१० आषाड,बुटवल /तुलसी राम पौडेल
रुपन्देहीको मायादेवी गाउपालिकाको सम्पन्न सातौ गाउसभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ।
गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे भने गाउपालिका उपाध्यक्ष एव बजेट तथा कार्यक्रम तर्जुमा समिती संयोजक तारादेवी यादबको आदेशमा मायादेवी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम शंकर यादवले आर्थिक वर्ष २०७७/०७८;को बजेट प्रस्तुत गर्नुभएको थियोे ।
मायादेवी गाउपालिकाको आर्थिक बर्ष २०७७/०७८ को कुल बजेट सामाजिक सुरक्षा भत्ता बाहेक रु ५२ करोड ४३ लाख १५ हजार ७ सय ४० रुपैयाँ सार्वजनिक गरिएको छ जसको चालू तर्फ २२ करोड ९६ लाख ८८ हजार ९ सय २४ रुपैयाँ र पुजिगत तर्फ २९ करोड ४६ लाख २६ हजार ८ सय १६ रुपैया रहेको छ।
बजेटलाई आर्थिक विकास ,सामाजिक विकास ,पुर्वाधार विकास , बिपद ब्यबस्थापन तथा बाताबरण सरक्षण ,सुशासन तथा सस्थागत विकासमा बाडफाड गरिएको छ।
आर्थिक बर्ष २०७७/०७८ को बजेटको आम्दानीका स्रोत अन्तरगत संघिय सरकारबाट रु ४१ करोड ३० लाख ७६ हजार ७ सय चालीस रुपैयाँ , प्रदेश सरकारबाट ३ करोड १० लाख ३९ हजार रुपैया ,बैंक मौज्दात १ करोड ४६ लाख ,आन्तरिक आय ४ करोड १६ लाख ,जिल्ला समन्वय समिति अनुदान रु २ करोड ४० लाख गरि जम्मा ५२ करोड ४३ लाख १५ हजार ७ सय ४० रुपैयाँ हुन आउँछ।
त्यसै गरि गाउँ पालिका अध्यक्ष तथा सातौ गाउँ सभाका अध्यक्ष ध्रुवनारायण चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि ,स्वास्थ ,शिक्षा ,पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकता दिइएको छ।
मायादेवी गाउपालिका क्षेत्र भित्र कृषि योग्य जमिनको पहिचान गरि नमूना व्यावसायिक खेतिको एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिने र त्यसको लागि कृषि विशेषज्ञको संयोजकत्वमा सम्भाव्यता अध्यन गर्न र सिपारिश गर्न एक समिति बनाइने छ।यसरी संचालित कार्यक्रममा गाउपालिकाबाट ५०% अनुदान उपलब्ध गराइने छ।
अर्गानिक खेती गर्नेलाइ प्रोत्साहन गरिनेछ ।स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरि स्थानीय बासिले रोजगार पाउने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइनेछ।कृषि उत्पादनको लागि कृषि बिउहरु उत्पादन गर्ने व्यवस्था मिलाइने छ।दुग्ध व्यावसायलाइ प्रोत्साहन गर्न यस गाउपालिका अन्तरगत दुग्ध चिस्यान केन्द्रको स्थापना तथा संचालन गर्ने नीति गाउपालिकाको छ।
विदेशबाट फर्केका युवाहरूलाई समेत लक्षित गरि युवा लक्षित कृषि कार्यक्रम संचालन गरिनेछ।
यस गाउपालिकाको विकासको लागि बिश्व शान्ती दुत भगवान गौतम बुद्ध सग संबंधित अन्य गाउपालिकाहरु सग समन्वय र सहकार्य गरिनेछ।
मायादेवी गाउपालिकाको पर्यटन र कृषिको विकास एव फोहोर व्यवस्थापनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय अध्यन भर्मणको नीति अवलम्बन गरिने छ।प्राङ्गिक खेतिलाइ प्रोत्साहन दिइनेछ।माछापालनका लागि सार्वजनिक तथा निजि पोखरि निर्माणमा जोड दिइनेछ।हाम्रो सडक ,हाम्रो सहभागिता ,स्तरीय सडक हाम्रो प्रतिबद्धता अनुरुप गाउपालिका क्षेत्रभित्रका कच्ची सडकलाई नाली ,कल्भर्ट ,ह्युपाइप सहित पिच सडकमा स्तोरोन्नती गरिनेछ।एक वडा एक खेलकुद मौदानको अवधारणा अनुरुप मायादेवी गाउपालिकामा जग्गा पहिचान तथा खेलकुद पुर्वाधार बिकास योजना तयार गरि एक एक खेलकुद मैदान निर्माण गरिनेछ।५ लाखभन्दा माथीको सबै प्रकारका योजनाहरुमा गुणस्तर परिक्षण अनिवार्य गरिनेछ।
कोरोना भाइरस कोभिड -१९ को प्रकोपलाई न्यूनीकरण गर्न संघिय सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रूपमा कार्यन्वयन गर्न स्वास्थ क्षेत्रमा उल्लेखनीय बजेट बिनियोजन गरिने छ।आयुर्वेद चिकित्सा सेवालाई व्यवस्थापन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने र ब्यायाम योग शिक्षालाई जोड दिने एवं गुणस्तरीय स्वास्थ र योग शिक्षाको व्यवस्थापन गर्ने नीति लिइनेछ।
भान्सामा प्रयोग गरिने र गर्न सकिने जडिबुटीहरुको औषधि प्रयोग एव कोभिड रोकथामका जडिबुटीहरुको उचित प्रयोगलाई प्रोत्साहन दिइनेछ।मायादेवी -३ मा संचालित बर्थिङ्ग सेन्टर २४ घण्टा संचालन भइरहेकोमा थप भौतिक संरचना सुधार गरि प्रभावकारी सेवा प्रबाहमा जोड दिइने छ।नवजात शिशु ,बालबालिका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ हितका लागि पोषण सम्बन्धि कार्यक्रम संचालन गरिनेछ।कोभिड -१९ को महामारीवाट सृजना भएको असहज शैक्षिक बाताबरणलाई क्रमश बैकल्पिक उपायहरूका माध्यमबाट सहज बनाइनेछ र विद्यार्थीको सिकाइ प्रक्रिया सिकाइ बाताबरण निर्माण गरिने छ।छोरा वा छोरी दुवै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउन छोरी बिमा कार्यक्रमलाई निरंतरता दिइने गाउपालिकाको नीति रहेको छ।
सातौ गाउँ सभा गाउपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षता एव प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाको संचालनमा सम्पन्न भएको हो