१७ साउन, सैनामैना/सुरज थापा मगर
नेपाल आदिवासी जनजाती महासंघ सैनामैना नगर समन्वय परिषदले २६ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार २०७८ जनगणना प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि सैनामैना नगरपालिकाका उप-प्रमुख बिना राना मगरले आदिवासी जनजातीहरूले आफ्नो हक अधिकारको बारेमा जानकारी राख्न जरूरी रहेको बताउदै अबको केही बर्षमा आदिवासी जनजातीहरू पनि देशको प्रशासनिक क्षेत्रको उच्च तहमा पुग्नको लागि मेहनत गर्नुपर्ने बताईन् ।
अध्यक्ष मोती प्रसाद रानाले विश्व आदिवासी दिवसको अवसरमा विगतका बर्षमा धेरै राम्रा र प्रभावकारी कार्यक्रम हरू गरिदै आएको भएतापनि यस बर्ष कोरोनाले प्रभावले गर्दा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउदै छोटो तथा प्रभावकारी भएको बताए । प्रशिक्षक राम बहादुर अस्लामीले हामी आदिवासी जनजातीहरूको संख्या कति हामीहरूको हक अधिकार के भन्ने कुरा थाहा पाउन जरूरी रहेको बताए ।
नेपाल आदिवासी जनजाती महासंघ सैनामैना नगर समन्वय परिषदका अध्यक्ष मोती प्रसाद राना मगरको अध्यक्षता, सैनामैना नगरपालिकाका उप-प्रमुख बिना राना मगरको प्रमुख आथित्यता तथा शंकर गाहा मगर, खुसीराम चौधरी, रामबली थारू, ममता बुढाथोकी, दल बहादुर छन्त्याल, संजीव थापा मगर, चित्रलाल तुलाचन, प्रशिक्षक राम बहादुर अस्लामी, पुजेन्द्र श्रीस मगर, नन्दा बुढाथोकी, रिम बहादुर श्रेष्ठ, नर बहादुर थापा, नर बहादुर बम्रेल, टेक बहादुर रेश्मी मगर, डुल बहादुर थारू, केहरसिंह गलामी, लोक नारायण थापा, माया बराल, नारायण श्रेष्ठ, ईन्द्रा गुरूङ्ग, मन कुमारी राई, श्यामलाल थापा, मुक्त बहादुर थापा, धन बहादुर राना, यमकला दर्लामी, नर बहादुर थापा, बुद्धिराम थारू, जमुना थापा, नीर बहादुर पुलामी, पत्रकार सुरज थापा मगर, रमेश थापा, ताम बहादुर पुर्जा, दिल बहादुर मकवानी, दिपक थापा, खिम बहादुर थापा, ताम बहादुर सोमै, सुजनी थारू, राम नारायण थारू, मोहन कुमाल, धर्मेन्द्र थारू लगायतका आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक राम बहादुर अस्लामीले २०७८ जनगणना प्रशिक्षात्मक अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा सैनामैना नगरपालिका भित्रका २ सय जना आदिवासी जनजाती अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रम वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर सोमरेको स्वागत तथा सचिव चन्द्रमान चौधरीको संचालनमा सम्पन्न भएको हो ।