#जगिलाल थापा
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा वडा देखि गाउपालिकाको नेतृत्व गर्न चाहने आकांक्षी उमेद्वारहरुको घेरामा प्राय सबै दलहरु परेका छन। बिशेषगरी सांगठनिक रुपमा ठूला शासक दलमा स्थापित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी लगायत दलहरु आकांक्षी उमेद्वारहरुको घेरामा परेका हुन।
खासगरी कञ्चन गाउपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र यस्तो घेराबन्दीमा परेका हुन । पार्टीमा लामो समयदेखि सांगठनिक रुपमा कार्य गर्दै आइरहेका युवा तथा पुराना स्थानिय नेताहरुले स्थानिय तहको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरे पछि ती दलहरुलाई उमेद्वार छनौटमा समस्या परेको हो।
बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि यही बैशाख १२ र १३ गते उमेद्घारी दर्ता गर्ने समय रहेको छ। उमेद्घारको नाम दर्ता गर्ने समय नजिकै गर्दा दलहरुले कुन आकांक्षी उमेद्घारलाई टिकट दिएमा आफ्नो दलले जित्छ भन्ने आंकल गर्न नसक्दा ती दलका आकांक्षी उमेद्वारहरुले आफुलाई योग्य र प्रतिपक्षी उमेद्घारका कडा प्रतिस्पधी उमेद्घारको रुपमा घोषित गर्दै आएका छन।
दल भित्र उमेद्वार छनौटमा सकस भएपछि स्थानिय पार्टी समितिले जिल्लामा आकांक्षी उमेद्घारहरुको नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गाउपालिकाको अध्यक्ष पदमा उमेद्वार हुन आकांक्षा व्यक्त गरेका ७ जनाको नाम जिल्ला समितिमा सिफारिस गरेको छ। यस्तै सत्तारुद्ध दल नेपाली कांग्रेसले ६ जनाको नाम सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्रमा भने आकांक्षी उमेद्घार धेरै नभएका कारण नेकपा माओवादी केन्द्रलाई उमेद्वार छनौटमा कुनै समस्या देखिदैन। नेकपा माओवादी केन्द्रले यदि गठबन्धन नभई एक्लै चुनाव लड्नु परेमा अध्यक्ष पदमा पुष्पारज शर्मा र उपाध्यक्ष पदमा कुमारी घर्ति मगरलाई अगाडी सारेको छ।
बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा गाउपालिकाको अध्यक्ष पदमा उमेद्वार हुन आकांक्षा राखेर उमेद्घार छनौटमा सकस पुराएका आकांक्षी उमेद्घारहरुको संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेस
राम बहादुर थापा, सभापति, क्षेत्र नं. ५ (क)
नेपाली कांग्रेसका युवा नेता राम बहादुर थापाले बैशाख ३० गतेको चुनावमा कञ्चन गाउपालिकाको अध्यक्ष भई नेतृत्व गर्ने आकांक्षा सहित उमेद्वारीको दावेदारी गरेका छन। कांग्रेस भित्र कञ्चनको अध्यक्ष हुने आकांक्षा सहित सो पार्टीका जिल्ला सदस्य नवराज ढकाल, कञ्चन उपसभापति दुर्गासिंह क्षेत्री, प्रेम पोख्रेल, धन बहादुर खत्री र जिल्ला सदस्य डोल बहादुर थापाले समेत उमेद्घारीको दावी गर्दै आएका छन।
