समितिलगायत अन्य जनसङ्गठनहरू पनि सदस्य हुने गर्थे । त्यसप्रकार स्वास्थ्य चौकी स्वाभाविकरूपमा स्वास्थ्यकर्मीहरूको सहयोगमार्फत अस्पतालहरूसँग जोडिन जान्थ्यो । त्यस्तै स्वास्थ्य अभियानको समन्वयमा स्वास्थ्य चौकीको केन्द्रीय भूमिका हुने भएकोले उसको सम्बन्ध समुदायसँग पनि जोडिन्थ्यो । भिसेन्टे नाभारोले, ल्याटिन अमेरिकी विद्वान्हरू प्रायशः गरिब देशमा कमजोर स्वास्थ्य सेवा हुनुको कारण स्रोतको कमी भएको बताउँछन् । तर, क्युवाली क्रान्तिको सुरूको एक दशकको अध्ययन गर्दा भएका सीमित स्रोत–साधनको न्यायपूर्ण वितरण गर्ने हो भने स्वास्थ्य क्षेत्रमा चमत्कार सम्भव भएको देखाएको छ । त्यस्तै, निर्णय प्रक्रियामा दिगो पुनः वितरण नभई स्रोतको पुनः वितरण हुने कुरा सम्भव नभएको पनि देखिएको छ । क्युवाको स्वास्थ्य क्षेत्रमा क्रान्तिको मूलआधार भनेको (क) सबै स्वास्थ्यकर्मीहरूको समर्पणभाव र काम, (ख) स्वास्थ्य मन्त्रालयको उचित निर्देशनमा बनेका संरचना र (ग) एकीकृत स्वास्थ्य चौकीले जनसङ्गठनहरूसँगको समन्वयमा गरेका स्वास्थ्य अभियानको विकेन्द्रीकृत कार्यान्वयन हुन् ।
अल्झिएका विषय
विकेन्द्रीकृत स्वास्थ्य चौकीहरू, बिरामीहरू पस्ने एउटै ढोकाको एकीकृत स्वास्थ्य प्रणाली आदि प्रावधानबाट हासिल गरेका उपलब्धिबाहेक क्रान्तिको सुरुको दशकमा अरू पनि निकै महत्वपूर्ण विषयहरू थिए । सबभन्दा तड्कारो विषय थियो–बढ्दो शिशु मृत्युदर । यसको एउटा कारण क्रान्तिपछि शिशुको निधन हुँदा त्यसको अभिलेख राख्न थालिनु पनि थियो । तर, क्युवाको आधिकारिक स्रोतले त्यस्ता तथ्याङ्कमा सत्यता भएको स्वीकारे । उनीहरूले शिशु जन्मिनुअघि मृत्यु हुनेको दर बढ्ने गरेको बताए । लिन्डा वाइटफोर्ड र लरेन ब्रान्चले यो कुरामा सहमति जनाउँदै शिशु मृत्युदरले शिशु गर्भमा रहँदाको हेरचाह र पोषणका साथै बच्चा जन्मेको बेला र त्यसपछिको अवस्था प्रतिविम्बित गर्ने भएकोले त्यस्ता अवस्थालाई सामाजिक उथलपुथलको प्रतिविम्बको रूपमा हेर्नु अस्वाभाविक नभएको बताए । जे कारण भएपनि सन् १९६५ मा प्रतिहजार ३७ शिशु मृत्युदर भएकोमा सन् १९६९ मा वृद्धि भई ४० पुगेको थियो ।
अर्को समस्या भनेको केन्द्रीकरण र विकेन्द्रीकरणको मेल सोचेजस्तो चुस्त हुनसकेन । