-
मर्चवारी गाउँपालिका क्षेत्र भित्रको कृषियोग्य जमिनको पहिचान गरी नमुना व्यवसायिक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि कृषि विशेषज्ञको संयोजकत्वमा सम्भाव्यता अध्ययन गर्न र सिफारिस गर्न एक समिति बनाईने छ। यसरी सञ्चालित कार्यक्रममा गाउँपालिकाबाट ५० प्रतिशत अनुदान उपलब्ध गराईनेछ।
-
गाउँ-गाउँमा सहकारी घर-घरमा स्वरोजगारी मुल नाराका साथ स्थानीय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारीसंगको साझेदारी र सहकार्यमा जोड दिइनेछ ।
-
अर्गानिक तरकारी खेती गर्नेलाई प्रोत्साहन गरिनेछ ।स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी स्थानीय गाउँवासीले रोजगारी पाउने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइनेछ । कृषि उत्पादनको लागि कृषि विउहरु उत्पादन गर्ने व्यवस्था मिलाइनेछ ।
-
पशु खोप कार्यक्रम, पशु गोठ व्यवस्थापन, पशु आहारा जस्ता कार्यक्रम पशुपंक्षी विकास शाखाको सहकार्यमा कार्यक्रम संचालन गरिनेछ ।यसरी पशु विकास कार्यक्रममा इच्छुक युवाहरुलाई स्वरोजगार बनाउन ग्रामिण विकास कोषको व्यवस्था गरिनेछ । ग्रामिण विकास कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
-
दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न यस गाउँपालिका अन्तर्गत दुग्ध विकास संस्थासंग समन्वय गरी एक दुग्ध चिस्यान केन्द्रको स्थापना तथा संचालन गर्ने नीति लिईनेछ।साथै यस गाउँपालिका अन्तर्गत कृषि समाग्रीको दीर्घकालीन संरक्षण गर्ने हेतुले एक कृषि चिस्यान केन्द्रको स्थापना गर्ने नीति लिइनेछ ।
-
सार्वजनिक जग्गामा कृषि र फलफुल तरकारी खेती गर्न प्रोत्साहित गर्ने नीति लिइनेछ ।
-
उद्योग बजार, रोजगारी प्रबर्द्धन स्वरोजगारिता र सीप विकास प्रबर्द्धन, अनौपचारिक श्रमिकहरुको लगत संकलन, अभिलेखीकरण, रोजगार डेक्स तथा उद्योग शाखा स्थापना, गरिब तथा विपन्न वर्गका युवाहरुलाई तालिम दिने व्यवस्था गरिनेछ ।दलित स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।उपभोक्ता अधिकार, गुणस्तर सम्बन्धी जनचेतना अभिवृद्धी गराउने र नियमित बजार अनुगमन र नियमन प्रणालीको विकास गरिनेछ ।
-
कालोबजारी नियन्त्रण गर्न व्यवसायी र टोल विकास संस्थाहरुलाई सहभागी बनाई अनुगमन संयन्त्र निर्माण गरिनेछ र आवश्यक मापदण्ड बनाई त्यस्तो कार्यलाई दण्डित गर्ने नीति लिइनेछ ।
-
यस गाउँपालिका अन्तरगत रहेका मन्दिर तथा पोखरी एवं तालको सुदृढीकरण एवम सौन्दर्यीकरण गरी आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय केन्द्र स्थापना गरिनेछ।
-
सहकारी मार्फत कृषिजन्य उत्पादनको खरिद विक्री प्रकृयालाई सरलिकरण गरिनेछ। गाउँ भित्रका सम्पूर्ण सहकारीलाई सहकारीको सिद्धान्तको वारेमा जानकारी गराउने नीति लिईनेछ।सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न लगाई रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गरिनेछ ।
-
अनुत्पादक खर्चको कटौति र उत्पादक क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ।कृषी पेशालाई व्यवसायीकरण गराई ग्रामिण गरिवी निर्मुल पार्न योगदानमा आधारित कृषी विउ वितरण कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
-
राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिने र निर्माण क्षेत्रसंग सम्बद्ध श्रमिकहरुका लागि विमा गर्ने नीति लिइनेछ ।
-
कृषि तथा पशुपंक्षी पालनलाई व्यवसायिक बनाउन व्यवसायिक कृषि तथा पशुपंक्षी पालकलाई सहज र सरल रुपमा पूँजी व्यवस्थापनका लागि वित्तीय क्षेत्रसँग समन्वय गरी दिई कृषकलाई प्रोत्साहन गरिनेछ ।
-
प्राङ्गारिक खेतीलाई प्रोत्साहन दिइनेछ । माछा पालनको लागि सार्वजनिक तथा निजि पोखरी निर्माणमा जोड दिईनेछ ।
-
हाम्रो सडक, हाम्रो सहभागिता, स्तरीय सडक, हाम्रो प्रतिबद्धता अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिनेछ।साथै कालो पत्रे सडकमा भएका खाल्डा खुल्डीहरुलाई मर्मत गरी सुधार गरिनेछ। निर्माणाधिन अवस्थामा रहेको क्रमागत अधुरो आयोजनाका लागि रकम विनियोजन गरिनेछ ।
-
