#जगिलाल थापा
नेपाली आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीको सातौं अधिबेशन शनिवार बुटवलमा सम्पन्न भयो। अधिबेशनले सर्बसम्मत रुपमा महासंघको जिल्ला अध्यक्षमा कञ्चनका युवा चित्र तुलाचनलाई निर्वाचित गर्यो।
महासंघको जिल्ला समन्वय परिषदको अधिबेशनको इतिहासमा सर्बसम्मत अध्यक्ष भएको सम्भव त पहिलो अभिलेख हो। नेपाल आदीवासी जनजाती महासंघ,रुपन्देहीको नेतृत्व युवाहरुमा जानु सकारात्मक पक्ष हो। यसभन्दा अघि भएको छैठौं अधिबेशनबाट सचिव भई सफलता पुर्वक जिम्मेवारी बहन गरिसकेका तुलाचन दोश्रो कार्याकालमा नेतृत्वमा आए। नेपाल आदीवासी जनजाती महासंघ, रुपन्देहीको नेतृत्व गर्दै गरेका नव निर्वाचित अध्यक्ष चित्र तुलाचनको सांगठनिक तथा व्यक्तिगत पृष्ठभुमी के के हुन? अर्थात उत्पिडित तथा राज्यको हरेक निकायमा पछाडी पारिएका समुदायहरुको छाता संगठन नेपाली आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीको अध्यक्ष बनेका चित्र तुलाचन खास को हुन?
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](/uploads/shares/67770533_10213834534207415_752844811358175232_n.jpg)
कञ्चन जेसिजका संस्थापक सदस्य हुदै महासचिव र कार्यकारिणी उपाध्यक्षको समेत जिम्मेवारी सम्मालि सकेका चित्र तुलाचन नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ५(क)का क्षत्रिय सचिव हुन। नेपाली कांग्रेस कञ्चन गाउपालिका वडा नं. १ को सचिवको जिम्मेवारीलाई कुशलता पुर्वक बहन गरेका तुलाचनले पार्टीको १४ औं महाधिबेशनमा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ५(क)का क्षत्रिय सचिवको जिम्मेवारी पाएका हुन।
बोली र व्यबहारमा सन्तुलन कायम गर्दै सामाजिक तथा राजनैतिक क्षेत्रमा निरन्तर अगाडी बढेका तुलाचन जातिय हिसावले अल्पसंख्यक समुदायमा सुचिकृत थकाली जाती भित्रका अगुवा युवा हुन। नेपाल आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीको छैठौं महाधिबेशनबाट सचिवको जिम्मेवारी सम्मालि सकेका छन। कञ्चन जेसिज बर्ष २०२० मा महासचिव र २०२१ मा कार्याकारिणी उपाध्यक्षको जिम्मेवारीलाई निस्ठापुर्वक बहन गरेका तुलाचनको जन्म ३८ बर्ष अगाडी २०४१ सालमा बुवा भिम बहादुर तुलाचन र आमा भिम कुमारी तुलाचनको कोखबाट म्याग्दीको साबिक ओखरकोट गा.बि.सं वडा नं. ९मा भएको हो। बि.सं. २०४६ सालमा म्याग्दीबाट बसाई सराई गरी रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. १ हात्तीबजारमा परिवारका एकमात्र सन्तान रुपमा रहेका ५ बर्षे छोरालाई लिएर बुवा आमा आएपछि उनको शिक्षा दीक्षा र सामाजिक कृयाकलाप रुपन्देहीको कञ्चनमा भयो।
![](/uploads/shares/270935899_10219396388530297_8548357499523014433_n.jpg)
संगठनमा अनुशासन र बिधिको शासनमा बिश्वास गर्ने तुलाचनले प्राथमिक तहको शिक्षा सैनामैना ७ मा रहेको राष्ट्रिय माध्यमिक बिधालय र सोही वडाको देउवापारमा रहेको सरस्वती माध्यमिक बिधालयमा पुरा गरेका हुन। त्यसपछि निम्न माध्यमिक बिधालय तहको पढाई भने कञ्चन २ मा रहेको गजेडी माध्यमिक बिधालयमा पुरा गरेका तुलाचनले माध्यमिक तहको पढाई भने सैनमैना ७ देउवापारमा रहेको बुद्ध ईंगलिस बोर्डिंग स्कुलमा पुरा गरेका थिए। नेपाल आदीवासी जनजाती महासंघमा रहेर जातिय, भाषिक, कला संस्कृतिको हिसावले राज्यको हरेक निकायहरुमा पहुंच स्थापित गर्न नसकेका आदीवासी जनजातीहरुको हक आधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहदै महासंघको नेतृत्वमा भएका हरेक गतिबिधीहरुमा निरन्तर संघर्षरत रहदै आएका तुलाचन अहिले कञ्चन गाउपालिकाको कार्यापालिका सदस्य हुन।
