२७ असार,लुम्बिनी ।शसी पन्थी
लुम्बिनी सांस्कृतिक नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन । रुपन्देही जिल्लाका १५ वटा पालिकाको बजेट आइसक्दा लुम्बिनी सांस्कृतिक नगरपालिकाको बजेट आपसि बिवाद हुँदा आउन सकेको छैन ।
नगर प्रमुख मनमोहन चौधरी र उप–प्रमुख जानकिदेवी श्रीवास्तवका बिचमा आ–आफ्नो ठाउँमा धेरै बजेट पार्ने होडबाजी हुँदा नगरको बजेट प्रस्तुत हुन नसकेको हो ।
नगर परिषदमा नगर प्रमुख मनमोहन चौधरी अल्मत र उप–प्रमुख जानकिदेवी श्रीवास्तवको बहुमत हुँदा नगर परिषद रोकिएको जानकारहरु बताउँछन् । नगर प्रमुखले बिगतमा जस्तै आफ्नो क्षेत्रमा धेरै बजेट र उप–प्रमुखको क्षेत्रमा कम बजेट पार्न खोजेका कारण विवाद भएको छ एक स्थानिय जानकारले भने ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वटा वडाका वडा अध्यक्षहरु अन्तर्गत १।१ करोड बजेट दिने सहमती भएको छ । स्थानिय उप–प्रमुख निकटका एकजनाले भने, नगरमा साढे सात करोड बजेट बचेको छ जसमा प्रमुखले ४ करोड र उपप्रमुखले ३ करोड आ–आफ्नो क्षेत्रमा खर्च गर्ने गरि बाँडौ भन्दा नगर प्रमुख मनमोहन चौधरीले एकलौटि गर्न खोज्दा बजेट अन्योल भएको छ । ४ करोड प्रमुखले चलाए पनि उपप्रमुखले ३ करोड आफ्नो क्षेत्रमा खर्च गर्न पाउनुपर्ने उप प्रमुख जानकीदेवी श्रीवास्तवको माग रहेको छ ।
यहि असार १ गते नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भई पास भएपनि बजेटको सबै काम सकिए पनि बजेट प्रस्तुत गर्ने समयको कुनै निश्चीत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीले बताए ।
असार १० गते सम्म बजेट ल्याउनुपर्ने होइन र भन्ने प्रश्न गर्दा आउनु त पर्ने हो हामीले पेश गरेका छौँ यो विषयमा नगरप्रमुखलाई सोध्नुहोस न भन्दै नगर प्रमुख र उप–प्रमुख बिचमा गत वर्षको जस्तो कुनै विवाद नभएको रेग्मीले बताए ।
प्रोसेस नै ढिला भएको छ, समय दिनुपर्यो छलफलमा बस्नु पर्यो अनि बल्ल हुन्छ नि रेग्मीले भने यति गते नै बजेट आउँछ भन्ने बारेमा कुनै टुंगो नभएको बताए ।
गत वर्ष नगर प्रमुख र उपप्रमुख बिच विवाद हुँदा बजेट आउन ढिलाई भएको थियो । यो वर्ष पनि आपसी सहमती नहुँदा बजेट समयमा आउन नसकेको हो । आपसि सहमती हुन नसक्दा बजेट प्रस्तुत गर्ने समय अनिश्चीत हुन पुगेको छ ।