९ भदौ,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा होम कवारेन्टाइन र कवारेन्टाइनमा रहेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य कार्यलय,प्रादेशिक प्रयोगशाला,भैरहवामा गरिएको पिसिआर परिक्षणमा कञ्चन गाउपालिकाका मात्रै २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ ।
कञ्चन गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरु बर्ष ५६,४५,४५,४५,४१,४०,३८,२७,२५,२३,२३,२३,२१,२१,१८,१७,१७ र ९ का पुरुषहरु हुनुहुन्छ भने बर्ष ७५,६०,४०,३९ र ३३ का महिलाहरु हुनुहुन्छ । कोरोना संक्रमित ब्यक्तिहरु मध्ये ६ जना हरैया बहुमुखी कयाम्पसमा रहेको कवारेन्टाइनमा रहनु भएको छ भने बांकी १७ जना सबै होम कवारेन्टाइनमा बस्दै आउनु भएको छ ।
यसरी कोरोना संक्रमित हुनेहरुमा वडा नं. १ का ४ जना महिला र ६ जना पुरुष गरी १० जना,वडा नं. ३ का २ जना पुरुष,वडा नं. ४ का ६ जना पुरुष र वडा नं. ५ का १ जना महिला र ४ जना पुरुष रहेका छन ।
कोरोना संक्रमित ब्यक्तिहरुको उपचार तथा स्वास्थ्य निगरानीका लागि कञ्चन गाउपालिकाले आजै देखि स्वाथ्यकर्मीहरुलाई होम क्वारेन्टाइनमा परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ।स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार पिसिआर पोजेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।