यस गाउँपालिका अन्तर्गत रहेका भौतिक संरचनाहरु जस्तै धर्मशाला, मन्दिर, मस्जिद मदरसा आदि र नयाँ संरचना तयार हुने आयोजनाको दीर्घकालीन संरक्षण एवम संवर्द्धनको लागि उपभोक्ता समिति बनाई हस्तान्तरण गरी आयोजना सञ्चालन गरिनेछ ।
-
पूर्वाधार विकासका लागि जनपरिचालन र जनसहभागितामा आधारित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।
-
एक वडा एक रंगशाला को अवधारणा अनुरुप मर्चवारी गाउँपालिकामा जग्गा पहिचान तथा खेलकुद पूर्वाधार विकास योजना तयार गरी एक रंगशाला निर्माण गरिनेछ ।
-
सम्पूर्ण वडा कार्यालयहरुलाई वडा सेवा केन्द्रका रुपमा विकास गर्न तथा वडा समिति कार्यालय मार्फत गरिने कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्नका निम्ति आवश्यक पूर्वाधार निर्माण कार्य अघि बढाईनेछ ।त्यस्तै मर्चवारी गाउँपालिका मातहतका कतिपय वडाका कार्यालय भवन नभएकोले जग्गा पहिचान तथा प्राप्ति गरी डि.पि.आर बनाई आफ्नै भवन आर्थिक बर्ष 078/79 भित्र सम्पन्न गर्ने नीति रहनेछ ।
-
ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा डि.पि.आर. गरी सामाजिक, आर्थिक र वातावरणीय दृष्टिकोणबाट सम्भाव्य आयोजनाहरुको कार्यान्वयनमा जोड दिइनेछ । अधुरा तथा क्रमागत आयोजनाहरुलाई प्राथमिकता दिई सम्पन्न गर्दै लगिनेछ ।
-
भौतिक पूर्वाधार तथा संरचनाहरुको गुणस्तर कायम गर्ने कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समिति र अनुगमन समितिलाई थप प्रभावकारी बनाइनेछ ।
-
उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरु निर्माण सम्पन्न भई फरफारक भएपछि दीर्घकालसम्म आयोजनाको सञ्चालन, व्यवस्थापन र मर्मत सम्भारमा स्वयं उपभोक्ताहरुलाई नै जिम्मेवार बनाउने नीति लिइनेछ।साथै स–साना मर्मत संभारका लागि वडा स्तरमा मर्मत संभार कोष स्थापना गरिनेछ। वडा वडामा छुट्टयाइएको मर्मत संभार कोषलाई परिचालन गर्न निर्देशिका वनाई लागू गरिनेछ ।
-
समुदायसंग सहकार्य गरी सौर्य सडक बत्ती जडान तथा सञ्चालनमा जनसहभागितालाई प्रोत्साहित गरिनेछ, साथै वैकल्पिक उर्जा प्रवर्द्धन गर्ने कार्यलाई प्रोत्साहित गर्दै लगिनेछ।
-
पिच, नाली, हरियाली, विद्युतिकरण, पार्किङ्ग सहितको नमूना सडकलाई बजेटमा प्राथमिकता दिईनेछ।वडाहरुवाट प्राप्त सम्पूर्ण योजनाहरुको प्रोजेक्ट बैंक बनाई कार्यान्वयन गरिनेछ।
-
विकास व्यवस्थापनका दृष्टिले पछाडि परेका वडाहरुमा सन्तुलित विकास गर्ने नीति अवलम्वन गरिनेछ । सोही अवधारणा अनुरुप जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, आन्तरिक आयमा योगदान जस्ता सूचकका आधारमा वडा स्तरीय श्रोतसाधनको बाँडफाँड गर्ने नीति अवलम्बन गरिनेछ ।
-
यस गाउँपालिका क्षेत्रका संम्पूर्ण सडकहरुलाई समेट्ने गरी सतह ढल निर्माणका लागि गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइनेछ ।
-
ग्राभेल सडक निर्माणमा अनिवार्य जनसहभागिताको नीति लिईनेछ।ह्युम पाइप, कल्भर्ट, तटबन्ध, पुल जस्ता संरचना निर्माण कार्यमा अवस्था हेरी बढीमा १५% उपभोक्ता लागत सहभागितामा गरिनेछ ।
-
पूर्वाधार निर्माण गर्दा महिलामैत्री, वालमैत्री, अपाङ्गमैत्री तथा वातावरणमैत्री हुने नीति लिइनेछ ।
-
हेभि इक्विपमेन्ट प्रयोग हुने कालोपत्रे आरसिसि ढलान, भवन तथा पूर्वाधार निर्माण हुने प्रकृतीका आयोजनाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्र अनुसार बोलपत्र माध्यमबाट अनिवार्य लागु गर्ने नीति लिइनेछ ।
-
गाउपालिका केन्द्र तथा वडा कार्यालयसम्म आउने जाने बाटोलाइ स्तरोन्नती गरी आवश्यकता अनुसार कालोपत्रे बाटोको रुपमा बिकास गरिनेछ ।
-
संघीय सरकार र प्रदेश सरकार संगको समपूरक वजेटलाइ निरन्तरता दिई आ.ब. 077/78 को अन्त्य सम्ममा कार्य सम्पन्न गरिनेछ ।
-
खरिद गरी वितरण गरिने प्रकृतीका आयोजना संचालन गर्दा अनिवार्य सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण रुपमा कार्वान्वयन गरिनेछ साथै यस्ता प्रकृतीका योजना संचालन उपभोक्ता समिति मार्फत गरिने छैन ।
-
कोरोना भाइरस (कोभिड-19) प्रकोपलाई न्युनिकरण गर्न संघीय सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्वान्वयन गर्न स्वास्थ्य क्षेत्रमा पर्याप्त वजेट विनियोजन गरिनेछ ।
