१४ श्रावण, सियारी/तुलसी राम पौडेल
गाउनगरमा महिला स्वास्थ स्वयं सेविका ,स्वास्थ प्रवर्द्धनमा अहम भुमिका भन्ने नाराका साथ स्वास्थ प्रवर्द्धनमा महिला स्वास्थ स्वयसेविकाको भुमिका बिषयमा अन्तरक्रिया तथा ब्याग ,साइकल वितरण कार्यक्रम रुपन्देहीको सियारी गाउपालिकामा एक कार्यक्रमका बिच मंगलवार सम्पन्न भयो।
सियारी गाउपालिकाका ७ वटै वडामा कार्यरत कुल ७० जना महिला स्वास्थ स्वयं सेविकाहरुलाइ प्रोत्साहन स्वरुप प्रत्येकलाइ नगद १२ हजार रुपैया सहित एउटा साइकल ,एउटा ब्याग र डायरी सियारि गाउपालिका अध्यक्ष अयोध्या थारु ,उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई , प्रसासन प्रमुख चिरञ्जीवी गौतम ,स्टोर शाखा प्रमुख शेषनारायण अर्याल लगायतले संयुक्त रुपमा वितरण गर्नुभएको हो।
त्यसै अवसरमा बोल्दै सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले स्वस्थ शरीर नभए सम्म जिवनका हरेक पाइला अगाडि बढ्न नसक्ने हुनाले स्वस्थ सन्तती जन्माउनको लागि समुदायमा गर्भवती महिलाको स्वास्थ प्रगतिको लागि महिला स्वास्थ स्वयं सेविकाको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो। साथै गाउपालिकाले गर्भवती महिलाबाट स्वस्थ बच्चा जन्माउनको गाउपालिका अन्तरगतका स्वास्थ चौकिहरुमा ल्याब परिक्षण निशुल्क गरिएको बताउनु भयो। गाउँ पालिका उपाध्यक्ष अमृता गुरुङले नेपालमा बाल मृत्यु दर ,मातृमृत्य दर घट्नुमा महिला स्वास्थ स्वयं सेविकाको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो ।
गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मिनप्रसाद भट्टराईको अध्यक्षता,गाउपालिका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको बिशिस्ट आतिथ्यता, स्वास्थ शाखा नर्सिङ अधिकृत ललिता पुनको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा हर्नैया स्वास्थ चौकी प्रमुख प्रेम नारायण सुवेदी ,महिला स्वास्थ स्वयं सेविका मिठु पौडेल लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको संचालन स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले गर्नुभएको थियोे ।