२५ जेठ,कञ्चन
कञ्चन अटो प्रा.लि. कञ्चन-३ रुपन्देहीको आयोजनामा एक दिने ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेकोछ। कार्यक्रमको उदघाटन कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भयो।
कार्यक्रमको उदघाटन गर्दै उपाध्यक्ष थापा मगरले अटो व्यबसायीहरुको क्षमता अभिबृद्धिका लागि संचालन गरिएको ट्राफिक नियम हरेक सवारी धनीहरुका लागि पनि समेत निकै उपयोगी रहेको बताउनु भयो। उपाध्यक्ष थापा मगरले सावरी चालक तथा सवारी धनीहरुले ट्राफिक नियमबारे सामान्य रुपमा जानकारी लिन सके दुर्घटना न्युनुिकरण हुने बताउनु भयो। स्वदेशमै आत्म निर्भर र स्वरोजगार बन्न अटो व्यबसायमा संलग्न हुनु भएका अटो व्यबसायीहरुले कञ्चनका सामान्य यात्रुहरुका लागि नजिकको सवारी साधन भएको र सहज रुपमा सेवा प्रदान गर्नु चुनौतीको बिषय रहेको बताउनु भयो। अटो व्यबसायमा महिलाहरुको सहभागिता गराउन सके महिलाहरु आत्म निर्भर बन्ने वातावरण बनाउन सुझाब दिदै महिलाहरु अटो व्यबसायमा संलग्न हुन चाहने महिलाहरुलाई गाउपालिकाले आवस्यक तालिमको व्यबस्था गरिने उपाध्यक्ष मगरले बताउनु भयो।स्वदेशमै केही गर्नु पर्छ भन्ने सोंचका साथ व्यबसायमा आबद्ध अटो व्यबसायीहरुको दिगोपनका लागि स्थानीय तहले आवस्यक योजनाहरु निर्माण गर्ने उपाध्यक्ष मौसमी थापा मगरले प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा ट्राफिक प्रहरी पोष्टका बरिष्ठ प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले ट्राफिक नियम र दुर्घटना न्युनिकरण सम्बन्धी सहजिकरण गर्नु भएको थियो भने ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख तथा प्रहरी निरिक्षक राजाराम यादबले कञ्चनको सडक अवस्था र ट्राफिक सचेतनाको अभावका कारण हुने गरेको दुर्घटना न्युनिकरणबारे जानकारी गराउनु भएको थियो।
यस्तै वडा नं.३ का वडा अध्यक्ष टिकाराम सापकोटाले आवस्यक काममा बाहेक सामान्य काम तथा बिना कारण सडकमा हिड्ने कार्यलाई कम गर्न सकेमात्र पनि सडक दुर्घटना न्युनिकरण हुन सक्ने बताउनु भयो।
दयारामा पौडेलको अध्यक्षतामा नया संचालक समिति गठन
यस्तै कञ्चन अटो प्रा.लि. कञ्चन-३ रुपन्देहीको दोश्रो अधिबेशनले दयाराम पौडेलको अध्यक्षतामा सदस्यिय नया संचालक समिति निर्वाचित गरेको छ। ६० जना सदस्य रहेको प्रा.लि.तेश्रो साधरण सभा तथा दोश्रो अधिबेशनले उक्त नया कार्य समिति निर्वाचित गरेको हो।अधिबेशनले जसको उपाध्यक्षमा मन बहादुर थापा,सचिबमा राम बहादुर बि.क. र कोषाध्यक्षमा झक बहादुर रायमाझी निर्वाचित गरेको छ।
यसैगरी देबेन्द्र थापा,सञ्जय राना, कृष्ण अधिकारी,नर बहादुर श्रीस र दिपक थापासंचालक सदस्यरुमा निर्वाचित हुनु भएको छ।यस्तै अधिबेशनले यम प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यिय ऋण परिचालन उपसमित गठन गरेको छ।जसको सदस्यमा चेत बहादुर थापा र दिपक पौडेल रहनु भएको छ।
यसैगरी पुष्पमणी पौडेलको संयोजकत्वमा ५ सदस्तयिय दुर्घटना अनुगमन उपसमिति समेत गठन गरेको छ।जसको सदस्यहरमा हिरामणी पौडेल, राम दिल प्रसाद अधिकारी र ओमनारायण कंडेल रहेका छन।
प्रा.लि.का अध्यक्ष लोक बहादुर श्रीसको अध्यक्षता,उपाध्यक्ष पुष्पमणी पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा संचालक समितिको तर्फबाट प्रा.लि.का अध्यक्ष लोक बहादुर श्रीसले कम्पनीको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष कुल बहादुर श्रीसले प्रस्तुत गर्नु भएको कम्पनीको आर्थिक प्रतिबेदन अनुमोदन भएको छ।कार्यक्रममा कञ्चन अटो प्रा.लि.को संस्थागत बिकास गर्न योगदान गर्दै आएका प्रा.लि.का सस्थापक अध्यक्ष युवराज सार्की,पुर्व सदस्य मनोज कुवँर,संचालकहरु पुष्पमणी पौडेल,दयाराम पौडेल,लिला थापा, नियमित रुपमा समयमै रुट शुल्क बुझाउने संचालक सदस्य चेत बहादुर थापा,नर बहादुर श्रीस,यम प्रसाद पौडेल,कुल बहादुर श्रीस,हिरामणी पौडेललाई सम्मान गरेको थियो।