-
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि क्षमता विकास कार्यक्रम तथा आय आर्जनका लागि सीप विकास कार्यक्रमहरु कार्यान्वयन गरिनेछ। साथै महिलाहरुलाई विकासको मुल धारमा ल्याउन विपन्न वर्गका महिलाहरुलाई लगानीमा प्रोत्साहित गर्न गाउँपालिकालाई फिर्ता गर्ने गरी विउ पुँजीको व्यवस्था गर्नको लागि रकम विनियोजन गरिनेछ।यस विउपूँजीको संचालन ग्रामिण विकास कोषद्वारा कार्यपालिकाले पारित गरेको कार्यविधि बमोजिम हुनेछ ।
-
एकल तथा दलित महिलाहरुको हित प्रवर्द्धन गर्ने, सीप विकास र आय आर्जन गर्ने कार्यक्रम संचालन गर्न प्राथमिकता दिइनेछ। महिला बालबालिका तथा अन्य लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिनेछ। सामाजिक कुरीतिको रुपमा रहेको वालविवाह, वहुविवाह, रुढीवाद, अन्ध विश्वास एवं भ्रमहरु हटाउन सामाजिक परिचालन मार्फत सचेतीकरण गरिनेछ ।
-
मर्चवारी गाउँपालिकामा बसोवास गर्ने गरिव बिपन्न असहाय तथा एकल महिलाहरुको जीवनयापनलाई सहयोग पुर्याउन त्यस्ता कमजोर बर्गका महिलालाई लक्षित गरी खाना पकाउने एल. पि. ग्यास सिलिन्डर तथा चुलो वितरण गरिनेछ ।
-
मर्चवारी गाउँपालिका अन्तरगत रहेको वडा नं. २ स्थित रायपुर प्राथमिक केन्द्रलाई सवल र सक्षम बनाउदै उक्त केन्द्रमा आफ्नै फार्मेशी संचालन गरिनेछ ।
-
सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुलाई यस गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सम्पुर्ण उपचारहरु निशुल्क उपलब्ध गराइनेछ ।ज्येष्ठ नागरिकहरुको उच्च रक्तचाप, क्यान्सर, मधुमेह जस्ता स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण कार्यक्रमहरु क्षेत्रगत रुपमा संचालन गरिनेछ।
-
गाउँपालिका क्षेत्रभित्रका सवै विद्यालयस्तरमा, समुदायस्तरमा, वडास्तरमा र गाउँपालिका स्तरमा बाल क्लव र बाल संजाल गठन पुनर्गठनलाई नियमित गरी क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
-
मर्चवारी गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणाको अवस्थामा पुर्याउन कार्यविधिले तोके वमोजिम कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
-
नवजात शिशु, वालवालिका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य हितका लागि पोषण सम्वन्धी कार्यक्रम संचालन गरिनेछ ।
-
सामाजिक सुरक्षा भत्ता पायक पर्ने नजिकको वैंक मार्फत् सम्बन्धित वडा कार्यालयको व्यवस्थापनमा वितरण गरी प्रभावकारी वनाइनेछ ।
-
गाउँपालिकाको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानीय श्रोत साधनको अतिकतम प्रयोग गर्ने योजना कार्यक्रमलाई प्राथमिकता दिईनेछ। स्थानीय सहकारीहरुसंगको सहकार्यमा गरिबी न्यूनीकरण र समावेशी विकास गरी सामाजिक विभेद कम गर्दै लगिनेछ।
-
छुवाछुतमुक्त समाजको अवधारणालाई सार्थक वनाउन समुदाय तहसम्म अन्तरघुलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। जातीय भेदभाव, छुवाछुत सामाजिक अपराध भएकोले दण्डनीय वनाइनेछ ।
-
परम्परागत पेशा, सीप र प्रविधिमा आधारित व्यवसायलाई समावेशीकरण र आधुनिकीकरण गर्न प्रोत्साहन गरिनेछ। यौनिक लैगिंक अल्पसंख्यकहरुको मूलप्रवाहीकरणका लागि क्षमता अभिवृद्धि र आय आर्जनमा सहकार्य गर्ने कार्यक्रम संचालन गरिनेछ ।
-
दुर्व्यसनमा फसेका युवाहरुलाई लक्षित गरी लागु पदार्थ दुर्व्यसन , एच.आइ.भि. एड्स नियन्त्रण गर्न समुदाय तहमा सचेतीकरण कार्यक्रम संचालन गरिनेछ । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सकारात्मक सोंच सम्वन्धी तालिम, सडक नाटकमार्फत स्वरोजगार र आत्मनिर्भरता तर्फ अग्रसर गराइनेछ । समुदाय तहमा संचालन गरिने पुनर्स्थापना कार्यक्रममा सहकार्य गरिनेछ।
-
माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरिनेछ । विद्यालयहरुको नक्साङ्कन गरी राष्ट्रिय मापदण्ड अनुरुपको दुरी भित्र आधारभूत तथा माध्यमिक विद्यालयहरुको व्यवस्थापन गरिनेछ ।सामुदायिक विद्यालयलाई गरिने पूर्वाधार सहयोगमा अपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माणलाई प्राथमिकता दिइनेछ ।धरासायी अवस्थामा रहेको सामुदायिक विद्यालयको अवस्थालाई सो हुनुको कारण अध्ययन गरी प्रतिवेदन पेश भएमा सो विद्यालय खारेजी वा अर्को विद्यालयसंग मर्ज गर्ने नीति लिई शिक्षाको गुणस्तरियतालाई पहिलो प्राथमिकता दिई कार्यान्वयन गरिनेछ। अनुमति नलिई वा स्विकृत कक्षा सञ्चालन अनुमति भन्दा बढी कक्षा सञ्चालन गर्ने शिक्षण संस्थालाई बन्द गराउनुको साथै अटेर गर्ने विद्यालयलाई खारेजी गरिनेछ ।
-
संस्थागत विद्यालयहरुको हकमा यसै वर्ष देखि लागु हुने गरी अनिवार्य छात्रवृत्तिको व्यवस्था गरिनेछ। यसका लागि गाउँपालिकाले गरिव तथा जेहेन्दार विधार्थीका लागि एकीकृत परिक्षा प्रणाली अवलम्बन गरी प्रत्येक संस्थागत विद्यालयलाई सिफारिस गर्नेछ । यसरी सिफारिस भएका विद्यार्थीसंग विद्यालयले परिक्षा संचालन वा अन्य अरु कुनै पनि शुल्कको नाममा रकम उठाउन पाउने छैन ।
-
गाउँपालिका क्षेत्रभित्र क्रियाशील गैर सरकारी संस्थाहरुको कार्यलाई व्यवस्थित गरी नतिजामूलक वनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन नीति वनाईनेछ । गैसस समन्वय समिति हेल्प डेक्स स्थापना गरिनेछ ।
-
शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, उद्योग र व्यापार विकासका मूल आधार भन्ने नारा सार्थक बनाउन मर्चवारी गाउँपालिकको विकासमा अग्रणी क्षेत्र उन्मुख कार्यक्रम सञ्चालन गर्ने विषय क्षेत्रसंग सम्बन्धित संघ सस्था, निजी क्षेत्रसंग समन्वय र सहकार्य गरी सार्वजनिक निजी साझेदारीलाई प्रबर्धन गर्न तथा त्यस्ता कार्यक्रमहरु ल्याउन प्रोत्साहित गरिनेछ ।
-
यस मर्चवारी गाउँपालिका अन्तर्गतका सुत्केरी हुने महिलालाई स्वास्थ्य पोषण युक्त सन्तुलित आहारको लागि पोषण भत्ता उपलब्ध गराईनेछ । यसका लागि नेपाल सरकार स्वास्थ्य विभागले निर्माण गरेको मापदण्ड पुरा भएको हुनु पर्नेछ। शिशु मृत्यु दर र मातृ मृत्यु दरलाई न्युन गराउन आवश्यक कार्यक्रमहरु ल्याई कार्यान्वयनमा ल्याइनेछ ।
-
महिला स्वास्थ्य स्वयंसेविका सेवालाई थप प्रभावकारी वनाउन संचालन व्यवस्थापन निर्देशिका वनाई कार्यान्वयन गरिनेछ। स्वयंसेविकाहरुको वृत्ती विकासको लागि स्वयंसेविका कोषको स्थापना गरी रकम वृद्धि गर्दै स्वयंसेविकाको हित प्रवर्द्धनमा परिचालन गर्न निर्देशिका वनाई कार्यान्वयन गरिनेछ । गाउँपालिकामा क्रियाशील सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचय पत्र उपलव्ध गराइनेछ ।
-
निजी स्वास्थ्य तथा शैक्षिक सस्ंथाहरुको प्रभावकारी अनुगमन र नियमन गरिनेछ।अवैध रुपमा संचालित त्यस्ता संस्थाहरु बन्द गराइनेछ । प्रत्येक माध्यमिक विद्यालयहरुमा एक जना अ.न.मी. राख्ने नीतिलाइ प्रोत्साहन दिइनेछ ।
-
मर्चवारी गाउँपालिका क्षेत्र अन्तर्गत संचालित मदिरा पसललाई अनुशासित एवम मर्यादित बनाउन एक निर्देशिका बनाई प्रभावकारी नियमन गर्ने नीति ल्याइनेछ ।धुम्रपान तथा मध्यपानलाई निरुत्साहित गर्न सार्वजनिक रुपमा धुम्रपान तथा मधपान गर्नेलाई जरिवाना गरिनेछ ।
-
२०७९ सालसम्म सम्पुर्ण गाउँपालिकावासीलाई शुद्ध खानेपानीको सुविधा उपलब्ध गराईनेछ।
-
यस मर्चवारी गाउँपालिका अन्तर्गतका पिडित महिला तथा वालवालिकाहरुलाई न्यायमा पहुँचको नीति अवलम्बन गरिनेछ । साथै त्यस्ता पिडित वालवालिका तथा महिलाहरुलाई निशुल्क न्यायिक उपचारको व्यवस्था गरिनेछ ।
-
यस मर्चवारी गाउँपालिका अन्तर्गतका समुदायिक विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन गर्न प्रोत्साहन गर्ने नीति लिईनेछ ।
-
यस मर्चवारी गाउँपालिका अन्तर्गतका सम्पुर्ण गाउँवासीलाई न्यायमा पहुँच गराईनेछ।
-
छोरा वा छोरी दुवै बरावरी भन्ने मुल नारालाई यस गाउँपालिका अन्तर्गत सार्थक बनाउनको निम्ति छोरी विमा कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
-
छोरी जन्माऊँ छोरी पढाऊँ अभियानलाई सार्थक तुल्याउन स्नातक तह उत्तिर्ण गरेका गाउपालिकावासी छोरीलाई स्नातकोत्तर तह अध्ययनका लागि १ लाख बराबरको रकम छात्रबृत्ती उपलब्ध गराइनेछ सोको लागि गाउँकार्यपालिकाबाट कार्यबिधि तर्जुमा गरी लागु गरिनेछ।
-
