२५ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउ कार्यापालिकाको बुधवार बसेको तेश्रो बैठकले बिभिन्न ४ समिति सहित ७ वटा बिषयगत समिति गठन गरेको छ। साथै बुधवार नै बसेको बैठकले कञ्चन गाउपालिकाको प्रवक्तामा कार्यापालिका सदस्य चित्र तुलाचनलाई नियुक्त गरेको छ।
नव नियुक्त गाउपालिकाका प्रवक्ता तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले बुधवार कञ्चन गाउपालिकाको कार्यापालिकास्तरको बैठकले गरेका निर्णयहरु जानकारी गराउनु भएको हो । प्रवक्ता तुलाचनले दिनु भएको जानकारी अनुसार न्यायिक समिति,राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरेको हो । यस्तै बैठकले ७ वटा बिषयगत समिति अन्तर्गत सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकाश समिति, आर्थिक बिकास समिति, सामाजिक बिकास समिति, पुर्वाधार विकास समिति, विपद व्यवस्थापन समिति, विपद व्यवस्थापन समिति, बिधेक समिति र बन तथा वातावरण संरक्षण समिति गठन गरेको हो ।
न्यायिक समितिको संयोजकमा उपाध्यक्ष मौसमी थापा मगर, सदस्यहरुमा ्त्रिवेणी थारु र सदस्य शुसिला थापा रहनु भएको छ भने राजस्व परामर्श समितिको उपाध्यक्ष मौसमी थापा मगर र सदस्यहरुमा रञ्जना थारु, कुल प्रसाद पौडेल र सदस्य सचिव काशीराम पन्थी रहनु भएको छ। यसैगरी स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको संयोजकमा अध्यक्ष नवराज ढकाल, सदस्यहरुमा उपाध्यक्ष मौसमी थापा मगर, टेक बहादुर गुरुङ, टिकाराम सापकोटा, चित्र लाल तुलाचन र कुमारी घति मगर हुनुहुन्छ भने सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी रहनु भएको प्रवक्ता चित्र तुलाचनले जानकारी दिनु भयो । यस्तै उपाध्यक्ष मौसमी थापा मगरको संयृाजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ । जसको सदस्यमा विषयगत क्षेत्र हेर्ने संयोजकहरु, योजना प्रमुख योजना महाशाखाका प्रमुख र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी हुनुहुन्छ।
बैठकले विषयगत समिति अन्तर्गत वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाको संयेजकत्वमा ४ सदस्यिय सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकाश समिति गठन गरेको छ। सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकाश समिति सदस्य भरत लाल यादव, सदस्य इन्दिरा गौतम र सदस्य सचिवमा सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ। यसैगरी आर्थिक बिकास समितिको संयोजकमा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री हुनुहुन्छ भने सदस्यमा अम्बिका पुन, लेख नाथ ढकाल र सदस्य सचिवमा सम्बन्धित शाखाका शाखा प्रमुखलाई नियुक्त गरिएको छ। सामाजिक बिकास समितिको संयोजक चित्र लाल तुलाचन, सदस्य खगिसरा शर्मा, रञ्जना थारु र सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ।
पुर्वाधार विकास समितिको संयोजकमा वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, सदस्य तुल बहादुर गुरुङ, सुक माया दर्जि र सदस्य सचिव सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ। यसैगरी विपद व्यवस्थापन समितिमा कार्यापालिका सदस्य शुशिला थापालाई संयोजकमा नियुक्त गरिएको छ भने सदस्यहरुमा दिपक अधिकारी, शान्ति माया थापा बिक र सदस्य सचिव सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ।कुमारी घर्ति मगरको संयोजकत्वमा बिधेक समिति गठन गरेको छ। जसको सदस्यहरुमा त्रिवेणी थारु, कुल बहादुर थापा र सदस्य सचिवमा सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ भने वडा नं. १ वडा अध्यक्ष हरि नारायण थारु संयोजक रहेको बन तथा वातावरण संरक्षण समितिको सदस्यमा श्रीमाया नेपाली, दिपक अधिकारी र सदस्य सचिव सम्बन्धित शाखाका शाखा प्रमुख रहने व्यबस्था रहेको छ।
बुधवार बसेको बैठकले कञ्चन गाउपालिकाको प्रवक्तामा कार्यापालिका सदस्य चित्र लाल तुलाचनलाई नियुक्त गरेको छ।