२९ जेठ, रुपन्देही ।
रुपन्देहीको कञ्चन गाँउपालिकामा सुधारिएको चुलो पाएपछि विपन्न तथा दलित वर्गहरु हर्षित भएका छन । कञ्चन गाँउपालिका वडा नंबर ४ बसोवास गर्ने गरिबीको रेखामुनी रहेका विपन्न र दलितवर्गहरुलार्इृ लक्षित गर्दै लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उर्जा मन्त्रालयले खाना बनाउन सहज होस भन्ने उद्धेश्यले १४५ वटा सुधारिएको चुलो उपलब्ध गराएको हो । चुलो बनाउनका लागी मातृभुमी सुधारिएको चुलो प्रबद्र्धन परियोजना संस्थाले पठाएको एक समुहले वडाभित्रका मध्ये ८ जनालाई चुलो बनाउने ५ दिने तालिम दिएको थियो । ति ८ जनाको समुहले तोकिएका घरमा गई चुलो बनाईरहेका छन भने कतिपय ठाँउमा चुलो बनिसकेको छ । कञ्चन ४ निवासी रामकली थारुले प्रदेश सरकारले ल्याएको यो कार्यक्रम विपन्न वर्गका लागी निकै प्रभावकारी भएको बताउनुभएको छ । रामकली आफैले ५ दिनसम्म प्रदेश सरकारले दिएको तालिमबाट सिकेर सुधारिएको चुलो बनाउनुभएको होे ।
"यो चुलोमा खाना बनाउदा धुवाँमा बस्न नपर्ने रैछ, चिम्नीबाट धुवा बाहिर जाने र थोरै दाउरामा धेरै थरी पाक्दो रैछ, यसमा पकाउन निकै सजिलो हुनेभयो" उहाँले भन्नुभयो । पहिले एउटा माटोको चुलोमा खाना बनाउदा धुवाँले पकाउन पनि गार्हो भैइरहेको बताउदै रामकलिले सुधारिएको चुलोबाट धुवाँरहित भान्साकोठामा पकाउन पाईने भयो भन्दै खुसि व्यक्त गर्नुभएको थियो । "तालिम दिन आउनु भएको सर म्यामले चुलो बनाउन पनि सिकाउनुभयो,अब त चुलो बनाउन पर्यो भनेपनी आफै बनाउन सक्छु"रामकलिले भन्नुभयो । यो योजना आफुजस्तै गरिब वर्गका लागी निकै नै लाभदायी बनेको उहाँको भनाई छ ।
रामकली जस्तै सुधारिएको चुलो प्राप्त गर्नुभएका सचिन सुनार पनि घरमै सुधारिएको चुलो बनेपछि निकै खुसी हुनुभएको छ। २ थरी परिकार एकैचोटी पकाउन मिल्ने गरी आफैले निर्माण गरेको चुलोले दाउराको खपतसंगै धुवाँ चिम्नीबाट बाहिर गई स्वास्थ्यलाई पनि असर नगर्ने हुदाँ निकै प्रभावकारी रहेको भन्दै सचिनले चुलो उपलब्ध गराउने प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो । "सुरुमा त यो चुलोको विशेषता खासै थाहा थिएन,जब यसबारे बुझ्यौ अनि आफैले प्रयोगमा ल्यायौ, तब साच्चै नै राम्रो लाग्यो । चुलो बनाउन पनि माथीबाटै तालिम दिन आउनु भएको थियो, अब त हामिलाई सहज भएको छ"। सचिनले भन्नुभयो ।
कञ्चन गाँउपालिका वडा नं ४ ले गरेको सिफारिसका आधारमा उर्जा मन्त्रालयले आर्थिक बर्ष ०७८र७९ मा सुधारिएको चुलो कार्यक्रमका लागी बजेट छुट्याएको र सोही अनुरुप लक्षित गरिएका १४५ घरपरिवारलाई चुलो प्रदान गरिएको फोकल पर्शन नन्दबहादुर खड्काथोकीले बताउनुभएको छ । यो योजना कंचन गाउँपालिकामा निकै नै प्रभावकारी हुनेमा उहाँको विस्वास छ । "गरिब अनि बिपन्न वर्गलाई भान्सा प्रयोग गर्न सरल र सहज होस भनेर नै मैले गाउँपालिकामामा सिफारिस गरेको थिए, मेरो सिफारिसलाई गाउँपालिकाले सकारात्मक लिएर प्रदेशलाई सिफारिस गर्यो, अनि प्रदेश सरकारले यो योजना हाम्रो गाउँपालिकामा पनि सन्चालन गर्ने गरि निर्णय गरेपछी यहाँका लक्षित वर्गहरु धेरै खुसी हुनुभएको छ, आशा छ यो योजना गाउँपालिकामा प्रभावकारी बन्नेछ"। खड्काथोकिले भन्नुभयो ।
कञ्चनमा गत बिहिबार गाँउपालिका प्रमुख नवराज ढकाल र उपप्रमुख मौसमी पुन मगरले संयुक्त रुपमा उद्घाटन गरेपछि चुलो बनाउने प्रक्रिया अघि बढाईएको हो। उद्घाटन गर्दै गाउँपालिका प्रमुख ढकालले सुधारिएको चुलोले यहाँका गरिब, बिपन्न र दलितवर्गहरुको घरायसी दैनिक कामकाजमा सहजता ल्याउने बताउनुभयो। यो चुलोले छिटो छरितो, धुवाँरहित र स्वस्थ वातावरणमा खाना पकाउन मद्धत गर्ने ढकालको भनाई छ। अहिले तालिम लिएकाहरुले लक्षितवर्गका घरघरमा गई १ हप्ताभित्रै सम्पन्न गर्ने गरी चुलो बनाईरहेका छन । हाल लुम्बिनी प्रदेशका रुपन्देही सहित ६ जिल्लामा गरिब तथा विपन्न वर्गलाई मध्यनजर गर्दै सुधारिएको चुलो अभियान ल्याईएको उर्जा मन्त्रालयका भरत नेपालले जानकारी दिनुभएको छ ।
गत आर्थिक बर्ष ०७७र७८ मा प्रदेशभित्रका गुल्मीको ईस्मा र नवलपरासीको सरावल गाँउपालिका गरी २ पालिकामा यो कार्यक्रम ल्याईएको र अहिले सञ्चालित यो अभियान प्रभावकारी बन्दै गयो भने आगामी दिनमा पनि यस्तै योजनाहरु ल्याउदै जाने नेपालले बताउनुभयो ।