सामुदायिक विद्यालयमा बालकक्षा देखि 5 कक्षा सम्म अध्ययन गर्ने सम्पुर्ण बालबालिकालाइ दिवा खाजाको व्यवस्था गरिनेछ।
-
मेला महोत्सव जस्ता विविध कार्यक्रमहरु अति आवश्यक मात्र गरिने छ सो कार्यमा गरिने खर्चमा मितव्ययीता अपनाइने छ ।
-
लुम्बिनी भ्रमण गरौं मर्चवारी माइँको दर्शन गरौं अभियानका साथ मर्चवारी गाउँपालिका क्षेत्रमा पर्यटनको बिबिधिकरण व्यवसायिकरण र बिस्तारमा जोड दिइनेछ ।
-
विद्यार्थि संख्या कम हुने सामुदायिक विद्यालयलाइ भूगोल र विद्यार्थि संख्याको आधारमा मर्जर गरिने नीति लिइनेछ साथै जहाँ विद्यार्थि त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ दरवन्दी मिलान कार्यक्रम गरिनेछ ।
-
कलर कोड नभएका सबै सामुदायिक विद्यालयहरुमा शिक्षा मन्त्रालयले तोकेको मापदण्डको कलर कोड लगाइने व्यवस्थाको लागि बजेट विनियोजन गरिने छ ।
-
यस मर्चवारी गाउँपालिकामा रहेको आकस्मित विपत व्यवस्थापन कोषको रकमलाई वृद्धि गरी बिपत व्यवस्थापनमा अभिभावकत्वको भुमिका निर्वाह गरिनेछ ।
-
विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जोखिम न्यूनिकरण तयारीको कार्य गरिनेछ । विपद् न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली सम्वन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गरिनेछ ।
-
एक परिवार दुई विरुवा को अवधारणालाई सफल बनाउन प्रत्येक नक्सा पास गर्ने घरधनीले दुई विरुवा रोप्नु पर्ने अनिवार्यता कायम गरिनेछ ।
-
सडक, नाली, सार्वजनिक र खुल्ला स्थानमा फोहर फाल्नेलाई कारवाही गरिनेछ । सो को प्रभावकारी अनुगमन व्यवस्था मिलाइनेछ।सरसफाई र फोहोर व्यवस्थापनलाई व्यवस्थित वनाउन वडास्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइनेछ ।बजार क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था गरिनेछ।
-
जैविक अजैविक फोहरलाई उत्पादन तहदेखि नै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ।जैविक फोहरवाट घरैमा कम्पोष्ट मल वनाउन प्रोत्साहित गरिनेछ ।
-
ठूला आयोजनाहरु संचालन गर्दा अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन (EIA) अध्ययन गरिनेछ ।
-
यस गाउँपालिका अन्तर्गत हरेक वडा तहमा एक हरित बाल उद्यान पार्क निमाण गरी सञ्चालनमा ल्याईनेछ । जलवायु अनुकुलन सम्वन्धी कार्यक्रमहरु कार्यान्वयन गरिनेछ।
-
सार्वजनिक जग्गाको सरंक्षण वडा समिति र समुदायको सहभागितामा गरिनेछ ।
-
आगामी आ. व. ०७७∕०७८ मा विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण करको दरलाई आ ब २०७६।७७ अनुरुप हुने गरी यथावत राखी दायरालाई विस्तार गरिनेछ ।
-
बढी भन्दा बढी व्यवसायीहरुलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम सञ्चालन गर्नुका साथै राजस्व संकलन कार्यलाई व्यवस्थित गरी वडा कार्यालयहरुबाटै व्यवस्थित कर, शुल्क तथा दस्तुर असुल गर्ने व्यवस्था गरिनेछ ।
-
वार्षिक रुपमा व्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन व्यवसाय कर तिरौँ, विकास कार्यमा सरिक हौँ भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाई परिचालन गरिनेछ ।
-
गाउँसभाद्वारा पारित कर पौष महिना भित्रै बुझाउनेलाई एकीकृत सम्पत्तीकर, व्यवसाय कर, बहाल विटौरी कर, घर जग्गा बहाल करमा लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ। चालु आर्थिक वर्षको आषाढ मसान्तसम्म कर नबुझाई बक्यौता कायम कुन आएमा बक्यौता कायम हुन आएको आ.व. बाट पहिलो वर्ष १० प्रतिशत र त्यस पछिका प्रत्येक वर्षमा १८ प्रतिशतका दरले विलम्ब जरिवाना समेत जोडी बक्यौता समेत असुल गरिनेछ । तर कार्यालयबाट भएका अन्य सम्झौताको हकमा सम्झौता बमोजिम हुन बाधा पर्ने छैन ।
-
करदाता विवरण डिजिटल प्रविधिमा आवद्घ गरी प्रत्येक करदाताको स्मार्ट ट्याक्स एकाउन्ट बनाई लागु गरिनेछ । साथै समयमै कर भुक्तानीलाई थप व्यवस्थित बनाउन स्वचालित एस.एम.एस. प्रविधीबाट करदातालाई सुचना उपलब्ध गराईनेछ ।
-
विकास निमार्णमा महिला सहभागीता र स्वाबलम्बी नारी, समृद्ध घरवारी को नारालाई सार्थक बनाउन महिलाको नाममा दर्ता गरिएका व्यवसायिक प्रतिष्ठानमा लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ । साथै महिलाको नाममा रहेको सम्पत्ती करमा पनि १० प्रतिशत छुटको व्यवस्था गरिनेछ ।