नेपाली कांग्रसको वडा समिति हुदै क्षेत्रिय सचिव,क्षेत्रिय सभापतिको जिम्मेवारी सम्मालेका थापा नेपाली कांग्रेसका इमान्दार र पार्टी सिद्धान्त प्रति अडिग कार्यकर्ता हुन। निस्थाको राजनितीलाई प्राथमिक विश्वास गर्दै आएका थापाले यस भन्दा अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि अध्यक्ष पदको उमेद्वारी दावी गरेका थिए। तर अन्तिममा डोल बहादुर थापालाई टिकट दिलाएका थिए । कञ्चनको भौगोलिक अवस्थाको राम्रो अध्ययन भएका थापाले २०७४ को स्थानिय तहको चुनावमा निर्वाचित जनप्रतिनधिहरुलाई योजना निर्माण र गाउपालिकालाई आर्थिक रुपमा सवल बनाउन आन्तरिक कर निर्धारणमा महत्वपुर्ण भुमिका खेलेका थिए ।
स्थानिय तहको वडा स्तरबाटै नेपालीको कांग्रेसको राजनीतिमा सक्रिय हुदै आएका थापाले यस पटकको स्थानिय तहको चुनावमा नेपाली कांग्रसको तर्फबाट प्रतिपक्षी दलहरुका लागि समेत बलियो उमेद्घार बन्न सक्ने क्षमता राख्छन। यसर्थ पनि स्थानिय तहको चुनावको घोषणा भएसंगै नेपाली कांग्रेस भित्र आफुलाई बलियो उमेद्वारको रुपमा प्रस्तुत हुदै आएका छन। थापाले बाहेक कांग्रेस भित्रबाट अन्य ५ जनाले पनि उमेद्घारी दावी गर्दै आएका कारण स्थानिय तहका समितिले निर्णय लिन नसक्दा नेपाली कांग्रेसले ६ जनै आकांक्षी उमेद्घारहरुको नाम जिल्ला समितिमा छनौटका लागि पठाएको छ।
प्रेम पोख्रेल
नेपाली कांग्रेसको १४ औं महाधिबेशनको समयमा देबिराम रेग्मीसंग फराकिलो मतान्तरले नेपाली कांग्रेस, कञ्चनको सभापति पदमा पराजित प्रेम पोख्रेलले समेत कञ्चन गाउपालिकाको अध्यक्ष भएर नेतृत्वगर्ने चाहना सहित नेपाली कांग्रेसबाट बलियो उमेद्वारको रुपमा प्रस्तुत हुदै आएका छन। नेपाली कांग्रेस, कञ्चनको सभापति पदमा पराजित भएपछि पार्टीको खास जिम्मेवारीमा नरहेका पोख्रेल नेपाली कांग्रेसका इमान्दार र त्यागी कार्यकर्ता हुन। कञ्चनमा कांग्रेसलाई जिवन्त राख्न स्थानिय तहमै रहेर कार्य गर्दै आएका पोख्रेलले यस भन्दा अघिको स्थानिय तहको चुनावमा पनि उमेद्घारी दावी गर्दै आएका थिए । अघिल्लो चुनावमा डोल बहादुर थापालाई साथ दिएका पोख्रेलले यस पटक उनै डोल बहादुर थापालाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन। आफु नै नेपाली कांग्रेसको तर्फबाट योग्य उमेद्वार भएको दावी गर्दै नाम फिर्ता नलिए पछि नेपाली कांग्रेस आकांक्षी उमेद्वारहरुको घेरामा परेको हो ।
धन बहादुर खत्री
न्यायिक क्षेत्रमा कानुनी व्यबसाय संचालन गर्दै आएका धन बहादुर खत्री पनि नेपाली कांग्रेसको १४ औ महाधिबेशनमा कञ्चनको सचिव पदमा पराजित भएका थिए । बुटवलमा कानुनी व्यबसाय संचालन गर्दै आएका खत्रीले यस पटकको स्थानिय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दावी गर्दै कञ्चनको नेतृत्व गर्ने इच्छा गरेका छन। स्थानिय तहमा कानुनी ज्ञान समेत भएको व्यक्तिले नेतृत्व गरेमा स्थानिय तहबाट भए गरेका कार्य र हुने कुनै पनि कार्यहरुको कानुनी जटिलतालाई समेत किनारा लाउन र कानुनले प्रदत्त गरेका कार्यहरु बाहेक गैर कानुनी निर्णयलाई समेत प्रबेश गर्नबाट रोक्न सहज हुने कुरालाई ध्यान दिदै धन बहादुर खत्रीले अध्यक्षको दावी गरेका हुन। नेपाली कांग्रेस सम्बद्ध कानुन व्यबसायीमा रहेर कानुनी संघर्ष गर्दै आएका खत्री अन्य प्रतिपक्षी दलका उमेद्वारहरुका लागि नेपाली कांग्रेसका तर्फबाट सशक्त र बलियो उमेद्घारको रुपमा आफुलाई प्रस्तुत गर्दै आएका छन। खत्रीले पनि आफुलाई योग्य उमेद्वारको रुपमा प्रस्तुत गरेकै कारण पार्टीले कुनै पनि आकांक्षीलाई उमेद्वारी फिर्ता गराउन नसक्दा नेपाली कांग्रेसलाई कञ्चन गाउपालिकाको अध्यक्ष पदको उमेद्वार छनौट गर्न सकस परेको हो ।