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा धेरै क्रान्तिकारी चिकित्सकहरू नै पुगे । स्वास्थ्य संस्थाहरूको प्रशासन क्रान्तिकारी चिकित्सकहरूले नै सम्हाले । तथापि, स्वास्थ्य प्रणालीमा पुनः संरचना हुनुपर्ने विचारका पक्षधर र स्याहारको दैनिक काममा केन्द्रित हुनुपर्ने विचारका पक्षधरबीचको द्वन्द्व चालु रह्यो । कहिलेकाहीँ नीतिगत विमति हुन्थ्यो । चिकित्सक जुलियो लोपेजले तत्कालीन अवस्थाको स्मरण गर्दै भने, “धेरै चिकित्सक र प्रशासकहरूले स्वास्थ्य चौकी भनेको कमसल चिकित्सकहरूले काम गर्ने ठाउँ हो भनी सोच्थे ।” सन् १९६५–१९६७ मा यो सोचाइमा परिवर्तन आयो । समग्रतामा परिवर्तनको खाँचो थियो किनभने स्वास्थ्य चौकीमा काम गर्ने चिकित्सकहरूले त्यहाँ आफ्नो रहरभन्दा पनि आवश्यकता भएको कारणले काम गर्थे । नयाँ विचारले रोगको नियन्त्रणमुखी चिकित्सा (प्रिभेन्टिभ) को महत्वलाई जोड दिएपछि चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूले रोग नहुनु नै स्वस्थ हुनु हो भन्ने अर्थमा बुझे । नयाँ पुस्ताका स्वास्थ्यकर्मीहरूले लिएको शिक्षामार्फत मानिसको सोचाइमा धेरै थरी परिवर्तन सम्भव भयो ।
स्वास्थ्यसम्बन्धी नीति तर्जुमा गर्न स्वास्थ्यकर्मीहरूको भूमिकाको सम्बन्धमा पनि केही बहस भयो । चिकित्सकहरू आफ्नो तरिका नै सबभन्दा अब्बल हो भन्दै निकै स्वायत्त र आत्मविश्वासले भरिपूर्ण हुन खोज्थे । तर, उनीहरूको त्यो विश्वास आधिकारिक नीति, समुदाय वा सहपाठीहरूबाट अस्वीकृत हुँदा परिणाम कस्तो आउला ? यस्ता धेरै असहमतिहरू हुन्थे । अस्पतालमा भर्ना भएको आफ्नो सन्तानसँग अभिभावकलाई राख्न हुने वा नहुने विषयमा भएको बहस यसको एउटा उदाहरण हो । डा. फिलिप कार्दिनसले ग्यास्टिकको कारण अस्पताल भर्ना भएको आफ्नो छोरोलाई भेट्न दैनिक तीन घण्टा हिँडेर आउने ग्वान्टानामो प्रान्तका एक जना पिताको उदाहरण दिएका थिए । अधिकांश चिकित्सक र नर्सहरू बाल अस्पतालमा आमाबुबालाई पनि राति सुत्न दिने कुराको कडा विरोध गर्थे । तिनीहरूले उपचारमा अनावश्यक झमेला बढाउन सक्ने उनीहरूको चिन्ता थियो । तर, डा. इन्जो ड्युनसले होलगुइन प्रान्तको लेनिन अस्पतालमा नर्सको जनशक्ति अभावको समयमा गरेको अनुभव यसरी लेखेका छन्, “केटाकेटीको हेरचाह गर्न हामीले उनीहरूका आमाबुबालाई बोलायौँ र आफ्ना छोराछोरीको हेरविचार गर्ने जिम्मा आमाहरूलाई नै लगायौँ । त्यसपछि समस्या कम भयो ।” उनले ‘आमा नै आफ्नो सन्तानलाई बुझ्न सक्ने सबभन्दा उत्तम व्यक्ति भएको’ बताए । बच्चालाई कतिबेला शौचालय जानुपर्ने र उसलाई बान्ता आउला जस्तो भएको कुरा बुझ्न आमाले मात्र सक्छिन् । पछि क्युवा सरकारले आमाबुबालाई पनि अस्पतालमा बच्चासँगै राख्ने नीति कार्यान्वयन ग¥यो । यो निकै लोकप्रिय भयो । त्यसले बिरामी बालबालिकाको अस्पताल बसाई पनि छोट्टियो । समग्रमा यो विवादमा सरकारले आमाबुबा र समुदायलाई साथ दियो ।