-
मर्चवारी गाउँपालिका अन्तर्गतका सम्पुर्ण भौतिक संरचनाको हकमा नक्सा पास नगरी संरचना निर्माण गर्न पाइने छैन । पुराना निर्माण भई सकेका संरचनाका हकमा पनि चालु आ.व. भित्र नक्सा अभिलेखिकरण गराई प्रमाणित गराउनु पर्नेछ । यसरी निर्माण भइसकेका भौतिक संरचनाका हकमा पौष मसान्तसम्म नक्सा पास गराएमा नक्सा पास दस्तुरमा १० प्रतिशत छुट दिइनेछ । साथै अस्थायी रुपमा निर्माण गरिने भौतिक संरचनाको हकमा (माटो तथा खर, खपडाले छाएको घर, गोठ आदि) पनि गाउँपालिकाबाट स्विकृत गराई अस्थायी भौतिक संरचना वापत रु. १०० दस्तुर तिरी भौतिक संरचना निर्माणको अनुमति लिनुपर्नेछ ।राष्ट्रिय भवन मापदण्ड पुर्ण रुपमा लागु गर्ने नीति लिईनेछ।
-
यस गाउँपालिका क्षेत्र भित्रका कुनै व्यक्ति वा संस्थाले भवन, जग्गा, गोदाम सेड आदि आशिंक वा पुर्ण रुपमा वहालमा लगाएका धनीसंग निजले वहालमा लगाएको अंक रकमको १० प्रतिशतका दरले सम्बन्धित धनीसंग वहालकर लिइनेछ ।
-
व्यवसाय कर लिँदा एउटै फर्ममा फरक, फरक प्रकृतीका व्यवसाय संचालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतीको व्यवसाय करको दरले हुन आउने रकम जोडी व्यवसाय कर लिइनेछ ।
-
अस्थायी प्रकृतीका हाट बजार, चोकचोकमा गरिने ठेला तथा फुटपाथ व्यवसाय, मुख्य बजार तथा पर्यटकिय स्थलको किनारमा गरिने पार्किङ्ग व्यवस्थापनमा निजी क्षेत्र स्थानीय क्लब संघ संस्थाको सहकार्यमा वडा तहबाटै शुल्क संकलन तथा व्यवस्थापन गरिनेछ ।
-
गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक जग्गामा गाउँपालिकाले वा व्यक्ति स्वयमले गाउँपालिकाको स्विकृती लिई अस्थाई संरचना बनाई उपभोग गर्न दिइएको खण्डमा वहाल विटौरी कर असुल गरिनेछ । यसरी अस्थाई संरचना बनाई उपभोग गर्दा गाउँपालिकाले आवश्यक परेको खण्डमा सम्झौता भंग गरी उक्त जग्गा खाली गर्न बाधा परेको मानिने छैन ।
-
एकीकृत सम्पत्ती कर, व्यवसाय कर, घर बहाल कर, बहाल विटौरी कर, मनोरञ्जन कर आदिलाई पारदर्शी र प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्यविधी, निर्देशिका बनाई व्यवस्थित गरिनेछ ।
-
केबुल संचालक र डिस होम विक्रेता डिलरहरुसंग समन्वय गरी प्रत्येक केबुल संचालकबाट ग्राहक संख्याका आधारमा मासिक रुपमा मनोरञ्जन कर लिने व्यवस्था मिलाईनेछ ।
-
संस्थागत विद्यालयहरुसंग कक्षागत रुपमा सम्पुर्ण विधार्थी संख्या बराबर प्रति विधार्थी रु १ का दरले मासिक रुपमा गाउँ शिक्षा विकास कोषमा शुल्क जम्मा गर्नुपर्नेछ । यसरी संकलित रकम एकीकृत शिक्षा विकास रणनिति तथा योजना बनाई खर्च गरिनेछ ।
-
आफ्नो वा सगोल परिवारले गाउँपालिकालाई भुक्तान गर्नुपर्ने कर शुल्क दस्तुर समयमा नबुझाई बक्यौता राख्ने करदातालाई यस गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा तथा सिफारिस रोक्का गरिनेछ ।यही बुँदा नक्सा पास नगरेका व्यक्ति तथा सगोल परिवारलाई पनि लागु हुनेछ ।
-
कुनै पनि योजना सम्झौता गर्नु अगावै उपभोक्ता समितिका पदाधिकारीहरुले आफुले बुझाउनु पर्ने एकीकृत सम्पत्ती कर, व्यवसाय कर, घर वहाल कर लगायत भुक्तान गर्नु पर्ने रकम अनिवार्य हुनेछ । सो योजनाबाट लाभान्वित हुने उपभोक्ताहरुलाई त्यस्ता कर तिर्न प्रोत्साहित गरिनेछ ।
-
वित्तीय श्रोतको परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउन मासिक रुपमै आय तथा व्यय गाउँपालिकाको सुचना पाटीमा टाँस गर्नुका साथै वेवसाईटमा राखी सार्वजनिक गरिनेछ ।
-
मर्चवारी गाउँपालिकालाई नियमित र बढी कर तिर्ने करदाताहरुलाई प्रोत्साहन तथा सम्मान गरिनेछ ।
-
मर्चवारी गाउँपालिकाको स्वामित्वमा भोगाधिकार रहेको संरक्षण र परिचालन गर्न सक्ने भवन, जग्गा जमिन, हाट वजार, पोखरी तथा अन्य भौतिक सम्पत्तीको अभिलेख अद्यावधिक गरी राजस्व आम्दानीको माध्यमको रुपमा परिचालन गरिनेछ । यस्ता श्रोतको परिचालन गर्दा प्रतिस्पर्धात्मक पद्वतीको अवलम्बन गरिनेछ ।
-
