२ साउन, कपिलबस्तु
लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको प्रमुख आयोजना र डिभिजन वन कार्यालय कपिलवस्तु, नेपाल पंन्छी संरक्षण संघ काठमाण्डौं र जागदीशपु जलाशय ब्यवस्थापन बहुसरोकार मन्चको समन्वयमा गत शनिबार एक विशेष समारोहका विच जगदीशपुर ताललाई पंन्छी आरक्ष (वर्ड स्याङ्गचुरी) घोषणा गरिएको हो ।
लुम्विनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के.सी.ले जगदीशपुर ताल परिसरको मुख्य प्रदेशद्धारमा निर्मित सारस प्रतिमाको शिलालेख अनावरण गरी ताललाई पंन्छी आरक्ष (वर्ड स्याङ्गचुरी) घोषणा गर्नुभएको हो । साथै कार्यक्रमम शान्तीको प्रतिक मानिने परेवा जोडी र वर्ड सेन्चुरी लेखिएको बेलुन उडाएर समेत उडाइएको थियो।
पंक्षी आरक्ष क्षेत्रको घोषणा गर्दै मुख्यमन्त्री के.सीले यस क्षेत्रको समग्र चरा, पर्यापर्टन र स्थानिय समुदायको विकासका लागि सरकारले कानूनी बाटो खोलिदिएको र चरा तथा पाहुना मैत्री वातावरण सुजना गरी लाभ लिनुपर्नेमा जोड दिनु भयो
कार्यक्रमका सभापति तथा वन, वातावरण तथा भू संरक्षण मन्त्रालय मन्त्री सुरेन्द्र हमालले जगदीशपुर ताललाई चरा आरक्षको रुपमा घोषणा गरिनु लुम्बिनी प्रदेशका लागि पर्यापर्यटनको बिकासको दृटिले गौरवपुर्ण रहेको उल्लेख गर्नु भयो। यस ताललाई सफल बनाउनको लागि सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै थप योजना बनाइ अगाडी बढ्ने कुरामा समेत हमालले जोड दिनुभयो ।
नेपालमा ३७ वटा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र मध्य जगदीशपुर ताल एक भएको नेपाल पंन्छी संरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताउनु भएको छ। यस क्षेत्रमा चराका विभिन्न प्रकारका विश्वव्यापी दुर्लभ प्रजातीहरु उल्लेखनिय संख्या रहेकोले Globally threatened criterion (विश्वव्यापी दुर्लभ पक्षी प्रजातिहरु) र साथै congregations जस्ता मापदण्डको आधारमा समेत वर्डलाईफ ईन्टरनेस्नलले यस क्षेत्रलाई महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरेको कार्यकारी अधिकृत थापाले बताउनु भयो।
कार्यक्रममा वन, वातावरण तथा भू संरक्षण मन्त्रालयका सचिव दुर्गा बहादुर कार्की, उर्जा तथा जालश्रोत मन्त्री विर बहादुर राना, पूर्व वन सचिव डा. विश्वनाथ ओली, डिभिजन वन कार्यालय कपिलबस्तुका कार्यलय प्रमुख श्री विजयराज सुवेदी र कपिलबस्तु नगरपालिकाका प्रमुख श्री सुदिप पौडेल लगायत सरोकारवालाहरुले चरा संरक्षण, पर्यापर्यटनको विकास, जिविकोपार्जन, पन्छी आरक्षको संरक्षण, यसको बुद्धिमत्तापूर्ण उपयोगीता र लाभको न्यायोचित वितवरणका बारेमा जोड दिन आग्रह गरिएको छ।
लुम्विनी प्रदेश वन ऐन २०७८ को परिच्द्देद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको बाँसस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविकमार्ग घोषणा गर्न सकिने ब्यवस्था अनुसार र लुिम्वनी प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३१ गते विश्व रामसारमा सुचिकिृत लुम्बिनी प्रदेशको जगदीशपुर ताललाई वर्ड सेञ्चुरी अर्थात पंक्षी आरक्ष क्षेत्रको रुपमा घोषणा गर्ने निर्णय गरेको हो । जगदीशपुर ताल चरा तथा जैविक विविधताका लागि महत्वपुर्ण र तथा सुरक्षित क्षेत्रको रुपमा पनि लिने गरेको पंक्षी संरक्षण विदहरुले बताएका छन।
जगदीशपुर ताललाई वर्ड सेञ्चुरीको रुपमा घोषणा गरेसंगै सो घोषणा पत्रमा चरा संरक्षण गरी पर्यापर्यटनको विकास गर्दै स्थानिय समुदायलाई रोजगारीसंग जोडेर जीविकोपार्जनमा सघाउने लक्ष्य यस घोषणामा उल्लेख गरिएको छ ।
जगदीशपुर तालमा आगन्तुक, रैथाने, घुमन्ते र स्थानिय गरी २९५ प्रजातीका चरा पार्ईन्छन् । जगदीशपुर जलाशय हिउँदे आगन्तुक चराहरको एक महत्वपूर्ण आश्रयस्थल हो । खासगरी उत्तरी ध्र्रुवमा हिमपातको शुरुवातसँगै अनकुल मौसम, सुरक्षित बाँसस्थान र चरणको खोजिमा बर्षेनी हजारौको संख्यामा चराहरु उत्तरी मुलकहरु रुस, किर्जिस्तान, तुर्किमिनेस्तान,उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गगोलिया साथै यूरोप कोरिया तथा तिब्बती क्षेत्रहरुबाट यहाँ आउने गर्दछन् । बसाई सराई गरी हजारौको संख्यामा सुइरोपुच्छे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँस, कैलोटाउके हाँस, सारस, हरिहाँस जस्ता दुर्लभ चराहरु आउने गर्छन ।
ती चराहरुले तालको विच भागमा रहेको टापुमा अश्रय लिनछन् र आसपासका क्षेत्रमा चरण गर्ने गर्छन । साथै सो ठाउमा एउटै प्रजातिका चरा मरुल हाँस, सिलसिले हाँस, सिन्दुरे हाँस, खाडखडे हाँस, हरियो टाउके हाँस, सुन्जुरे हाँस, जलेवा, विजुला गैरी, बेल्चाठुडे, भुडीफोर, लोभिपापी गरुड,सुडसुडिया, चिम चिमे लगायत चराहरु हजारौको संख्यामा पाइन्छ् ।