धेरैभन्दा धेरै चिकित्सक बनाउने प्रयास भने त्यो दशक (सन् १९६०) भरि चालु रह्यो । पहिले शिक्षण र स्याहारसुसारजस्ता परम्परागत काममा सीमित महिलाहरू अब क्युवाली चिकित्साशास्त्रका कलेजहरूमा ओइरिन थाले । सन् १९७० सम्ममा चिकित्साशास्त्रका कलेजहरूमा कुल विद्यार्थी सङ्ख्यामध्ये ५० प्रतिशत छात्राहरू भए । चिकित्सा कलेजमा भर्ना हुन सरकारले नै विशेष आह्वान गरेको थियो । नेता फिडेल क्यास्ट्रोले समेत त्यसको निम्ति आह्वान गर्नुभएको थियो । सन् १९७० सम्ममा सबै विश्वविद्यालयमा भर्नाको निम्ति परेका आवेदनमध्ये ३० प्रतिशत चिकित्साशास्त्रको निम्ति परेका थिए ।
तथापि, सन् १९६० मा चिकित्साशास्त्र कलेजहरूमा भर्ना हुन गरिएको जोडका कारण झन्डै आधा विद्यार्थीले बीचैमा पढाइ छाडे । यसरी चिकित्साशास्त्र छाडेका विद्यार्थीको लागि आश्रयस्थल बन्यो– अध्ययन सहायक । सन् १९६५ मा १७ वर्षको उमेरमा चिकित्साशास्त्र विज्ञान अध्ययन गरेकी डा.मारिया लुइसा लिमा हाल ल्याटिन अमेरिकी स्वास्थ्यविज्ञान कलेजमा पढाउँछिन् । उनले अध्ययन सहायकहरूले सैद्धान्तिक विज्ञानमा राम्रो अध्ययन गर्ने, उनीहरूलाई चिकित्सकहरूले नै राम्ररी पढाउने र आफूले पढेको विषयमार्फत स्वास्थ्य विज्ञानकै अन्य क्षेत्रमा सहयोग गर्न सक्ने बताइन् । अध्ययन सहायकले प्राध्यापकहरूको क्षेत्र बढाउनुका साथै ती सहायकहरू आफै पनि प्राध्यापक बन्न सक्षम बने ।
यस्ता सबै प्रयासले पनि सन् १९६९ सम्ममा समेत क्युवाले चिकित्सकको अभाव पूरा गर्न सकेन । पिटर बोर्न र अरूहरूले भनेका छन्, “हजारौँ चिकित्सकहरू देश छोडेर भाग्नुले नयाँ शासनको वाचाअनुसार सबैलाई स्वास्थ्य सेवा छोटो अवधिमा दिने क्षमतामा निकै ¥हास आयो ।” तर, के उनीहरू भागेकै कारण क्युवाले आफ्नो नयाँ स्वास्थ्य प्रणाली विकास गर्ने क्षमता हासिल गरेको थिएन ? मैले क्युवाका इतिहासकार हेल्डेलबर्टो लोपेजलाई यदि प्रतिक्रान्तिकारी चिकित्सकहरू नभागेर क्युवामै बसेका भए सन् १९६० को दशकमा स्वास्थ्य चौकीको अवधारणालगायत परिवर्तन ल्याउन कति कठिन हुने थियो भनी प्रश्न गरेको थिएँ । उनले भने, “यदि ती चिकित्सकहरू नभागेका भए स्वास्थ्य क्षेत्रमा क्रान्ति गर्न सम्भव नहुने बरु उनीहरूले सबै कुरा भताभुङ्ग बनाइदिने थिए ।” जुलिया स्वेजले सम्भावित बाह्य हस्तक्षेपले क्रान्तिकारी नेताहरूको विचार निर्माणमा टेवा पु¥याएकोमा सहमति जनाउँदै भनिन्, “दक्ष मानिस गुमाउने चिन्ता भएर पनि क्युवा सरकारले क्रान्तिमा भाग नलिएका त्यस्ता मानिसले क्युवा छोडून् भन्ने चाहेको थियो ।” सन् १९६० को दशक सम्ममा क्युवाका आधा चिकित्सकहरू मायामीमा गइसकेका थिए । उनीहरू सबै दुईतर्फी धार भएका तरबार साबित भए । एउटा धारले क्युवाको स्वास्थ्य सेवामाथि प्रहार गरे र दसौँ लाख जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित गरे । अर्को धारले नयाँ स्वास्थ्य प्रणाली निर्माणमा दखल दिइरहे ।