एकीकृत सम्पत्ती कर बुझाउने कुनै कर दाताले आफ्नो नाममा रहेको सम्पत्ती लुकाई वा खण्डीकरण गरी वा भौतिक संरचना नदेखाई सम्पत्ती मुल्याङ्कन गराई कर तिरेको प्रमाणित भएमा वास्तविक सम्पत्तीको मुल्याङकनबाट लाग्ने कर रकममा साविकमा बुझाएको रकम घटाई बाँकी रहेको रकममा ५० प्रतिशतले हुने थप रकम जरिवाना गरी कर समेत असुल उपर गरिनेछ । सम्पत्ती मुल्याङ्कन गर्दा निजको नाममा स्वामित्व प्राप्त भएको मिति र एकीकृत सम्पत्ती कर लागु भएको वर्ष दुवै तथ्यलाई ध्यानमा राखी गणना गरिनेछ ।
-
श्रोत परिचालन र व्यवस्थापनमा मर्चवारी गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन, प्रचलित कानुन बमोजिम लगाउन सकिने सवै स्रोतहरुको वास्तविक पहिचान, विश्लेषण, प्रक्षेपण समतामुलक, प्रगतिशिल र न्या पुर्ण बनाई राजस्वको दायरालाई अधिकतम रुपमा फराकिलो पारिनेछ ।
-
गाउँपालिकाबाट सञ्चालित आयोजनाहरुको अपनत्व, संरक्षण तथा विकास निर्माणमा जनसहभागीता भन्ने मुल नाराका साथ अनिवार्य लागत सहभागिताको व्यवस्था गरिनेछ ।
-
अशक्त, अपाङ्ग असहाय तथा दैवी प्रकोप पिडित र ७० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई गाउँपालिका तथा वडा कार्यालयबाट उपलब्ध हुने सेवा तथा सुविधा निशुल्क रुपमा प्रदान गरिनेछ ।
-
मर्चवारी गाउँपालिका प्रविधीमैत्री गाउँपालिकाको रुपमा पहिचान गराउन डिजिटल गाउपालिकाको रुपमा विकास गरिने नीति लिईनेछ ।
-
मर्चवारी गाउँपालिकाको वित्तीय कारोवारलाई कम्प्युटरिकृत गरी थप व्यवस्थित गरिनेछ। वडास्तरवाट संकलन हुने राजश्वलाई पारदर्शी एवं प्रभावकारी बनाउँन गाउँपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गरी थप व्यवस्थित वनाइनेछ ।
-
मर्चवारी गाउँपालिकालाई आवश्यक पर्ने अफिस उपकरण, स्टेशनरी तथा मेशिनरी सामानहरु खरिद गर्दा गुणस्तर चिन्ह प्राप्त र ग्यारेन्टी भएका सामानहरुलाई प्राथमिकता दिइनेछ साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ ।कार्यालयमा भएका साधन मेशिन उपकरणहरुको समयमै नियमित मर्मत सम्भार गर्ने, अधिकतम परिचालन गर्ने र स्रोत अभिवृद्धिमा समेत प्रयोग गर्ने नीति लिइनेछ ।
-
सार्वजनिक खरिद ऐन, 2063 तथा नियमावली, 2064 एवं प्रदेश सार्वजनिक खरिद नियमावली, 2076 बमोजिम खरिद प्रकृयालाई एकद्धार प्रणाली अपनाइ सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने छ।
-
कार्यालयमा रहेका विभिन्न सवारी साधन, मेशिन उपकरण, फर्निचरहरु लगायतका जिन्सी सामानहरु र कार्यालय संरचना चालु अवस्थामा राखिनेछ । साथै मर्मत सम्भार र संरचना परिमार्जनका लागि कार्यालयमा नियमित कार्य गर्ने कार्यदल गठन र मर्मत सम्भार इकाई खडा गरिनेछ ।
-
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई विभिन्न किसिमको तालिमहरुको संचालन गरी उच्च कोटीको प्रविधी अवलम्बन गर्ने नीति लिईनेछ ।
-
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाको प्रभावकारिता कायम गर्न विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गरिने नीति ल्याईनेछ।
-
सुशासन पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गराउन गाउँपालिकाले लिएको समग्र नीति र संचालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण र सवै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परीक्षण र वडा क्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिनेछ।
-
आन्तरिक लेखापरीक्षण पद्धतिलाई प्रभावकारी वनाइनेछ। वेरुजू हुन नदिने र फर्छ्यौटलाई व्यवस्थित गरिनेछ ।कार्यालयका सवारी साधन र अफिस उपकरणको मितव्ययी ढंगवाट परिचालन गरिनेछ ।
-
मर्चवारी गाउँपालिकाको सेवा प्रवाह, जानकारी, सन्देश र अनुरोध गाउँवासीहरुलाई मोवाइल एप्स मार्फत् हात हातमा उपलव्ध गराउने र गाउँवासीहरुको सुझाव सल्लाह ग्रहण गरी नागरिकको अभिमतलाई सम्मान गर्न मोवाइल एप्सको शुरुवात प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।मोवाइल एप्स प्रयोग सम्बन्धी जानकारीका लागि सवै वडा कार्यालयहरुमा डिजिटल जानकारी वोर्ड राख्ने व्यवस्था मिलाइनेछ। मर्चवारी गाउँपालिकाको आधिकारिक वेभसाइटको नियमित अपडेट गरी नागरिकलाई प्रवाह गर्ने सेवालाई सूचना प्रविधिमा आधारित वनाउन अभिप्रेरित गरिनेछ ।