डोल बहादुर थापा
बि.सं. २०७४ को स्थानिय तहको चुनावमा अन्य आकांक्षी उमेद्वार हरुलाई मनाएर नेपाली कांग्रेसको तर्फबाट सर्बसम्मत कञ्चन गाउपालिकाको अध्यक्ष पदका उमेद्वार बन्न सफल डोल बहादुर थापाले यस पटकको चुनावमा पनि आफुलाई बलियो उमेद्वार को रुपमा दावी गरेका छन। गोकर्ण बहाुर क्षेत्रीसंग ८ सय १० मत अन्तरले पराजित भएका थापाले यस पटक प्रतिपक्षी उमेद्वारलाई उक्त पराजयको स्वाद चखाउन चाहन्छन। बरु गठबन्धन गरेरै भएपनि चुनावी मैदानमा उत्रिन तयार भएका थापाले कांग्रेसको तर्फबाट साझा उमेद्वार भएमा आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा जित्ने पक्का गरेका छन। निर्माण व्यबसायी समेत रहेका थापाले यस पटकको चुनाव जित्न हरेक क्षेत्रमा सहयोग गर्ने र युवाहरुलाई उत्साहति गर्दै आएका छन। आम मतदाताको घर घरमा गएर चुनावी प्रचारलाई तिव्रता र आक्रमक रुपमा लगेर भएपनि यस पटकको चुनाव नेपाली कांग्रेसको पक्षमा पार्ने योजना सहित थापाले उमेद्घारीको दावी गरेका हुन। एक पटक पराजित भएपनि पुन उमेद्वारी दिएर जनता माझ पुगेर आफुले परिक्षण हुन चाहेकै कारण उमेद्घारी फिर्ता नलिएकै कारण नेपाली कांग्रेसलाई सहज रुपमा उमेद्वार छनौट गर्न सकस परेको हो ।
नवराव ढकाल
नेपाली कांग्रेसका युवा तथा शैक्षिक व्यक्तित्वको रुपमा स्थापित ढकालले हरैया माध्यमिक विधालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्मालेर आफुलाई अव्वल नेतृत्व सावित गरिसकेका छन। नेपाली कांग्रेसको विधार्थी आन्दोलनबाट राजनैतिक यात्रा तय गरेका ढकालले साबिक रुद्रपुरमा पहिलो पटक दुर सञ्चार भित्राएर सञ्चार सुबिधा उपलब्ध गराएका थिए। पछिल्लो समयमा आम मतदातासंग उनको प्रत्यक्ष सम्पर्क नभएपनि कञ्चनमा पहिलो स्टेशनरी र सञ्चार सेवा प्रदान गरेका ढकाललाई आम मतदाता बिच परिचित हुन सहज हुने छ। आफुलाई नेपाली कांग्रेसका अन्य आकांक्षी उमेद्वारहरु भन्दा राजनैतिक, शैक्षिक र सामाजिक रुपमा सवल उमेद्घारको रुपमा दावी गर्दै आएका ढकालले कञ्चनको समानुपातिक बिकासलाई प्राथमिकता दिन चाहान्छन। यदि नेपाली कांग्रेसको तर्फबाट सर्बसम्मत उमेद्वार भएमा प्रतिपक्षी दलको उमेद्घारका लागि कडा प्रतिस्पधीको रुपमा दर्ज गर्न सक्ने क्षमता भएका व्यक्ति हुन नवराज ढकाल। पछिल्लो समय काठमाण्डौमा रहेर प्रकाशन गृह सञ्चालन गर्दै आएका नवराज ढकालले स्थानिय तहमा रहेर राजनैतिक, सामाजिक, शैक्षिक आर्थिक बिकासलाई योजनाबद्ध रुपमा योजना सञ्चालन गर्ने उद्धेश्यका साथ नेपाली कांग्रेसको १४ औं महाधिबेशनको समयमा गाउ फर्केका थिए । प्रकाशन गृह तथा स्टेशनरी व्यबसायीको तर्फबाट देशका बिभिन्न स्थानिय तहहरुमा पुगेर ती ठाउहरुको बिकास र स्थानिय तहका प्रमुख तथा जनप्रतिनीधिहरुको अनुभवहरुलाई राम्रोसंग अध्ययन र अनुभव संगालेका छन। तिनै अनुभवहरुलाई कञ्चनको बिकासमा उपयोग गरेर सफल नेतृत्व सावित गर्न आफुले नेपाली कांग्रेसको तर्फबाट बलियो उमेद्वारको रुपमा दावी गर्दै आएका छन।