क्रान्तिको पहिलो दशकको अन्त्यसम्म एकीकृत स्वास्थ्य चौकीले गुणात्मक फड्को मा¥यो । स्वास्थ्य उपचारमा पहुँच विस्तार गर्दै स्वास्थ्य सेवालाई समग्रमा एउटा भद्र अवधारणाको रूपमा ग्रहण र कार्यान्वयन गरियो । यो अभ्यासले पुँजीवादी स्वास्थ्य क्षेत्रका अभावलाई जित्न सकिने कुरा स्वास्थ्य चौकीहरूले पुष्टि गरे । साथै, नयाँ प्रणालीको जग राख्न आवश्यक सामूहिक चेतनाको विकास ग¥यो ।
नाभारोका अनुसार सन् १९६० को दशकको अन्त्यसम्ममा क्युवाबाट भागेर जाने चिकित्सकहरूको सङ्ख्याभन्दा चिकित्साशास्त्र कलेजहरूबाट तयार भएका चिकित्सकहरूको सङ्ख्या बढी भइसकेको थियो । तरपनि, त्यो बेला क्युवामा बढ्दो जनसङ्ख्याको अनुपातमा चिकित्सकको सङ्ख्या पुगेको थिएन । चिकित्सकको सङ्ख्या कति छ भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा त कति जनता बराबर कति चिकित्सक छन् भन्ने हो । क्युवामा सन् १९६० को दशकको सुरुआत र अन्त्यसम्ममा कति चिकित्सक थिए भन्ने कुरा नाभारोले प्रस्तुत गरेको तथ्याङ्कमा स्पष्ट उल्लेख छ । (हेर्नोस् तालिका) तालिकामा क्युवामा वार्षिक कति सङ्ख्यामा चिकित्सक तयार भए र क्युवाको जनसङ्ख्या दर कति थियो भन्ने कुराको तुलनात्मक अध्ययन गर्न सकिन्छ । नाभारोको तथ्याङ्कअनुसार सन् १९५९ मा क्युवामा ६ हजार ३ सय चिकित्सक थिए । क्युवाबाट ३ हजार चिकित्सकहरूले देश छोडेका थिए । तथापि, सन् १९७० मा त्यहाँ चिकित्सकहरूको सङ्ख्या ७ हजार पुगिसकेको थियो । त्यसमा निधन भएका, निवृत्त भएका वा पेशा परिवर्तन गरेका चिकित्सकहरूको १.९८ प्रतिशतको दरले हिसाब गरिनुपर्छ ।
यी सबैको हिसाबकिताब गर्दा सन् १९५९ मा क्युवामा प्रति एक हजार जनतामा ९.१ जना चिकित्सक थिए । यो अनुपात पछि कायम गर्न क्युवाले सन् १९७३ सम्म कुर्नुप¥यो । डानिएलसनको अध्ययनमा क्रान्तिअघिको चिकित्सक र जनताको अनुपात हासिल गर्न क्युवाले सन् १९७२ कुर्नुपरेको थियो । तर, तथ्याङ्क जसरी प्रस्तुत गरिए पनि क्युवाको स्वास्थ्य अधिकारीहरूले भविष्यमा चिकित्सकको मागमा कमी आउने आशा गरेका थिए । त्यसकारण, सन् १९७० दशकको सुरुमा उनीहरूले सबै विश्वविद्यालयबाट चिकित्साशास्त्र पढ्ने आवेदकहरूलाई २० प्रतिशतमा सीमित राख्ने तयारी गरे । चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई चिकित्साशास्त्रकै अन्य विविध क्षेत्रको अध्ययन गर्न प्रोत्साहित गरियो । यसले चिकित्साशास्त्रका विविध आयाम समेटी समग्र प्रणालीको विकास गर्न खोजियो ।
