१९ भदौ, काठमाण्डौ ।
नेपालका चर्चित सारंगी बादक, गायक, गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुँदैछ । अल्डरसटस्थित एम्पायर हलमा आउँदो १० सेप्टेम्बर शनिबारको दिन हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ मार्फत उहाँले सांगितिक प्रस्तुत दिन लाग्नुभएको हो । रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसक्नुभएको छ भने भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत दिईसक्नुभएको छ ।
रसाइलीले २०६३ सालमा पहिलो गीत काँचो सुन्तला रि रेकर्ड गर्नुभएको थियो। काँचो सुन्तलाले चर्चा पाएसंगै उहाँले कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछि, भाग्यमानी, बालापन, किन होला खैु, लाहुर, म्याग्दी काली, झल्को धेरै भो, लौरी तितेको , के छ ज्यानलाई, थर बदल्न पर्दैन, म्याग्दी खोलेलाई, कर्मै हाराको, रेलको ढोका वन लगायतका चर्चित गीतहरुमा स्वर दिनुभएको छ ।
बेलायतमा रसाईलीसँगै गायिका बिमला श्रीसले साथ दिनुहुनेछ भने दोस्रो चरणमा बिमला श्रीससँग लोकदोहोरी गीतहरु प्रस्तुत गर्नुहुनेछ। साथै वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिने जनाईएको छ। टिकटको मुल्य २० पाउन्ड राखिएको छ कार्यक्रमलाई प्रायोजक गर्ने प्रायोजकहरुले भने एउटा टिकट फ्रिमा पाउने हेमन्त कान्छा रसाइलीले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।