दुर्गा सिंह क्षेत्री
नेपाली कांग्रेसका तर्फबाट कञ्चन गाउपालिका वडा नं. ४ मा विजयी एक मात्र वडा अध्यक्ष हुन दुर्गा सिंह क्षेत्री। कञ्चनको ५ वडा मध्ये ४ वडामा नेकपा एमालेका सबै प्यानल विजयी हुंदा वडा नं. ४ मा नेकपा एमालेका प्रत्यासी उमेद्घार नाम बहादुर के.सी.लाई ९ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसका तर्फबाट दुर्गा सिंह क्षेत्री वडा अध्यक्ष भएका थिए । युवाहरुको चाहना र आकांक्षा बमोजिम नेपाली कांग्रेसले युवा उमेद्घार दुर्गा सिंह क्षेत्रीलाई अगाडी सारे पछि कांग्रेसलाई सफलता मिलेको थियो । वडा अध्यक्षमा विजयी भएपछि हौसिएका क्षेत्रीले आफुलाई कञ्चनको नेतृत्व गर्ने आकांक्षी भई नेपाली कांग्रेसको तर्फबाट कञ्चन गाउपालिकाको अध्यक्षको पदमा उमेद्वारी दावी गरेका हुन। आम युवाहरुको चाहना अव गाउपालिकाको नेतृत्व युवाहरुको हुनु पर्छ भन्ने मागलाई सम्बोधन गर्न कञ्चनको दिगो बिकासको अवधारणालाई मुर्त रुप दिन आफुले उमेद्वारीको दावी गरेको दुर्गा सिंह क्षेत्रीले बताएका छन। नेपाली कांग्रेसका तर्फबाट बलियो उमेद्वारको रुपमा प्रस्तुत भएका क्षेत्रीले वडा अध्यक्षको जिम्मेवारी सम्मालेर अनुभव संगालेकै कारण कञ्चनको समग्र बिकासमा दिर्घ कालिन र दिगो बिकासका आधारमा योजना बनाई कार्यान्वयन गर्न आफु सवल र सक्षम भएको दावीका साथ पार्टीमा आफुलाई अध्यक्ष पदको सर्बसम्मत उमेद्वाार बनाएर चुनावी मैदानमा अगाडी सार्न पार्टीका अग्रज नेता तथा कार्याकर्ताहरुलाई आग्रह गर्दै आएका छन।
नेकपा एमाले
नेकपा एमालेलाई पनि आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा कसलाई उमेद्वार बनाएमा प्रतिपक्षी दलका उमेद्वारहरुलाई सहजै पराजित गर्न सक्छ भन्ने अनुमान गर्न सकेको छैन। अव कञ्चनलाई हाँक्न नेकपा एमालेका तर्फबाट ८ जना आकांक्षीहरु अगाडी सरेका छन। नेकपा एमालेबाट गोकर्ण बहादुर क्षेत्री, भरतमणी सापकोटा, दिनानाथ आचार्य, लेखनाथ पौडेल, धनकुवेर बुढाथोकी, बावुराम पौडेल, केशव सुवेदी र ओम प्रकाश शर्माले गाउपालिकाको अध्यक्ष पदको आकांक्षी उमेद्वारको रुपमा अघि सरेका छन। ती सबै आकांक्षी उमेद्वारहरुले नाम फिर्ता नलिए पछि नेकपा एमाले कञ्चनलाई साझा उमेद्वार छनौट गर्न सकस परेको छ। स्थानिय तहमै साझा उमेद्वार छनौट गर्न नसकेपछि सबैको नाम जिल्ला समितिमा सिफारिस गरेको छ। सबैले आफुलाई उमेद्घार बनाउन जिल्ला समितिका पदाधिकारी र केन्द्रमा समेत लविङ्ग गरिरहेका छन।
नेकपा एमालेको तर्फबाट कञ्चन गाउपालिकाको अध्यक्ष पदका आकांक्षी उमेद्वारहरु को को छन? कसले पाउला त टिकट?