-
गाउँपालिका कार्यालयमा आन्तरिक सञ्चार सुदृढ गर्न इन्टरकम टेलिफोन प्रणालीलाई जडान गरिनेछ । गाउँपालिकाको कार्य प्रणालीलाई सुरक्षित पारदर्शि र थप व्यवस्थित वनाउन वडा कार्यालयहरुमा समेत क्रमश डिजिटल प्रविधि जडान गरिनेछ ।
-
सूचनामा पहुंच वृद्धि गर्न गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई सूचना प्रविधिसंग सम्बन्धित तालिम अभिमुखीकरण संचालन गरिनेछ । गाउँपालिकाको सूचना केन्द्रलाई थप व्यवस्थित र सुदृढ बनाइनेछ। गाउँपालिकाको भौगोलिक सूचना प्रणाली MIS अद्यावधिक गर्दै योजना तर्जुमा राजश्व परिचालन र योजना कार्यान्वयनमा ल्याईनेछ ।
-
गाउँपालिकाको संस्थागत विकास तथा सुशासन, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न आवश्यकतानुसार गाउँपालिकाको ऐन, नियमहरु, कार्यविधीहरु, निर्देशिकाहरु तर्जुमा तथा संशोधन गरी कार्यान्वयनमा ल्याइनेछ । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग वढाउदैं लगिनेछ ।गाउँपालिकावाट जनप्रतिनिधि र कर्मचारीलाई गरिने पत्राचारलाई निरुत्साहित गरी एस.एम.एस प्रणालीलाई प्रभावकारी बनाईनेछ ।
-
सेवाग्राही नागरिकहरुको गुनासो व्यवस्थापन गर्न हरेक वडामा एक जना गुनासो सुन्ने प्रतिनिधिको व्यवस्था मिलाइनेछ। साथै गाउँकार्यपालिकामा समेत गुनासो व्यवस्थापनलाई थप व्यवस्थित वनाइनेछ।
-
मर्चवारी गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र दुरुस्त रुपमा सेवा प्रवाह गरी गराई सहयोग पुर्याउने रास्ट्रसेवक कर्मचारीहरुले खाई पाई आएको सम्पुर्ण सेवा र सुविधालाई यथावत राखी उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई निजामति सेवा दिवसको अवसर पारी रु २५०००। नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।
-
मर्चवारी गाउँपालिकाको सुशासन र बिकासमा योगदान पुर्याउने बिभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई गाउँकार्यपालिकाबाट गठित मूल्याँकन समितिको सिफारिसका आधारमा हिउँदे अधिवेशनको अवसर पारी बर्षमा एकचोटि प्रशंसा पत्र, मायाको चिनो, दोसल्ला सहित आवश्यकतानुसार नगद रकमले सम्मान गरिनेछ । सम्मान गरिनेमा उत्कृष्ट कृषक, ब्यापारी, करदाता, युवा, शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, सहकारी संस्था, सामुदायिक संस्था आदि रहनेछन् ।
-
क्षतिपूर्ति सहितको नागरिक वडापत्रको प्रभावकारिता वृद्धि गर्न श्रव्य दृश्य प्रविधिमा आधारित नागरिक वडापत्र तयार गरिनेछ । नागरिक वडापत्रलाई सबै तह, तप्का तथा वर्गको पहुँचमा पुर्याउनेतर्फ आवश्यक कार्य गरिनेछ ।
-
जनप्रतिनिधि तथा कर्मचारीहरुको आचारसंहितको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ। स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार गर्दै प्रक्रिया सरलीकृत गर्ने र सेवामा सर्वसाधारण जनताको पहुँच अभिवृद्धि गर्ने नीति लिइनेछ ।
-
प्रचलित कानून बमोजिम वडा कार्यालयबाट सम्पादन गरिने सबै किसिमका सेवाहरुलाई विकेन्द्रीकरण सेवा संचालन गर्ने र विकेन्द्रीकरण सेवा संचालनको नीतिलाई प्रभावकारी र व्यवहारिक बनाइनेछ ।
-
आफ्ना काम कारवाही, निर्णयहरुको नियमित प्रकाशन गरी सुसूचित गर्ने नीति लिइनेछ। यस मर्चवारी गाउँपालिकामा भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई निरन्तरता दिइनेछ।
-
संघीय सरकार तथा प्रदेश सरकारले कार्यान्वयन गरेका नीति तथा कार्यक्रम अनुरुप दैनिक प्रशासनिक कार्य तथा कार्यालय संचालन हुने खर्चलाइ मितव्ययीता अपनाइ जनप्रतिनिधी तथा कर्मचारीको संघीय मार्गदर्शन अनुरुपका भत्ता हटाइनेछ ।
-
मर्चवारी गाउँपालिका, न्यायिक र सक्षम गाउँपालिका को नारालाई पुर्ण रुपमा कार्यान्वयन गर्दै गाउँवासीलाई न्यायिक अनुभूती दिलाउन न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीलाई विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु संचालनमा ल्याईनेछ ।
-
सातौं गाउसभा गाउँ पालिका अध्यक्ष केशव नन्द बनियाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।