१० असार,सियारी/तुलसी राम पौडेल
रुपन्देहीको सियारी गाउपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु.५० करोड ९५ लाख ६२ हजार २ सय ९० रुपैया रहने गरि सन्तुलित बजेट प्रस्तुत गरेको छ जस मध्य चालू तर्फ रु ३० करोड ११ लाख ३५ हजार (५९.०९%) र पुजिगत तर्फ रु २० करोड ८४ लाख २७ हजार २ सय ९० रुपैया (४०.९१%) रहेको छ। बुधबार सियारी गाउपालिकाको सम्पन्न सातौ गाउँ सभामा गाउपालिका उपाध्यक्ष एव बजेट तथा कार्यक्रम तर्जुमा समिती सम्योजक अमृता गुरुङले आर्थिक वर्ष २०७७/०७८ को उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
आन्तरिक राजस्व रु ६ करोड ,संघिय सरकार वित्तीय समानिकरण अनुदान रु १२ करोड ६२ लाख ,संघिय सरकार शसर्त अनुदान रु २० करोड ४० लाख ,प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु ५४ लाख ६२ हजार ,संघिय सरकार राजस्व बाडफाड रु ७ करोड ९२लाख ९३ हजार ,प्रदेश सरकार राजस्व बाडफाड रु ३७ लाख ५७ हजार ,सघिय सरकार विशेष अनुदान रु १ करोड ,प्रदेश सरकार विशेष अनुदान रु ६० लाख गरि जम्मा रु ५० करोड ९५ लाख ६२ हजार दुई सय नब्बे रुपैयाको बजेट उपाध्यक्ष अमृता गुरुङले प्रस्तुत गर्नु भएको हो।उपाध्यक्ष अमृता गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७/०७८ को बजेटलाई गाउँ पालिका अध्यक्ष एवं सातौ गाउँ सभा अध्यक्ष अयोध्या थारुले सर्व सम्मत पारित गरियोस भनी निर्णार्थ पेस गर्नुभएको प्रस्तावलाई गाउँ सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए ।त्यसै गरि विधेयक समिती संयोजक राम किसन थारुले पेस गर्नुभएको आर्थिक विधेयक ऎन २०७७/०७८ , सामाजिक विकास समिती संयोजक श्री प्रसाद श्रेष्ठले पेश गर्नुभएको सार्वजनिक जग्गा मठ मन्दिर व्यवस्थापन कार्यविधी विधेयकलाई सर्वसम्मत पारित गराउन गाउँ सभा अध्यक्ष अयोध्या थारुले राख्नु भएको प्रस्तावलाई गाउँ सभा सदस्यहरुले तालि बजाएर पारित गरेका थिए ।
गाउँ सभा अध्यक्ष अयोध्या थारुले पेस गर्नुभएको शिक्षक दरबन्दी मिलान कार्यविधी समेत पारित भएको थियोे ।
" शिक्षा स्वास्थ ,कृषि ,पर्यटन र पुर्वाधार ,समृद्ध सियारिको मुल आधार भन्ने सोचलाई सार्थक पार्नु तथा बहु आयामिक गरिबी ,बेरोजगारी र असमानताको अन्त्य गर्दै समृद्ध समतामूलक तथा सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्नु नै बजेटको मुल उद्देश रहेकोे छ।
बजेटका प्राथमिकताहरु ---------
आर्थिक बर्ष २०७७/०७८ लाई मुल रुपमा कोभिड -१९ को प्रत्यक्ष प्रभावबाट सिर्जित बेरोजगारी तथा बढ्न सक्ने गरिबिको जोखिमबाट जनतालाई उन्मुक्ति दिलाइ रोजगारीको अवसर सृजना गर्ने।,आधुनिक कृषि प्रणाली ,सिचाइ तथा पशुपालनको विकासद्वारा आत्मनिर्भर गाउपालिका निर्माण गर्ने। ,नैतिक तथा व्यावसायिक शिक्षा ,स्वास्थ लगायतका सामाजिक विकास मार्फत समाजको रुपान्तरण गर्ने,। सीप विकास ,लघु उद्योग आदिको विकास मार्फत महिला ,अपांगता भएको व्यक्ति ,युवा तथा लक्षित बर्गमा स्वरोजगार प्रबर्द्धन गर्ने ।
यस आर्थिक बर्ष स्वास्थमा गाउपालिकाबाट रु ६६ लाख ८८ हजार र संघिय सरकारबाट रु २ करोड ३२ लाख गरि जम्मा २ करोड ९८ लाख ८८ हजार विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०७७/०७८ का लागि शिक्षा तर्फ संघिय सरकारबाट शसर्त तर्फ रु १४ करोड ४६ लाख ८१ हजार ,प्रदेश शसर्त तर्फ रु ७० लाख र गाउपालिकाबाट रु १ करोड ५६ लाख गरि जम्मा रु १६ करोड ७२ लाख ८१ हजार रुपैया विनियोजन गरिएको छ।कोभिड -१९ को मनोबैज्ञानिक असरलाइ न्यूनीकरण गर्दै सुरक्षा उपाय सहित विद्यालय संचालनका लागि रु ५ लाख ९४ हजार विनियोजन गरेको छु।युवा तथा खेलकुद कार्यक्रमको लागि रु १० लाख विनियोजन गरिएको छ ।कम दरबन्दी भएका विद्यार्थी संख्या बढी भएका विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातको आधारमा अस्थायी दरबन्दी कायम गरि व्यवस्थापन गर्ने कार्यको लागि बजेट विनियोजन गरिएको छ।
न्यायिक समितिको क्षमता अभिवृद्धि गरि पालिका तथा वडास्तरमा हुने न्याय सम्पादनलाइ सरल र सहज बनाउनका लागि न्याय समिति तर्फ रु १५ लाख विनियोजन गरिएको छ।गाउपालिकाका टोलहरुमा सरसफाइका लागि रु १५ लाख तथा एक घर एक एक धारा कार्यक्रमको लागि रु ३० लाख विनियोजन गरिएको छ।साना सिचाइ कार्यक्रम संचालनको लागि सिचाइ तर्फ रु ३५ लाख विनियोजन गरिएको छ।
यश आर्थिक वर्षमा कृषि तथा पशु सेवा तर्फको लागि गाउपालिकाबाट जम्मा रु २ करोड ४३ लाख रुपैया विनियोजन गरिएको छ भने सघिय शसर्तबाट रु १ करोड ४० लाख र प्रदेश श सर्तवाट रु ६८ लाख ५० हजार गरि कुल रु ४ करोड ५१ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ।कृषि उपज संकलन तथा भण्डार गृह ,दुग्ध प्रशोधन उद्योग साझेदारीमा निर्माणका लागि रु ५०/५० लाख गरि कुल १ करोड विनियोजन गरिएको छ।महिला बालबालिका लक्षित वर्ग अन्तरगत जम्मा रु ८० लाख विनियोजन गरिएको छ।अपांगता भएका व्यक्तिको लागि सबै वडामा आयमुलक कार्यक्रम संचालनका लागि रु ७ लाख विनियोजन गरिएको छ।ढाका उद्योग संचालनका लागि रु ७ लाख विनियोजन गरिएको छ।अति विपन्न कोभिड -१९ प्रभावितको आयमुलक तालिम तथा व्यवसाय संचालन सहायताका लागि रु ४९ लाख विनियोजन गरिएको छ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षतामा सम्पन्न सातौ गाउँ सभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई , लेखा अधिकृत नारायण पौडेल लगायत विभिन्न शाखाका प्रमुखहरु , कर्मचारीहरु ,जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।