गोकर्ण बहादुर क्षेत्री
नेकपा एमालेका तर्फबाट दोश्रो पटक कञ्चन गाउपालिकाको अध्यक्ष पदका लागि उमेद्वारी दावी गरेका गोकर्ण बहादुर क्षेत्री संघिय गणतन्त्र पछि पहिलो पटक भएको स्थानिय चुनावमा निर्वाचित अध्यक्ष हुन। बि.सं. २०७४ को स्थानिय तहको चुनावमा हरैया माध्यमिक विधालयमा करिब २७ बर्ष लामो शिक्षण पेसाबाट राजिनामा दिइ नेकपा एमालेका तर्फबाट उमेद्वरी दिएका थिए। पहिलो चुनावमा निर्वाचित भई हौसिएका क्षेत्रीले यस पटकको चुनावमा सहजै चुनाव जित्न सक्ने आत्मवल सहित पुन अध्यक्षमा प्रतिस्पर्धा गर्ने आकांक्षा व्यक्तगरी उमेद्वारीको दावी गरेका हुन।
पार्टी र आम मतदाता बिच बलियो पकड कायम गरेका क्षेत्रीले उमेद्वारी पाएमा दोश्रो पटक कञ्चन गाउपालिकाको अध्यक्षमा जित्ने प्रवल सम्भावना रहेको छ। तर पाटी भित्र धेरैको आकांक्षा भएपछि सर्बसम्मत हुन नसकेका क्षेत्रीले जिल्ला समिति देखि केन्द्र सम्म आफुलाई टिकट दिलाउन कम्मर कसिरहेका छन। क्षेत्रीलाई गाउ समितिबाट उमेद्वारी टुङ्गाएको भन्दा केन्द्रमा आकांक्षीहरुको नाम सिफारिस गभएकोमा सहज महसुस गरेका छन। स्थानियमा भन्दा केन्द्रमा उनको पहुंच भएका कारण पनि आफ्नो पक्षमा टिकट हात पार्न सहज हुने देखिन्छ क्षेत्रीलाई । यसभन्दा अघिको चुनावमा केन्द्रबाटै टुङ्गो लागेका कारण क्षेत्रीले यस पटक पनि टिकट पाउने बलियो सम्भावना देखिएको छ। यदि क्षेत्रीले टिकट पाएमा आफु गाउपालिकाको अध्यक्ष हुदा आफ्नो नजिक र पार्टी केन्द्रित बजेट वितरण गरेका कारण उनको जित सुनिश्चित देखिन्छ।
भरतमणी सापकोटा
नेकपा एमाले, कञ्चनका पुर्व अध्यक्ष तथा पार्टी सचिवको जिम्मेवारी सम्माल्दै पार्टीको इन्चार्जको जिम्मेवारी पाएका भरतमणी सापकोटाले यस पटक आफुले टिकट पाउनु पर्ने दावी गर्दै आएका छन। यस भन्दा अघिको चुनावमा गोकर्ण बहादुर क्षेत्रीलाई मौका दिएको र उनलाई र पार्टीलाई जिताउन सम्पुर्ण पार्टीको शक्ती परिचालन गरेको र त्यसको जस र मुल्यांकन अवको चुनावमा टिकट दिलाएर गर्नु पर्ने दावी सहित सापकोटाले उमेद्वारी दावी गरेका हुन। बिधार्थी राजनितीबाट राजनैतिक यात्रा शुभारम्भ गरेका सापकोटाले पार्टीका तर्फबाट विजयी कञ्चनका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बनाएका योजनालाई निरन्तरता दिदै समृद्ध कञ्चन निर्माण गर्नमा आधार स्तम्भ तयार गर्ने योजना सहित आफुले अध्यक्षमा उमेद्वारको दावी गरेका हुन।