२००७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफु सम्बद्ध पार्टी र उमेद्वारहरुलाई जिताउन संगठनको नीति तथा निर्देशन बमेजिम कार्य गरेका तुलाचन कञ्चन गाउपालिकामा अल्पसंख्यक समुदायहरुको प्रतिनीधित्व गर्दै कार्यापालिका सदस्यमा निर्वाचित भएका हुन। कञ्चन गाउपालिकाको सामाजिक बिकास समितिका संयोजक समेत रहेका तुलाचनले गाउपालिकाको प्रवक्ताको समेत जिम्मेवारी पाएका छन। अध्ययनको हिसावले होटल म्यानेजमेन्टबाट स्नातकोत्तर गरेका तुलाचन आफु सम्बद्ध संघ संस्थाहरुमा रहेर समाजको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक क्षेत्रको बिकास र पहुंच स्थापित गर्न अधिक्ततम क्षमता प्रयोग गर्नु पर्छ भन्ने धारणा लिएका युवा हुन। तुलाचन परिवारको एकमात्र सन्तान हुन। उनका एक श्रीमती समुन्द्र शेरचन र एक छोरा रहेका छन। तुलाचन थकाली युवा परिवारको केन्द्रिय उपाध्यक्ष समेत हुन।
![](/uploads/shares/67958806_10213801053370415_4436574545297539072_n.jpg)
कोभिडको समयमा पनि कञ्चन जेसिजको माध्यमबाट समुदायस्तरमा समुदायको सेवामा निरन्तर खटेर आफुलाई अव्वल साबित गराउन प्रयासरत चित्र तुलाचनले कोभिडकै समयमा नेपाली आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीले संचालन गरेका राहत वितरण, स्वास्थ्य सचेतना लगायतका अभियानहरुमा समेत प्रभावकारी भुमिका निर्वाह गरेका थिए। सक्ने कामको मात्र जिम्मेवारी लिने र नसक्ने कामको अघिल्लो पुस्ताले प्राप्त गरेको अनुभव र ज्ञानबाट सिक्दै जानु पर्छ आईपरेको बेला जिम्मेवारी लिएर अगाडी बढ्ने हिम्मत समेत गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेका तुलाचनले भएको र गरेको कामहरुलाई मात्र बिश्वास गर्ने तर हुदै नभएको कार्यहरुमा खुरापाती गर्न नुहने सोंचका युवा हुन ।
कञ्चन जेसिजबाट बिधिको शासन, व्यक्ति बिकास, बिश्वबन्धुत्वको भावनाको बिकास गरेका तुलाचनले नेपाली आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीलाई पनि आगामी ३ बर्ष सम्म सफल रुपमा अवतरण गर्नु ठूलो कार्यभार छ। आदीवासी जनजातीका मुद्धाहरु बार्षौं देखि जिवन्त छन। ती मुद्धाहरुलाई आदीवासी जनजातीहरुको नैसर्गिक अधिकारहरुको रुपमा स्थापित गरी ती अधिकारहरुमा पहुंचको तागत दिने वातावरण श्रृजना गर्नु पर्ने अनिवार्य जिम्मेवारी पनि उनको कांधमा तेर्सिएको छ।
![](/uploads/shares/275852664_10219733864726991_5542735721179236088_n.jpg)
आदीवासी जनजातीहरुको भाषा, धर्म, कला संस्कृति, रितिरिवाज लगायत मौलिक पहिचाहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गरी जिवन्त बनाउनु पर्ने आजको अत्यावस्यक मुद्धाहरु हुन। नीति निर्माणको तहमा पुगेका आदीवासी जनजातीहरु नेतृत्वहरुलाई उनिहरुका मुद्धाहरुलाई अधिकारको रुपमा स्थापित गर्न झकझकाउनु पर्ने नेतृत्वदायी भुमिका महासंघको हो र सोही महासंघलाई डोर्याउने भुमिकामा पुगेका तुलाचनले आफुलाई कत्तिको अव्वलता प्रदान गर्छन भन्ने कुरा आगामी ३ बर्षमा छर्लंग थाहा हुने छ।
सानै उमेर देखि आफुलाई फरक प्रकृतिको देखाउने स्वभावलाई नेतृत्व गर्ने क्षमतामा पुगेका नेपाली आदीवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद, रुपन्देहीको सातौं अध्यक्ष चित्र तुलाचनको ३ बर्षे कार्यकाल आदीवासी जनजातीहरुको मुद्धालाई अधिकारको रुपमा स्थापित गरी पहंचको सामथ्र्यता र समावेसी सहभागिताको तहमा पुर्याउने संघर्षपुर्ण सफलताको इतिहास बनोस हार्दिक शुभकामना।
![](/uploads/shares/chitra3.jpg)