क्रान्तिको पहिलो दशकको अन्त्यसम्म एकीकृत स्वास्थ्य चौकीले गुणात्मक फड्को मा¥यो । स्वास्थ्य उपचारमा पहुँच विस्तार गर्दै स्वास्थ्य सेवालाई समग्रमा एउटा भद्र अवधारणाको रूपमा ग्रहण र कार्यान्वयन गरियो । यो अभ्यासले पुँजीवादी स्वास्थ्य क्षेत्रका अभावलाई जित्न सकिने कुरा स्वास्थ्य चौकीहरूले पुष्टि गरे । साथै, नयाँ प्रणालीको जग राख्न आवश्यक सामूहिक चेतनाको विकास ग¥यो ।
क्युवाली स्वास्थ्य क्षेत्रका धेरै शिक्षालाई क्रान्तिले पुष्टि गर्नुअघिसम्म शङ्काको दृष्टिले हेरिन्थ्यो । क्युवाको अनुभवबाट स्वास्थ्य सेवासँगै खाना, आवास, शिक्षाजस्ता कुराको समानान्तर विकासले मात्र प्रगति सम्भव भएको प्रस्ट पार्दछ । स्वास्थ्य अभियानहरू जनसहभागितामा आधारित हुनुपर्छ । पारस्परिक स्वास्थ्य केन्द्रजस्ता पुराना स्वास्थ्य संरचनालाई त्योभन्दा उत्तम स्याहारको बन्दोबस्त गरी क्रमशः विस्थापन गर्नुपर्छ । दुई वटा अन्तरविरोधात्मक प्रक्रियालाई एकैपटक क्रमशः सुधार गर्दै लानुपर्छ (जस्तै :केन्द्रीकृत र विकेन्द्रीकृत चिकित्सा सेवा) । ३ हजार चिकित्सकहरूले देश छोड्दा अल्पकालीन क्षति भएपनि उनीहरूको अभावले चिकित्साशास्त्रको दीर्घकालीन पुनः निर्माणको बाटो खुलेको थियो ।
यी सबै शिक्षाले क्युवाको विशिष्ट स्वास्थ्य चौकीको सञ्जालको आधार तयार गरेको छ । स्वास्थ्य चौकीले निश्चित भौगोलिक क्षेत्रका मानिसलाई प्रणालीमा भित्रिने एउटै ढोका बनाइदिएको छ । तिनमा रोगको नियन्त्रणमुखी स्याहार गरिन्छ । कामको आधारमा क्युवाली स्वास्थ्य चौकीमाथि विकेन्द्रीकृत नियन्त्रण भएपनि तिनीहरूले धेरै चाँडै अस्पताल बराबरको सेवा दिन सके ।
सन् १९७० को दशकको सुरुआतमा धेरै अनुत्तरित प्रश्नहरू थिए । क्युवा गरिब वा नाकाबन्दीमै रहेको अवस्थामा के स्रोतको पुनः वितरणले त्यहाँको स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिन्छ ? के एकीकृत स्वास्थ्य चौकीहरू शिशु मृत्युदर घटाउन सफल हुनेछन् ? क्युवामा प्रति हजार मानिस चिकित्सकको सङ्ख्या सन् १९५९ अघिको अनुपातमा पुगेपछि के चिकित्साशास्त्र पढ्ने विद्यार्थीको सङ्ख्या घट्नेछ ? अथवा कुनै नसोचिएको परिस्थितिको निम्ति चिकित्साशास्त्र पढ्ने विद्यार्थी अझ बढाउनुपर्छ ? सन् १९६४–६९ मा जस्तै एकीकृत स्वास्थ्य चौकी अस्तित्वमा रहनेछन् वा अरू नै संरचनाले तिनको ठाउँ ओगट्नेछ ?
स्रोत : मन्थ्ली रिभ्यु
नेपाली अनुवाद : नीरज