कृषि, पर्यटन, उत्पादनसंग जोड्न लघु उधमको व्यबस्थित बिकास, रोजगार र स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा दिगो बिकासका योजना सहित उमेद्घारीको दावी गर्दै आएका सापकोटाले यस पटकको स्थानिय तहको चुनावमा जसरी पनि आफ्नो हातमा टिकट हत्याउन स्थानिय तहका समितिका पदाधिकारी, जिल्ला समिति र केन्द्रमा समेत लविङ्ग गरेका छन। नेकपा एमालेको जिल्ला सदस्य तथा रुपन्देही क्षेत्र नं. ५को सचिव समेत रहेका सापकोटाले यस पटक टिकट पाउने बलियो सम्भावना रहेको छ। यस अघिको चुनावमा गोकर्ण बहादुर क्षेत्रीलाई साथ दिएका कारण अहिले गोकार्ण बहादुर क्षेत्रीले आफुलाई भरपुर सहयोग र समर्थन गर्नेमा विश्वास गरेका छन। यदि आफुले टिकट पाएमा पार्टीलाई जिताउन कुनै पनि कसर बांकी नराख्ने दम लिएका सापकोटाको पक्षमा पनि राम्रो जनमत देखिन्छ।
दिनानाथ आचार्य
नेकपा एमाले, कञ्चन गाउ कमिटीका अध्यक्षको जिम्मेवारी सम्मालेका दिनानाथ आचार्यले आफु पार्टीको अध्यक्ष समेत भएकोले कञ्चनको अध्यक्ष पदमा स्वतः उमेद्वारी पाउनु पर्ने दावी गरेका हुन। बिभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरेर सफलता प्राप्त गरेका आचार्य पार्टी भित्र सोझा र इमान्दार कार्याकर्ताका रुपमा चिनिन्छन। सकेसम्म सबैको सहमती र समर्थनमा नेतृत्व लिन चाहा राख्ने व्यक्तिका रुपमा परिचित आचार्यलाई यस पटक टिकट दिएमा उनको योगदानको समेत कदर हुने देखिन्छ। सामाजिक रुपमा स्वच्छ छवि बनाएका आचार्यले टिकट पाएमा यस पटकको चुनाव नेकपा एमालेको पक्षमा आउने आंकलन गर्न सकिन्छ। सकेसम्म पैसा खर्च गरेर चुनाव लड्न हुन्न भन्ने मान्यता रहेका आचार्यको यही कमजोरीका कारण पार्टीले चुनाव जित्न सक्दैन कि भन्ने नेकपा एमालेले अनुमान गरेका कारण उनले टिकट पाउन सक्ने सम्भावना कम देखिएको छ। यधपी आफ्नो पक्षमा टिकट हात पार्न आचार्यले हरसम्भव प्रयासलाई कमी देखाएका छैनन।
धनकुवेर बुढाथोकी
नेकपा एमाले, कञ्चन गाउ कमिटीका इन्चार्जको जिम्मेवारी पाएका धनकुवेर बुढाथोकीले पनि पार्टी भित्र पुरानो कार्यकर्ता र समग्र कञ्चनको बिकास योजनामा प्रत्यक्ष संलग्न भई जनप्रतिनीधिहरुलाई साथ र सहयोग गर्दै आएका कारण देखाउदै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बलियो उमेद्वारको रुपमा दावी गर्दै आएका छन। ६० प्रतिशत भन्दा बढी जनजाती तथा आदीवासीहरुको जनसंख्या भएको र उनिहरुको प्रतिनीधित्व समेत गर्न आवस्यक रहेको भन्दै यस पटक आफुलाई अध्यक्ष पदमा सर्बसम्मत उमेद्वार बनाउन पार्टी भित्र आग्रह गर्दै आएका छन। यस पटक मेरो आकांक्षा पहिलो र अन्तिम भएकोले पार्टीमा गरेको योगदानको मुल्यांकन गर्दै जेष्ठता र बरियातको आधारमा मलाई टिकट दिए कञ्चनमा फेरी पनि नेकपा एमालेको जित सुनिश्चित भएको दावी गर्दै उमेद्वारीको दावी गरेका हुन।
