२३ जेठ,कञ्चन
आप्रवासन असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाब न्युनिकरणका लागि सामुदायिक अगुवाहरुसंग अन्तरकृया गरिएको छ।
स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने नारा सहित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत कञ्चन गाउपालिकाका ५ वटै वडाका टोल बिकास संस्थाका प्रतिनिधीहरु र समुदायका अगुवाहरुका बिच सुरक्षित बैदेशिक रोजगार र त्यसबाट हुने सामाजिक बहिस्करण तथा फरभावका बारेमा अन्तरकृया गरिएको हो।
कार्यक्रममा महिला वा पुरुष दुबैले बैदेशिक रोजगारमा जानु पुर्ब बैदेशिक रोजगारमा जादा हुन सक्ने जोखिम,मेनपावरहरुबाट हुने ठगी, सीप बिनाको बैदेशिक रोजगारीमा हुने समस्याहरुका बारेमा सही सूचना सम्प्रेषणबारेमा जानकारी गराइएको थियो। यस्तै कार्यक्रममा श्रीमान वा श्रीमती बिदेश जांदा समाजले हेर्ने दृष्टिकोण, बैदेशिक रोजगारीबाट आएको आम्दानीको सुरक्षा र उपयोग, बैदेशिक रोजगारीमा जानू पुर्ब लिनु पर्ने सीपका बारेमा जानकारी गराइएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गाउपालिकामा रहेको बेरोजगारी समस्यालाई समाधान गर्न आगामी नीति योजना तथा कार्याक्रममा समावेश गरि निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । सकेसम्म गाउपालिका भित्र रोजगारी सृजना गर्न कृषि, लघुउधम, पशुपालन तथा आत्मनिर्भर व्यबसाय प्रबद्र्धन गर्नमा प्रोत्साहन गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै उपाध्यक्ष थापा मगरले बैदेशिक रोजगारमा जाने युवाहरुलाई सिप बिकासमा जोड दिन तालिमको व्यबस्था गरिने बताउनु भयो ।
गाउपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सीता पन्थले गर्नु भएको थियो भने रोजगार संयोजक ईश्वरी ज्ञवालीले कार्यक्रम संचालन गर्नु भएको थियो