१६ जेठ, कञ्चन
मगरहरुको परमपरागत खानाको संरक्षण र प्रबद्र्धनका लागि रुपन्देहीको बुटवलमा स्थापना गरिएको मगर किचनको शाखा दांगको जखेरातालमा समेत स्थापन गरिएको छ। बि.सं. २०७६ मा मगर संस्कृति सहितको मगर भान्छालाई संरक्षण र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ बुटवल उप महानगरपालिका वडा नं.९ मा स्थापना गरिएको थियो ।
मगर जातीले अदिमकाल देखि प्रयोग गर्दै आएको खानाको परिकार,भाषा, कला र संस्कृति बिस्तारै हराउदै गइरहेको सन्दर्भमा रुपन्देही जिल्ला कञ्चन गाउपालिकाका सञ्जय काउछा मगरले मगर खानलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी ब्राण्डको रुपमा स्थापित गर्न मगर किचन नामक परमपरागत भान्छा घर स्थापना गर्नु भएको।
यसैक्रमम सञ्जय काउछा मगरले मगर किचनको पहिलो शाखाको रुपमा दांग जिल्लामा बिस्तार गर्नु भएको हो । दांगको जखेरातालमा स्थापना गरिएको मगर किचनको शुभारम्भ लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी बिकास मन्त्री श्री दिल्ली चौधरीले एक कार्यक्रम बिच सांस्कृतिक भान्छा घर किचन तगारो खोली उद्घाटन गर्नु भएको हो।

सांस्कृतिक भान्छाघर मगर किचनको शुभारम्भ गर्दै पर्यटन, ग्रामीण तथा सहरी बिकास मन्त्री श्री दिल्ली चौधरीले यस मगर किचनले मगर खाना , कला , संस्कृति र परम्परालाई संरक्षण र प्रबर्द्धन गर्नमा महत्वपुर्ण भुमिका खेल्ने र अन्य समुदायलाई पनि उनिहरुको खाना , कला , संस्कृति र परम्परालाई संरक्षण र प्रबर्द्धन गर्नमा प्रोत्साहन गर्दै जाने बिश्वास व्यक्त गर्नु भयो ।
यस्तै कार्यक्रममा लमही नगरपालिकाका मेयर जोग नारायण चौधरी , उपमेयर सावित्री योगी , वडा नं ३ का वडा अध्यक्ष मनोज चौधरी , जखेरा ताल संरक्षण समितीका राम के.सी, देउखुरी बाणिज्य संघका अध्यक्ष, होटल व्यावसायी संघ लमहीका अध्यक्ष, मगर पण्डित (वापा) बलभद्र कुसरी मगर लगायतको उपस्थिती रहेको थियो।
दांगको पर्यटकिय स्थल जखेरा तालमा स्थापना गरिएको सांस्कृति भान्छाघर मगर्स किचनका साझेदार संचालकहरु खिम राना, राजु राना, सुनिता बिरकोटी, मीरा दर्लामी र मालिक छन्त्याल हुनुहुन्छ। मगर किचनमा कोदो ढिडो, जौको ढिडो, सिस्नु, सेलरोटी, बटुक रोटी(बारा), फापरको रोटी, घरैमा बनाएको कोदो, मकै, जौ लगायतको बिशेष रक्सी, दुध, दही, घ्यू, बंगुरको मासुको परिकार, आँटो,सिंकीको (गुन्द्रुक)झोल, छोप, कोदोको म.म. लगायत परमपरागत मगर खानाका परिकारहरुको खान पाइन्छ।

पछिल्लो समय प्रचार प्रसारका कारण परमपरागत खानाको निकै उत्साहजनक देखिएको छ। मगर्स किचन एउटा परम्परागत नेपाली घरमा परम्परागत नेपाली खाना, विशेषत मगर खाना पाइने परमपरागत तथा सांस्कृतिक भान्छाघर हो । यस मगर किचनको परिकल्पना करिब १ दशक निजी विधालय संचालन गरी १० बर्षे जनयुद्धका कारण बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा पुन १० बर्ष बिताएर स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेशयका साथ नेपाल फर्केका रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ५ का सञ्जय काउछा मगर हुनुहुन्छ। वहाँ नेपाली साहित्याकाशका साहित्यिक नक्षेत्रको रुपमा पनि स्थापित भइसक्नु भएको छ। काउछा मगरले जिन्दगी नामक कथा संग्रह समेत प्रकाशित गरिसक्नु भएको छ। वहाँ चलचित्रकर्मी समेत हुनुहुन्छ।