पुर्व सांसद स्वार्गिय रामनाथ ढकालको स्वकिय सचिव रहेर समग्र क्षेत्र नं. ५ को बिकासको योजना निर्माण गरी समानुपातिक बिकासमा टेवा पुराएको, पार्टी संगठनलाई चुस्त दुरुस्त राखेको, पार्टी भित्र पनि आदवासी जनजातीहरुको बाहुल्यता रहेका कारण पनि पार्टीले सही र निस्पक्ष रुपमा मुल्यांकन गरी सर्बसम्मत आफुलाई टिकट दिनु पर्ने बुढाथोकीको जोडदार माग रहेको छ। निष्ठाको राजनीतिलाई बढी प्राथमिकता दिदै आएका बुढाथोकीले टिकट पाएमा अन्य राजनैतिक दलमा आस्था राख्ने आदीवासी जनजातीको समेत मत पाएर आफु र पार्टीले समेत जित हासिल गर्ने दावी गर्दै आएका छन।
लेखनाथ पौडेल
नेकपा एमाले कञ्चन गाउ कमिटीका सचिवको जिम्मेवारी सम्मालेका लेखनाथ पौडेलले पनि कञ्चन गाउपालिकाको अध्यक्ष भएर गाउपालिकालाई नेतृत्व गर्ने आकांक्षा सहित एमालेको तर्फबाट पार्टी भित्रका प्रतिस्पर्धी उमेद्वारको रुपमा दावी गरेका छन। प्याव्सन रुपन्देहीको दुई कार्यकाल सम्म सफल नेतृत्व गरिसकेका पौडेल अधिवक्ता समेत हुन। युवा र शैक्षिक रुपमा अव्वल रहेका पौडेल कञ्चन नेतृत्व गर्ने क्षमतावान आकांक्षी उमेद्घार हुन। बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सीपल तथा कञ्चन सामुदायिक सञ्चार संस्था, कञ्चन ३ रुपन्देहीको अध्यक्ष रही सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जलाई सफल रुपमा सञ्चालन गर्दै आएका पौडेलले नेकपा एमालेबाट सर्बसम्मत अध्यक्ष पदको उमेद्वार पाएमा अभिभावक मतदाताहरुबाट समेत सहानुभुतीको मत प्राप्त गरी चुनाव जित्न सक्ने बढी प्रबल सम्भावना देखिन्छ। पछिल्लो समय सांगठनिक सकृयता देखाएका पौडेल कञ्चन गाउ शिक्षा समितिका सदस्य समेत रही कञ्चनको शिक्षा क्षेत्रलाई गुणस्तरिय र अन्य स्थानिय तहका अव्वल बिधालयहरुको प्रतिस्पर्धामा लैजान सकिन्छ भन्ने बिषयमा समेत अनुभव संगालेका एमाले भित्र मात्र नभई अन्य प्रतिपक्षी दलका उमेद्वारहरुका लागि कडा प्रतिस्पर्धी उमेद्घार हुन। नेकपा एमालेका आकांक्षी उमेद्घारहरुले आफ्नो नाम फिर्ता नलिएपछि उमेद्वारको अन्तिम टुङ्गो लगाउन सबै आकांक्षीहरुको नाम जिल्ला समितिमा सिफारिस गरेको छ।
बावुराम पौडेल
गजेडी माध्यमिक विधालयका शिक्षक बावुराम पौडेलले आफुलाई कञ्चन गाउपालिकाको अध्यक्ष भएर गाउपालिका हाँक्ने तिब्र रुचिका साथ नेकपा एमालेको तर्फबाट आकांक्षी उमेद्वारको रुपमा प्रस्तुत गर्दै आएका छन। कञ्चन जेसिज बर्ष २०२० को सबल नेतृत्व गरिसकेका पौडेलले नेपाल जेसिजको सर्बमान्य सिद्धान्तलाई अवलम्बन गर्दै एक व्यक्ति एक नेतृत्व र एक कार्यकाललाई आत्मसाथ गर्दै अन्य प्रतिस्पर्धीहरुका बिच बलियो उमेद्घारको रुपमा दर्ज गर्न चाहेका छन। युवाहरुलाई सही ठाउमा समयमै नेतृत्व दिन सके समाज परिवर्तनमा मुख्य जिम्मेवारी लिन सक्छन भन्ने प्रमाणित गर्न पनि यस पटकको चुनावमा युवालाई उमेद्वार बनाएर अगाडी सार्नु पर्ने मान्यताका साथ उनी कञ्चनको अध्यक्ष पदमा आकांक्षी उमेद्वारको रुपमा अघि सरेका हुन। पार्टी भित्र लामो समय मेहनत र संघर्ष गरेका सिनियर नेता कार्यकर्ताहरुले समेत उक्त पदमा दावी गर्दै आएका कारण उनले सजिलै टिकट पाउने सम्भावना देखिदैन। यधपी आफ्नो पक्षमा टिकट पार्न पौडेलले पनि पार्टीका स्थानिय तह देखि केन्द्र सम्मका पदाधिकारी र सिनियर नेतृत्वहरुलाई मनाउने प्रयास भने छोडेका छैनन।
केशव सुवेदी
केशव सुवेदी पनि शिक्षक हुन। गौतम बुद्ध आधारभुत बिधालयका प्रधानाध्यापक समेत रहेका सुवेदीले अवको कञ्चन आफुले नेतृत्व गर्नको लागि नेकपा एमालेबाट सर्बसम्मत उमेद्वार बनाइनु पर्ने दावी सहित पार्टीमा आकांक्षी उमेद्घारको रुपमा नाम दर्ता गरेका छन। सकेसम्म स्थानिय तहमै पार्टीले सर्बसम्मत उमेद्घार छनौट गर्ने अभ्यास गरे पनि उक्त अभ्यास असफल भएपछि आकांक्षीहरुकै पहुंच र पार्टीको उमेद्वार छनौटका आधार अनुरुप उमेद्वारको टुङ्गो लगाउन नेकपा एमाल, कञ्चनले जिल्लामा केशव सुबेदीको समेत नाम सिफारिस गरेको छ। शिक्षकहरुले एकाएक स्थानिय तहको निर्वाचनमा भाग लिएर गाउपालिकाको नेतृत्व सम्माल्ने आकांक्षा व्यक्त गरेपछि नेकपा एमालेलाई उमेद्वार छनौट गर्न निकै सकस परेको हो ।
यसरी आकांक्षी उमेद्वारहरुले आफुलाई पार्टीको तर्फबाट सर्बसम्मत उमेद्घारको रुपमा छनतैट गर्न दवाव दिएपछि सांगठनिक रुपमा ठूला भनिएका दलहरु आकांक्षी उमेद्वारहरुको घेरावन्दीमा परेका हुन। यस पटकको चुनावमा जुन पार्टीबाट जुनसुकै आकांक्षी उमेद्वारले टिकट पाएपनि उनिहरुले सोंचे जस्तो मतदाताहरुबाट मत आउने सम्भावना कम देखिएको छ। पटक पटकको चुनावमा घोषणा पत्र एकातिर ब्यबहार एकातिर भएका कारण कतिपयले चुनाव नै बहिस्कार गर्ने वा क्रस मत दिने सम्भावना पनि उत्तिकै रहेको छ।
चुनावमा पार्टीको राजनैतिक सिद्धान्त र नीतिगत कार्यक्रम अनुसार निर्माण गरिने घोषणा पत्रको आधारमा चुनावी प्रतिस्पर्धा हुनु पर्नेमा जसरी पनि जित्नकै लागि बिभिन्न प्रलोभन देखाएर पैसा बाड्ने, मतदातालाई प्रभावित पार्ने खालको सामाग्रीहरुको प्रदर्शन र वितरणले चुनाव स्वच्छ र स्वस्थ हुन्छ भन्नेमा शंकास्पद रहेको छ । चुनावलाई जनताको चेतना स्तर नाप्ने र घोषणा पत्र अनुसार पाएको मतले जनताको काम गर्नु पर्नेमा पदमा पुगेपछि आफ्नो पार्टी, मतदाता, आफन्त र नातावादको ब्यबहार देखाउदै आएका कारण दलहरुको बिश्वास घट्दै गएको छ। आफ्नो दल र उमेद्घार प्रति विश्वास घट्दै गएपछि ती दलहरुले चुनावलाई प्रभावित पार्ने गतिविधीहरु छरपस्ट देखिन थालेको हो ।यसलाई कम गर्न र उमेद्घारहरुले गर्ने असिमति खर्चलाई नियन्त्रण गर्न निर्वाचन आयोगद्घारा हरेक चुनावमा आचार संहिता बनाएपनि दलहरुले बेवास्ता गर्दै आएका छन।
आशा छ यस पटकको चुनावमा आर्थिक कारोवारको आधारमा भन्दा पार्टीको घोषणा पत्र अनुसार उमेद्घारहरु चुनावी मैदानमा आउने छन र निर्वाचनलाई स्वच्छ, स्वस्थ र भयरहिहत बनाउनमा दलहरुबाटै सकारात्मक अभ्यास गर्ने छन।